अशोक राई र बैध्यको पार्टी माओवादीमा : साँचो कि चुवावी रणनिति ?

ashok-rai-prachanda-and-baidhyaकेहि दिन देखि केहि मेडियामा आइरहेको छ, ड्यास माओवादी भनेर चिनिने  नेकपा-माओवादीले क्यास माओवादीसित पार्टी एकता गर्दै छ । भित्रै भित्रै पार्टी एकताका लागि भित्रभित्रै छलफल र बहस शुरु गरिएको छ । चर्को रुपमा देशघाती, राष्ट्रघाती, भ्रस्टाचारमा लागेका, कम्युनिष्ठहरुकै कलंक भनेर आरोप लगाउँदै आएका ड्यास माओवादीले कसरि एक्कासि क्यास माओवादीसित एकता गर्न सक्छन् ? धेरैलाई चासो लागेको छ । अहिले फेरी केहि मेडियाले लेखेका छन् ‘संघिय समाजवादी पार्टीले एकिक्रित नेकपा (माओवादी) सित पार्टी एकता गर्ने रे । अध्यक्ष अशोक राईले त्यसकालागि भित्र भित्रै प्रचण्डसित बार्ता थालेको र पदकोलागि बार्गेनिङसमेत शुरुगरेको पनि उल्लेख गरेका छन् ? के यो साँचो होला ? नभए यस्तो हल्ला किन चलाईयो ? कसले चलायो ? 

हुन त हाम्रा नेताको भर हुन्न । आफैंले अघिल्लो दिन सम्म सत्तो सराप गरेका नेतालाई भोली पल्टै पार्टीमा हुल्छन् । दश थरी विशेषण दिएर प्रशंसा गर्छन् । पदका लोभी छन् । मेहनत गरेर जनताले रुचाउने गतिलो पार्टी बनाउन भन्दा हत्तन पत्ता ठूलो पार्टीको सपना देखेर झ्याँसम्याँस सबै बटुल्न खोज्छन् । त्यसैले कुनैपनि पार्टीको एकता को सित हुन्छ हुन्न भनेर ठोकुवा गर्न सकिन्न । तर ड्यास माओवादीले तत्कालै क्यास माओवादीसित एकता गरिहाल्ला जस्तो देखिन्न । कार्यकर्ताहरुपनि त्यसै भन्छन् । खासगरि ड्यास माओवादीका नेता क्यास माओवादीसित एकता हुन्छ भन्नेमा पटक्कै विश्वास गर्दैनन् । ड्यास माओवादी कार्यकर्ता जयन्ति लुइँटेलले पार्टी एकता हुने कुरोको ठाडो प्रतिबाद गर्दै उल्लेख गरेकि छन् ‘कार्यकर्ता तहमा पार्टी एकता हुन्छ भनेर थुम्थुम्याउने । राजनैतिक, कुटनैतिक क्षेत्रका व्यक्तिसंगको भेटमा हतियार जम्मा गरेका छन है भनेर प्रोभोग गर्ने । मिडियामा कहिले के कहिले के त कहिले किरणजी निदाइरहनु भएको छ बिउँझेपछि आउनुहुन्छ भनेर हल्ला गर्ने कुनै नया प्रोडक्ट होइन । डुङ्गडुङ्ग गनाएको युगौं पुरानो जाँडलाई अलिकति अत्तर हालेर दुनियाँलाई ठग्न खोजेको नबुझ्ने मानिस यो मुलुकमा अब छैनन् ।’

