फोटो र समाचार कसले दियो ? : पूर्व राजाको चासो
खुब मेडियाप्रेमी छन् हाम्रा पूर्व राजा ज्ञानेन्द्र शाह । आफ्ना बारे कहाँ के के निस्कियो, छापियो खुब चासो राख्छन् । फ्रान्स आउनु अघि पूर्व राजा दोहाको सार्क भिलेज एण्ड स्पा होटेलमा बसेका थिए । त्यहाँका नेपालीले फोटो खिच्ने चाहना ब्यक्त गरेपछि ज्ञानेन्द्र शाह राजी बनेका थिए । तर ब्यक्तिगत रुपमा यस्सो पोज दिएको उनको फोटो नेपालप्लसले फुत्काएर छापिदियो । यो तस्विर नेपालप्लसबाट धेरै मेडियाले साभार गरेर छापे । जब मेडियामा आयो, तब पूर्व राजा जिल्लै परे, चौतर्फी यो फोटो देखेर । फ्रान्स आइपुग्नु अघि त उति वास्ता भएन ।
तर फ्रान्स आइसकेपछि भने उनले यो तस्विर बारे चासो राखे । ब्यक्तिगत रुपमा खिचेको फोटो कसरि मेडियामा आयो ? उनले चासो राखेर आफ्ना सहयोगिलाई त्यसबारे जानकारि लिन लगाए । उनको चाहना अनुसार उनका सहयोगीहरुले तुरुन्तै स्पा होटेलमा बुझ्न लगाए । त्यसको सोधपुछ उनका निजि सचिव सागर तिम्सिना आफैंले गरेका हुन् । केहि छद्म नाममा उक्त फोटो र समाचारको स्रोतबारे जिज्ञासा राखेर नेपालप्लसको मेल मार्फत मलाईपनि सोधिएको छ ।
उनका सहयोगीहरुले स्पा होटेलमा यो फोटो कसले सार्वजनिक गर्यो ? कसरि मेडियामा पुग्यो । बिमानस्थलमा रोकिएको समाचार कसरि बाहिर पुग्यो भने खोजिनीति शुरु गरेका छन् । त्यहाँका कर्मचारीहरुलाई निगरानीमा राख्ने र सोधपुछ गर्ने काम भएको छ । ब्यवस्थापनले समाचार समेत बाहिर आएकाले फेसबुकबाट फोटो मात्रै ट्याग गरिएको हैन भन्दै निगरानी र चासो दिएको हो । “ठूलो बडो मान्छेका बारेमा बिमानस्थलका कर्मचारीको कमजोरीबारे बाहिर मेडियामा दिने?” भन्दै होटेल ब्यवस्थापनले कर्मचारीहरुसित एक एक सोधपुछ गरेको छ । निजि भ्रमणको विषयलाई होटेलले गोप्यता कायम गर्न नसकेको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहले बुझ्न लगाएको स्रोतले उल्लेख गर्यो ।



