निर्वाचनमा जानु पहिले दलहरुका भित्रि दाउ
सुशिल कोइरालालाई चुनौति दिँदै “संसद पूनर्स्थापना गर्न पर्छ, नत्र लौ बिकल्प देओ त” भनेर बौरिएका थिए रामचन्द्र पौडेल । प्रधानमन्त्रीको कुर्सीमा ट्याँस्स बस्न१७ बल्ड्याङ खाएका उनलाई एक पल्ट ईतिहास रच्ने धोको हुँदो हो ! त्यहि लोभले प्रधानमन्त्री पदको रस पटक पटक चाटेका शेरबहादुर देउवासित उनको लोलोपोतो मिल्यो । र दुबैले मोर्चाबन्दि गरे सुशिल दा बिरुद्द । तर नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकले त्यसलाई साथ दिएन । ‘अब नयाँ निर्वाचनमा जानु पर्छ’ भन्ने निर्णय गरेर यि दुई कुर्सी नामको महका माहुरीलाई लोप्पा खुवाइदियो । उता नेकपा एमालेलेपनि निर्वाचनमै जाने निधो गरेपछि निर्वाचनमा जान दलहरुलाई घसारिनैपर्ने स्थिति बन्दो छ । तर प्रश्न उठ्छ, ‘निर्वाचन सहजै होला र ? निर्वाचनमा जानु पहिले के के छन् त पार्टीहरुका भित्रि दाउ ?
नेपाली कांग्रेसले अहिलेको सरकारले राजिनामा दिएर बाटो खुला गर्नुपर्ने र चुनावी सरकार गठन गर्नु पर्ने शर्त तेसार्दै निर्वाचनमा जाने निर्णय गरेको छ । तर सरकार माओवादीले ज्यानजाला छोड्ने पक्षमा छैन । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपती छन् । अहिलेनै राष्ट्रपती र प्रधानमन्त्रीबिच बेला बेला टकराव छ । “संविधानको म पालक, म टुलुटुलु बस्ने होइन, हात बाँधेर बस्न यो पद दिएको होइन” भन्ने राष्ट्रपती डा रामबरण यादवको अनेक तर्कनाले माओवादीलाई हद्दु पारेको छ । कुन दिन राष्ट्रपतीले प्रधानमन्त्रीलाइ बर्खास्त गर्ने हुन् भन्ने त्रासमा रहेको थियो माओवादी सरकार । झन नेपाली कांग्रेसकै नेत्रित्वमा सरकार बन्यो भने प्रधानमन्त्री र राष्ट्रपती दुबै भएपछि के चाहियो ? नेपाली कांग्रेसले पेलान दिन्छ । निर्वाचन हुन्न । सरकार हाइसञ्चोले वर्षौं चलाइरहन्छ भन्ने छ माओवादी र अन्य मधेशी दललाई ।
संविधान सभाको निर्वाचनपछि त नेपाली कांगेसले सरकार सजिलोसित छोडेन, अब त झन कहाँ छोड्छ र ? भन्ने बुझाई माओवादीको छ । सरकार पायो भने एक त नेपाली कांग्रेस निर्वाचन हुनै दिन्न । निर्वाचन भैअहल्यो भने सत्यानाश पार्छ, पेल्छ भन्ने माओवादीको आशय देखिन्छ । अर्को पक्ष, सरकारमै हुँदा त माओवादी अलोकप्रिय बनिरहेको छ । राष्ट्रपतीलाई उक्साएर पेलिरहेको छ नेपाली कांग्रेसले । झन सरकारनै भएपछि त के गर्ला ? माओवादी यहि कारणले कुनैपनि हालतमा सरकार छोड्ने पक्षमा छैन ।
