संविधान बन्दैन, बनेपनि अमान्य ?

mahendra-lawatiफेसबुकमा जर्मनीबाट खबर पठाएछन्, लु महेन्द्र लावतिसितको प्रत्यक्ष प्रशारण सुन्नु र उहाँलाई केहि प्रश्न सोध्नुपर्‍यो भन्दै साथीहरुले । दिनभरि कुनै प्रतिक्रिया नदिएपछि साँझ फेरी फोन गरे दिपकजीले । बेलुका चराको आवाज सुन्दै जंगलको स्वच्छ हावा खान हिँडेका बेला बाटोमै फोन आयो। लु लु पाँच मिन्ट समय तपाईलाई, लागेको प्रश्न सोध्ने रे । जाबो पाँच मिनेटमा के सोध्ने होला ? तैपनि म तयार भएँ । भनें, लावतीसित मेरा धेरै जिज्ञासा छन् । जाबो पाँच मिनेटमा के पो सोध्न भ्याइन्छ र ? तैपनि चुकाउनै भने मन लागेन ।

मैले तिन वटा प्रश्न सोधें, लगातार । दिपक राईले सानो परिचय दिए सहभागि सबैका अगाडि र प्रश्न सोध्न भने । लावतीले सुनिरहे । त्यसपछि पहिलो प्रश्न ज्यादै महत्वपूर्ण सोध्नु भो भन्दै जवाफ दिन थाले । नेपालीहरु आफैं सघिय देशहरुमा बस्छन् । त्यो देशको सामाजिक, आर्थिक, भौतिक सुबिधा लिन्छन् । यहाँका सम्पन्न मुलुक देखेरै त आकर्षित भएर आएका छन् । मानिसहरु मिलेर बसेको देख्छन् । स्विजरल्याण्डमै तिन भाषालाई पहिचान दिइएको छ । बेल्जियम त्यस्तै छ । अमेरिका त झन भैहाल्यो । तर किन यहि मुलुक बस्ने नेपालीले संघियताको बिरोध गर्छन् । किन पहिचानको कुरो गर्नसाथ पारो तात्छ ? किन दलहरुले बुझाउन नसकेका ? दलहरुले, बुझाउनुपर्ने नेता र पार्टीलेनै बुझाउन नसकेका, नबुझेका कि बुझेरपनि गलत सन्देश दिएका ? संघिय शासन भएकै देशमा बसेका नेपालीलाई त सजिलो सित बुझाउन सकिन्न भने कसरि आम नेपालीलाई बुझाउने ?

लावतीले जवाफ दिन लागे । अमेरिकामा धेरै राज्यको नाम जातिय पहिचानकै आधारमा राखिएको छ । तर त्यहाँ राज्य झन बलियो छ । झन सम्ब्रिद्द छ । झन सुसज्जित छ, आधुनिक प्रविधी र विकासले । एकले अर्कोलाई थिच्ने मिच्ने र पहिचानलाई मिटाउने काम बहेको छैन । लडाई, झै झगडा र मारकाट, द्वन्द छैन । भारतमै तामिलनाडु, पन्जाव, आशाम, मद्रास यि सबै जातिय पहिचान सहितका राज्य हुन् । ति राज्यमा अरु जात, भाषा र पहिचान बोकेका समूदाय, मानिसपनि छन् । तिनको पहिचान, भाषा, अधिकार मेटिएको छैन । भारतमा त्यसैले राम्रोसित काम गरेकै छ । नेपालमा मात्रै कसरि बिग्रह, बिमती, बसंगती र द्वन्द निम्त्याउँछ ?

बरु नेपालमा मुख्य कमजोरि मेडियाको रहेको छ । मुख्य मेडियाहरुले पहिचान सहितको संघियताको पक्षमा राम्रो भूमिका खेलेका छैनन् । जनता छिटो सुसुचित हुने भनेकै मेडियामार्फत हो । त्यसो हुनुमा कतिपय दोष पहिचान पक्षकाको, जनजातिहरुकोपनि रहेको उनले बताए । किनकि पहिचान पक्षधरहरुले राम्रोसित प्रचारप्रसार गर्न नसकेको, पहिचानका बिरुद्दका भ्रमहरु चिर्न नसकेको उनले सुनाए ।

