एमाले नीति
● मोहन राज बराल “मुन” / बेलायत
तपाईं कुन पार्टीको ? भन्ने व्यंग्यपूर्ण लेखमा कलाकार एबम लेखक मनोज गजुरेल लेख्छन ‘माओवादीले भन्ने छ – कडा ‘ब्ल्याक कफी ल्याउनोस् ।’ कांग्रेसले भन्ने छ– ‘मिल्क कफि ल्याउनोस्, चिनी कम गरेर’, अनि एमालेले भन्नेछ– ‘जुन भएपनि भैहाल्छ, एउटा ल्याउनोस् न ।’
वास्तबमा मनोज गुजरेलले भने झैँ एमाले दोधारे पाराको छ । आफुले खान परयो भने जे भएपनि चलाउँछ । त्यस्तै नेकपा एमालेको विचार, व्यवहार र दर्शन कम्युनिष्ट पाराको छैन । साँच्चै भन्दा न पूँजीवादी न समाजवादी, न काङ्ग्रेस, न कम्युनिष्टबीचको बाटोमा नै छ । नेकपा एमाले त विगत केही समयदेखि कम्युनिष्ट पार्टी नै रहेन । अमेरिकन राजदूत बल्खुमा आउँदा मार्क्स लेनिनको फोटो लुकाउने पार्टी कसरी कम्युनिष्ट रहन्छ ? तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले भने रे-’हामी कम्युनिष्ट होइनौं यो त हाम्रो ट्रेडमार्क मात्र हो ।’ नेकपा एमालेले नाम फेर्नुपर्छ भनेर स्पष्ट वक्ता प्रदीप नेपालले भनेका थिए । वास्तवमा उनको भनाइ सही छ । समयक्रममा नेकपा एमाले सैद्धान्तिक विचलनको दोधारमा छ । फेरि यो पाटीको हरेक निणर्य उभयलिंगी पाराको हुन्छन । यो रोग कमरेड मदन भण्डारीको पाला देखिनै सुरु भएको थियो ।
२०४६ को आन्दोलन सफल भएपछी जब नयाँ संबिधान जारी गर्न कृष्ण प्रसाद भट्टराई २०४७ सालको अन्तरिम सरकारको प्रधानमन्त्रि भए त्यो बेला एमालेको तर्फबाट अहिलेका पार्टी अध्यक्ष एबम त्यो बेलाका वनमन्त्रीतथा ‘सालसिड प्रकरण’ का नाईके झलनाथ खनाल, माधब नेपाल =, साहना प्रधान लगायत तेही सरकारमा सामेल भए । आफ्नै पार्टीका नेताहरु सामेल भएर बनाएको संबिधानलाई आंशिक समर्थन भनेर पाटीको दोधारे रोगको सुरुवात भण्डारीको पाला देखिनै सुरु भएको हो । हुनपनि आंशिक समर्थनको भनाई पछाडी कमरेड मदन भण्डारीको विचारहरु सुन्दा यो तर्कपूर्ण र सत्य नै थियो ।
तर २०५१ सालमा सत्तामा पुगेर केहि राम्रो काम गरेपछि २०४७ सालमा जारी भएको संबिधान लाई बिस्तारै आंशिक समर्थन बाट १८० डिग्रीमा ढल्केर यो त बेलायत र अमेरिकाको संबिधान भन्दा नि अतिनै राम्रो छ भन्न थाले । अमेरिकी विदेश नीतिका सबैभन्दा ठुला कट्टर आलोचक नॉम चोम्स्की जसले भियतनाम युद्ददेखि हाल उत्तर कोरियासम्मको अमेरिकी विदेश नीतिको धज्जी उडाउँदै आएका छन । यिनिकै किताब देखाउँदै चाभेजले बुसलाई “ए सैतान यो किताब पढ आतंककारीको नाईके तै होस् भनिदिएछन् ।” तर अमेरिकी कानुनले नॉम चोम्स्कीको बिचारलाई केहि गर्न सक्दैन भने तर हाम्रो कानुनले “बन्दि र चन्द्रागिरी” लेख्ने नॉम चोम्स्कीकै जस्तै विचार भएका कृष्ण सेनलाई तडपाउँदै मार्यो । अब कसरी हाम्रो संबिधान अमेरिकाको भन्दा राम्रो भयो ?
