जनताको काम छोडेर पूर्व राजाको चाकरीमा राजदूत
ददिजी, तपाइ पेरिसमै बसेर किन केहि देख्नुहुन्न ? किन केहि नलेखेको त पूर्व राजाको चाकरीमा खटेका राजदूत मोहन क्रिष्ण श्रेष्ठका बारेमा ? राजाबादी नेपालीबाट सूचना लिएपछि एक जना नेपालीले फोनमा हकारौंला झैं गरे “तपाई डरले हो नबोलेको ? नत्र किन नलेखेको त ?”
म यतिखेर फ्रान्सको दक्षिणी क्षेत्रमा छु । सानो कामले अपर्झट आएँ । घुम्दै छु केहि नयाँ ठाउँपनि । अनि स्विजरल्याण्ड जाने योजना छ नेपाललाई माया गर्ने स्विस नागरिक र स्विजरल्याण्डको बसाईका क्रममा असाध्यै धेरि दुख कस्ट भोगेका, मन छुने कहानी बोकेका नेपालीसितको अन्तर्वारतका अलगि । ति दुबै आगामी पुस्तककालागि हो ।
सूचना पूर्व राजाका बारेमा केहि पाएको छु । जुन फर्केपछि लेख्ने छु । तर अहिलेको समाचार भनेको नेपाली राजदूत मोहन क्स्रिष्ण श्रेष्ठको हो । हाल उनले “मलाई केहि थाह छैन । केहि पाएमा भनौंला” भन्दै पन्छिरहेका छन् पूर्व राजाबारे जान्न खोज्नेलाई । तर उनी लुकु लुकि पूर्व राजा ज्ञानेन्द्रको चाकरीमा खटिइरहेका छन् ।
ग्रिसबाट फर्केर आ एपछि उनलाई निकै पत्रकारहरुले जानकारि मागेका थिए । तर उनले “सरकारले केहि निर्देशन नदिएसमम त हामी कुरो नै हुन्न नी, हामीलाई के थाह सरकारी प्रतिनिधी भए पो” भन्दै जवाफ दिने गरेका छन् । तर उनी लुकि लुकि दुतावासको गाडी लिएर पूर्व राजाको चाकरीमा खटिएका छन् । पेरिसमै रहेका उनी निकटकासितपनि यतिखेर राजदूत मोहन क्रिष्ण श्रेष्ठ निकै बच्ने गरेका छन् । एकदिन पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेट्न गएका उनले पूर्व राजाको निकै महिमा गाएका थिए । आफूलाई महाराजले उत्तम कर्मचारीको रुपमा गोदवा दिएकोपनि सम्झाएका थिए ।
उनी निकटका एक राजाबादी मलाई फोन गरेर दिएको जानकारी अनुसार उनी आफ्नी पत्नी सजाना श्रेष्ठलाई लिएर जाने गरेका छन् । एक दिनको भेटमा उनले गणतन्त्र आएपछि देश खत्ताम भएको भन्दै गुनासो गरेका थिए ।
उनले दुतावासका कर्मचारीलाई राजदूत सर हुनुहुन्न भनिदिनु भन्ने गरेका छन् । पूर्व राजाकै चाकरीमा दगुर्ने भएकोले उनी हाल बिरलै भेटिन्छन् राजदूतावासमा । “राजदूत सर हुनुहुन्न, हामीलैऐ थाह छैन कहाँ जानुहुन्छ” दुतावासका कर्मचारीले यस्तै जवाफ दिने गरेका छन् । बिच बिचमा भन् एराजदूतले “के छ खबर ? क कसले फोन गरेको थियो?” भन्दै सोध्ने गर्छन् आफ्ना साला सन्तोस कक्षपतीलाई फोन गरेर । कक्षपतीलाई उनैले सचिवका रुपमा नियुक्त गरेका थिए ।
तर उनले राजालाई भेटेको खबर भने निकै गोप्य राख्ने कोसिस गरेका छन् । उनी नियमित जस्तो ज्ञानेन्द्रको सेवामा खटिने गरेका छन् । एक जना सामान्य ब्यक्तिनै भएपनि उनले भ्टघाट गर्न त पाउँछन् नै । तर दुतावासको काम छोडि सरकारको गाडी र सुबिधा प्रयोग किन गरे ? भेट्न जाँदापनि हाकै नगएर किन ढाँट्नु परेको हो ?



