पूर्व राजालाई हुन्छ हुन्छ भन्दै यस्तरि धोका दिने ?

नेपाली कांग्रेस र एमाले नेताहरुले माओवादीहरु दरबारिया हुन् भन्थे । कहिले दरबारबाट सञ्चालित हुन् भन्थे । राजतन्त्र मासेर गणतन्त्र ल्याउने उद्घोष गर्दै युद्दमा उत्रिएका माओवादीलाई “किन भन्छन् होला दरबारिया ?” भन्ने लाग्थ्यो । पछि माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले हाकै भने “यदि राजा ज्ञानेन्द्रले बुद्दि पुर्‍याएर जनताको माग सुने भने उनलाई हामी ईतिहासमा नाम लेख्ने अवसर दिन्छौं । उनलाई हामी राष्ट्रपती बनाउन तयार छौं ।” नेपाली कांग्रेस र एमालेले माओवादीलाइ “दरबारिया” भनेर लगाउँदै आएको आरोपलाई त्यो भनाईले सहि रहेछ भन्ने बल मिल्यो ।

पछि झन “अधिराजकुमार धिरेन्द्रलाई राखेर दरबारसित हामीले बार्ता गरेका थियौं” भनेर हाकै बताए माओवादीले । त्यसपछि त सबैलाई लाग्यो “लौ माओवादी र दरबार मिलेर नेपाली कांग्रेस र एमालेलाई सिध्याउन खोजेकै रहेछन् । माओवादी र दरबारको बिचमा सम्झौता भएको भनेर पनि सर्वजनिक गरे ।

त्यहि कारणले रहेछ पूर्व राजा ज्ञानेन्द्र लगायत राजाबादी संघ संगठनहरुले अहिले पनि दरबार र पार्टीहरुबिच भएको सहमती तोडेको भन्ने गरेको । राजतन्त्र राख्ने सहमति भएको थियो भनेर तिनले भन्ने गरेका छन् । तर राजाबादीहरुसित कुरा गर्दा माओवादी र दरबारका बिचमा सहमती भएकै रहेछ कि भन्ने लाग्छ । केहि हप्ता अघि पेरिस आएका पूर्व राजा ज्ञानेन्द्रसित राजाबादीहरुलाई भेटघाट गराउने जिम्मा लिएका लाल बहादुर नेपालीसित मैले कुरा गर्दापनि उनले माओवादी र राजाबादीका बिच सहमती भएको उल्लेख गरे । केहि हप्ता अघि मैले अन्तर्वार्ता लिँदा उनले यो कुरो बताएका थिए । त्यसै विषयलाई आज राखेको हुँ ।

त्यतिबेला दरबारको मूल्यांकन रहेछ, माओवादी जो भएपनि आखिर ति नेपाली जनतानै हुन् । ति जंगल जानुको कारणपनि खुम बहादुर लगायत कांग्रेसी भ्रस्टहरुबाट जनता आजित छन् । त्यसैले माओवादी र राजाबादी मिलेर त्यो भ्रस्टाचारको राजलाइ सत्यानास पार्नुपर्छ । राज्य सत्ता नेपाली कांग्रेसको भ्रस्ट र मनपरितन्त्रबाट निराश भएर माओवादी लड्न गएकाले मुल धारमा ल्याउनु पर्छ ।

त्यो बेला राजाबादीहरुलेपनि राजसंस्था राख्ने संवैधानिक र अभिभावकका रुपमा भनेर प्रस्ताब गरेछन् । तर सक्रिय नबनाउने । कांग्रेस र एमालेलाई पेलेर जाने । राजाबादी र माओवादी मिल्ने । यी दुई मिलेको खण्डमा तिनलाई पेल्न सकिन्छ । जनतालेपनि साथ दिन्छन् । देशलाईपनि अगाडि बढाउन सकिन्छ भन्ने बुझाई रहेको गत महिना पूर्व राजा र नेपालीका बिच भेटघाट मिलाउने लाल बहादुर नेपालीले बताए । उनले तर्कपनि गरे, त्यो बेला माओवादीहरुले नेपाली कांग्रेस र एमालेलाई गाउँमा जाँदा खेद्थे । तर  राजाबादीहरुलाई भने गाउँ गाउँ जान छुट दिएका थिए । कारण त्यहि थियो, माओवादी र राजाबादीबिचको सहमती ।

त्यहि कारणले अहिले राजाबादीहरुले माओवादी र अन्य दललेपनि धोका दिएको भन्ने गरेका छन् । दलहरुसित राजतन्त्र राख्न सहमती गरेर पछि त्यसलाई उल्लंघन गरेको दाबी गरिरहेका छन् । तर त्यो सहमती साँच्चै थियो भने राजाबादीहरुले किन देखाउन नसकेका हुन् ? कि अझैपनि राजतन्त्र ब्युँताउलान् भन्ने पक्षमा राजाबादीहरु पुगेकाले हतार नगरेका हुन् ? संविधान सभा भंग भएको, निर्वाचन हुने संभावनापनि बलियो नदेखिएको र माओवादीका अध्यक्ष प्रचण्डले राप्रपाका अध्यक्ष कमल थापालाई ब्रिहद मोर्चामा आउन प्रस्ताब गरेको द्रिष्टान्तले त्यहि सहमतीको छनक त दिन्न ? नत्र गणतन्त्रबादी माओवादीले किन राजतन्त्रका कट्टर कमल थापालाई आफ्नो मोर्चामा बोलाए ? आखिरमा कांग्रेस र एमालेलाई पेलेर जानु पर्छ र पूर्वराजाबादीहरुसित सहयोग लिनुपर्छ, उस्तै परे गठबन्दन गर्नु पर्छ भन्ने सोचबाट आएको त हैन यो कदम ?

