किन आए प्रचण्ड युरोप ?

∙ महेन्द्र पौडेल / बेल्जियम

प्रिय पाठकहरु तपाईहरुलाई लाग्ला नेपालका नेता इमान्दार छन् । तिनीहरुले दुइकरोड नेपाली र आफ्नो मातृभुमिप्रति सचेत छन् भन्ने लाग्या होला । यथार्थ त्यो हो वा होइन त्यसको समिक्षा होला । तर वास्तवमा भन्दा हामी सिद्धान्तबादी अन्धा हौं लामो समयसम्म पत्रकार गरेका बीबीसी नेपाली सेवाका प्रमुख भई काम गरेका रविन्द्र मिश्रजस्ताले देशको सेवा गर्न र आफ्नै प्रोजेक्ट चलाउन हजारौं हजार नेपालीसँग गुहार माग्दैछन् । तर हामी उनलाई सहयोग दिनुभन्दा बरु दारुपानीमा सिद्धाइदिन्छौं । उस्ता बरिष्ठ पत्रकारको त हालत त्यस्तो छ भने, अरुको कुरै नगरौं ।

तर नेपालमा राजनीति नीजवाहेक अरु कुनैपेशा सफल छैन । राजनीति एउटा दरिलो उद्योग बनेको छ । र हामीले विदेशमा पनि राजनीतिलाई प्रश्रय दिएका छौं । करिव नेपालको राष्ट्रिय पत्रकारितामा एक दशक विताएको मजस्तो सामान्य मान्छेले त देश छोड्नु प¥यो भने अरुको त किन कुरा गर्ने ? त्यसैले हामी सिद्धान्तबादी अन्धा हौं हामीले अन्धभक्त भएर सिद्धान्तलाई अँगालीरहेका छौं । यहाँनेर एउटा मुख्य कुरा वुझ्न जरुरी छ, भोको पेटले न्याय देख्दैन । आज हामी भोका छैनौं केवल खाली पेट छौं त्यसैले हामीले अन्याय देखेका छैनौं । जुन दिन देश इरेट्रा, सोमलिया, इथोपिया हुन्छ त्यसबेला संयुक्त राष्ट्रसंघको पाउरोटी कतिखेर आउला भनेर आकाश ताक्नु पर्ने दिन हामीलाई हुनेछ ।

तपाई मान्नुस वा नमान्नुस यदि विदेशी सेना नेपालभित्र छि¥यो भने हाम्रो दिदी वहिनीको हालत के होला ? हामी अनुमान पनि गर्न सक्दैनौं जुन कुरा जापानको घटनाले वारम्वार हामीलाई सोच्न वाध्य बनाउँछ । इतिहासले हामीलाई के सिकाएको छ भने २०४६ सालयता नेपालको आर्थिक स्थिति करिव करिव दुवई मलेसियाको स्तरमा थियो । त्यसयता नेपाटलको स्थिति कहाँ छ ? किन त्यस्तो भयो भन्नेकुरा तपाई हामी नै साक्षी छौं । एउटा राजालाई सेतो हात्ती देखेका हाम्रा आँखा हजारौं सेता हात्ती नदेख्ने हाम्रा आँखा अवश्य नै अन्धो हो, किनकी सिद्धान्त त्यो नशा हो जति ग¥यो त्यति गर्न मन लाग्ने जति छोड्यो त्यति छोड्न मन लाग्ने ।

आज हाम्रा अगाडी देशको ठुलो नेता युरोप आउनु भएको छ । हामीलाई लाग्छ उहाँ नेपाली जनप्रगतिशील मंचको अधिवेशनको लागि आउनु भएको होला । तपाई आफैं मुल्यांकन गर्नुहोस, जनप्रगतीशिल मंचको दशौं अधिवेशन अहिले हुँदैछ । त्यसमा त्यो अधिवेशनमा कतिपल्ट प्रमुख नेता आए ? अहिलेजस्तो संक्रमणकाल विगतमा नभएका बेला त्यतिबेला किन आएनन र अहिले किन आए? केहीमात्र सदस्य भएको जनप्रगतीशिल मंच त्यहीपनि दुइटुक्रा परेको छ त्यसका सदस्यहरु वाँडिएका छन्, यो अवस्थामा अर्थ न वर्थसँग २ करोड नेपाली जनताको आशालाई कुल्चेर युरोप यात्रा गर्नु कत्ति जायज होला ?

