तराई टुक्र्याउन दहि चिउरा बाँडेझैं नागरिकता
● मदन बज्राचार्य
सानो बल्छीमा ठुलो माछा अल्झिँदा माझीले जसरि अलिकति छोड्दै अनि अलिकति कस्दै ति माछालाई बिस्तारै आफ्नो पकडमा ल्याउदै गर्छ । ठिक त्यसरिनै नेपालको सार्वभौम सत्तालाई “मधेसी”बल्छीमा अल्झाएर नेपालको सार्वभौम सत्ता भारतले आफ्नो कब्जामा लिंदैछ ।
अहिले यो राजनीतिका चण्डाल चौकड़ीले सहमति गरेको बुँदा नम्बर १२ मा संबिधान सभाको पहिलो चुनावको मतदाता सूचीमा नाम रहेको ६९ लाख नागरिकता नभएका जसले तस्विर भएको मतदाता परिचय पत्र समेत लिन अस्विकार गरेका थिए । तिनीहरु सबैलाई मधेसी दलको माग अनुशार नागरिकता नभए पनि मतदान गराउने सहमति गरेका छन् ।
नेपालमा नागरिकता सम्बन्धि समस्या तराईमै केन्द्रित छ । तराईमै बिहारीहरुको आप्रवाश निरन्तर बढ्दैछ । बिहारको कानुनले खोज्दै गरेका अपराधीहरु बिहारमै नबिक्ने कामदारहरु र कालोधन लुकाउने काला बजारियाहरुको निमित नेपालको तराई लुक्ने थलो बनेकोछ । यस्ताको नाम मतदाता सूचीमा चढाउँदा उनीहरुको मतबाट कस्ता नेता चुनिनेछन उल्लेख गर्न पर्दैन ।
२०३६ सालमा पंचायतको बिरोध भयो । राजाले भारत प्रवासवाट आएको नेताहरुकै माग अनुशार पंचायत ब्यबस्था परिबर्तन गर्न चाहेन । पंचायतको विरोधले बिद्रोहको रुप लियो । तव राजाले तत्कालिन प्रधानमन्त्रि सुर्य बहादुर थापालाई जनमत लिने घोषना गर्यो । जनमतमा पंचायत हार्ने निस्चितनै थियो । तर त्यतिबेला नै भारतमुखी मानिने तत्कालिन प्रधानमन्त्रि सुर्य बहादुर थापाले जनमतमा पंचायतलाई जिताउन तराईमा सकेजति आफुलाई मधेसी भन्ने बिहारी आप्रवाशीहरुको नाम सँगालेर जनमत गराए । र पंचायत ४ लाख भोटले जितेको देखाउन सफल भयो । अनागरिकको भोटबाट नागरिकले चाहेको ब्यबस्था आउँदैन भन्ने कुराको यो ज्वलन्त प्रमाण हो । त्यतिबेला देखिनै नेपालमा मधेशवादीको चलखेल बढेको थियो ।
२०४८ पछिको चुनावमा सुर्य बहादुरको ती ४ लाख मधेशबादी पाहुना मतदाताहरु ४० लाख पुगे । तव तिनीहरुको मतबाट बिजयी भएका नेताहरुले नेपालको सदनमा धोति र कुर्ताको नाच देखाए । नेपाली भाषाको अपमान गरे । तिनै आफुलाई मधेशी भन्ने बिहारीको मतबाट जितेका मधेशबादी नेताहरु र भारतले समेत तराईको मतदाता सूचीमा नाम रहेको आधारमा मधेशीहरुलाई नेपालको नागरिकता दिनुपर्छ भनेर दवाव दियो । राजाले नमानेको कारण तिनीहरुले नागरिकता पाउन सकेनन् ।
४० लाख मधेसीलाई नागरिकता दिन नमान्ने राजाको हत्या पछि यि नेताहरुले तराईमा नागरिकता दहिच्युरा बाँडे जस्तै बाँडे । तव ३० लाख बिहारि मधिसेहरुले नेपालको नागरिकता पायो । तव मधेशबादी नेताहरु स्यालबाट ब्वाँसा बने । तराईमा बस्ने अरु नेपालीहरुलाई समेत पहाडे भन्दै लखेट्न थाले । सिंगो तराईमै मधेशीको राज हुनुपर्छ भन्न थाले । तराईका आदिबाशी थारु, मैथिली लगायतले मधेशवादीको बिरोध गर्न थाले । यि मधेशबादीहरुले थारु मैथिलीलाई फकाउन नसकेपछि बम हानेर तर्साउन खोजे ।
यिनिहरुले थारु मैथिलीलाई घर र सडकमा मात्रै दवाउन, तर्साउन सक्छन् । तर मतदान केन्द्रमा हात समाएर उनीहरुको भोट आफ्नो मतपेटिकामा खसाल्न सक्दैनन् । यसैकारण अहिले लगभग तराईको बासिन्दा जत्तिकै हुने ६९ लाख नेपालको नागरिकता पनि नभएका र तस्विर भएको मतदाता परिचय पत्र समेत लिन नमानेका मधेसीहरुलाई अब हुने चुनावमा मतदान गर्न लगाउने सहमति गर्न यि नेताहरुलाई बाध्य गरायो । अनुमान गर्नुस मित्रहरु यि ६९ लाखले मत दिएर कसलाई जिताउनेछन ?
तराईमा ४२ लाखलाई जथाभावी तरिकाले नागरिकता दिँदा आज आफुलाई नेपाली नमान्ने र नेपालको नेपालीलाई पहाडी भनेर लखेट्ने समुह नेपालको राजनीतिको चौथो शक्ति बन्दा त यि नेताहरु श्याल भन्दा लुते बनेका छन् भने अब ६९ लाख त्यस्तैलाई मतदान गराएपछि अर्को चुनाव पछि यि नेताहरु के बन्ने छन् ? नेपालको तराई कसको बन्ने छ ?
नेपालमा भएको हरेक राजनैतिक परिबर्तनले मधेशबादीलाई झन झनै बलियो बनाउँदै लगेबाट अपराध गरेकोमा सजायँ गर्नुपर्नेमा झन राजनीति गर्ने र जिन्दगीमा एक चोटी मन्त्रि वा प्रधानमन्त्रि बन्न पाए देश अरु जेसुकै होस् भन्ने नेताहरुलाई त फाईदा नै भयो होला । तर नेपाल र नेपालीलाई के भयो ? मित्रहरु आफै सोच्नुस ।
पटक पटक घर दैलोसम्मै पुगेको नागरिकता टोलीलाई आफु नेपाली भएको कुनै प्रमाण देखाउन नसक्ने यि ६९ लाख अरु कोहि होईनन् । मधेशबादी बिहारिहरुनै हुन् भन्न हिच्किचाउनु पर्दैन । तराईमा यस्ताको मतबाट चुनीएका नेताहरुले आत्म निर्णय गर्नसक्ने राज्य बनेको लगतै तराई नेपालबाट अलग्गिएको घोषणा गर्नबाट यिनिहरुलाई कसैले रोक्न सक्दैन ।