त्यो बेला मदन भण्डारीको मृत्युपछि “महासचिब” पद माधब नेपालको लागि चिट्टामा परेझैँ भयो । जब यिनी प्रमुख प्रतिपक्ष दलको नेता भए तब प्रतिपक्ष दलको भूमिका निभाउन असफल भए । मदन भण्डारीको विचार, दर्शनलाई त्रिसुलीको भेलमै भण्डारी सँगै बगाईदिए । त्यसपछि माधब नेपालको विचार र व्यवहारमा देखिएको मुलमन्त्र नै एमालेको तीनवटा काम ढुंगा, मुढा, चक्काजाम भन्ने नै थियो । सत्तामा पुग्न मदन भण्डारीको हत्याको छानबिनको कुरा उठाए निकै जोडतोडले । जब सत्तामा गए भुले । र सम्झे पनि अन्कनाए । “लाउडा काण्ड” को नाममा रत्न पार्कका रेलिङ्ग फोर्ने र डुंगा मुठा र चक्काजाम अति नै गरे । जब गिरिजा प्रसादले चुप लाग “चाईना साउथ काण्ड” को पोल खोल्दिउँ ? भनेपछि चुप चाप भए ।
सायद मदन भण्डारी जिवित भएको भए महाकाली सन्धि हुँदैन थियो । मदन भण्डारीको प्रस्ट विचार र अविचलित देशप्रेम नै एमालेको लागि काँडा भयो । फलत पैसा, लोभ र सत्ताको लागि राष्ट्रघाती महाकाली सन्धि गर्न समेत पछि परेनन । आफ्नो भागमा पैसा नपरेको झोकमा बामदेबहरु २/४ दिन यसो बाहिर बसेर नाटक गरेझैं गरे । अनि फेरि फिर्ता भए पाटीमै । वास्तवमा राजावादी लोकेन्द्रबहादुर चन्दको सरकारमा सामेल हुनेदेखि माधव नेपालले दाम चढाएरै राजतन्त्रको सेवा गर्ने सम्मका काम भए । सत्तापक्ष या प्रतिपक्ष जता भएपनि एमालेले एक विचार दिएर त्यो बेलामा काँग्रेस र माओबादीलाई दबाब सिर्जना गर्दै काम गरेको भए स्थिति अर्कै हुन्थियो । क्षति कम हुने थियो । तर उ पनि काँग्रेसको पुच्छर समाउँदै माओबादी समस्याको नाममा बन्दुकबाट समाधान खोज्ने भनेर संकटकालमा अनुमोदन गर्न पछि परेन । ज्ञानेन्द्रको प्रतिगामी शाही सरकारमा प्रतिगमन आधा सच्चियो भन्दै आन्दोलनरत दलहरुलाई बिचमै छोडेर सरकारमा सहभागी भए । र गिरिजाप्रसादहरु लाई जील्लराम बनाईदियो ।
२०४६ साल पछि देशलाई अस्थिरताबाट बचाउन र देश बिकाशलाई प्रमुखताका साथ लैजान एकताको आवस्यक छ भनेर काँग्रेससग मिलेर जाउँ भनेर मदन भण्डारीले भनेका थिए । हुनपनि भण्डारीको कुरा सहिनै हो । तर काँग्रेसले टेरेन । त्यस्तै २०६२/२०६३ पछि पनि एमालेले मदन भण्डारीको त्यो कुरालाई बुझेन । १० मे १९९४ मा द . अफ्रीकामा राष्ट्रपति भएका नेल्सन मन्डेला युवाकालमा अति क्रुर र अमानवीय रंगभेदविरुद्ध लड्ने सैन्य दस्ताका छापामार नेता थिए । फेरि उनमा माओत्सेतुङ र चे ग्वेभाराहरूको बढी प्रभाव थियो । जब २७ वर्षे जेलजीवनपश्चात् मण्डेला शान्तिपूर्ण राजनीतिमा आए सत्य के हो भने मण्डेला दुवै समयमा सापेक्ष थिए । नेपालमा माओबादी पनि समय सापेक्ष शान्तिपूर्ण राजनीतिमा आएपछि अझै पनि गाऊँघर तिर मिन्स भएको आईमाईलाई झैँ ब्यबहार गर्न थाले झैँ भएको छ ।