अव उत्तर खोजौं, सजिलो छ, किनकी जव देशमा ढुंगेल काण्ड भयो सर्वोच्चले दोषि ठहरायो, अनि हतार हतार सत्यनिरोपण आयोग पासगराई हत्यारालाई चोखाउने रणनीति भएपश्चात युरोपियन युनिएन, मानवअधिकारलगायतले विरोध जनाए । आन्दोलन र जनयुद्धलाई दवाएका प्रहरी र सेना बढुवा गरिए । मानव अधिकारले दोषी ठहराएकाहरुलाई प्रश्रय गरियो । दालमोठ र चिउरा खाएका हात खुटट गुमाएका सोझा साझा इमान्दार युवकहरुलाई शारीरिक असक्षमता देखाउँदै समायोजनाबाट फिर्ता पठाइए । बिचरा अव तिनीहरुको भविष्यमाथी कुठराघात हुन गयो । र नेपाल आमाका ती सपुतहरुलाई नंग्याइयो ।

अन्तमा जब पार्टी फुट्यो, बैद्य पक्षले नेपालमा भारतीय गाडी चल्न नदिने जुन अडान लिए त्यसपछि एकजनाले आफ्नो फेसबुकको स्टाटसमा के लेखे हेर्नुहोस ‘नेकपा माओवादीले भारतीय नम्बर प्लेटको गाडी र हिन्दी फिल्म बहिस्कार गरेपछि यसलाई कसरी दबाउने भनेर ‘र’ का एक उच्च अधिकारीले प्रचण्डलाई केही दिनभित्र नेपाल बाहिर भेट्ने योजना बनाएको प्रचण्ड निकट सुत्रले बताएको छ । प्रचण्ड संभवत युरोप जान सक्ने सम्भावना छ । प्रचण्ड कुनै बहानामा एक हप्ताभित्र युरोप गएमा आश्चर्य हुँदैन’ । सेम्टेम्बर २९ मा उनले आफ्नो स्टाटसमा लेखेका थिए ।

अमेरिकाले माओवादीलाई आतंककारी सुचिबाट भारतको दवावमा हटायो तर शंकाको घेरामा राख्यो । किनकी अमेरिकाले तिब्बतीयनहरुलाई अधिकारदिनुपर्ने शर्त अगाडी सा¥यो । राजनीतिमा लिनुदिनु भइहाल्छ तर यो राष्ट्रियताको मामला हो । राष्ट्रियताको मामिलामा टोकला चियाको विज्ञापनमा भनिएझैं ‘मुड चेन्ज’ बारम्बार भइरहने प्रचण्डको सोच टोकला चियाको विज्ञापनजस्तै भएको छ नेपालको राष्ट्रिय राजनीति ।

अव यी दुइटा कारण हुनसक्छन् एउटा युरोपियन युनियनलाई एमाओवादीको विषयमा अथ्र्याउनु र सत्यनिरोपण आयोगको विषयमा व्याख्या गर्नु र हेगसम्म विषय नलव्याउनु । अर्को, भारतीय अफिसियलहरुसँग आगामी सरकारको नेतृत्वको विषयदेखि लिएर विधि विषयमा सम्झौता गर्नु  ?

कुनैबेला भारतीय ‘र’ का एजेन्ट अरुणकुमार सिन्हाको चर्चा नेपालवृत्तमा नभएको होइन ।  अरुणकुमार सिन्हा नामको व्यक्ति त्रिभूवन अन्तर्राष्ट्रिय एयरपोर्टमा ओर्लन्छन् र सरासर सिधा उनी याक एण्ड यतीमा पुग्छन् । प्रचण्ड र पीएलए छानविन पहिले सिटौला र सिंहसँगको वार्तामा हुन्छन् । अरुणकुमार जसलाई भारतको खुफिया एजेन्सी ‘र’को रुपमा चिनिन्छ । त्यतिबेला अपुष्ठ समाचार अनुसार वावुरामलाई स्थापित गर्न र काँग्रेसलाई मनाउन मद्येसीहरुलाई बलियो बनाउन यो सरकारलाई ‘र’ले समर्थन गरेको देखिन्छ ?