माओवादीको अर्को अप्ठेरोपनि छ, पार्टी फुटेपछि जनयुद्दबाट त्याग र बलिदान गरेका भनिएका धेरै कार्यकर्ता मोहन बैध्य पक्षतिर लागेका छन् । निर्वाचनमा तिनको रवैया के हुन्छ भन्ने नै निश्चित छैन । लौ चालिस प्रतिशत कार्यकर्तानै उता लागेका रहेछन् भनेपनि माओवादी अब पहिलो दल त बन्न सक्दैन । अर्को वास्तबिकता के हो भने निर्वाचनमा दुई माओवादीबिच एकले अर्कोलाई खुइल्याउने घम्साघम्सी चल्ने छ । निर्वाचनमा जाने प्रचण्ड पक्षियलाई त जसरिपनि मत लिनु न हुन्छ । तर बैध्य पक्षिय माओवादीले संसदिय पद्दती धोका हो भनिसकेपछि तिनको ध्येय अर्को पक्षलाई नांगो पार्नु, लखेट्नु, अँचेट्नु र असफल पार्नु मै तिनको शक्ति केन्द्रित हुन सक्छ । यसले पक्कैपनि माओवादीलाइ सहज बनाउने छैन ।
त्यसो त माओवादीका अप्ठेरा अरुपनि छन् । नेपाली कांग्रेसको सरकार बन्यो भने एमाले बुर्कुसी मार्दै सरकारमा जान सक्छ । अहिलेपनि एमालेले नेपाली कांग्रेसको नेत्रित्वमा चुनाबी सरकार हुनु पर्छ भन्दै आएकै छ । यस्तो अवस्थामा मधेशी दलहरुपनि यस्सो एक दुई सिट पाए भने सरकारमा भन्किन पुगिहाल्छन् । आखिर मधेशी दल भनेका पदकालागि जतापनि ढल्किन बानी परेका दल न परे । यो स्थितिमा एकिक्रित माओवादी चारैतिरबाट पेलानमा पर्ने निस्चित छ । नेपाली कांग्रेस र एमालेको मनशायपनि सकभर एकिक्रित माओवादीलाईनै पेलान दिने, एक्ल्याउने र चुनावमा जेजसरि हुन्छ ढुस पार्ने नै छ ।
निर्वाचनमै नजाँदा नेपाली कांग्रेसलाईपनि अप्ठेरो थियो । विश्वमा मुख्य प्रतिपक्षी दलहरु मूलत निर्वाचनका पक्षमा हुन्छन् । त्यसैले नेपाली कांग्रेस निर्वाचनमा जान हिच्किचाएपनि सधैं टार्न सक्दनथ्यो । निर्वाचनमा नजाँदा उसले स्पष्ठ देख्यो, अब माओवादीले ज्यानजाला सरकार छोड्दैन, हाइसञ्चोले चलाईराख्छ । अर्कोपनि थियो नेपाली कांग्रेसको अप्ठेरो, सबैभन्दा पुरानो प्रजातान्त्रिक शक्ति भन्ने । अनि निर्वाचनमा गएर जनमतको परिक्षा लिन डरायो नेपाली कांग्रेस भन्ने आरोप । एकातिर त्यो आरोपलाइ जुठो सावित गर्नु र अर्कोतिर माओवादी फुटेका बेला निर्वाचनमा गए बहुमत ल्याउन सकिन्छ भन्ने उत्साह देखिनु । नेपाली कांग्रेसले यहि कारणले निर्वाचनमा जान तयार बनेको हुनसक्छ ।
सजिलो त बैध्य पक्षिय माओवादीलाइपनि छैन । अहिलेनै सशस्त्र जनयुद्द भन्दै जाने स्थिति छैन । निर्वाचनमा उहि नारा, उति रटान लिएर जाने हो भने पार्टी कीन फुटाएको भन्ने आरोप खेप्नु पर्छ । त्यो अवस्थामा फाइदा हुने भनेको प्रचण्ड पक्षिय माओवादीलाई नै हो । निर्वाचनमै नगए कुनै न कुनै कार्यक्रम, दिशा त दिन सक्नै पर्छ । नत्र घाटा बैध्य पक्षलाईनै हुने हो । निर्वाचनमा गएपनि फुटेका माओवादीको कति सिट आउला ? दुई पक्ष मारामार गर्दा त्यसले जनतामा कस्तो असर गर्ला र कति मत देलान् ? दुई पक्षको मारामार र बादी प्रतिबादीकै लडाइले गर्दा धेरैले हार्छन् । फाईदा अन्य दललाई हुने हो । बैध्य पक्षले कहसै तत्कालै कुनै नौलो अकर्यक्रम दिन नसक्ने हुनाले अलि ढिलो गरेर जान पाए तिनका कार्यकर्ता तान्न सकिन्थ्यो कि ? जनतालाई भन्न पाइन्थ्यो कि ? बैध्य पक्षको तेजलाई अझै निस्तेज पार्न सकिन्थ्यो कि भन्ने मनशायपनि एकिक्रित माओवादीमा देखिन्छ ।
