आफ्ना पक्षका सदस्य बढाउन नेपाली कांग्रेसका दुई पक्षबिच बेल्जियममा हानथाप
पार्टी एउटै हो । क्रियाशिल सदस्य जहाँ बनेपनि खासै फरक पर्दैन । किनकि केन्द्रमै ति एकै ठाउँमा सूचिक्रित हुन्छन् । नेपाली कांग्रेस पार्टी उता नेपालमा बिभाजितपनि छैन । तर अचम्म के भने बेल्जियमको नेपाली कांग्रेस पार्टी दुई वटा जस्ता देखिन्छन् । दुई भिन्न पार्टी झैं ति बिभाजित देखिन्छन् । तिनले सदस्यतापनि आआफ्नै ढंगले आफ्नै पाराले बनाउन हानथाप गरिरहेक छन् ।
नेपाली जन संपर्क समिति भन्ने प्रवासमा नेपाली कांग्रेसको भात्री संगठन छ । हो त्यसैको नामबाट अहिले आआफ्ना पक्षका सदस्यता बढाउने काम भैरहेको छ । नेपाली कांग्रेस केन्द्रमा एकै देखिएपनि भित्र भित्रै तानतान छ । देउवा पक्ष र कोइराला पक्ष अलग देखिए झैं बेल्जियममापनि ति अलग छन् । ति दुबै पक्षले अलग्गै तरिकाले आआफ्ना पक्षमा समर्थक बटुलिरहेका छन् । आफ्ना पक्षमा आउन कांग्रेस निकटकालाई तानातान गरिरहेका छन् ।
बेल्जियममा नेपाली कांग्रेसक एक हजार देखि १२ सय क्रियाशिल सदस्य छन् । कांग्रेस एक हुँदा ति को कसका हुन् पत्तो हुने कुरो भएन । तर नेपाली जन संपर्क समिति बेल्जियमको गत अधिबेशनबाट नेपाली कांग्रेस दुई फ्याक जस्तै भएको छ । बेल्जियममा गैंगाधर गौतम र ईन्द्र क्षेत्री पक्ष भनेर चिनिन्छन् । कसैले चाहिँ सिता सापकोटा पक्ष र गंगाधर पक्ष भनेर चिन्छन् । अहिले चाहिँ सुभास जोशी र प्रेम गुरुङ पक्षपनि भनिन थालेको छ । किनभने यि दुई जना नेपाली जन सम्पर्क समिति को गत अधिबेशनमा अध्यक्ष पदमा लडेका थिए । जोशी गौतम पक्षका हुन् । गुरुङ भने इन्द्र क्षेत्री वा सिता सापकोटा पक्षका । देउवा कांग्रेस र कोइराला पक्षबिच ति बिभाजित छन् । त्यसैले आगामी एन आर एन बेल्जियमको निर्वाचनमा ति दुबैले अलग्गै उम्मेदवार उठाउने तयारि गरिरहेका छन् ।
अहिले नेपाली कांग्रेसका सक्रिय सदस्य बेल्जियममा एक हजार देखि १२ सयको हाराहारीमा छन् । ति मध्ये देउवा कंग्रेस पक्षका नेता गंगाधर गौतम र कोइराला पक्षका भनिएकि सिता सापकोटा दुबै पक्षले पाँच पाँच सयको हाराहारीमा सदस्य बनाएका छन् । अहिले ति दुबै पक्षले आआफ्ना सदस्य बढाउन हानथाप गरिरहेका छन् ।
एन आर एन बेल्जियमको आगामी जुलाई सात तारिखका दिन निर्वाचन हुँदै छ । त्यस निर्वाचनमा यदि नेपाली कांग्रेस एक भएर उठ्ने हो भने कसैको केहि सिप चल्दैन । तर ति यदि नराम्रो सित बिभाजित छन् कि ति दुई पक्षका नेताबिच राम्रोसित बोलचालसम्म हुन्न । त्यसैले ति एक भएर उठ्ने कुनै संभावनानै देखिन्न । त्यसैले एन आर एन बेल्जियमको निर्वाचनमा ति दुबैले आआफ्नै उमेदवार उठाउने तयारि समेत गरेका छन् । निर्वाचनको मुखसम्म कसले कति सदस्य बढाउन सक्छ भन्न सकिन्न । किनकि ति दुबैले सदस्यता संख्या बढाउन तिब्र प्रतिस्पर्धा गरिरहेको अवस्था छ । कोइराला पक्षको तुलनामा देउवा पक्षको साख केहि वर्षदेखि गिर्दो अवस्थामा रहेको बताइन्छ । बिगतको तुलनामा कोइराला पक्षकी भनिएकि सिता सापकोटा वा ईन्द्र क्षेत्रीको अवस्था सुधारोन्मुख रहेको छ । बेल्जियम कांग्रेसको गत निर्वाचनमा भएको देउवा पक्षको डाङडुङे पारालेपनि सिता पक्षमा आकर्षण बढेको बताइन्छ ।
