प्रचण्ड हौवा
गत संविधान सभाको निर्वाचनमा नेकपा माओवादी पहिलो दल बन्यो । त्यो बेला स्वभाबिकै हो, पहिलो दलको पहिलो नेता शक्तिशाली हुने नै भए । यतै उतै हाइ हाइ हुने नै भो । तर अहिले सबै भन्दा ठोलो दल फुटेर दुई टुक्रा भएको छ । त्यति मात्रै होइन, त्यो बेलाको नेकप माओवादीको जनसेना प्रमुख पनि प्रचण्डनै थिए । जनसेनालाइ माओवादीहरु जनयुद्द जित्नुको पहिलो खम्बा मान्थे । अहिले त्यो जनसेनापनि छैन । फुटेर दुई टुक्रा भएको छ दल । संबिधान सभाको निर्वाचन पछि प्रचण्डले जे गर्न खोजेका थिए त्योपनि संभव भएको छैन । तैपनि प्रचण्ड हौवा कायमै छ । यो हौवा अरुले बनाइदिएका हुन् जबर्जस्ति कि उनी अझै माओवादी एक हुँदाको बेला झैं, जनसेना हुँदा झैं उत्तिकै शक्तिशाली हुन् ?
नेकपा माओवादी पार्टी टुक्रिँदा ईमान्दार, जुझारु, असल, त्यागि र जनयुद्दमा बलिदान गरेका कम्तिमा चालिस प्रतिशत नेता र कार्यकर्ता बैध्य अध्यक्ष भएको पार्टीतिर छन् भनिन्छ । कसै कसैले त अझ जनयुद्द हाँकेका ६० प्रतिशतनै बैध्यतिर छन् पनि भन्छन् । त्यसो हो भने त संविधान सभाको निर्वाचनका बेलाको तुलनामा कम्तिमा उनको साख र शक्ति आधा घटेको मान्नु पर्छ ।
माओवादी सरकारमा गयो । प्रचण्ड प्रधानमन्त्री बने । तर धतङ्गाएर वा अदुरदर्शी र मात लागेर सेना प्रमुख कटुवालको घटनामा उनले राजिनामा दिनुपर्यो । उनी यहिँ कमजोर बने । जनजातिका विषयमा लली पप चखाउँदै आएर आफुतिर ताने । खुब प्रयोग गर्न खोजे जनजातिलाई । तर आफ्नो अडानमा त्यहाँपनि चुके उनी । फेरी भारतसित मुक्कामुक्की गरौंला झैं खुब चिढ्याए । पछि गएर त्यहि भारतको चाकरीमा उत्रिए । दश वर्ष जनयुद्द गरेर संबिधान सभाको निर्वाचनमा प्रमुख पार्टी बनेको थियो । त्यसलाई एक ढिक्का राख्न सकेनन् । न जनसेनालाई चित्त बुझ्दो गरि समायोजन गर्ननै सके । त्यसपछि संबिधान सभानै भंग गराए । फेरी आफु राष्ट्रपती हुने दाउले संबिधान सभा पूनर्स्थापना गर्न खोजे । त्यसमापनि असफल भए । संबिधान सभा पूनर्स्थापना कि निर्वाचन भन्ने विषयमै चार महिना बित्यो । देशको करोडौं सिद्दियो । यसरि प्रचण्ड पार्टी, मोर्चा, संसद, सडक सबैतिर पछारिइरहेका छन् । तैपनि दलहरु उनैको सेरोफेरोमा, प्रचण्डकै हौमा दगुरिरहेका छन् । किन ?
नेपाली कांग्रेसमा शेर बहादुर देउवा, सुशिल कोइराला र रामचन्द्रको कुरो मिल्दैन । यि घरि घरि एकै विषयमा भाका फेरिरहन्छन् । सुशिल आफ्ना दाजु गिरिजा कोइराला झैं प्रभावशाली बनेनन् । पौडेल बेकम्मा देखिए । देउवालाई ति दुईले जे भनेपनि बिरोध गर्नमै भ्याइनभ्याइ छ ।
एमाले यसै मन र भावनामा मिलेको छैन । पार्टी अध्यक्ष खनाल बन्दि जस्ता देखिन्छन् । उनमा स्पष्ठ अडान छ न निति नै । ओली जस्ता केहिलाई दक्षिणका नेताको अशिर्वाद थाप्दै ठिक्क हुन्छ । माओवादीमा संस्थापन पक्ष भनिएकाहरु मध्ये अधिकांश कि त प्रचण्डको चाकरी र पिछलग्गु बन्नै भविष्य देखेका छन् । कि सरकारमा पद, पैसा, प्रतिष्ठा र शक्तिकैलागि हारालुछ छ । त्यहाँ अहिलेपनि नारायण काजी, बाबुराम भट्टराई र प्रचण्डका तिन मुख्य गुट छन् । तिनलाई पार्टीमा कसको शक्ति बलियो बनाउने भनेरै मारमुंग्रीले अरु विषयमा ध्यान पुग्दैन । अलि चिन्तनशिल भनिएका युवहरु रमिते बनेका छन् ।
नेकपा-माओवादीका अध्यक्ष छन् दार्शनिक नेता मोहन बैध्य । उनी कम्युनिष्ट दर्शन बुझ्छन् । सांगठनिक क्षमता छ । तर जनता जगाउने र नेत्रित्व दिन सक्ने मामिलामा कमजोर देखिन्छन् । नेत्र बिक्रम चन्द जस्ता युवा जो बिचार र नितिमा मात्रै होइन नेत्रित्व गर्न सक्ने क्षमता भएकाहरु आँटेर अगाडि आउन सकेको देखिन्न । संसदिय निर्वाचनपनि नहुने, हुन नसक्ने, तत्कालै जनयुद्द गर्ने परिस्थितिपनि प्रतिकूल रहेको भन्छन् । तर अबको ठोस निकास, उपाय, निति के हो स्पष्ठ गरेर अगाडि बढ्न सकेको देखिन्न । सायद मुख्य दलहरुमा रहेका नेताहरु कमजोर देखिएकैले प्रचण्ड हौवा कायम रहेको हो कि ?
नत्र शान्ति संझौतामा आएदेखि अहिलेसम्म प्रचण्ड सफल भएको खासै देखिन्न । उनी एक पछि अर्को मोर्चामा, योजना र नितिमा हारिरहेका छन् । उनी कमजोर बनिरहेका छन् । तरपनि मुख्य दलका नेताहरु उनैलाई मियो माने झैं उनैको अघि पछि घुमिरहेको देखिन्छ ।