त्यसैले अहिले एकिक्रित नेकपा माओवादीको भित्रि चाहना भनेकै सकभर निर्वाचनमा नजाने । सरकार नछोड्ने र संविधान सभा पूनर्स्थापना र संविधानमा सहमति भएका बुँदा मिलाएर संविधान जारी गर्ने भन्दै टार्ने । असहमत भएका विषयमा संवाद, बहस, छलफल भनेर ढिलो गर्ने । सरकारमा बसिरहने र आफू अनुकूलको मौका कुरिरहने । कम्तिमा पार्टीको महाधिबेशनसम्म अल्झाएर राखिरहने ।
यतिखेर अनुकूलपनि के छ भने माओवादी सरकारलाई भारतीय समर्थन छ । भारतलाई नेपाली कांग्रेसको सरकार भन्दा माओवादी र मधेशी दल सम्मिलित सरकारबाटै फाईदा छ । किनभने भारतले यहि सरकारबाटै फाईदा लिईरहेको छ । बिपा जस्तो सम्झौता नेपाली कांग्रेसबाट संभव भएन । बिमानस्थलको सुरक्षा माओवादीबाटै गराउने कसरत भो। सिमा मिचेका नारा गफमा परिणत भए । नेपाली कांग्रेसको सरकार हुँदा यति सहज भारतलाई भएको थिएन । उता सधैं सिमा समस्या, सन्धि र संझौता भन्दै कुर्लेर हैरान पार्ने कम्युनिष्टहरु थुपुक्क सरकारमा गएपछि उसलाई त्यो टन्टै सुन्नु परेको छैन भने नेपाली कांग्रेस सरकारबाहिर भएपनि त्यो टन्टो कहिल्यै सुन्नै पर्दैन । त्यसैगरि, कम्युनिष्ट कम्युनिस्टकै बिचमा फाटो ल्याएर, लडाएर भारतले आफ्नो स्वार्थ सिद्द गरिरहेको छ । नेपालमा सबैभन्दा बिद्वान प्रधानमन्त्री, क्रान्तिकारी पार्टीको सरकार, मधेशी दलपनि यसैमा सम्मिलित भनेर भारतले यहि सरकारबाट आफू अनुकुल फाईदा लिईरहेको छ भने नेपाली कांग्रेस वा एमालेलाई किन काखि च्यापोस् ?
एकिक्रित नेकपा माओवादीले सरकार नछोडे सत्ताको शक्ति प्रयोग गर्छ । चौतर्फी पेलान दिन्छ । सरकार बाहिर हुँदा त गत संविधान सभाको निर्वाचनमा सत्यानाश पार्यो । सरकारमै बसेपछि त सिध्याउँछ । उसले मधेशी दलहरुलाईपनि फकाई फकाई आफ्नै सरकारमा टिकाउँछ । निर्वाचन घोषणा भएपछि त झन मधेशी दल बाहिरिने कुरै हुन्न । मिलेर हामीलाई पत्तासाफ पार्छन् । यो मानसिकता छ नेपाली कांग्रेसमा । त्यसैले नेपाली कांग्रेस कुनैपनि हालतमा सरकार नबदलिकन निर्वाचनमा जानै चाहन्न । तर माओवादी सरकार ज्यान जाला छोड्न चाहन्न । बाँकि दलहरुले पनि अब निर्वाचनकालागि छुट्टै सरकार गठन गर्नुपर्छ भनेर उत्रिने छन् । त्यसैले निर्वाचन गर्ने भनेपनि सरकारको नेत्रित्व कसले गर्ने भनेर अब नयाँ टक्कर स्रिजना हुने छ ।




