चुनावी सरकार बनाउन पाए धाँधली गर्ने दाउ

nepal-elections-8नेपाली कांग्रेसलाई जसरि पनि चुनाबी सरकार नभैभएको छैन । एमाले पाएसम्म आफ्नै नेत्रित्वमा होस् भन्ने चाहने । नपाए नेपाली कांग्रेससित मिलेर भएपनि चुनाबमा आफ्नो दल सरकारमा हुनैपर्ने । एकिक्रित नेकपा माओवादी बाहिर जे भनेपनि चुनावसम्म ज्यानजाला सरकार छोड्न नचाहने । मधेशी दलहरु त झन यसैपनि भैहाले, सरकारबाहिर यसै बस्नै सक्दैनन् हत्तपत्त । राष्ट्रिय जनमोर्चा, राप्रपा लगायतका दलको मागपनि हुने गर्छ, राष्ट्रिय चुनाबी सरकार बनाउनुपर्छ । त्यसको अर्थ चुनावी सरकारमा तिनका निधार अनुसार पद मागेका न हुन् । सबै दललाई चुनावका बेला आफ्नै सरकार हुनुपर्ने के छ ? सजिलो उत्तर हो, धाँधली । नत्र सबैलाई चुनावी सरकारनै चाहिने किन त ?

चुनावमा सरकारले नाम कमाउने काम गर्न पाउँदैन । नयाँ योजना बन्दैनन् । जनतालाई राहत दिने खालका काम र निति बनाउन पाईन्न । बन्दैनन् । विकासका काम गरेर जनतालाई देखाउन पाईन्न । सरकार निर्वाचनमै तल्लिन हुन्छ । निर्वाचन राम्रोसित भएपनि त्यत्रो ढाडस पाइने केहि होइन । निर्वाचनकालागि शान्ति सुरक्षा र निर्वाचन राम्रोसित गराउँदैमा सरकारको समय जान्छ । सरकारले कुनै वाही वाही पाउँदैन । किनकि त्यो सरकारको सामान्य काम नै हो । यसमा ठूलो नितिगत निर्णय, दूरदर्शिता र एजेन्डाको खाँचोपनि पर्दैन । तर निर्वाचनमा गल्ति कमजोरी भयो भने सरकार र त्यस पार्टीको हुनुसम्म आलोचना हुन्छ । बदनाम हुन्छ । एक किसिमले चुनावी सरकारमा बस्नु भनेको आलोचना र बदनामीको भारी बोक्नु हो । तर हाम्रो देशमा मरिहत्ते गर्छन् चुनावी सरकार आफुले बनाउनकालागि । यसैले देखाउँछ कुनैपनि दल स्वच्छ निर्वाचन होस् भन्नेनै चाहन्नन् । हाम्रो देशमा त जनताको मत लिने भन्नु नै लुट्नु हो ।

जब निर्वाचन घोषणा हुन्छ तब शुरु हुन्छ, देशमा राज्य शक्तिको दुरुपयोग । जुन पार्टीको सरकार छ उसले शुरु गर्छ गुण्डा, ज्यानमारा, डनहरुलाई परिचालन गर्न । चुनावमा सुरक्षा दिने भन्दै सरकारी ढुकुटीबाट ज्यानमाराहरुलाई खर्च बाँड्न थालिन्छ । सरकारी खर्चको दुरुपयोग गरेर गाडीहरु कुदाउन थालिन्छ । चुनावमा गुन्डाहरु कुदाउनकोलागि भन्सार नलिई भारतीय मोटरसाईकल बाँडन थालिन्छ । कर्मचारी सरुवा गर्न पाइन्छ । आफुलाई मन पर्ने, आफ्नो पार्टीलाइ सहयोग गर्ने, आफ्ना उम्मेदवारलाई ज्यान फालेर मद्दत गर्ने कर्मचारीलाई उपयुक्त ठाउँमा सार्न थालिन्छ । नमिले धम्काउने वा खरिद गर्ने गरिन्छ ।