तैपनि नेपाली कांग्रेस बेल्जियमको दुबै पक्ष एक्ला एक्लै उठे ति दुबै पक्षले एन आर एन बेल्जियममा हार्न सक्छन् । त्यसैले ति दुबैले कि त एमालेसित कि त नेकपा एमाले, एकिक्रित माओवादी, संघिय समाजवादी पार्टी र ड्यास माओवादी मध्ये केहि घटकसित तामलेम गर्नु पर्छ । ति सबै एक अर्कामा आफ्नै दाउमा रहेकाले अहिलेसम्म कुन दलको कोसित तालमेल हुन्छ यकिन भैसकेको छैन ।
नेपाली कांग्रेस फुटेको यहि अवस्था देखेर अहिले एमाले र एकिक्रित माओवादी आआफ्नै दाउमा छन् । तिनले संयुक्त तरिकाले निर्वाचन जान कांग्रेससित आफ्नो पक्षमा धेरै सिटको बार्गेनिङ गर्ने अवस्था छ । कांग्रेसका दुबै पक्षले ति बिभिन्न पार्टीसित गोप्य छलफल चलाएका छन् । तर कुन पार्टीको कोसित तालमेल हुन्छ अहिलेसम्म कुनै निर्क्यौल हुन सकेको छैन ।
बैध्य पक्षको आफ्नै दाउ
उता बैध्य पक्षका नेताहरु भने यहि मेसोमा आफ्नै दाउमा छन् । किनभने एमाले, एकिक्रित माओवादी र नेपाली कांग्रेसले पार्टीगत रुपमा आफैंले सदस्यता तिरेर आफ्ना पक्षमा तानिरहेका बेला बध्य पक्षले आफ्नै भित्रि रणनिति अपनाएको छ । चुपचाप लागेर बसेको देखे पार्टी नै रैनछ भन्ने देखिने । धेरै सदस्य बनाए पैसो खर्च हुने । त्यसैले उनीहरुले आफ्ना सतहमा देखिएका कार्यकर्ता बाहेक अन्यलाई एमाले, एकिर्कित माओवादी वा कांग्रेसका कुनै पक्षका तर्फबाट सदस्यता लिईदिने रणनिति अपनाएको नेपालप्लस स्रोत उल्लेख गर्यो ।
यतिखेर एन आर एन बेल्जियमको साख गिरेकाले नेपालीहरु स्वतस्फुर्त रुपमा सदस्य बन्न हिच्किचाएका छन् । त्यसैले मुलत कांग्रेस र एमालेले बिगतमा झैं आफ्नै तर्फबाट सदस्यता दस्तुर तिरेर सदस्य बनाइरहेका छन् । यहि मेसोमा बैध्य पक्षले आफ्नो पार्टीको तर्फबाट सदस्यता स्वरुप लाग्ने दश युरो नतिर्ने बरु अन्य पार्टीका तर्फबाट सदस्य बन्न भित्रि खेल शुरु गरेको छ । बैध्य पक्षका एक सदस्यले नेपालप्लससित भन्यो ‘अरु पार्टीले आफैंले पैसा तिरितिरि सदस्य बनाएकाले हामीले हाम्रा नदेखिएका समर्थकलाई अरुकै तर्फबाट सदस्य बनाउन प्रेरित गरेका छौं । अरुले सित्तैमा बनैदिने भएपछि हामीले किन खर्च गर्ने ? जसको पार्टीबाट सदस्य बनुन् न हाम्रो पैसा जोगिन्छ । तर एन अर एनको मतदान भयो भने हाम्रा साथीले हाम्रो पक्षमा मतदान गरिहाल्छन् । त्यसैले हामीले बेल्जियममा यि यि मानिस हाम्रा हुन् भन्ने चिनिएकालाई मात्रै सदस्य बनाउने रणनिति बनाएका छौं । बाँकि नचिनिएका साथीहरु अन्य पार्टीकै तर्फबाट सदस्य बन्छन् ।”
एन आर एन बेल्जियमको अध्यक्ष भैसकेका र हाल आई सिसि सदस्यसमेत रहेका संघिय समाजवादी पार्टीका युरोप संयोजक पिजी शेर्पा अध्यक्ष पदमा उठेमा आफ्नो तर्फबाट समर्थन गर्ने भित्रि मनशाय ड्यास माओवादीको रहेको बुझिएको छ । तर संघिय समाजवादी पार्टीले भने यसमा हालसम्म कुनै निर्डय सार्वजनिक गरिरहेको भने देखिएको छैन । तर संघियता, पहिचानसहितको संविधान र आफ्ना अन्य राजनितिक मुद्दामा जुन दल नजिक रहन्छ, जसले समर्थन जनाउँछ त्यसैलाई समर्थन गर्न सकिने भित्रि तयारिपनि ड्यास माओवादीको छ । यस विषयमा प्रतिक्रिया लिन ड्यास माओवादीको भात्रि संगठन नेपाली जनप्रगतिशिल मोर्चाका अध्यक्ष प्रेम पाठकसित आज साँझ सम्पर्क गर्न खोज्दा हुन सकेन ।




