कांग्रेसले कांग्रेसलाईनै सामाजिक बहिस्कार गर्न आव्हान
नेपालको डोटी, बाजुरा, अछाम वा अन्य कुनै बिकट पहाडी गाउँ । बिकट ठाउँ । नबुझेका, अशिक्षित टोलको कथा भन्ने लाग्यो होला । तर होइन । असाध्यै बिकसित मुलुक । प्रजातान्त्रिक परिपार्टी, लोकतान्त्रिक मूल्य मान्यता भएको देशको वास्तबिक समाचार हो यो । बेल्जियमको एउटा हलमा कार्यक्रम भैरहेकै बेला नेपाली कांग्रेसका एक जिम्मेवार नेताले नेपाली कांग्रेसकै अर्का जिम्मेवार नेतालाई सामाजिक बहिस्कार गर्न आव्हाननै गरे ।
अस्ति एन आर एन बेल्जियमको कार्यक्रम थियो बेल्जियममा । त्यहाँ बिभिन्न दलका स्थानिय नेता, सामाजिक संघ संस्थाका केहि प्रतिनिधी र खासगरि एन आर एन बेल्जियमका पदाधिकारीहरु उपस्थित थिए । नेपाली कांग्रेसको भात्री संगठन नेपाली जन संपर्क समिति, बेल्जियमका पदाधिकारीपनि थिए । यो संस्थाको निवर्तमान अध्यक्ष गंगाधर गौतम हुनेनै भए जो एन आर एन बेल्जियमका सल्लाहकारपनि हुन् ।
गत हप्ता बेल्जियममा नेपाली जन संपर्क समितिको निर्वाचन भएको थियो । (यो घटानाको प्रिष्ठभूमी तयार पार्ने घटनाको समाचार यहाँ गएर हेर्नुस् ) त्यसमा नेपाली कांग्रेसको देउवा समूह र कोइराला समूह भनेर चिनिने दुई खेमाका अलग अलग उमेदवार थिए । देउवा पक्षका सुभास जोशी र कोइराला खेमाका भनिएका प्रेम गुरुङ अध्यक्ष पदका प्रतिस्पर्धी थिए । हो त्यस दिन गंगाधर गौतमले मत गणना गरिरहेकै बेला राति जाँड खाएर होहल्ला गर्दै फर्जी मत हालेर जितेको भन्ने आरोप लाग्यो । त्यसबेलादेखि गंगाधर गौतमलाई कारवाही माग गर्दै आइरहेका थिए कोइराला खेमाका कांग्रेसहरु ।
एन आर एनको बैठकमा दुई पक्षबिच जम्काभेट भैहाल्यो । आँखा तरातर र ओंठ टोक्न थालिहाले । कोइराला समूहका अध्यक्ष पदका दाबेदार प्रेम गुरुङको बोल्ने पालो थियो । उनले एन आर एन का बारेमा आफ्नो मत, सुझाव त दिए नै । तर त्यो भन्दा बढि प्राथमिकता उनले कांग्रेसभित्रकै भँडुवा, समाज बिगार्नेलाई सामाजिक बहिस्कार गर्नुपर्छ भनेर चर्किए । प्रेम गुरुङले हाकै माग गरे ‘बेल्जियमको नेपाललाई बिक्रित गराउने ब्यक्ति गंगाधर गौतम हुन् । समाजलाईनै बिक्रित गराउने यस्तो ब्यक्तिले कसरि सामाजिक काम गर्न सक्छ ? यस्ता मानिस जहाँ जान्छन्, त्यहां सामाजिक बहिस्कार गर्न म आग्रह गर्छु ।’
शुशिल कोइरालासम्म बेल्जियम कांग्रेसको रडाको
नेपाली जन संपर्क समिति, बेल्जियममा गंगाधर गौतम शेर बहादुर देउवा पक्षका हुन् । कोइराला पक्षका भनेर सिता सापकोटा पक्ष वा इन्द्र क्षेत्री पक्ष भनेर चिन्छन् धेरैले । यो दुई समूहको तानातान हुन्छ । जन संपर्क समितिको निर्वाचन हुनु अघि दुबैले कस्सिएर आआफ्ना पक्षका सदस्य बनाए । गंगाधर गौतमलाइ जसरिपनि हराउने, समितिमा आउन नदिने भन्ने योजनामा कोइराला पक्ष थिए । उता गंगाधर पक्षले सुभास जोशीलाई उठाएको थियो अध्यक्ष पदमा । सकेसम्म आफैं अध्यक्ष बन्ने । नसके आफ्नो पक्षका जोसीलाई जिताउने दाउमा गंगाधर गौतम थिए । यता सिता पक्षको भने जोशीले जिते खासै आपत्ती नहुने भन्ने सोच थियो । किनकि जोशी मिलनसार, चरित्रमा दाग नलागेका र छलफललबाटै काम गर्ने स्वभावका मानिन्छन् ।
