पूर्व राजाको युरोप भ्रमणको बास्तविकता सार्वजनिक हुँदै
पूर्व राजा ज्ञानेन्द्र शाह फ्रान्स आए । गए । केहि समाचार सार्वजनिक भए । तर बास्तविकता कसैले मेसो पाएन । केहि नेपालीसित भेटे भनियो । तर ककसलाई भेटे ? त्यो भेटमा के के भने ? कसैलाई पत्तो भएन । सबैमा यसको जिज्ञासा र कौतुहलता बाँकि नै छ ।
तर राजाबादी एक नेपालीले त्यसको बेलिबिस्तार लगाएका छन् । त्यस भेटका बारेमा के के भयो नेपालप्लस मार्फत सार्वजनिक होस् बन्ने आफुले चाहेको बताए । उनले पूर्व राजा ज्ञानेन्द्र फ्रान्स भएका बेला नेपालप्लसको तर्फबाट म सित भेटाएर केहि कुरा सार्वजनिक गर्ने अभिलासा भएपनि म स्विजरलयण्डतिर पुगेकाले त्यो पुरा नभएको बताए ।
ज्ञानेन्द्र शाहले यहाँका कुन कुन नेतालाई भेटे भन्ने खुलाएनन् । तर भने ‘पहिके राजा भैसकेको मान्छेले के महत्वपूर्ण मान्छे भेटेन होला त ?’ भारतीय सरकारका प्रतिनिधीसित उनीहरुले राखेका शर्त नमानेका राजसंस्था ढलेको, राजा देश, जनता र राष्ट्रियताकालागि कसैसित नझुकेकाले राजसंस्था गएको भन्दै त्यसको गोपनियतापनि खोले । उनले नेपालप्लससित अड्कली अड्कली दिएको करिब डेढ घण्टा लामो अन्तर्वार्ता भोली हेर्नुस् है त ?