कार्यकर्ता मोटर साईकल र गाडीमा । नेताहरु हेलिकोप्टरमा सवार हुन थाल्छन् । जाँड, मासु र भोज भतेर गरेर भब्य प्रचार शुरु हुन्छ । सरकारी सञ्चार माध्यमहरुले सरकार पक्षको खुब चाकरी बजाउँछन् । हाकाहाकि नमिलेपनि सरकार पक्षको पार्टीको बदमासीलाई झिँगाको टाउको जसरि दिने । बिपक्षीका साना जुम्रा जस्ता कमजोरीलाई हात्ती जत्रो बनाएर फुक्ने । सकभर बदनाम गरिदिने । आफैंले गुन्डा पठाएर भिडाउने, कुट्ने अनि आक्रमण गरेकाले प्रतिकार गरेको भन्दै फुक्ने । सरकार पैसो खर्च गरेर सोझासाझा गरिबको बस्ति छिर्ने । राँगा र पाडा, खसी र कुखुरा अनि चिउरा र जाँडको खोलो बगाउने एकाध सातालाई । अनि भोट तान्ने । कतै ‘यति भोटको यति पैसो’ भन्दै खरिद गर्ने । आफू अनुकुलका मतदान अधिक्रित खटायो । बिटाका बिटा मत पेटिका झ्याप पार्‍यो । अरुले यताउति गरे धाँधली भो भन्दै कुर्लियो । आफूले हुँदै नभएका मान्छे, मरिसकेकाका नाममापनि मत खसाल्यो । भएका मतदाता संख्या भन्दाअनि बढि मत खसाल्यो ।

ब्यापारीबाट चन्दा लिने । “तेरो सरकार भो भने, तँ मन्त्री भईस भने तेलमा यति मिशावट गर्न दिने । बेसारमा माटो मिसाउन दिने । सक्कली बिउमा नक्कली मोल्न दिने । पेट्रोलमा मट्टीतेल घोल्न दिने । सडक बनाउँदा टेन्डर हाम्लाई दिने । काला बजारियाहरुबाट यस्तै शर्तमा पैसो लियो । खरिद गर्‍यो । चुनाव जित्यो । अनि मालामाल बन्यो । आफु, आफ्नो पार्टी । तर जनतालाई भने थप मारमा पार्‍यो । देश कंगाल बनाइराख्यो । देश र जनता लुट्नुसम्म लुट्यो । हो, चुनाव अघि सरकार छोड्न नचाहनु र हाम्लाईनै चाहिन्छ भन्नुको भित्रि रहस्य यहि नै हो । किनभने बिगतमा पञ्चायतका पालादेखिनै पञ्चे, नेपाली कांग्रेस, एमाले र पछिल्लो खेपमा माओवादीले गर्दै र सिक्दै आएकै यहि हो ।

चाहे त्यो कांग्रेस होस्, एमाले, माओवादी वा राप्रपा । अहिलेपनि सबैको दाउ नै यहि हो । अहिलेको लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्रको सक्कली रुपपनि यहि नै हो । कांग्रेस उपसभापती रामचन्द्र पौडेलले ‘चुनाव नेपाली कांग्रेसको सरकारले बाहेक अरुले गराउनै सक्दैन’ भन्नुको रहस्यपनि यहि हो । किनकि पार्टी फुट्या छ । अर्थात् धेरै निस्किएर हिँडेका छन् । जनाधार कमजोर छ । अनि आफ्नो अनुकूल बनाउन त नेपाली कांग्रेसले बाहेक अरुले निर्वाचन गराएर सक्दैन । र माओवादी, एमाले लगायत अन्य दलको मामिलामापनि यहि लागू हुन्छ । त्यसैले बिगतको अनुभव र शिक्षा लिएर चुनावी राष्ट्रिय सरकार बनाउनु जायज हुन्छ । त्यस्तो सरकारले सामूहिक रुपमा आचारसंहिता बनाओस्, नियम बनाएर कडाईकासाथ पालना गरोस् ।

 

तपाइँको प्रतिक्रिया