नेपालप्लस बारे
ज्ञानेन्द्रको कू पछि जनआन्दोलन भाग दुइ शुरु भयो। केहि पाठकहरुले यसरी घच्घच्याईरहनुभयो कि त्यसैको प्रयाश स्वरुप नेपालप्लस अनलाईनको रुपमा आएको छ । आफ्नो ज्ञान यसमा सकेसम्म प्रयोग गरौं र यसलाई सबैको साझा जस्तो बनाउँ । र तपाइहरुको तर्फबाट आफ्नो छरछिमेकमा भएका जानकारी तथा सूचना र तपाइहरुका रचना तथा तस्विरहरु प्राप्त हुनेछ भन्ने बिश्वास छ ।
यसमा धर्म सापेक्षताको दुस्साहस गर्ने, महिला, वालवालिका, असहाय र हेपिएका, थिचिएका र अल्पसंख्यक समूदायलाई हेप्ने र हाम्रो राष्ट्रियता बिरुद्दका लेख तथा पाठक प्रतिक्रियाहरुलाई कुनैपनि स्थान दिइने छैन।
तर कुनैपनि विषयका स्वच्छ लेख, रचना, बहस, छलफल र प्रतिक्रियाहरुलाई भने स्वागत गरिने छ । त्यो सबै प्रकाशित गर्ने वा नगर्ने अन्तिम निर्णय सम्पादक मण्डलमा सुरक्षित छ । कसैको दबाब, इच्क्षा, आग्रह, चाख र धम्कीका भरमा यो समाचार साईट प्रभावित हुने छैन । पाठक धेरै बटुल्ने नाममा जस्ता प्रतिक्रियालाई पनि ठाउँ दिने लोभपनि छैन । बरु ब्यक्तिगत गाली गलौज, अप्रसंगका वा धाक धम्कि दिएका प्रतिक्रियाहरु आईपि ठेगाना सहित प्रकाशित गरिनेछ । त्यस्ता मानिसहरुको पहिचान भएमा तिनको तस्बिरसहित सम्पूर्ण नालीबेली सार्वजनिक गरिने छ वा स्थानिय कानुनको पालना गरि उजुरि गरिने छ ।
संस्थापक सम्पादक
-ददि सापकोटा
-सम्पादकहरु
-लक्ष्मण देवकोटा
-थानेश्वर सापकोटा
२०६३ माघ १४ ( 28-01-07)
सम्पर्क इमेल:
(सम्पादन गरिएको मिति- ०५ मे २०२०)