उनीसितको प्रत्यक्ष अन्तर्क्रिया मलाई मोबाईलमा जोडिदिएका थिए चाप्चा राईले । म सुन्दै थिएँ । तर सडकमा कतै गाडीको आवाज हुइयँ आउने । कतै हावाले गर्दा नसुनिने । राम्रोसित सुनिएन । मेरो प्रश्नको जवाफ उनले दिएका मध्ये अब संविधान बन्छ कि बन्दैन ? संविधान कस्तो बनाउने भन्ने सहमती गरेर पो निर्वाचन गर्नु पर्नेमा पहिले संविधान सभाको निर्वाचन गरेरपनि संविधान बनाउने कुरो गरेकाले कतै यो संविधान नबनाउने नियत पो हो कि ? उनले यसको बडो गज्जब दिए जवाफ । पहिलो त, यस अघिकै संविधान सभाको दुई तिहाई संख्याले पहिचान सहितको संविधानका पक्षमा सहमति गरेको थियो । तर त्यसलाई पारित गराउन बैठन बोलाउनु पर्नेमा राष्ट्रपतीले बोलाएनन् । अन्तिममा संविधान सभानै भंग भयो । भएको संविधान सभाले पहिचानका सहितको संघियताका पक्षमा दुई तिहाले पास गर्दापनि संविधान नबनेपछि अब के होला ? पहिचान सहितको संविधन नबनाउने षडयन्त्र गरेकाले अबपनि नबनाउने षडयन्त्रनै हुने छ । तर दुई तिहाई सभासदले त पहिचान सहितको संघियताका पक्षमा सहमति दिएका हुन् । त्यसैले अब बन्ने संविधान त्यसरि नबने त्यो संविधान मान्दैनन् अधिकांशले । अनि त्यस्तो संविधान बनेपनि के काम ?

एउटै सकारात्मक पक्ष चाहिँ के हुन सक्छ भने यदि फेरीपनि दुई तिहाई सभासदलेनै पहिचान सहितको संघियताका पक्षमा मतदान गरे भने चाहिँ त्यस्तो संविधान बनाउन दबाब पर्न सक्छ । त्यो सकारात्मक पक्ष हो । तर पहिलेकै संविधान सभाको दुई तिहाईले पास गर्दापनि पहिचान सहितको संघियताका पक्षमा संविधान नबनेकाले अब बनाउलान् भन्नेमा चाहिँ महेन्द्र लावतीले शंका गरे । बनाउने भए त गत संविधान सभाबाटै बनाइहाल्थे नी । उनको आशय थियो ।

तर त्योभन्दापनि मुख्य आशंका चाहिँ संविधान सभाको निर्वाचन हुन्छ भन्नेमै उनलाई आशंका रहेछ । उनले भने ‘यो निर्वाचननै होला भन्नेमै मलाई त शंका छ ।’ जसरिपनि निर्वाचन गराएर संविधान बनाए भनेपनि पहिचान सहितको संघियतालाई अस्विकार गरिएको संविधान मान्य हुन्न । किनकि एक पटक दुई तिहाइले पहिचान सहितको संघियतालाई पास अग्रिसकेको अवस्थामा अब त्यसलाई नमान्दा कसरि मान्य हुन सक्छ ? त्यसो हुँदा देश ग्रिहयुद्दमा, जातिय युद्दमा जान सक्ने भय रहन्छ । यस्तो भयो भने यो देशका लागि ठूलो दूर्भाग्य हो ।

प्राध्यापक महेन्द्र लावतीले त्यसै संघियताका विश्लेषकका रुपमा नाम कमाएका होइन रहेछन् । उनमा हरेक प्रश्न, विषयलाई सटिक र बुझ्ने किसिमले दिनसके रहेछन् । छोटो कुराकानीका आधारमा मात्रै होइन । उनले पहिचान र संघियता, शाषकिय स्वरुपका बारेमा दिएका अभिब्यक्तिको रेकर्ड सुन्दापनि त्यस्तै लाग्छ । तर उनीसित बसेर अलि गम्भिर ढंगले जिज्ञासाहरु राख्ने रहर भने पुरा नहुने भयो यो पटक ।

तपाइँको प्रतिक्रिया