आफैंले गरेको चुनाब मान्य नहुने ?

एकिक्रित नेकपा (माओवादी) को भात्री संगठन योङ कम्युनिष्ट लिगले यो चुनाव मान्य नहुने हुंकार गरेछ । अचम्मको कुरो होइन । मतगणनामा सहभागि नभ इ फर्केउ भन्दै माओवादीलेपनि निर्देशन दियो । त्योपनि ठिकै हो, हार्ने निश्चित छ अधिकांश नेताले । अनि किन आर्काले जित्ने मत गणना हेरेर बस्ने ?  यो मुलुकमा हामीले जे गरेपनि चल्छ । जसो गरेपनि हुन्छ । हामी यो देशका एक मात्रै बिकल्प हौं भन्ने थियो । तर भएन । अनि कसरि मान्य होस् ? आफैंले विश्वाश गरेर सरकार प्रमुख बनाएका खिलाराज रेग्मीले धोती देखाइदिए । सायद सहयोग गरेनन् । अनि अक्सरि अंअन्य होस् ? मन्त्री परिषदको अध्यक्ष बनाइदिँदापनि त्यस बापतको गुन नलगाइदिएपछि रेग्मी सरकारले गरेको निर्वाचन कसरि अंअन्य हुन्थ्यो ?

यो निर्वाचनलाई हतारिने पक्षमा थिएनन् एमाले र नेपाली कांग्रेस । भैरहेको संविधान सभा भताभुङ्ग पारेर फेरि संविधान सभाको निर्वाचनका लागि राष्ट्रपती समक्ष बिन्ति हाल्नेपनि माओवादीनै हो । त्यो गल्ति त माओवादीलेनै थियो । फेरि अर्को गल्ति गर्यो । सर्बोच्च अदालतका न्यायधिशलाई मन्त्रीपरिषदको अध्यक्ष बनाउने, न्यायालयबाट राजिनामा नगराई । त्यत्रो सहकार्य गरेर आएका दलहरुकै कै नेत्रित्वमा बन्नुपर्थ्यो सरकार । तर प्रचण्डले हाकै भने ‘हामी एमाले र कंग्रेसको नेत्रित्व स्विकार गर्दैनौं ।’माओवादी दम्भ, अदुरदर्शिता, दम्भकै अकरण केहि दल निर्वाचन बाहिर रहे ।

निर्वाचनकालागि भनेर गठित यो सरकार माओवादीकै प्रस्ताब हो । उसैको करबल हो । एमाले र नेपाली कांग्रेसले सर्बोच्च सदालतबाट खिलराज रेग्मीलाई राजिनामा नगराई हामी स्विकार गर्दैनौं भन्दापनि माओवादी हठले गर्दानै रेग्मीले सर्बोच्च अदालतबाट राजिनामा नगरि यता मन्त्री परिषदको प्रमुख बनेका । यो सरकार मूलत माओवादीकै योजना, स्वार्थ, करबल र हठमा बनेको हो । निर्वाचनकै लागि बनेको हो । अनि आफ्नै स्वार्थमा बनेको सरकारले गरेको निर्वाचनमा विश्वाश नहुने ? आफ्नै करबलले गठित गरेकै ब्यक्तिको निर्वाचनलाई नमान्ने ? यो भनेको आफूले आफैंलाई विश्वास नगर्नु हो । आफूले आफैंलाई शंका गर्नु हो । आफ्नो स्वार्थ र बाहुबलमा सरकार बन्दा त माओवादीको सिट दुई दर्जन नकाट्ने देखियो । गत संविधान सभाको निर्वाचनमा पहिलो दल बनेको ऊ अहिले तेस्रो बन्ने देखियो । झन अन्य दल वा सबै दलको सहमतीमा बनेको सरकार हुँगो हो त के हालत हुन्थ्यो होला ?

माओवादीले ‘यो निर्वाचनको परिणाम मान्दैनौं’ भन्नु हाँस्यास्पद छ । निर्वाचन भनेकै यस्तो चिज हो जहाँ साम, दाम, दण्ड, भेद पाएसम्म सबैले प्रयोग गर्छन् । सबै दलले आफ्नो बुताले भ्याएसम्म त्यसलाई योग गर्छन् । तर चुनाव हुने बेलासम्म चुपचाप बसेको माओवादी, मतदान केन्द्रमा वाई सि यल खटाएको माओवादीले मत परिणामपछि ‘मान्दिन’ भन्नु आफ्नो दिशाहिनता, जबर्जस्ती, गलत निति, आदर्श र नालायकीपन छोप्न खोज्नु मात्रै हो । समग्रमा माओवादीको निति गलत हुनाले जनताले मत नदिएका हुन् । माओवादीले जनताप्रति भरोसायोग्य, विश्वाशयोग्यकाम नगरेकाले जनताले मत नदिएका हुन् । माओवादीले आफ्नै स्वार्थ अनुकुल जबर्जस्ति सरकार गठन गरेर उसैले गरेको निर्वाचन नमानी सुखै छैन ।
यो निर्वाचनमा जुन दलको जति सिट आएपनि संविधान बनाउनकालागि न हो । संविधान बनाउने ध्याउन्न भए सबै मिलेर बनाउने हो । जनताका पक्षमा संविधान बनाउन जुन दलको जति आएपनि हुन्छ । मिलेरै बनाउने हो संविधान । सरकारकै झिनाझम्टीमा बिताउने हो भनेपनि जनताले स्पष्ठ मौअक देलान् जस्तो छ, कुनैपनि दललाई बहुमत नदिएर । अर्थात् सबैलाई समान अवशर र जिम्मेवारी दिएका छन् भनेरपनि बुझ्न सकिन्छ । तर माओवादीले आफ्नै अपर्टी फुटाएर, केहिलाई संविधान सभामा सहभागि हुनबाट बञ्चित गराएर, सर्बोच्च अदालतमाथि आक्रमण गरिगरि गैह्र राजनितिक सरकार गठन गरेर मान्दिन भन्ने कुनै ठाउँ छैन ।

तपाइँको प्रतिक्रिया