सरकारनै चाहिने भए किन हो पार्टी फोरेको ?

गत हप्ता नयाँ माओवादी पार्टी (नेकपा-माओवादी) कि नेत्रि पम्फा भुसाल जंगिँदै थिईन् “कांग्रेस, एमाले र एकिक्रित मावादीले अब देश हाँक्न सक्दैनन् । ति थोत्रा भए । राष्ट्रघाती भए । त्यहि भएर अब नेकपा-माओवादीले हाँक्न पाउनु पर्छ देश ।” नयाँ पार्टी, देश र जनताको नयँ आशा र स्वच्छ । त्यति खेर आ…. यी पम्फा दिदी लहडमा बोल्छिन् भन्या हो । किनभने पार्टी फुटाउँदा यीनले ‘हामी संसदिय दहमा फस्दैनौं, मन्त्री र सभासदमा मरिमेट्ने पार्टी होइनौं, राष्ट्रियताको आन्दोलन गर्छौं’ भन्दै अलग्गिएका थिए । त्यहि भएर पत्याउन गाह्रो भो सरकारकै लागि ज्यान फाल्दैनन्, दाबी गर्दैनन् भनेर । तर अहिले पार्टी अध्यक्ष मोहन बैध्य ‘किरण’ पनि त्यसै भन्दै छन् बा !

सरकार बदल्ने भन्दै तिनले पनि माउ पार्टीको सिको गरे । झिस्टेमिस्टे आधा दर्जनजति पार्टीलाई समेटेर मोर्चा बनाए । त्यो मोर्चाले अब बाबुराम भटराईलाई बर्खास्त गरेर आफ्नो नेत्रित्वमा सरकार बनाउने रे । आफुलाई सरकारमा जानु परेपछि तर्कपनि गज्जबकै आउने भो “एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, एमाले लगायतका दलहरु असफल भइसकेकोले तिनको नेत्रित्व स्विकार्य हुँदैन ।”

उनीहरुले बनाएको मोर्चा हो रे अहिलेको बिकल्प । अनि अहिलेको गतिरोध अन्त्य गर्न क्रान्तिकारी मोर्चाको नेत्रित्वमा सरकार बन्नु पर्छ रे । कसले पत्याउँछ यो ? अहिले जुनसुकै दल, जुनसुकै मोर्चाले सरकार बनाओस् तिनको एक्लै कुनै हुती चल्दैन । हालत बाबुराम कामरेडको जस्तै हुने हो लगभग । तर सरकारमा जान परेपछि जे भन्दिएपनि भो । पार्टी फुटाउँदा चाहिँ “एकिक्रित माओवादी संसदिय भासमा डुब्यो । सरकारमा डुब्यो । मोजमस्तिमा लाग्यो । हाम्रो पार्टीको लाइन संसदिय राजनितिमा लाग्ने होइन” भन्ने । तर अहिले चाहिँ गोलमेच र बांगो टेढो कुन्नि के के नाम दिएर सरकार चाहिँ हामीले चलाउन पाउनुपर्छ रे । फेरी एकलौटी चलाएपनि केहि गर्न सकिएला कि भन्नु । तिनको मोर्चाले चलाउने रे खिचडी सरकार । आखिर चाहिएको त सरकारनै रहेछ त ।

सरकारनै चाहिएको थियो भने, फुटेरपनि गर्ने उहि थियो भने पार्टी केका लागि फुटाएको ? आखिर फुटेपछि के कुरामा भिन्न देखिएको छ त खै ? हो यो पक्षका नेता अलि स्वच्छ र कम लोभीपापी देखिएका छन् । तर अहिले यस्तो बदनाम हुने बेलामापनि सरकारकै दाबी गर्ने, अन्य कुनै रचनात्मक काम देश र जनताको पक्षमा गर्न नसक्ने, उहि छोडेर आएकै माओवादीकै पारा र शैली देखाउने हो भने किन फोरेको पार्टी ? सरकारमै जानु थियो भने नफुटेको भए बढि दम्भ हुँदो हो, बढि सिट पाइदो हो नी सरकारमा । होइन, हामी अलग बिचार, शैली, नीति र देश र राष्ट्रियताप्रति बढि चिन्तित, स्वच्छ हौं भन्ने हो भने त त्यस्तै काम गरेर देखाउनु परेन र भन्या ? कुर्सीको मोह त्यागेर !

संसदिय ब्यवस्थालाई उपयोग गर्ने भन्दाभन्दै बाबुराम र प्रचण्डले कति मज्जाले उपयोग गरे आफ्नो पक्षमा संसदलाई । यसैगरि सरकार हाम्लाइ भन्दै त्यसैमा मरिजाने हो भने बैध्य बाको पार्टीकोपनि हालत हुने त्यो भन्द अझै झुर हो । सरकार हाम्लाई सरकार हाम्लाइ भन्दै कुर्लेको अहिलेको ताल देख्दा खासै भिन्न लाग्दैन त । बरु सरकारमै जाउँला र ठूलो भाग एक्लै लिउँला भनेर पो पार्टी फोरेको रैछ कि भन्ने शंका थपिन्छ ।

तपाइँको प्रतिक्रिया