पूर्व राजा ज्ञानेन्द्रले गद्दि त्याग्दा धेरैलाई शंका थियो, यति सजिलै राजतन्त्र त्याग्न किन सहमत भए उनी ? कुनै रक्तपात नगरि, नाइँनास्ति नगरि आफ्नो पूर्खाले सिर्जेको राज्य त्यति सजिलोसित कसले छोड्छ ? धेरैको शंका थियो, पक्कैपनि राजासित कुनै न कुनै सहमती गोप्य रुपमा गरिएको हुनुपर्छ । आफुलाई संवैधानिकरुपमा राखिने सहमती भएकाले दरबारले खुरुक्क त्यागेको हो सत्ता । यो शंका अहिलेसम्म निवारण भएको छैन । राजाबादीहरु भित्रि सहमती लत्याएको भनेर हाकै बताउँछन् । तर सहमती के थियो भन्ने कुनै विश्वाशिलो आधार दिँदैनन् । यत्रो सहमती मौखिक रुपमै सिमित रह्यो होला भनेर पत्याउने कुरो हुन्न । लिखित सहमती देखाउन सकेका छैनन् ।

तर उता दलहरुमाथिपनि शंका यथावत छ, दरबारसित सहमती त गरेकै होलान् तर जनतालाई ढाँटेका छन् । यो शंका किनपनि उब्जिएको हो भने बिगतमा तिनको राजतन्त्र प्रतिको आस्था, भूमिका र दरबारसित गाँसिएको, देखिएको तिनको संवन्ध । एमाले र नेपाली कांग्रेस संवैधानिक राजतन्त्रका पक्षमा देखिएको तिनको अन्तिम अवस्थासम्मको चर्तिकला । अनि हामीले फलानो राजा सित, राजाका प्रतिनिधिसित वार्ता गर्‍यौं भन्ने माओवादीको भनाई । ‘राजा वीरेन्द्रसित हाम्रो सहकार्य थियो राष्ट्रियताका मुद्दामा’ भन्ने तिनको उद्घोष । यी दुबै खाले भनाई र क्रियाकलापले पूर्व राजासित कुनै न कुनै सहमती गरेका थिए भन्ने भ्रम र शंका जनतामा अझै मेटिएको छैन । यो बास्तबिकता पूर्व राजा र दलहरुले कहिले सार्वजनिक गर्ने हुन् जनतामाझ बिश्वशनिय रुपमा ?

पूर्व राजा ज्ञानेन्द्र कस्तो नेपाली बोल्ने रैछन् ? नेपालीहरुसित भेट्दा उनले बोलेका कुरा हेर्नुस् । उनले बोलेका कुरा जस्ताको तस्तै राखिएको हो ।

तपाईंहरु जुन देशमा बस्नु भएको छ, त्यो देशको नियम कानून अनुसार बस्नुस, आफ्नो ब्यवसायमा लाग्नुस, देशको माया गर्नुस, अफ्ठ्यारो सफ्ठ्यारो त घर नै छोडे पछी अफ्ठ्यारो भैहाल्छ ।

जुन तपाईंहरुले निर्देशन् हुन पर्‍यो, हामीले के गरौ कसो गरौ ?….. तपाईंहरुको सजेशन पनि सुने, तर तपाईंहरु बिच पनि More interaction (परस्पर ) कुरा सुने । तपाईंहरु र नेपालको Diffrent ठाउबाट Diffrent view बाट Diffrent कुराहरु आईराखेको छन । सबैको कुरालाई खारिएर एउटै निचोड सँग कुरा आयो भने Much bettre ।

नेपालको निम्ती, राजसंस्थाको निम्ती के गर्ने भन्ने तपाईंहरुलाई नै थाहा हुनु पर्दछ……….. , माध्यमहरु । जुन object तपाईंहरुले लिनु भाको छ, त्यो हासिल गर्न के गर्ने भन्ने कुरा तपाईंहरुलाई नै थाहा हुनु पर्दछ । मैले काठमाडौं बसेर Do this Do this भन्न सक्दिन …. over all policy वा बिचार, उदेश्य I can Talk to you  ,How do you achieve …तर Basic मलाई लागेको कुरा Don,t do anything which not allow Law & Land. त्यो देश भित्र पनि गर्नु हुँदैन, बाहिर पनि ।  देश मै जटिल छ बाहिर प्रदेशमा त हुने नै भयो, धैर्य गर्नुस कहिले काही सफलता हासिल गर्नलाई स्टेप ब्याक हुन पर्दछ । जहिले पनि सफलता पाउछु भनेर अघाडी बढ्यो भने succecs हुनु हुन्न । हाल बेल्जियममा आमन्त्रण गरेको भए पनि निजी कारणले आउन मिलेन अर्को पटक अबश्य प्रयास गर्ने छु ।

http://www.nepalkoaawaz.com/

यसबाहेक उनी फेसबुकमा कसले के लेख्यो भनेरपनि अपडेट हुने रहेछन् । किनभने फ्रान्समा राजाबादीहरुसितको भेटमा उनले केहि नेपालीहरुलाई पहिलो पटक देख्दापनि हाकै भनेछन् “मैले तपाईलाई देखिसकेको हुँ ।”

तपाइँको प्रतिक्रिया