चानचुने छैनन झलनाथका चुनौती
चौध वर्षमा खोलोपनि फर्किन्छ भन्ने नेपाली उखान छ । तर झलनाथ खनालकालागि भने २० वर्षमा फर्किएको छ । उनी २० वर्ष पहिले अर्थात २०३९ सालदेखि २०४६ सम्म नेकपा (माले) को सर्बोच्च पद महसचिवमा थिए । अहिले निर्वाचन पश्चात उनी फेरि नेकपा (एमाले) को सर्बोच्च पद अध्यक्षमा आएका छन । तर उनले चुनाब जुन तरिकाले जिते उनका अगाडि त्यो भन्दानिकै धेरै छन चुनौती र अप्ठेरा ।
उनले देशको अति संकटपूर्ण अवस्थामा नेत्रित्व हात लिएका छन । देश संक्रमणकालिन अवस्थामा छ । अन्तरिम संबिधानमा चलेको छ देश । निर्वाचित एकल सरकार छैन । गणतन्त्रको कार्यान्वयन के कसरि हुने हो टुंगो छैन । १० थरीका पार्टी दशतिर मुख फर्काएर बसेका छन । सरकारको नेत्रित्व गरेको प्रमुख दल एकिक्रित माओवादी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पानी बाराबारको अवस्था छ । जबकि यि दुई दल नमिलेसम्म गणतान्त्रिक संबिधान बन्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा सरकार सझेदार र तेस्रो ठुलो दलका हिसाबले एकिक्रित माओवादी र नेपाली कांग्रेसलाई मिलाएर संबिधान निर्माणकालागि सँगै हिँडाउन सक्नु उनको पहिलो चुनौति हो ।
एमालेमा आफ्नो स्पष्ठ अडान देखिने गरेको छैन । राजाको सरकारमा पनि जाने । पञ्चायती ब्यवस्थाका प्रिष्ठपोषक लोकेन्द्रबहादुर चन्द जस्तालाईपनि प्रधानमन्त्री बनाउन राजी हुने । माओवादीले मजदूर सुरक्षा दल बनाए आफुलेपनि बनाउने । योङ कम्युनिष्ट लिग उनीहरुले बनाए भनेर युथ फोर्स बनाउने । संसदमा वामपन्थि दल हुँदाहुँदै दक्षिणपन्थीसँग गठ्जोडपनि तत्कालै गर्ने । त्यहि ढुलमुलेपन हाबी रहेको मानसिकताकै कारण संगठनमा अलोकप्रिय मानिएका केपी ओली एक्कासी लोकप्रिय भए । यसपटक पार्टी ढुलमुले भयो र माओवादीको पिछलग्गु बन्यो भन्ने मानसिकताकै कारण ओलीले लिएको माओवादीप्रतिको कडा रबैयाले धेरै समर्थन बटुल्यो । ओली जुनरुपमा एक्कासी लोकप्रिय देखिए यो पक्कैपनि आगामी दिनमा झलनाथका लागि पार्टी सञ्चलानको चुनौति नै हो । त्यो मानसिकता र मतलाई कसरि मिलाएर जान सक्छन भन्नेमापनि भर पर्ने छ खनालको सफलता वा बिफलता ।
देशको सबैभन्दा ठुलो चुनौति स्थायि शान्ती कायम हुन्छ कि हुन्न भन्ने हो । जनयुद्द लडेर आएको पार्टीका जनसेना बिघटित भैसकेका छैनन । ति स्थायि शिबिरमा दिन गनेर बसिरहेका छन । तिनको दिर्घकालिन समाधान गर्नकालागि १२ बुँदे र १४ बुँदे जस्ता बिभिन्न संझौता भएका छन । अहिले बिगतमा जुन पार्टी र जसको सरकार हुँदा संझौता गरियो तिनैले ति संझौता मिचेर बिच्क्याउने चेष्टा गरिरहेका छन । यदि बिगतका संझौता बमोजिम जनसेना समायोजन गरिएन भने ति चुप लागेर बस्दैनन भन्ने जगजाहेर छ । संझौता अनुसार तिनलाई सुरक्षा निकायमा समायोजन नगरिए शान्ति संझौताले स्थायित्व पाउँदैन । त्यसैले बिगतमा गरिएका शान्ति संझौतालाई पालना गराएर नेपाली कांग्रेस, एकिक्रित माओवादी र अन्य दललाई हिँडाउन सक्नु र स्थायि शान्ति कायम गराउनु सायद सबैभन्दा ठुलो चुनौति हो ।
