समानुपातिकबाट सभासद बनाउने भन्दै यूरोको बाढी

nepal-parliament “साथीहरु, पार्टीलाई प्रवासमा बसेर योगदान दिएको । नेपाल र नेपालीको हितमा काम गरेको, सहयोग गरेको । पार्टीप्रति प्रतिबद्द । नेपाली पासपोर्ट भएको हाम्रो पार्टी सामर्थक, कार्यकर्तालाई आगामी संविधान सभाको निर्वाचनकालागि समानुपातिक सभासदको उमेदवारमा पार्टी प्रवाशका तर्फबाट नाम सिफारिस गर्नुहोला  ।” नेपालको एउटा राजनितिक पार्टीको युरोपस्थित जनबर्गिय संगठनले आफ्ना कार्यकर्ता, पार्टी कार्यकर्तामा यसरि सूचना जारी गर्यो । ओहो सभासद ? त्यसपछि शुरु भयो नेपालीको सबहस बन्ने लालचा । को जाने ? कसलाई पठाउने ? पार्टीमापनि कसको पक्षलाइ पल्लाभारी गराउने ? प्रवाशको जनबर्गिय संगठनभित्रपनि राजनितिक तानातानमा पर्ने मध्ये कसको पक्षकालाई सभासदमा सिफारिश गर्ने ? ओहो यसरि हानथाप, मारामारनै गरे । नेपाली कांग्रेस, एमाले र माओवादीको रातारत बैठक बसे । बैठक एकै पटकमा टुंगिएन कुनै पार्टीको त ।

ति नाम सिफारिस गर्न नसकेर पटक पटक बैठक बसे । बैठकमा आआफ्ना निकट, स्वार्थ, गाउँ र गूटका नाम सिफारिस गरे । कार्यकर्ताबाट त्यस्ता दर्जनौं नाम सिफारिस गरियो । फेरि प्रवाशको संगठनले अनेक कष्ट गरेर बल्ल तल्ल नाम सिफारिश गर्‍यो । त्यसरि नाम सिफारिश गर्न पार्टी केन्द्रिय तहबाटै निर्देशन दिईएको थियो । त्यो त बल्छी हान्ने काम मात्रै रहेछ । अर्थात् पार्टीलाइ युरोपबाट युरो सोहोर्ने बल्छी । प्रवाशबाट कसैलाईपनि समानुपातिकमा सबहसद बनाउने योजना नभएर सबहसदको बल्छी हानेर युरो ओसार्ने पार्टीहरुको योजना पो रहेछ ।

शुरुमा नेकपा एमालेले शालिक थपलिया लगायत दुई जनाको नाम सिफारिस गर्यो । धेरैले उनलाई बधाईपनि दिए । मतदाता नामावलीमा नाम भएको, बेल्जियन पासपोर्टपनि नलिएकाको नाम सिफारिस गरेका थिए । शिव बरुवाल लगायतकाको नाम आएपनि बेल्जियन नागरिकता लिईसकेको भन्दै केहिको नाम हटाईयो । त्यो देखेपछि माओवादेलाई खप्नै भएन  । उनीहरुले सुस्मा भुसाल, दधिराज घिमिरे, प्रकाश पौडेल र चित्र सुबेदीको नाम सिफारिस गरे । पार्टीगत नाताले यि सबै पार्टीको राज्य समिति सदस्य भएको स्रोतले बतायो । दधि घिमिरे त माओवादीको क्रान्तिकारि पत्रकार संघ युरोपका संयोजकपनि हुन् । पौडेल पार्टीका सचिव हुन् भने चित्र सुबेदी जनप्रगतिशिल मञ्चका अध्यक्ष तथा पार्टी राज्य समिति सदस्य । तर यिनले कतिसम्म लहडमा नाम सिफारिस गरेका थिए भने यि चारै जनाको मतदाता नामावलीमा नाम थिएनन् । केहिले बिदेशी पासपोर्ट लिएइसकेका थिए ।

समानुपातिकमा प्रवाशका तर्फबाट नाम सिफारिस गरिसकेपछि माओवादीमापनि बिबाद तिब्र भएको थियो । त्यहि कारणले गर्दा सिफारिस गरेर नाम लेखेपनि पछि ति नाम फेसबुक र आफ्ना वेभ साईटबाट हटाइएको थियो । बेल्जियममा भने आफू खुशि नाम सिफारिस गरेको भन्दै दधीराज घिमिरेको चर्को आलोचना भएको थियो । त्यहि कारणले सार्वजनिक गरिएका नामका समाचार पछि हटाइएको थियो । घिमिरेले आफ्नो फेसबुकबाटपनि मेटेका थिए ।

