समताको प्रतिलिपि संघिय समाजबादी पार्टी !

● जनक डंगोल

janak-man-dangol-11212कर्णाली एयर लाइन्सको मालिक कर्णेल नारायण सिंह पुनले २०४६ साल पछि राजनीतिको कखरा कांग्रेसबाट सुरु गर्नु भएको हो । स्व गिरिजाको अत्यन्त नजिकको मान्छे । २०५६ सालको संसदीय चुनावशुरु हुनुभन्दा अगाडी जतिपनि जिल्लाको निर्चाचन कार्यक्रम भो त्यसमा कर्णेल पुनले आफै उहाँको कम्पनीको १२ सिटे हेलिकोप्टरमा राखेर गिरिजा फौजलाई उडाउनु हुन्थ्यो । त्यसरी हेलिकोप्टर यात्रा गर्नेमा वर्तमान सभापति सुसिल कोइरालापनि आक्कल झुक्कल पर्नुहुन्थ्यो । कांग्रेस पार्टीको प्रिय पात्र हुँदा हुँदै पनि निर्वाचन पश्चात कर्णेल नारायण सिंह पुनले छुट्टै “नेपाल समता पार्टी” खोल्नु भयो ।

मानिसहरु भन्छन, ‘त्यो पार्टी खोल्नमा बेलायती सरकारको ठुलो देन छ । ठ्याक्कै त्यहि नाम जस्तै तर समताको ठाउँमा समाजबादी राखेर एमालेको दोश्रो ठुलो नेता अशोक राइले पार्टी खोल्नु भयो । उक्त पार्टीलाई देश भन्दा पनि बिदेशका नेपालीले धेरै रुचाउँछन । समता पार्टी आज कता पुग्यो । त्यसको कसैलाई खोजिनीति छैन र गर्दा पनि गर्दैनन । चियाको तुफान जस्तै आयो गयो । अशोक राइको पनि त्यहि स्थिति दोहरिन नसक्ला भन्न सकिदैन ।

चुनाउमा भोट हाल्ने स्वदेशका मतदाताले हो । सिंगापुर, अस्ट्रेलिया जस्तो अनलाइन मतदानको सुबिधा नेपालमा छैन । जाबो चुनाउ गर्न त बिदेशी मित्रसंग हात फैलाउनुपर्ने देशले अत्याधुनिक सेवा लिनु भनेको ‘आकासको तारो’ जस्तै हो ! बिद्द्वान  ससाङ लामाले समाजबादी पार्टी आइसक्यो भन्नुभयो । आउनु त हिजो पुनको समता पार्टीपनि आएको थियो ।

नेपालमा अहिले तिन विचारधाराको पार्टी छ । समाजबादको नारा नेपाली कांग्रेसले बोकेको छ । कम्युनिज्म त कम्युनिस्टहरुको पेवा नै भो । हिन्दु धर्मसहित २०४७ को संबिधान मान्ने पुर्व पन्चहरु मध्येको एक खेमा कमल थापाको रा।प्रपा नेपाल छ । यी तिन बिचारधारा बाहेकका अरु पार्टीहरु कुन बाद र विचारधारामा हिँडेका छन ? त्यसको पुस्टि कसैले पनि गरेका छैनन । गर्न पनि चाहँदैनन ।

कम्युनिस्ट त एक हो । तर पार्टी ६० भन्दा माथि । समाजबाद भन्छन कांग्रेस, मदेसी दल देखि पन्च पार्टीको खेमा सुर्य बहादुर थापासम्म । अहिले अशोक राइको पार्टीले समेत त्यहि विचारधारा बोकेको छ । लामाको भनाइ अनुसार राजा र पन्च भनेको नामै उच्चारण गर्न नहुने अछुत वर्गमा पर्दछ । जब ३ विचारधारा मात्र छ भने नेपालमा १०० भन्दा पनि बढी दल खोल्नु पर्ने जरुरि के छ ? यो दलहरुको आर्थिक हैसियत के छ ? बिचार के हो ? नीति र सिद्धान्त के हो ? यस्तो कुराहरु अब जनताले बुझ्नु जरुरि छ कि छैन ? जातीय पार्टी हो भन्दैनन् । तर अशोक राइको पार्टीमा पाकिस्तानका कट्टरपन्थी मुसलमानले जस्तो उग्र जातिवादी विचारधारा बोक्नेको जमात धेरै छ । बरु अहिले तिन थरिका माओबादी पार्टीहरुमा पनि छैन । जसरि समता बिलायो त्यसरी नै संघीय समाजबादी पार्टीको हाल चाहिँ नहोस !

 

तपाइँको प्रतिक्रिया