चुनाव नहुँदै अर्को हिसात्मक संघर्षको खतरा !

hadtaalदेशलाई फेरि अर्को हिंसात्मकतातिर धकेलेरै छोड्ने भए ! मुख्य चार दल जसरिपनि मंसिर चारमै निर्वाचन गराउने । ड्यास माओवादी लगायतका ३३ दल यसलाई जसरिपनि निर्वाचन बिथोल्ने । एकातिर सरकारले यो निर्वाचनकालागि प्रहरी शक्तिले सुरक्षा दिन दिन नसक्ने आँकलन गरेर नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ । यता ३३ दल कुनैपनि हालतमा छोड्ने पक्षमा छैनन् । चुनाव बिथोल्नेकालागि पनि यो निर्वाचन अस्तित्वको विषय बनेको छ । सरकार र मुख्य गरि चार दलकालागिपनि यो निर्वाचन प्रतिष्ठा र अस्तित्वकै विषय छ । दुबै पक्षको यो हठले गर्दा अब देश अर्को हिंसात्मक बाटोतिर जाँदै छ ।

मुख्य दलका धेरै नेतालाइ थाह छ, यो निर्वाचनले शन्ति दिंदैनन् । संविधान दिँदैन । निर्वाचनले राजनितिक निकास दिँदैन । धेरै दललाइ बाहिर राखेर निर्वाचन गर्नु आत्मघाती हुन्छ । त्यसैले मंसिर चरको निर्वाचन सारेर सबै दललाई समेट्न खोजेका थिए । यसको पक्षमा नेपाली कांग्रेसका नेता शेखर ढुंगेल देखि गगन थापा सम्म, एमालीका योगेश अधिकारी देखि माधव नेपालसम्म थिए । तर मुख्यगरि माओवादी हठले गर्दा केहि दलहरु निर्वाचनबाट बाहिरिए । माओवादीको जबर्जस्तिका अगाडि बाँकि दल लम्पसार भए । तिनले अस्विकार गरेर सबै दललाई समेट्नेगरि अर्को मिति घोषणा गर्न सकेनन् । आखिर मंसिर चारको निर्वाचन केहि महिना सारेर बाँकि दल सहभागि हुन्थे भने त्यसो गरिनुपर्थ्यो । नत ड्यास माओवादी निर्वाचनमा आए मत घट्ला भन्ने भयले माओवादीले उसलाइ बाहिरै राख्न चाह्यो । र बाँकि दल माओवादीको त्यहि हठसित लतारिए । 

मंसिर चारको निर्वाचन भाँड्न ड्यास माओवादी लगायतका ३३ दलले आम हड्ताल आव्हान गरेका छन् । निर्वाचनलाई बिथोल्नैकालागि मतदान गर्ने दिन सम्मलाई केन्द्रित गरेर कात्तिक २५ देखि मंसिर पाँच सम्मलाई आम हडताल आव्हान गरेका छन् । अब यो आम हडताल सफल बनाउन पक्कैदिन हडताल आव्हानकर्ताले सम्पूर्ण शक्ति लगाउलान् । उता सरकार र राजनितिक दललेपनि आफ्नो शक्ति लगाइहाल्छन् । यो दोहोरो भिडन्तमा सेना परिचालन होला । पक्राउ, धरपकड, दमन र हिंसात्मक घटना हुन्छ । यहि हिंसात्मक घटनाले गर्दा निर्वाचन बाहिर रहेका दलले शसस्त्र युद्दको घोषणा गर्न सक्छन् । अहिले जसरिपनि निर्वाचन गर्ने र नबिथोलि नछोड्ने दोहोरो हठले यहि संकेत गरेको छ ।

तपाइँको प्रतिक्रिया