बुढी घोडी शुसिल र रामचन्द्र भन्दा तरुनी घोडी बाबुराम भारतको छनोट
● मदन बज्राचार्य
भएको घर भत्काएर नयाँ घर बनाउनु अघि आफ्नो औकात देखि आवश्यकता सबै कुरामा सबैले बिचार गर्छ । त्यत्तिकै बेसुरमा कसैलेपनि भत्काउँदैन । भएको घरमा के कस्तो असुविधा थियो । नयाँ घरमा के कस्तो सुबिधा थप्ने भन्ने कुराको योजना बनाउँछ । तव नयाँ घर बनाउने प्रक्रियाको सुरुवात गर्छ । दाई भाईको बिचमा झगडा हुँदैमा कसैले घर भत्काउँदैन ।
तर नेपालको संविधान २०४८ को ब्यबस्था काग्रेसको सरकार र मावोबादीको बिचको बिबादलाई निहुँ बनाएर भारतको योजना बमोजिम खारिज गर्यो । भारतले सन् १९४५ देखिने नेपालको कुनै पनि ब्यबस्था र सरकारको विरोधीलाई आफ्नो स्वार्थ पूर्ति गर्ने हतियारको रुपमा प्रयोग गर्दै आएको छ । नेपाली जनताले फाल्न चाहेको नेता नै भारतले नेपाल माथि लादेर परिबर्तित ब्यबस्था समेतलाई असफल बनाउँदै आएको छ ।
कुनै पनि देशको नेता तथा शासक त्याहाँको जनताले नचाहेमा त्यो कम्जोर नै रहन्छ । त्यस्ता नेताहरु यदि सत्ताको लोभी भएमा आफु सत्तामा टिकिरहन आफ्नो देशको भूभागलाई विदेशको प्रदेश बनाउन पनि हिच्किचाउँदैनन् । उदाहरण र प्रमाण नेपालकै लिने हो भने दिल्ली सम्झौता लाइ लिन सकिन्छ । त्यस अन्तर्गत नेपाली जनताले सन् १९३९ देखि पाएमा टुंडिखेलमा झुण्ड्याउन चाहने मोहन शमशेर २००७ सालमा फेरी पनि प्रधान मन्त्रि बने । उनैको शासन कालमा २००८ सालमा १९५० को सन्धि गरे ।
नेपालमा मात्रै होईन भारतले आफ्ना सबै साना छिमेकी देशरुमा त्यसै गर्दै आएको छ । उदाहरण र प्रमाण काश्मिर, सिक्किम र भुटानको लिन सकिन्छ । नेपालमा आफ्ना पिठ्ठुहरुलाई सत्तामा पुर्याएर नेपालका केहि ठुला नदीहरु मात्रै कब्जा गर्नसकेको छ भने कास्मिर र सिक्किम त क्वाप्पै निलेको थियो । बंगलादेसलाई झन्डै भुटान जस्तै बनाएको थियो । श्रीलंका झन्डै टुक्र्याएको थियो ।
साँच्चै भन्ने हो भने भारत आकार देखाएर तर्साउने भुत नै बनेको छ । भूतको भोक कहिले मेटिन्न । नेपालको निमित भुत जस्तै बनेको भारतको भुख पनि कहिल्यै मेटिने छाँट छैन । हेर्नुस संसारलाई थाह छ कि कोशी गण्डकी संझौतामा नेपाललाई भारतले ठगेको छ भनेर । कोशी गण्डकी सम्झौतामा आफ्नो अनुहार कालो बनाएको भारतले महाकाली सन्धिमा नेपाललाई फेरीपनि ठग्यो । त्यतिले पनि भारत अघाएको देखिंदैन । अब तराई नै टुक्राउन बिहारिहरुलाई आफ्नो दवावमा नेपालको नागरिक बनाउन लगाएर तराईलाई हाललाई आत्म निर्णय गर्न सक्ने ‘मध्यदेस” बनाउन खोज्दै छ । त्यहि आत्म निर्णय गर्ने अधिकार प्रयोग गर्न लगाएर हाम्रो तराईलाई अर्को सिक्किम बनाउन खोज्दै गरेको जो कोहिले पनि बुझ्न सक्छ । तर भारत सित बिकेका, झुकेका नेताहरुले बुझेर बुझ पचाउँदै, नेपालीलाई ढाँट्दै आएका छन् । के को लागि ?
