प्रवाशी नेपालीका समस्या समाधानको प्रश्न र नेताको भ्रमण

∙ प्रेम पाठक / बेल्जियम

आज अक्टोबर १४ , आइतवार । बेल्जियमवासी नेपालीहरुले मुलत : दुई मुद्दामा ध्यान दिनु जरुरी ठान्छु म । हामीमा आआफ्ना राजनैतिक विचार भिन्न छन् । आआफ्ना छन् । भावना अलग अलग हुनसक्छन । छन् पनि । अलग विचार हुँदैमा एकले अर्कोको बिरोध मात्रै गर्नु पर्दछ भन्ने छैन । पानीनै बार्नु पर्छ भन्नेपनि हुँदैन । त्यसैले मिल्न सक्ने साझा कुराहरुमा सहमति र सल्लाह गरेर अगाडी बढ्न सक्नु पर्दछ । विचारको राजनीति आ-आफ्नो मोर्चा र संगठनबाट जहिलेपनि लैजान सकिन्छ । तर नेपालीत्व र राष्ट्रियताको विषय नितान्त अलग हो । अझ महत्वपूर्ण हो । त्यसलाई उठाउनको लागि हामी सबै एक हुनुपर्दछ । चाहे संगठनिक होस् वा व्यक्तिगत रुपमानै ।

मेरा राजनितिक विषय, भावना र बुझाई छताछुल्ल छन् । तैपनि म अहिले तिनलाई कतै दुरदराजमा थन्क्याउन चाहन्छु । तिनलाई भविष्यमा सम्बोधन गर्नेगरि अहिले तत्कालै उप्काउनुपर्ने केहि महत्वपूर्ण विषयमा केन्द्रित हुन चाहन्छु । केहि तत्कालिन बिषय उठाउने कोसिस गरेको छु ।  

 नेतालाइ प्रवासी नेपाली को प्रश्न

हाम्रो देश आज अनिर्णयको बन्दि झैं बनेको छ । आज देश यो मोडमा आउनु कुनै एक नेताको कमजोरीको कारणले मात्रै हो भनेर भनियो भनेपनि त्यो अन्याय हुनजान्छ । त्यसैगरी सबै नेता समान दोषी छन् भन्ने हो भने त झन् अन्धाले हात्ती छामे जस्तै हुनेछ । नेताको भूमिका र जिम्मेवारीलेपनि जस अपजस कसलाई कति जाने भन्ने निर्क्यौल गर्छ । झन् जुन नेताले अहिलेसम्मको जस अपजस मैले लिने हो भनेको छ उ यो अवस्थामा अरुलाई दोष लगाएर उम्कन अवश्यै पाउँदैन । राम्रो भए कुम हल्लाई हल्लाई मैले भन्ने । सफलता हात लागे मेरै मेहनत र प्रयासले हो भन्दै सोहोर्न खोज्ने । बिग्रिँदा टाउको हल्लाएर फलानाले हो भन्ने । यो घातक प्रव्रित्ति हो । जब समाज बदल्छु भन्ने नेताले नै बाटो बिराउँछ भने प्रदेशी, भारती नेपाली बन्नु र नेपाली प्रवासी बन्नु ठुलो कुरा हुँदो रहेन छ । यसको जानकार स्वयं यहिँका मित्रहरु हुनुहुन्छ । भोगिरहनु भएकै छ ।

यहि क्रममा करिब पाँच हजार हामी प्रवासी नेपाली बेल्जियममा छौं । जिन्दगिको कर्म गर्ने क्रममा सबै यहाँ व्यस्त देखिन्छन । त्यहि क्रममा यहाँ बस्ने नेपालीहरुले बैधानिक बसाईको  लागि ठुलो कस्ट उठाए । अहिलेसम्म त्यो जारि नै छ । जनयुद्ध कालमा शेरबहादुर देउवाले बेल्जियम बाट हतियार लाने क्रममा “नेपालमा शान्ति छ । नेपाली लाइ फिर्ता पठाई देउ ” भनेर सम्झौता गरेदेखि आजसम्म नेपालीलाई बिना पासपोर्ट, बिना कुनै कागजपत्र, नेपाली भाषा बोलेको भरमै तेस्रो मुलुकको बाटो हुँदै बलजफ्ती नेपाल फिर्ता गर्ने क्रम चलेको छ । त्यति खेर जनयुद्धको नेतृत्व गर्ने नेताले “यो प्रक्रिया गलत भयो । रोक्नु पर्छ” भने । यहाँको जन प्रगतिशिल मञ्चको नेतृत्वलेपनि क्लोज क्याम्पमा राखिएका नेपालीलाई छुटाउने पहल गर्‍यो “नेपाली भाषा बोलेकै भरमा सुपुर्दगी गर्न पाइदैन” भन्दै नेपाली दुतावासमा जुलुस निकाल्यो । धर्ना बस्यो । पररास्ट्र मन्त्रालयलाइ ज्ञापन पत्र दियो ।