कुरो स्पष्ठ छ-अहिले सरकार सञ्चालनमा दलहरु अल्झिनुहुन्न । प्रमुख पक्ष भनेको संबिधान निर्माण नै हो । तर संबिधान् निर्माणको पक्षलाई भन्दा सरकार गिराउने र अर्को समिकरण लाई प्राथमिकता दिएकोपनि देखिँदै छ । तत्कालकालागि सरकारमा भएका सबै दलसित सहमति कायम गराएर तिनलाई सँगै हिँडाउनु र सरकार परिवर्तन भन्दा लोकतान्त्रिक पद्दतीलाई संस्थागत गराउनु उनको लागि चुनौति हो ।
नेकपा एमाले कस्तो पार्टी हो । अमेरिकी राजदूत पार्टी मुखालयमा छिर्दा उ कम्युनिष्टको झण्डा झिक्छ । पार्टी महाधिवेशनमा लेलिनको तस्बिर हटाउँछ । कार्यकर्ताले हाटहुट गरेपछि फेरि लगेर झुण्ड्याउँछ । नाम कम्युनिष्ट छ । झण्डामा हँसिया र हथौडा छ । तर चरित्र ईमान्दार पूजीवादीको जत्तिपनि देखिँदैन । वास्तबमा एमालेको नीति केहो ? समाजवादी पार्टी हो ? कि पूजीवादी ? सामाजिक पूजीवादी कि कम्युनिष्ट कि ? के त ? उ कुन वर्गको हित प्रमुख ठान्दछ ? बिगतमा उसको ब्यवहार स्पष्ठ छैन । कुनैपनि पार्टी को दिर्घकालिनरुपमा अगाडि बढ्न उनको नीति, उद्देश्य, बाटो र कार्यशैली स्पष्ठ हुनुपर्छ । नीति र बैचारिक धारमा स्पष्ठता नभएको पार्टीको अस्तित्व दिर्घकालिन हुनै सक्दैन । अब उसले त्यो स्पष्ठ गर्नुपर्ने छ । यो पनि झलनाथ सामु तेर्सिएको चुनौती हो ।
भनिरहनै पर्दैन, एमालेका कार्यकर्ता जुधारु छन । अधिकांश ईमान्दार छन । तर नेत्रित्व पुरै भ्रष्ट, लम्पट, बैमान, दोधारे र सत्तालुप्त छ । महाकालीजस्ता सन्धि गर्दा बोराका बोरा दाम ओसार्ने । जसको कारणले पार्टीनै टुक्रियो । पद नपाए पार्टी त्याग्ने धम्कि दिने । पद पाए कुस्त कमाउने । भ्रष्टाचार गर्ने । जनताका समस्या हल गर्ने होइन कि आफ्नै परिवार, नातागोता आफ्नै ढुकुटी भर्ने । करोडौ पर्ने पजेरो काण्ड भित्र्याउने । एमाले पार्टी यहि रुपमा अगाडि बढ्न सक्ने अवस्था छैन । पार्टीभित्र ब्यापक शुद्दिकरणको आवश्यकता छ । तर शुद्दिकरण कहाँबाट कसरि गर्ने सजिलो छैन । त्यो गर्न नसके पार्टी टिक्ने अवस्थापनि छैन । यो झलनाथका टाउकामा झुण्डिएको अर्को चुनौती हो ।
नचाहँदा नचाँदैपनि निर्वाचनमा पार्टीको कुनैपनि धारले स्पष्ट बहुमत ल्याउन सकेको छैन । केन्द्रिय स्तरमा बिभिन्न धार, गूट, उपगूटका ब्यक्तिहरु छन । मुख्य पदमै खनाल पक्षका सबैले जित्न सकेनन् । पार्टीभित्र बिभाजित मानसिकता परिसकेको छ । प्रत्यक्ष निर्वाचनमा गएर दुई धार बनेकाले त्यो प्रभाव र मानसिकता आगामी दिनमा स्पष्ठ रुपमै देखिने छ । यसको अर्थ पार्टी सञ्चालन वा सरकार सञ्चालनमा झलनाथ खानालले बारम्बार अवरोध स्रिजना गर्नुपर्ने छ बिपक्षी धारको । त्यो मानसिकतालाई हल गरेर पार्टीलाई एक ढिक्का बनाएर लैजानु वा बिपक्षी धारका ब्यक्तिसँग मिलेर सफल तरिकाले पार्टी हाँक्नु चानचुने हुने छैन ।
अहिले मैले देखेका मुख चुनति यिनै हुन । झलनाथ खनाल पार्टी महासचिव हुँदापनि मैले उनिमाथिका चुनौतिबारे एउटा ब्लग गरेको थिएँ । त्यसमा अहिले उल्लेख गर्नुपर्ने धेरै कुरा परिसकेका छन । त्यसकालागि तलको ब्लग हेर्नुस-