मधेशबादको मुद्दा सन् १९५९ मै रघुनाथ ठाकुर नामको देस द्रोहिले उठाएको थियो । रघुनाथले त्यो बेला नै भनेको थियो “नेपालको तराई बिहारको एक भाग हो । र भारतमै मिलाउनुपर्छ ।” त्यस्तो माग राख्दै दिल्लीको सदन अगाडि धर्नासमेत दिएको थियो । अहिले ठुला मधेशबादीहरुको राजनैतिक दलहरुको नामाकरण पनि रघुनाथकै पालामा भएको थियो । तर त्यतिबेला महेन्द्र र बिरेन्द्रको कारण तिनीहरु आज जत्तिको संगठित हुन सकेका थिएनन् । राजा वीरेन्द्रको पालामा रघुनाथ मारियो । त्यो रघुनाथ ठाकुरलाई आजको सबै मधेशबादी दलहरुले आफ्नो नेता मान्नु र उसलाई आफ्नो प्रथम महान सहिद मान्नुले यि मधेशबादी दलहरु बास्तवमा के चाहन्छ भन्ने कुरा स्पस्ट हुन्छ ।
मित्रहरुलाई रघुनाथ ठाकुरको बारेमा बुझ्नु छ भने रघुनाथ ठाकुरले लेखेको कितावको ४ पन्ना इन्टरनेटमा उपलब्ध छ । ती ४ पन्ना मात्रै पढे पनि सबैले बुझ्छ मधेशबाद के हो र त्यसको पछाडी को छ भनेर । यहाँनिर उल्लेखनीय कुरा के छ भने वीरेन्द्र बाँचुन्जेल यि मधेशबादीले टाउको उठाउन सकेन । भारतले पनि यति खुलेर मधेशबादीलाई धाप दिन सकेन । तर बिरेन्द्रको हत्या र राजतन्त्रको उन्मुलन (त्यो पनि दिल्ली सम्झौता पछिनै भएको हो नि !) पछी जसरि भारतले खुलेरै मधेश्बादिहरुलाई उकास्न थाल्यो । त्यसबाट राजतन्त्रको उन्मुलन नेताहरुले सोचे जस्तै नभएको र लोकतन्त्रको निमित्त नभएको स्पष्ठ हुन्छ ।
मैले यि कुराहरु भनेर न त राजतन्त्र नै नेपालको लागि ठिक भनेको हो । न यि नेताहरुको मनपरी चल्ने लोकतन्त्रलाई बेठिक भनेको हो । मेरा शब्दको अर्थ त मात्र नेपालमा राजनैतिक अस्थिरता कसको कारणले हुँदैछ । त्यसबाट कसले आफ्नो स्वार्थ पुरा गर्न खोज्दै छ भनेर मित्रहरुको ध्यान आकर्षण गर्न मात्रै खोजेको हो ।
भारतले साँच्चै भन्ने हो भने हाम्रा यि लठेब्रा नेताहरुलाई कागती निचोरे झैँ निचोर्दै रस निकालीसकेपछी फाल्दै आएको छ भन्ने कुरा अस्ति भर्खरै १७ पटकसम्म पनि प्रधानमन्त्रीमा चुनिन असफल भएको रामचन्द्रको बोलीले स्पष्ठ पार्छ । जव बाबुरामलाइ प्रधानमन्त्री बनाउन भारतले समर्थन गर्ने भन्यो त्यतिबेला रामचन्द्र पौडेलले रुन्चे स्वरमा “भारतले कांग्रेस सितको पुरानो संबन्ध र निकतालाई वास्ता गरेन ” भने भनेबाट पुस्टि हुन्छ ।
भारतले माधव नेपाललाई त्यस्तै गर्यो । माधवलाई मात्रै होईन भारतले बिशेस्वरलाई समेत त्यस्तै गरेको थियो । महेन्द्रले २०१७ सालमा सत्ता आफ्नो हातमा लिएपछी बिशेस्वरले महेन्द्र बिरुद्ध ससस्त्र क्रान्तिनै गर्न नेहरुको समर्थन खोजेकोमा नेहरुले अस्विकार गरेको यो कुराको प्रमाण हो ।