नेपाली कांग्रेस बेल्जियमलेपनि त्यसैगरि नाम सिफारिस गर्नुपर्ने भनिएको थियो । गंगाधर गौतमले नाम सिफारिस गर्नुपर्ने तर्क गरेका थिए । तर ककसको नाम सिफारिस गर्ने भन्ने विषयमै बिबाद भएपछि नेपाली कांग्रेस बेल्जियमले तोक्न सकेन । बरु संभावित ब्यक्तिहरुलाई पार्टीलेनै छनोट गर्छ भनियो । कांग्रेसको जनवर्गिय संगठन जन संपर्क समिति जर्मनीलेपनि नाम सिफारिस गर्न भन्दै सूचननै जारी गरेको थियो । जर्मनीबाट एक नंबरमै दिल गुरुङको नाम सिफारिस गरिएको थियो । आन्तरिक रुपमा सिफारिसमा परेका, पर्ने भनिएकाले दह्रो रकम बुझाएको स्रोतले जानकारि दियो ।

नाम सिफारिस गरिसकेपछि प्रवाश कमीटीलाई एकिक्रित नेकपा माओवादी, नेकपा एमाले र नेपाली कांग्रेसले निर्वाचनकालागि आर्थिक सहयोग गर्नुपर्ने बताए । प्रवाशमा रहेका पार्टी सदस्यहरुले लेबी दिए । कसैले निर्वाचनकालागि भनेर छुट्टै आर्थिक सहयोग दिए । जो समानुपातिकमा उमेदवार सिफारिस गरिए तिनले अलग्गै मोटो रकम बुझाए । कुनै पार्टीले न्युनतम यति दिनैपर्छ भनेर तोके । कसैले नतोकि अलग्गै दिनुपर्ने नियम बनाए । सिफारिस गरिएका कसैले तोकेजति दिए । कसैले ‘लौ अब त सभासदनै भइने भो’ भन्ने लोभले अझै बढि दिए । स्रोतका अनुसार निर्वाचनकालागि भन्दै सबैभन्दा बढि रकम त्यसरि एकिक्रित नेकपा माओवादी उठायो । नेपाली कांग्रेसको तर्फबाटपनि ठूलो रक्म उठेको छ । माओवादीले निर्वाचनकै लागि भनेर पोर्चुगल, बेल्जियम, बेलायत, इटाली, डेनमार्क, नेदरल्याण्ड लगायतका मुलुकमा रकम उठाएको छ । नेपाली कांग्रेसलेपनि त्यसैगरि निर्वाचनकालागि मोटो रकम उठाएको छ । तिन मुख्य भनिएका पार्टी मध्ये एमालेको सबैभन्दा कम उठेको छ ।

स्रोतका अनुसार बेल्जियम, बेलायत र नर्वेबाट त एक्लैले पाँच हजार युरोसम्म तिरेका छन् । बेलायतबाट दश हजार युरो सम्म तिर्ने नेपाली छन् । बाँकि देशमा समितिनै बनाएर चुनाव खर्च भन्दै उठाइएको छ । माओवादीले भने साधारण सदस्यसितपनि न्युनम दश युरो लिएको माओवादीका एक सदस्यले बताए । केहि रकम भने अझै उठ्न बाँकि छ ।

उमेदवारकालागि नाम सिफारिस हुनेहरुले ग्वाम्म ग्वाम्म मोटो रकम मात्रै तिरेनन् । ति मध्ये धेरै त यताबाट हौशिँदै बिमान टिकट काटेर नेपालपनि हान्निए । तर नेपालमा अवस्था अर्कै थियो । उहिँ सबै पार्टीमा गूट गूटको लडाइ थियो, उमेदवारको नाम सिफारिसमा । त्यसैगरि पार्टीमा वर्षौं देखि दुख गरेका, संगठ्नकालागि मरिमेटेका, गाउँमै बसेर जनतासित भिजेका र नेताका वरिपरि चौबिसै घण्टा घुम्ने कार्यकर्ता थिए । तिनैका बिचमा को उमेदवार बन्ने भनेर मारमुंग्री, तानातान,हानाहन भैरहेका बेला बिदेशमा बस्नेलाई कसले नाम सिफारिस गर्थ्यो ? कसले पत्याउँथ्यो । खासमा नेपालका राजनितिक पार्टीले प्रवाश संगठनलाई आर्थिक दुध तान्ने दुहुनो गाई बाहेक अरु नबनाएकोपनि ति पार्टीका भरियाहरुले मेसै पाएनन् । तिनलाई रकम तिराउने दुहुनो गाई मात्रै बनाइयो । तिनले रकम तिरे । तर हरिया दाँत देखाउँदै ति मध्ये केहि फर्के, जब उमेदवार हुन दिइन्न भन्ने बुझेपछि । केहि त अझै नेपालमा चुनावमा बसेका छन् । केहि उता मोटो रकम तिरेको तनावले पार्टीलाई सराप्दै गाउँतिर पुगेर आराम गरिरहेका छन् । केहि भने यता बिदेशमा फर्किसकेपछि ‘पार्टीले पैसो मात्रै दोएर धोका दिएको’ भन्दै गुनासो गर्दै हिँडेका छन् ।

तपाइँको प्रतिक्रिया