लेण्डुपे प्रवृतीलाई नारायणकाजीको लोप्पा

जे होस् यो मन्त्रीमण्डलमा कोहि न कोहि मन्त्री त रहेछ देशको लागि अलि सोच्ने । थोरै भएपनि गम्भिर । आफुले सकेको गरौं भनेर कोसिस् गर्ने । नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन सिस्टम अपग्रेडको काम भारतलाई दिने भन्दै गोप्य फाईल ओहोर दोहोर गराउने गृह र प्रधानमन्त्री कार्यालयको योजना थियो । यो सकभर तिनले लुकेर, छिपेर, साट्टसुट्ट फत्ते गर्न खोजे । तिनका भारतीय दाजैहरुलाई खुशि पार्न । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले थाह पाएपछिपनि जबर्जस्ति गर्न खोजे । उनीसित सहमती नलि जबर्जस्ति यो योजना सदर गर्न खोजे ।

तर लेण्डुपेहरुलाई अहिले भाँजो हालेर चुनौति दिईरहेका छन् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले । उनले त्यो काम भारतलाई दिँदा नेपाललाई असुरक्षा हुन्छ, जोखिम हुन्छ भनेर असहमति जनाएका छन् । तर ग्रिहमन्त्री विजय कुमार गच्छदार र प्रधानमन्त्री डा बाबुरामका यि कर्तुतसित उनी लड्न सक्छन् कि सक्दैनन् । मन्त्रीपरिषदमा लेण्डुपेहरुको राईदलो भएका बेला एक जनाले राष्ट्रियताको चिन्ता गर्दैमा सजिलो भने हुन्न नै ।

पार्टीमा पहुँच कम छैन नारायणकाजीकोपनि । र जनतामापनि राम्रै भिजेकै हुन् । घरपनि गोरखानै पर्‍यो उनको पनि । उनको मन्त्रालयको काम उनले गर्न पाउनुपर्छ । परराष्ट्रमन्त्री भन्ने, पद दिने तर उनलाई विश्वासघात गर्ने । काम गर्न नदिने । उनको मन्त्रालय भएर जानु पर्ने निर्णय आफैले गर्ने । यो जायज हुनै सक्दैनथ्यो । उनले यसमा आफु मुकदर्शक हुन चाहेनन् । चाहुन् पनि कसरि ? आफ्नो देशको राष्ट्रियता, सुरक्षाकालागि लेण्डुप हुन नचाहनेले त सोचिहाल्छ नि !

र पछिल्लो समयमा प्रधानमन्त्रीको भारत भक्तिले ९० डिग्रीमा शिर झुकाउन थालेपछि उनले बिरोध गरिरहेका छन् । त्यहि बुझेर उनले प्रधानमन्त्री र ग्रिहमन्त्रीलाई चुनौति दिएका हुन् ‘राष्ट्रिय सुरक्षा र स्वाधिनताका हिसावले संबेदनशील’ भन्दै । ग्रिहमन्त्री गच्छदार र प्रधानमन्त्री मिलेर सदर गर्न खोजेपछि परराष्ट्रमा पठाएको फाईललाई उनले धोति लगाइदिने निर्णय गरे । यो लेण्डुपेहरुलाई ठूलो चुनौति हो । आफ्नै पार्टीका दुई नेता, एउटा ज्यान फालेर फाईल अगाडि बढाउँछ । लुकि लुकि सदर गराउन खोज्छ । आफ्नै पार्टीको नेता मन्त्रीसित सल्लाह गर्दैन । अर्को चाहि यसले हाम्रो राष्ट्रिय सुरक्षामा गभिर असर गर्छ भनेर अडान लिन्छ । फाईल रोक्छ । एउटा गुप्तचरी शैलीमा काम फत्ते गर्न खोज्छ । अर्को त्यसलाई ठाडै ईन्कार गरेर सार्वजनिक गरिदिन्छ । यसबाट बुझिँदैन राष्ट्रघात गर्न खोजिएको हो कि होइन ?

लाजपनि कति हराएका । पाँच छ करोड जाबो निकाल्न नसकेर भारतसित भिख माग्ने । रकम अलि ठूलै भए त नेपालले निकाल्न नसकेर भन्नु । आफ्नै आन्तरिक स्रोतबाट पुग्छ कि भनेरपनि कोसिस नगर्ने । काम पर्‍यो कि झोलि थापिहाल्ने । त्योपनि सुरक्षाको विषय आर्कालाइ जिम्मा लगाएर । अध्यागमन अपग्रेड गर्न सबै भारतलाई दिँदा सुरक्षामा आँच पर्छ भन्ने अडान मात्रै सकारात्मक होइन कि ‘हामी आन्तरिक स्रोतबाटै त्यो खर्च जुटाउँछौं” भनेर हिम्मत गर्नुपनि परराष्ट्र मन्त्री नारायण काजीको आँट हो, आत्मविश्वास हो ।

श्रेष्ठले गृहसचिव नविनकुमार घिमिरेलाई नै बोलाएर गृहमन्त्री र प्रधानमन्त्री दुबैलाई एकै वाँणले चुनौति दिए । भने ‘आन्तरिक स्रोतबाट खोज, लम्पसार नपर आफ्नो देशको सुरक्षालाई भारतका सामु सुम्पेर ।’ ग्रिह सचिवलाई सदर गराउने बाटो चाहिएको । यो महँगो छ । कहाँबाट जुटाउने यत्रो रकम ? भनेछन् । श्रेष्ठ कड्किए ‘जतिसुकै खर्चिलो जोस् । यस्तो संबेदनशील काम बिदेशीलाई दिन सकिन्छ ?’

यो एकदम प्रशंसनिय काम हो । प्रधानमन्त्री स्वयं भारतका अगाडि निहुरिँदै गएका बेला परराष्ट्र मन्त्रीले चुनौति दिनु सकारात्मक हो । यसलाई सञ्चारकर्मीहरुले ढाडस दिनुपर्ने हो । उनको कामलाई प्रशंसा गर्नुपर्ने हो । दुई चार जना मन्त्रीहरु देशप्रेमी निस्किएर, देशको सुरक्षामा गद्दारी गर्दा, आफ्नो गुइय विदेशीलाई खोल्न खोज्दा हामी मान्दैनौं भनिदिने हो भने प्रधानमन्त्री वा लेण्डुप हुन खोज्ने अन्य मन्त्रीहरुलाई गतिलो पाठ हुन्थ्यो । जे होस् गृह मन्त्री र प्रधानमन्त्रीलाई लोप्प खुवाउँदै गरेको यो आँटलाई मान्नै पर्छ । स्याबास नाराणकाजी !!

तपाइँको प्रतिक्रिया