भारतको स्वतन्त्रताको निमित्त जेल समेत जाने बिशेस्वरलाई नेहरुले साथ नदिएको कारण स्पस्ट छ । मात्रिका र बिशेस्वरको झगडाले गर्दा कांग्रेसका अधिकांश सांसदहरु मात्रिकाको पछी लागेर महेन्द्रको समर्थन गरेको कारण नेपालको राजनीतिमा बिशेस्वरको पकड खुस्किसकेको थियो । बिशेस्वर भारतको निमित चढ्न नसकिने बुढो घोडा बन्यो ।
अहिले भारतले कांग्रेसलाई समर्थन र साथ दिनु भन्दा माओवादीको बाबुराम घटकलाई साथ दिएको पनि कांग्रेसका यि शुसिले, रामचन्द्रेहरु भारतको निमित बुढी घोडीहरु भन्दा कमजोर बनेको र कांग्रेसकै शेरबहादुर पहिला देखि भारतको निमित चाहे जस्तो नचाउन नसकिने भएकोले हो ।
मैले यसो भनेर शेर बहादुरको प्रसंसा गर्न खोजेको होईन । तर जुनबेला शेर बहादुरले माओवादीलाई दमन गर्न अमेरिका, बेलायत, जर्मनी, बेल्जियम आदि ठुला बलिया देशहरुको साथ पाएको थियो । त्यतिबेलासम्म माओवादीले भारतको समर्थन र सहयोग पाईसकेको थियो । यहि कुरालाई तितो सब्दमा भन्ने हो भने त्यतिन्जेलसम्म माओवादी भारतको टाङमुनिको घोडा बनिसकेको थियो । यो कुराको प्रमाणको रुपमा जुन २००१ मा नेपालको राजदरबार काण्डमा भारतको हात भएको संकेत गर्दै राजा बिरेन्द्र माओवादीको बिरोधि नभएको भनेर कान्तिपुरमा प्रकाशित गरेका थिए बाबुरामले । तर त्यो लेख प्रकाशित गरेको ठिक एक बर्ष पछी जुन २००२ मा एस डी मुनिको हातमा भारतको प्रधानमन्त्रीलाई बाबुरामले नै भारतको सहयोग माग्दै माओवादी भारतको बिरोधि नभएको उल्लेख गरेर चिठ्ठी लेखेको तथ्यलाई लिन सकिन्छ ।
शेर बहादुरले माओवादीलाई दमन गर्न खोजेको जुन २००२ पछी अर्थात भारतको प्रभाव तथा शरणमा गईसकेको माओवादी दललाई तेश्रो देशहरुको सहयोगमा दमन गर्न खोजेकोमा शेरबहादुरलाई गिरिजाले कांग्रेस पार्टीको साधारण सदस्यतासमेत निस्काशित गरेका थिए । यसले पनि देखाउंछ कि भारतको स्वार्थ र भारत समर्थित दलको बिरुद्ध बोल्ने नेताको के हालत कसले बनाउन लगाउँछ भनेर ।
यस्तै घटना कृष्ण प्रसाद माथि पनि दोहरियो । कृष्ण प्रसाद अन्तरिम प्रधानमन्त्रि हुँदा भारत गएका थिए । त्यतिबेला भारतीय प्रधानमन्त्रीले कृष्ण प्रसादलाई “नेपालको सेनामा मधेशीलाई किन भर्ना नगरेको” भनेर गरेको प्रश्नमा “भारत सित मित्रताको निमित घुंडा नै टेक्न नमान्ने कृष्ण प्रसादले “भारतले नेपालको गोर्खालीलाई भारतीय सेनामा भर्ति गर्नुको बदला मधेसीलाई किन भर्ना नगरेको” भनेर प्रतिप्रश्न गरेर भारतको प्रधानमन्त्रीलाई नाजवाफ बनाएका थिए । यो कुरामा मधेशबादी नेताहरुको पनि नेता हाल भारतमै प्रवासमा रहेको जय कृष्ण गोईतले कृष्ण प्रसादलाई मधेशी विरोधीको आरोप लगाएको कुरा अहिले पनि ईन्टरनेटमा जोकोहिले पढ्न सक्छ ।
