खगेन्द्र दाईको दहि चिउरे निति
सधैं खरो लेख्थे खगेन्द्र संग्रौला दाई । उनका कटु टिप्पणी नरुचाउने भन्दा रुचाउनेनै धेरै थिए । सरल भाषा, सबैले बुझ्ने । समय परिस्थिति अनुसार कसैलाइ नछोड्ने । झ्याम्म झ्याम तारा देखिने गरि लेख्ने । तर पनि उनी बामपन्थी थिए । त्यसरिनै चिनिएका हुन् । उनको लोकप्रियता माथिनै थियो । तर यस पटक खगेन्द्र दाईले बडो गज्जबको निति लिए । दोकला निति । उनी आफैंले प्रहार गर्दा भन्ने गरेको पिपलपाते निति लिए । एमालेलाईलाई पिपलपाते नितिको भन्ने गरेका उनी त आफैं पिपलपाते पो देखिए । एकै निर्वाचन क्षेत्रमा एक पछि अर्को उमेदवारलाई समर्थन गरेर उनले दोकला निति लिए ।
अघिल्लो साता काठमाडौं निर्वाचन क्षेत्र नंबर तिनका नेपाली कांग्रेस उमेदवार गगन थापालाई समर्थन दिए । घरैमा रातो टिका लगाइदिए । बिजयको कामना गरे । पत्रपत्रीकामा टिप्पणीपनि दिए, गगनलाई आफूले किन समर्थन गरें भनेर । यसमा बामपन्थि खेमालाई पचेन । पच्ने कुरै भएन । निर्वाचनको मुखैमा संग्रौला जस्तो बामपन्थि लेखकले नेपाली कांग्रेसको उमेदवारलाई समर्थन गर्दा किन पच्थ्यो ? तरपनि अहिले निर्वाचनमा होमिएका पार्टी कुनै दुधले नुहाएका थिएनन् । बुढा, पटक पटक पद लिएका, जनताबाट बिजयी भएर केहिपनि काम गर्न नसकेका, जोस, होस र जाँघर केहिपनि नभएका नेतालाई समर्थन गर्नु भन्दा अहिलेको परिवर्तनको बाहक, जुझारु, निस्कलंकित युवा नेता गगनलाई जिताउनु पर्छ नसकेका उनले गरेको समर्थनमा धेरैले चित्ता बुझाएपनि । समय परिस्थिति अनुसार स्वतन्त्र लेखकले नेता र पार्टीको सैद्दान्तिक धरातल मात्रै भन्दा ब्यक्तिको स्वच्छता र क्षमता हेरेर समर्थन वा बिरोध गर्नुपर्छ । त्यसैले गगनलाई खगेन्द्र संग्रौलाले समर्थन गरेको ठिक छ भनेरपनिबुझे ।
तर आज एक्कासि उनले आफ्नै समर्थनमा प्रहार गरे । आफैंले गरेको विश्वासलाई अविश्वास गरे झैं उनले एकिक्रित नेकपा माओवादीका उमेदवार नन्द किशोर पुन “पासङ”लाई समर्थन गर्न पुगे । रातो अबिर घसिदिएर बिजयको कामना गरे । एउटै निर्वाचन क्षेत्रमा दुई जनालाई मत दिन पाइन्न । एक जना बिजयी हुने हो । एक ब्यक्तिले एक जनालाई मात्रै मत दिन पाउँछ । उनले गगन र पासाङ दुबैलाई किन समर्थन गरे ? कि उनी आफैं दिग्भ्रमित छन् यस निर्वाचन बारे ? कि उनी दुईमा एक नेता छान्न, तिनलाई मूल्यांकन गर्न नै असमर्थ छन् ? कि उनी यति भ्रमित र आशे भए कि दुबै पार्टीलाई नजिक नराखि भएको छैन ?
खगेन्द्र संग्रौला अरुलाई ब्यंग्य गर्दै, अरुलाई उछित्तो काढ्दै, अरुका गल्ति र दोष केलाउँदै, धेरैलाई पाठ सिकाउँदै लेख लेख्छन् । सभा समारोहमा बोल्छन् । तर उनी आफैंले कसरि दुई पार्टीका अलग ब्यक्तिलाई एकै निर्वाचन क्षेत्रमा समर्थन दिए ?
एकातिर नेपाली कांग्रेस । अर्को तिर बामपन्थि । एकातिर पूँजीवादी बिचारधारा बोकेको पार्टीका नेता गगन । अर्कोतिर त्यसलाइ समूल नष्ट पारेर जनवादी राज्य ब्यवस्था ल्याउने सिद्दान्त बोकेको कम्युनिष्ट पार्टीका नेता पासाङ । कांग्रेसका लागि राजतन्त्र स्विकार्य हुन सक्छ । कम्युनिष्ट ब्यवस्थामा कहिँ कतै राजतन्त्रको अवशेषपनि रहनुहुन्न । कसरि यस्ता बिपरित ध्रुबका दुई उमेदवारलाई समर्थन गर्न सकिन्छ ? के उनको यो निति दोकला होइन ? जिवन भरि बामपन्थि लेखक, विश्लेषक बनेर हिँडेका उनी कसरि एक्कासि पूँजीवादी उमेदवारलाई समर्थन गर्न सक्छन् ? अनि त्यसको लगत्तै फेरि बामपन्थी उमेदवारलाई रातो टिका लगाएर समर्थन गर्न सकेका ? लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ सय बल्ड्याङ, भनेको यहि पो हो कि ?