अझ यस पृष्ठभूमिलाई राम्रोसँग बुझ्न बरिष्ठ पत्रकार युवराज घिमिरेद्वारा अन्नपुर्ण पोष्ट अप्रिल अंक २०१२ र कनकमणी दिक्षितद्वारा नागरिक डेलीको लेख देख्न सकिन्छ । ‘नेपाली आमा रुनुको कारण’ अनि अकस्मात हात्तीबन बैठकबाट सहमती भई हिजो अकस्मात सहमती टाढिएको थियो । दिक्षित लेख्छन् ‘ इट विकेम्स क्लीयर द्याट न्युदिल्ली इज इन फेभर अफ क्रियटिङ्ग स्टेटस वेस अन इथिनसिटी मेन्ली इन मद्येस व्हिच ह्याज विन एफेक्टीङ्ग द कन्सीच्युसन ड्राफ्टीङ्ग प्रोसेस इन अ नेगेटिभ म्यानर दिक्षितको आरोप छ ।

यसरी नेपालको राजनीतिमा विदेशी चलखेल र भारतीय जासुसी संस्था ‘र’ को प्रत्यक्ष हस्तक्षेप र हाम्रा नेता कसरी ‘र’ सँगको साँठगाँठमा छन् भन्नेकुरा केही तथ्यहरु उल्लेख गरिन्छ । नोभेम्बर १४, २००९ मा तत्कालिन नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोइरालालाई हवाई एम्बुलेन्सबाट उपचारको लागि लगेपछि त्यसको ३ दिनपछि प्रचण्ड सिंगापुर पुग्छन् जसलाई १७ नोभेम्बर २००९ मा प्रमुख भारतीय पत्रिका ‘द हिन्दु’ ले प्राथमिकताका साथ छापेको हुन्छ । इस्यु ४७ नोभेम्बर नोभेम्बर २२, २००९ मा काठमाडौं मेट्रोमा प्रकासित अनुसार त्यतिबेला नेपालविज्ञ भारतीय प्रोफेसर सुखदेव मुनी सिंगापुर युनिभर्सिटिमा कार्यरत थिए र उनैले मिटिङको व्यवस्था गरेको जनाएको छ । सेक्रेट काठमाडौं ००१०९४ ले बताएअनुसार त्यतिबेला कृष्ण बहादुर महरा र नेपाली व्यापारी दिनेश मानन्धर पनि साथै थिए । दिनेश मानन्धरले बताए अनुसार ‘त्यतिबेला पुर्व राजदुत केभी राजन पनि साथै थिए ’ नोभेम्बर १७ मा उनले इण्डीयन हाइलेभलसँग डिनर गरेका हुन्छन्, मानन्धरले बताएअनुसार ‘भेरी गुड मुड’ मा प्रचण्ड थिए र साथै उनले यो पनि बताउँछन् कि त्यतिबेला प्रचण्डका छोरा प्रकाश पनि साथै थिए तर प्रचण्डले प्रकाशलाई विश्वास गर्दैनन् किनकी प्रकाश मदिरापान ज्यादै गर्दछन् ।

लण्डनस्थित डिसेन्ट हेराल्ड अक्टोबर १२, २०१२ मा लेख्छ कि पुर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि उनको पार्टीले नागरिक सर्वोच्चताको लागि जनआन्दोलनको धम्कि दिएको छ , र एक महिनाको लामो विरोध कार्यक्रम पनि सार्वजनिक भइसकेको छ’ । सुत्र बताउँछ अकस्मात प्रचण्ड पुत्र प्रकाश र श्रीमती सीताका साथ उनी लण्डन पुग्छन् ।’ प्रचण्ड बेला बेलामा रहस्यमय ढंगले लण्डनमा हराएको कुरापनि चर्चा चलेको थियो ?