संबिधान सभा भाग-१ पछि एमाले रोल नं ३ त भयो । तर हारलाई पचाउननै सकेन । बरु सुर्य बहादुर थापा र लोकेन्द्र बहादुर चन्द बन्दै सत्ताको रस लियो । वास्तबमा अहिलेको नेपालको बाधक एमाले हो । जति पनि अस्थिरता संबिधान सभाको चुनाब पछि भैरहेको थियो । यो सब एमालेको कारणले नै भयो । पंचायतकालमा लोकेन्द्र बहादुर चन्द र सुर्य बहादुर थापा बिचको सरकार ढलाउने खेल खुब भए । जस्तै एमालेमा माधब नेपाल, बामदेब, डा. ओली, झलनाथ सत्तापक्ष हुँदा पन्चेहरु झैँ आफ्नोलाई आफुले गिराउने खेल खेल्न थाले । फेरि देशकै र सभासद कै सभामुख हुनपर्ने यिनका सभामुख पाटीका मात्रै सभामुख भए । फलत संबिधान सभा शहिद भयो ।
कुनै नयाँ एजेण्डा प्रस्तुत गर्नुभन्दा माओवादिको बिरोध गर्नुलाइ नै प्रमुख कर्तब्य संझिरहे । फलस्वरुप बिकृत राजनितिको मञ्चन लामै समयसम्म भयो । एमाले आङ्कजि शेर्पा प्रकरण देखि खिलराज प्रकरणसम्म आईपुग्दा उसको पार्टीमा लोकतन्त्र कति छ भन्ने देखिन्छ । अनि किन बेकारमा हामी लोकतान्त्रिक भन्दा हुन् ? बाबुरामले मधेसी मोर्चासंग गरेको ४ बुंदे सहमतिलाई राष्ट्रघाती भन्दै सराप्ने एमालेले श्री ४ दलका नेताहरुले “कु” शैलीमा पटक पटक नागरिकता वितरण टोलि घर दैलोसम्मै पुग्दा पनि आफुलाई नेपालको नागरिक भएको कुनै प्रमाण पेस गर्न नसक्ने ६९ लाख बिहारीहरुलाई मतदान गर्न दिने ब्यबस्था मिलाएर गरिन लागेको यो निर्वाचनको के हो नि ? राष्ट्रघाती कि अराष्ट्रघाती ? के संख्या र पद्धतिसमेत किटेर नागरिक बनाउनुपर्ने कुरा स्वाभाविक छ ? के यसरी जानु सिक्किमीकरण र फिजीकरण हुनुहो कि हैन ?
तलदेखि माथिसम्म हेर्दा एउटै सहगोत्री, गाउँदेखि केन्द्रीय कमिटीसम्म एउटा जातिको ९५% बहुमत छ । गोरे बहादुर खपांगीहरु उत्पादन गर्न पाटीमा जातीय संगठन पनि भएको यो जातीय पार्टी नहुने रे । अरुलाई जातीय पार्टी चाहिँ देख्ने ? के अशोक कुमार राईहरु गोरेबहादुर हुनु मात्रै नेता हुनु हो ? माओबादी युवाहरुको दस्ता योङ कम्युनिष्ट लिगको पनि कानुन हातमा लियो, अपराध गरे भनेर निकै आवाज निकाल्ने । तर महेश बस्नेत, प्रकाश रेग्मी ‘चमेरो’, दिनेश अधिकारी ‘चरी’, पर्शुराम बस्नेत, इन्द्र गुरुङ, साजन महर्जन र डन रमेश बाहुन आदिहरु को होलान ? संबिधान सभामा के देखियो भने प्रतिपक्षमा हुँदा रचनात्मक भूमिका खेल्दै प्रतिपक्ष भूमिका खेल्न सकेन ।
“मलाई लाग्दछ, हामी राजनीतिक नपुंसकताबाट ग्रस्त छौं । हामीलाई राजनीतिक भियाग्राको खाँचो छ ।” –ह्युगो चाभेज
एक विचार बिहिन र दिशा बिहिन हुदै गरेको एमालेको लागि चाबेजको भनाई उपयुक्त नै छ । फेरि माधव नेपाल के भन्छन् भने “कांग्रेस बूढो गोरु, एमाओवादी धोकेबाज”हो रे । नेपालको यो कुरा सहिनै हो । तर फेरि एमालेलाई बूढो गोरुको पुछर नै भन्न किन भुलेछन ?