मधेशवादको बिरोधि भएको आरोप लागेको कृष्ण प्रसादलाई गिरिजाले पछी के गर्यो त्यो सबैले देखेकै कुरा हो । अहिले पनि भारतलाई शत्रु भनेकाले बैध्य पक्ष माओवादी दलबाट निक्लनु परेको हो । “माओवादी दलको कुनै गिरिजा” को कारणले दल भित्र टिक्न नसकेको हो । त्यो पछी स्पस्ट हुँदै गर्छ ।
मैले यहाँ “माओवादी दलको गिरिजा” भन्ने बाक्य किन प्रयोग गरेको भने नेपालमा बिहारबाट नेपाल पसेका लाखौं बिहारी मधेसीहरुलाई नेपालको संबिधान कानुन छलेर नेपालको नागरिकता दिन पहिलो प्रयास गिरिजालेनै गरेकोले हो । दिल्ली संझौता पछी बिहारी मधेसीलाई नागरिकता दिलाउन तँछाड मँछाड गर्ने गिरिजाहरु सबै दलमा देखियो ।
गिरिजाको अवशान पछी कांग्रेस कमजोर बन्यो । भारतको निमित कमजोर कांग्रेसको लठ्ठु सुसिले र लठ्ठक रामचन्द्रे भन्दा प्रचण्डलाई समेत चुनौती दिने बाबुराम भारतको निमित उपयुक्त भयो । तव न भारतले बाबुरामलाई साथ दिएको हो । नभए बाबुराम त भारतलाई नेपालको राजनीतिको प्रमुख शत्रु भन्ने “माउ” वादी प्रचण्डको सहायक न हो । भारतले प्रचण्डको बिरोध गर्ने बाबुरामलाई सहयोग र समर्थन दिनुको अर्थ र तात्पर्य मात्र सिंगो माओवादी दललाई भाड्न टुक्राउन वा कमसेकम कमजोर बनाउन खोजेको हो ।
अब हेर्नुस प्रचण्डले आफु जति चोटी प्रधानमन्त्रीको चुनाव हार्दै गर्दा पनि भारतको बिरोध गर्न छोडेको थिएन । भारतले उचालेको कुनै मधेशबादी दलहरुले प्रचण्डलाई मत दिन मानेको पनि थिएन । पछी प्रचण्डले चुनावमा भाग नलिने निर्णय गरेर माओवादी दलको समर्थन एमालेलाई दियो । झलनाथको नेत्रित्वमा सरकार बन्न दियो । त्यतिबेला भारतले मात्रै झलनाथको नेत्रित्वमा बनेको सरकारको बिरोध गरेको थिएन । बाबुरामले पनि खुलेर नभएपनि दवेर झलनाथको बिरोध गरेको थियो ।
त्यतिबेला झलनाथलाई समर्थन दिने उमेश यादवको मधेशबादी दल नै टुक्रियो । त्यो कुरामा उमेश यादवले सिधा सब्दमा भारतलाई दोष दिएको थियो । यि कुराहरुले भारतले नै आफ्नो स्वार्थ पुरा गर्न गराउन नेपालको दलहरुको आकार बदल्दै आएको देखिन्छ ।