यति गर्दापनि नेपालीहरुलाई अझै डिपोर्ट गर्ने प्रक्रिया रोकिनुको साटो झन् तिब्र पारेको छ । अहिले पनि बेल्जियमका क्लोज क्याम्पमा दर्जनौं नेपाली छन् । तिनका पीडा अथाह छन् । यता नेपालीको पिडा यस्तो छ भने आफुलाइ महान र शक्तिशाली ठान्ने नेता तिनै नेपालीलाई सम्बोधन गर्न आएका छन् । त्यहि नेपालीहरुको बीचबाट बिना राजनैतिक पूर्वाग्रह, नेपालीको भावनाले क्लोज क्याम्पका ति नेपालीको प्रतिनिधी आवाज आज उठेको छ “नेता तिमी, सरकार तिम्रो, राजदुत तिम्रो, के देशको अवस्था सुध्रिएको हो ? हो भने सबै नेपालीलाई देश फर्क भन्न सक्छौ ? होइन भने नेपालको अवस्था सुधार नहुन्जेल यिनलाई यहाँ बस्न देउ भनेर भन्न सक्नु पर्यो नि !

मिडियामा यूरोपियन कमिसनमा भाषण गर्ने भन्ने । नेपालीले भोगेका बास्तविक भावना, मर्म र समस्याका बिषय उठान गर्न नसक्ने भए मंच लिनुको के महत्व ? कि हामीलाई सँगै लैजाउ, कि त जेल मुक्त गर । हामी प्रवासका जेलमा कति बस्ने ? हाम्रो रेमिटेन्स तिमि खाने । बिदेश सयर गर्ने । अनि हामी अकालमा मर्ने ? अतिथि बन्नु र बोलाउनु मात्रै ठुलो कुरा होइन । त्यसको महत्व राख्न सक्नु पर्छ । त्यसैले हामीलाई यी प्रश्नको उत्तर चाहियो । हाम्रो अवस्था अब के हुने ?’

नेपालीमूलबाट प्रतिनिधित्व गरि उम्वेदवार बनेकाहरुमाथि हाम्रो भूमिका  

हुनत यहाँ बसेका कतिपय नेपालीहरु आफुले राजनीतिक शरण लिएका छ्न् । तर ति मध्ये कतिपयले राजनीति मनपर्दैन पनि भन्छन् । तैपनि नेपालीले भोगेका समस्याका विषयलाई सकारात्मक रुपमा उठाउने कोसिस गरिएको हो । त्यसैले नेतालाई दोष लगाउने मात्रै होइन सहयोग पनि गर्नु पर्दछ भन्ने मेरो मान्यता छ । राजनीति नै समाजको चाबी हो । भिन्नता प्रत्यक्ष वा अप्रत्यक्ष मात्रै हुनसक्ला । तर कसैले मानोस चाहे नमानोस् । उ राजनीति देखि टाढा हुन सक्दैन ।

हाल बेल्जियमको चुनावमा ३ जना नेपाली साथीहरुले यहाँका विभिन्न राजनैतिक दलको तर्फबाट  भाग लिएका छन् । हामी नेपालीहरु विचारमा सबै ति राजनैतिक दलसँग सहमत छौं भन्ने होइन । तर नेपालीको नाताले यो चुनावमा हामीले बेवास्ता गर्नु हुँदैन । यो चुनावमा उम्वेद्वारको आर्थिक तथा प्रचार प्रसारमा खट्न नसकेपनि हाम्रो मतको सहानुभूति दिँदा एक नेपालीले अर्को नेपालीलाई प्रगतिको लागि सद्भाव हुनेछ । आज जो उम्वेद्वर छन् उनीहरुले चिनेका यहाँका नेता र उनले संगालेको अनुभूतिलाई नेपाली समुदायले प्रयोग गर्नु पर्दछ । यो सहानुभूति पाउनेले पनि समाजमा अलि माथि उठेर साझा सोचको ब्यबहार देखाउँदा भविष्यमा स्वत सम्मान पाइन्छ । नेपालीका नाताले त्यो सम्मान सबैले नेपालीमा साझेदार हुन्छ । त्यसैले बेल्जियममा रहेका सबै नेपालीले मत दिन नपाए पनि मतदिनेले एक पटक नेपालीत्वको भावना जगाउँदा चुनाबी  परिणान जे सुकै आएपनि नेपाली भावनाले भने अवस्य जित्ने छ ।

(लेखक जन प्रगतिशिल मोर्चा, बेल्जियमका अध्यक्ष हुन्)

तपाइँको प्रतिक्रिया