उनकै पार्टीमा रहेका नेता रामबहादुर थापा बादलले ‘प्रचण्ड र ‘र’ को साठगाँठ रहेको सार्वजनिक गरे मिडिया मार्फत अक्टोबर २५, २०११ मा जसलाई धेरै नेपाली मिडिया र अनलाईनले सार्वजनिक गरेको छ । चितवनको मिटिङका पार्टी सचिव राम बहादुर थापाले ठाडै चुनौती दिए कि प्रचण्डले केही दिन पहिले भारतको सिलगुडीमा ‘र’ सँग वार्ता गरेको भन्नेकुरा सार्वजनिक नै गरे । लगत्तै प्रचण्ड त्यतिबेला दिपावली नेपाल सम्बत नयाँ वर्ष, छठ, इदको कार्यक्रम अन्तरगत सिमरा विमानस्थलमा पुग्छन् जहाँ पत्रकारहरुले उनलाई ‘र’ को आरोप लाग्दा उनी मौन बनेर निक्लन्छन ।   अनि लगत्तै बर्तमान प्रधानमन्त्री बाबुराम भट्राईको भारत भ्रमण हुन्छ र बिप्पा सम्झौता  । जुन बिप्पा सम्झौतालाई भारतीय प्रधानमन्त्रीले अहिले उचित समय नभएको भनेर सम्झाउँदा पनि बाबुराम भट्राईको करकापमा त्यो सम्झौता भएको थियो । जसलाई भट्राइले त्रिभुवन एयरपोर्टमा आएर जुवा खेलेको सार्वजनिक गरे, के नेपालको राष्ट्रियता र दुइकरोड जनताको भविष्य एकजना व्यक्तिको जुवामा निर्भर छ ? प्रश्न उठ्न सक्छ ।

पाकिस्तानका डिफेन्स विभागका एकजना समसुद्धिन अहमदले भारतीय जासुसी संस्था ‘र’ ले पुर्ण योजनाबद्ध रुपले काम गरेको कुरा सार्वजनिक गरेका छन् । उनले लेख्छन् ‘एमाओवादी अध्यक्ष प्रचण्डको पार्टीलाई ‘र’ ले विभाजीत ग¥यो’ । उनले जोड दिएर लेख्छन् कि ‘प्रोफेसर सुख देव मुनिले प्रकासित गरेको पुस्तकका अनुसार नेपालमा भारतीय एजेन्टका रुपमा उसको चेला प्रचण्ड र भट्राईको गतिविधि उजागर गरेका खुलासा गरेका छन् उनका अनुसार माओवादी जोडीले भारतीय खुफिया एजेन्सी ‘र’ र प्रोफेसर मुनिको सहयोगमा काम गर्न सहमत भई नेपालमा दिल्लीको चाहना अनुसार काम गर्न तयार रहेको जानकारी दिएका छ’ । कट्टरपन्थी मोहन बैद्यले चुपचाप सहे र अन्तमा पार्टी नै तोडे ।

नेपालका बरिष्ठ लेखक तथा राजनीतिज्ञ दीर्घराज प्रसाईले १० अगष्ट २००९ मा तरुण साप्ताहिकमा लेखे अनुसार नेपाल अव सिक्किमिकरण हुन आशय लेख्छन् त्यसको केही वर्ष पछाडि २२ सेम्टेम्बर २०११मा विक्लीब्लीजमा लेख्छन् कि ‘र’ का नेपाल चिफ अशोक जोशीका अनुसार १२ जना मधेसीमूलका मन्त्री बनाउने सहमती भयो भनेका छन् । जुनकुरा इण्डीयाको योजनामुताविक भएको खुलाशा गरेका छन् । १२  सेप्टेम्बर २०११ को अन्नपुर्णपोष्टमा डा. ऋषिराज बरालले चिन्ता व्यक्त गरे नेपाल सिक्किमीकरण हुने बेर छैन । यी विविध कारणले प्रचण्ड बेल्जियम आएका हुन् उनका सहयोगीका साथ । आगामी अंक केही विस्तृत पाठकहरुलाई जानकारी गराउने बाचाका साथ ।

तपाइँको प्रतिक्रिया