यसरि नेपालको कुनैपनि दलभित्र नेता र कार्यकर्ताहरु समेत भारत समर्थित र भारत बिरोधि खेमामा विभाजन हुँदै गएकोले ठुला दलहरु समेत कमजोर हुँदै गएका छन् । जसले गर्दा नेपालको राजनीतिमा आकार देखाएर तर्साउने भारत भुत जस्तै हाबी हुँदै गएको देखाउँछ । जुन कुरा भुत जस्तै बनेको भारतले तीनतिरबाट घेरिएको सानो नेपालको निमित राम्रो होईन ।
नेपालको राजनैतिक अवस्था कमजोर भएको फाईदा उठाउँदै आएको भारतले अहिलेपनि नेपालबाट अझै ठुला ठुला स्वार्थ पुरा गर्ने योजना बनाउंदै आएको छ भन्ने कुराको प्रमाण हो । समस्त सप्तकोशी नदीहरुको पानी नेपालको ४० गाउँ बिस्थापित गरेर त्यहाँ विश्वमै ठुलो २६८ मित्र अग्लो जल भण्डार बनाएको छ । त्यसरि संकलन गरेको पानी कलकत्ता सम्म पुर्याउने आयोजनामापनि एउटा हो ।
सन् २००५ मा भारतको त्यो योजनामा नेपाललाई गोप्य रुपमा सहमति गराईसकेको थियो । भारत सितको त्यो सन्धि कांग्रेसको सरकारकै पालामा भएको थियो । तर कुन प्रधानमन्त्रि भएको बेला हो त्यो प्रकाशमा आएको छैन । त्यो आयोजनाको भारतीय कार्यालयहरु नेपालको ठाउँ ठाउँमा खुलेको छ । बस यति प्रकाशमा आएकोछ । एमालेको केहि नेताहरुले दवेको स्वरमा नेपाल जस्तो भूकम्पीय जोखिममा रहेको देशमा त्यति अग्लो बाँध बनाउनु
उपयुक्त नहुने भनेरसम्म बोलेको छ खुलेरै । त्यो नेपाल र भारत बीच भएको त्यो सन्धिको बिरोध गरेको छैन ।
ल यसै कुरालाई लिएर सोच्नुस कि यदि भारतलाई नेपालको राजनीतिको प्रथम शत्रु मान्ने प्रचण्डलाई बाबुराम भन्दा कमजोर बनाउन नसकेको भए र भारतलाई विस्तारवादी मुलुक भनेर बिरोध गर्ने मोहन बैध्यलाई माओवादी छोड्नुपर्ने स्थितिमा नपुर्याएको भए भारतले न त त्यो आयोजना नेपालको भूमिमा वनाउन निरन्तरता दिन सक्थ्यो न नेपालबाट तराई अलग्ग गर्नु पर्छ भन्ने रघुनाथ ठाकुरकै मार्गमा चल्ने मधेशबादी दलहरुलाई नेपालको सत्ताको अग्लो कुर्सीमा बसाउन सक्थ्यो ।
बैध्य माओवादी दल भित्रै रहेको र प्रचण्ड पार्टी भित्र बाबुरामभन्दा शक्तिशाली रहेको बेलामा भारतले कोशी नदीमा बाढी आउँदा बिहारमा नोक्सान गर्ने पानी नेपाल भित्रै फर्काउने फर्काउने उल्टो नहर च्यानल बनाउंदै गर्दा माओवादी कार्यकर्ताको चर्को बिरोधको कारण भारतलाई त्यो पाईलट च्यानल बनाउन गार्है पर्यो । भारतले बिहार पुगेको कोसीको बाढीलाई नेपालमै फर्काउने त्यो पाईलट च्यानल बनाउन नेपालको सरकार सित कुनै स्वीकृति समेत लिएन । के यति कुराले देखाउँदैन भारतले नेपाललाई अंगालेको होईन अजिंगरले जस्तै बेर्दै आएको हो भनेर ?