निर्वाचन प्रतिनिधीका रुपमा केन्द्रबाट आएका नेपाली जनसंपर्क समिति समन्वय विभाग प्रमुख एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशी मुक दर्शक बनिदिए । सिता सापकोटा पक्षले त्यो निर्वाचन धाँधलीपूर्ण भएकाले रद्द गरेर अर्को निर्वाचन गर्नुपर्ने । त्यति सकिन्न भने गंगाधर गौतमलाई कारवाही गर्नुपर्ने शर्त राखेको छ । पार्टीमा भित्रि रुपमा । कम्तिमापनि गंगाधर गौतमलाई अकरवाही गरे बिबाद मिल्न सक्ने संकेत गरेका छन् । तर अर्जुन जोशी आफ्नो स्थिति मध्यस्थ राखेर हिँडे । अर्जुन जोशीले यहि समितिलाई मान्यता दिलाउन सिता सापकोटा, इन्द्र क्षेत्री लगायतसित अलग अलग बार्ता गरेर पनि अनेक प्रयास गरेका थिए । तर केहि समयसम्म अर्जुन जोशीको फोनसम्म उठाउन इन्कार गरेको भनिएकि सिता सापकोटा पक्षले उनको शर्तलाई ठाडै अस्विकार गरेर कम्तिमापनि गंगाधर गौतमलाई कारवाही गर्नुपर्ने माग राखेको थियो । तर अर्जुन जोशीले त्यो पुरा गर्न सकेनन् र उनले कांग्रेसको रडाको यथास्थितिमै छोडेर नेपाल फर्किए ।
अहिले सिता सापकोटा पक्षले त्यहि शर्त राखेर अर्जुन जोशी मार्फत र आफ्ना निकटका नेपाली कांग्रेसका नेता मार्फ केन्द्रमा त्यो मुद्दा पठाएका छन् । नेपालप्लस स्रोतका अनुसार त्यो मुद्दा नेपाली कांग्रेसका सभापती शुसिल कोइराला समक्षनै पुगेको छ । र बेल्जियमका कोइराला पक्षधरहरु नेपाली कांग्रेसले के निर्णय देला त भनेर बसेका छन् ।
नेपाली कांग्रेस बेल्जियममा कोइराला पक्ष भनिनेहरु बढि भद्र, बौद्दिक र तर्कशिल मानिन्छन् । तर यिनको समस्या के छ भने यिनमा देउवा पक्षसित जस्तो सबै हतकण्डा प्रयोग गर्ने चलाखि छैन । गंगाधर गौतमसित संगठनको अनुभव राम्रो भैसकेको छ । उनी पदका लोभी तत्कालै चिनेर फकाउने, पदको लोभ दिने र धम्काउनेसम्म गरेर आफ्नो पक्षमा पार्न माहिर छन् । तर सिता सापकोटा पक्षका त्यसो गर्दैनन् । ईमानको राजनिति गर्छौं भन्दाभन्दै यिनलाई गंगाधर पक्षले पेल्ने गर्छ ।
कोइराला पक्ष वा प्रेम गुरुङ पक्षले कुनैपनि हालतमा सुभास जोशीको कार्यकारी समितिलाई मान्यता नदिने भनेर कस्सिएका छन् । उनीहरु हाकै भन्छन् ‘यो अवैध हो । यो फर्जी मत र गुण्डागर्दीबाट धाँधली गरेर जितेको समिति हो । त्यसैले हामी मान्दैनौं ।’
उता गंगाधर गौतमको मानसिकता र तयारि भने अलग छ । समितिमा बहुमत जितिहालियो । अब जे जे सक्छौ गर भन्ने मानसिकताले पेलेर जाने मनस्थितिमा गंगाधर गौतम पुगेको उनका निकटले बताए । ‘कांग्रेस केन्द्रमा फुटेको छैन । यहाँ मात्रै फुट्ने कुरो भएन । अलग्गै समिति बनाउन उनीहरुले सक्दैनन् । कराएर के हुन्छ । बकाईदा निर्वाचनबाट आएको समितिलाई बदर गर्न कसले सक्छ ? केन्द्रको पनि अधिकार छैन । ति केहि समय बक बक गर्छन् अनि सक्किन्छ’ स्रोतले हाकै भन्यो । समिति आफ्नो पक्षमा आइहाल्यो ।
गंगाधर पक्षको दाउ अर्कोपनि छ । अब एन आरएन बेल्जियमको निर्वाचन आउँदै छ । हो त्यसैमा ज्यान दिएर लाग्ने । त्यसमापनि कब्जा जमाउने । जित्ने अवस्था भए आफैं एन आर एन बेल्जियमको अध्यक्ष पदमा उठ्ने । हार्ने जस्तो अवस्था देखिए भर्खर आफ्नो खेमा छोडेर उता कोइराला खेमामा सरेकि जानकि गुरुङलाई ‘जितिहालिन्छ नी, तपाईनै बन्न पर्छ फेरीपनि’ भन्दै पदको लोभ देखाएर उठाउने । जानकि गुरुङलाई कुनै न पद चाहिन्छ र पद पाए हाम्फालिहाल्छे नी भन्ने गंगाधर गौतमले राम्रोसित बुझेका छन् । सिता सापकोटा पक्ष (वा कोइराला पक्ष) लाई नेपाली जन संपर्क सम्तिकै निर्वाचनमा अल्मल्याएर राख्ने र उता एन आर एन बेल्जियममा आफुले कब्जा जमाउने । गंगाधर गौतम पक्षमा भने लोभीपापी, पदमा हारालुछ र लोभ गर्ने, खेमा बदल्ने अलि बढि छन् । सिता सापकोटा पक्षमा भने जो आबद्द छन् ति प्रतिबद्द मानिन्छन् ।