उता संघिय समाजवादी पार्टीकोपनि तत्काल क्यास माओवादीसित एकता हुने अवस्था छैन । एकता हुने बैचारिक स्थितिमा उनीहरु पुगेकै छैनन् । किनभने अध्यक्ष अशोक राईले आफु कम्युनिष्ट अब नरहेको उहिल्यै स्पष्ठ पारिसकेका छन् । उनी समाजवादी बिचार अँगाल्छन् । त्यसैले अशोक राईले एकिक्रित नेकपा माओवादीसित एकता गर्न आफ्नो बिचार त्याग्नुपर्छ । निति बदल्नुपर्छ । कि त एकिक्रित नेकपा माओवादीले कम्युनिष्ठ सिद्द छोडेको घोषणा गर्नुपर्छ । हुन एकिक्रित नेकपा माओवादीमा कम्युनिष्ठ सिद्दान्त आदर्श के नै बाँकि पो छ र ? तैपनि सार्वजनिक रुपमै त्यागेको घोषणा गर्न कार्यकर्ता र जनता भड्केलान् भन्ने त्रासले गर्दापनि सहज हुन्न । जेहोस, पार्टी एकताका अलगि कि अशोक राईले आफ्नो सिद्दान्त त्यागेर माओवादी सिद्दान्तमा जानु पर्‍यो । कि क्यास माओवादी अशोक राईको सिद्दान्तमा आउनुपर्‍यो । यि दुबै संभावना तत्कालकालागि छैनन् ।

तरपनि किन थरी थरीका पार्टीसित एकता हुने हलल पिटाइरहेका छन् त एकिक्रित नेकप माओवादीका नेता, खास गरि प्रचण्ड र अन्यले ? चुनावी रणनितिका लागि । चुनावमा बहुमत ल्याउन सकिन्न भन्ने माओवादीलाई थाह छ । त्यसैले उनीहरुको निति अहिले जसरि हुन्छ अलिकति मात्रै बैचारिक स्थिति मिल्नेसित एकता हुँदै छ भने हल्ला पिटाउने गरेका छन् । त्यसको कारण के हो भने आफ्ना कार्यकर्ता मा हौशला थप्न । ओहो पार्टी एकता हुँदै छ भनेपछि कार्यकर्ता हौशिन्छन् भनेर ।

हल्ला पिटाउनुको अर्को कारण हो संघिय समाजवादी पार्टी ड्यासका कार्यकर्ता पलायन गराउन भड्काउन सकिन्छ कि भन्ने दाउ । ए पार्टीले एकता गर्न लागेको रैछ भन्दै कार्यकर्तालाई शिथिल बनाइदिने रणनिति । यो रणनिति भित्र ति दलका लोभीपापीहरुलाई तान्ने उद्देश्यपनि लुकेको छ । पार्टी एकता भएपछि भने जस्तो पद पाइन्न, बार्गेनिङ क्षमतापनि हुन्न । त्यसैले केहि लोभीपापी कार्यकर्तालाई अहिलेनै ‘आखिर जसरिपनि पार्टी एकता भैअहल्छ अबरु अहिलेनै गैअहलौं’ भन्ने मानसिकता तयार पार्न ।

पार्टी एकता हुँदै छ भनेपछि ति दलका कार्यकर्तामा तरंग उत्पन्न हुन्छ । को को जाँदै छन् ? भनेर पार्टीको ध्यान त्यता तानिन्छ । कार्यकर्तामा अविश्वास बढ्छ । तानातान शुरुहुन्छ । नेताहरुमा एक अर्का प्रतिशंका उत्पन्न हुन्छ । पार्टीमा बिबाद उत्पन्न हुन्छ । जसले गर्दा फुटाएर केहिलाई तान्न सजिलो हुन्छ । आफ्ना कार्यकर्तामा उत्साह थप्ने र चुनाव प्रचारमा आफुले ध्यान दिने रणनिति हो प्रचण्डको । तैपनि यस्सो जाल फालिहाल्दा न एकतालागि कुनै प्रयास हुन्छ कि ? एकताको आधार बनाउन कुनै नेता लाग्छ कि ? तर जे भएपनि यो जाल फाल्नुको कारण चुनावलाईनै केन्द्रित गरेर हो । बैचारिक हिसाबले होइन । निर्वाचनको यो चारो माओवादीले अन्य झिना मसिना दलहरुतिर निरन्तर फालिरहने छन् ।

तपाइँको प्रतिक्रिया