प्रचण्डको पकड माओवादी दल भित्र मजबुत हुनु र भारतको बिरोध गर्ने बैध्य माओवादी दल भित्र प्रचण्डपछिको दोश्रो नेता बन्नु भारतको स्वार्थ पुरा गर्नुमा ठुलै बाधा हुने थियो । यसैकारण भारतले प्रचण्ड प्रधानमन्त्रि बन्ने कुरा अस्वीकार्य हुने तर बाबुराम प्रधानमन्त्रि हुने भए भारतले समर्थन र सहयोग गर्ने भनेको हो । यो कुरा बाबुरामको निमित सहयोग हुन सक्ला । तर भारतको बिरोध गरेकोमा देशको बहुसंख्यक जनताले पत्याएको माओवादी दलको बिरुद्ध एउटा घातक षड्यन्त्र सिवाय अरु केहि होईन । यसो बिचार गर्नुस त, कमजोर कांग्रेसलाई बुढी गाईलाई फाले जस्तै फाल्ने भारतले आफ्नो स्वार्थको भारि बोक्न नसक्ने भएमा बाबुरामलाई फल्दैनन ? भारतले कुनै नेतालाई दिएको समर्थन उसले गधा बनेर भारतको स्वार्थ बोक्न सकुन्जेल मात्रै कायम रहन्छ । हेर्दै जानुस बाबुरामले पनि एक दिन रामचन्द्र पौडेलले जस्तै भन्नु पर्नेनै छ ।
मैले यसो भन्दा मित्रहरुले मलाई यो त प्रचण्डको समर्थक रहेछ भन्ला । कुरा त्यसो होईन । म नेपालको बहुमत जनताले जुन दलको समर्थन गर्छ त्यसको समर्थक हुँ । यदि नेपालको बहुसंख्यक जनताले राजाको जय जय कार गरे म पनि राजाको जय जय कार गर्छु । यदि नेपालको बहुसंख्यक जनताले कांग्रेस एमाले वा कुनैको जय जयकार गरे म पनि उनीहरुकै आवाजमा आवाज मिलाउनेछु । मलाई विश्वास छ कि कुनै पनि नेपाली वा कुनै पनि मित्रले नेपालीको बहुमतको तिरस्कार गर्न सक्दैन । म मात्रै कसरि सकुँला ?
२०४६ सालमा गणेशमानको चाक्सी बारीमा देशभरका कांग्रेसी बामपन्थी नेताहरुको बैठक चल्दै थियो । त्यहाँ भारतको ठुलो नेता चन्द्रशेखर जो पछी भारतको प्रधान मन्त्रि समेत भएको थियो उसको समेत उपस्थिति थियो । त्यतिबेला नेपाली जनताले नागरिक अधिकारको लागि क्रान्तिको साथ साथै त्यतिबेला ती भेला भएका नेताहरुले नागरिक हकको निमित क्रान्तिको योजना गर्दै थियो भने भारतसित झुक्न झुक्न नमान्ने, भारतलाई टनकपुर दिन नमान्ने, कालापानी बाट भारतीय सेना हटाएर कालापानी नगिच रहेको महेन्द्र नगरलाई नेपालको अर्को बीरगंजको रुपमा अर्थात बैकल्पित पारवहनको मार्गको रुपमा बिकशित गर्ने योजना बनाउंदै गरेको बिरेन्द्र बिरुद्ध भारतले नाकाबन्दी गर्दै थियो ।
त्यो चाक्सी बारीको भेलामा चन्द्र शेखरले सबै नेताहरुलाई सम्बोधित गर्दै भनेका थिए “तपाईंहरु मनबाट डर निकाल्नुस । भारत तपाईंहरुको साथ छ ।” उनले यति भनेका मात्रै थिए । गणेशमानजीले “यो नेपालीको क्रान्ति हो । तपाईंहरुको यसमा साथ चाहिंदैन” भनेर झपारी हाले । यस्तो भन्ने गणेशमानको के हालत बनायो पछी ?
अन्तमा, भारतले भारतको बिरोध गर्ने नेताहरुलाई मात्रै फाल्न लगाउँदैन कि पार्टी भित्र कमजोर भएर भारतको निमित बुढी गाई जस्तै बनेको नेतालाई पनि फाल्न लगाउँछ । अहिले प्रधानमन्त्रीको पदबाट खसालिन लागेको बाबुरामलेपनि पछिसम्म भारतीय समर्थन पाउँदैनन् । उसलाई नेपाली नागरिक र आफ्नो पार्टीको समर्थन चाहिन्छ भनेर यि भारतको आशिर्वाद खोज्दै हिड्ने नेताहरुले बुझे उनिहरुको निम्ति मात्रै होईन नेपालको निम्ति पनि राम्रै हुनेछ । बहुदलीय ब्यवस्था अँगालेको नेपालमा नेपालीले नचाहेर कुनै दल कमजोर भएमा सकारात्मक सन्देश दिन्छ । तर भारतको कारणले कुनै दल कमजोर भएमा बहुदलीय लोकतान्त्रिक ब्यबस्था नै खतरामा पर्छ ।




