नयाँ चुनाव : मुलुक मार्न कि आर्थिक विकासकालागि ?

यो सरकारका मन्त्री, माओवादी नेता र तिनका पार्टी पुरै अन्धा छन् कि आफू बाहेक यो मुलुकका कोहि केहि जान्दैनन् भन्ने सोच्छन् ? डा बाबुराम भट्टराईले नयाँ चुनाव घोषणा गरेको त मुलुकलाई निकास दिन, आर्थिक विकास र संव्रिद्दीकालागि रे । नेपाल जस्तो आर्थिक रुपमा टाट पल्टिन लागेको मुलुकमा चुनावका नाममा अरबौं रकम खर्च गरेर देशको आर्थिक विकास हुन्छ ? सत्तामा टाँस्सिन ज्यान फालेका अहिलेका सरकारधारी बाहेक कुनै पनि दल, नेता, राजनितिक विश्लेषक र नेपाली जनता निर्वाचनका पक्षमा छैनन् ।

तर यो सरकारका पदवाला, प्रधानमन्त्री र पदका लम्पटहरु भने मुलुकलाई आर्थिक रुपमा टाट पल्टाउने र राजनितिक रुपमा झन द्वन्दमा लैजाने निर्वाचनको रटान पो दिएको दियै छन् त । आखिर कसको स्वार्थमा के गर्न यसरि चुनावकालागि चम्किरहेका हुन् ?

एक दशक भन्दा लामो शसस्त्र जनयुद्दको माग संविधान सभाको निर्वाचन । आफ्नो नीति त्यहि । त्यसैलाई जोगाउन सकेनन् । संविधानका धेरै कुरा मिलिसकेका थिए पनि भन्छन् । अनि प्रतिपक्षी दलहरुले संविधान सभा पूनर्स्थापना गर्न सकिने सुझाउ र अक्किल दिएका छन् । यो सुझाउले देशको करोडौं अरबौं बजेट जोगिन्छ । अल्झेको संविधान बन्ने बाटो खुल्छ । राजनितिक दलहरु फेरी एक पटक बिराएको बाटोबाट समझदारीमा आउने बाटो खुल्छ । आदिबासी, जनजाति र अन्य वर्ग र समूदायले जे माग राखेर आन्दोलन गरे । तिनलाई संविधानमा समेट्न फेरी शुन्यबाट काम थाल्नु पर्दैन ।

यत्रो वर्षको युद्द, माग, राजनितिक पहलकदमीले भएको संविधान सभा जोगाउन सकेनन् । भएको संविधान सभा जानि जानि गएर भंग गराउने । आफ्नै पार्टीमा छलफल सम्म नगर्ने । प्रतिपक्षी दलहरुको राय, सुझाव र सहमती नलिने । अनि हुँदा हुँदैकोलाई भंग गराएर त्यहि संविधान सभाको अर्को निर्वाचन गराउने । भएकि आमाको घाँटी रेटेर हतय गरेर कान्छी आमा खोज्दै जाने नीति होइन यो ?

र्निर्वाचन भनेको कुरो पैसासित संवन्ध त छ नै । यसले देशको आर्थिक, सामाजिक, राजनितिक प्रशासनिक क्षेत्रलाईपनि प्रभाव पार्छ । निर्वाचनमा देश होमिने भएपछि विकास निर्माणका कयौं काम रोक्नु पर्छ । तर लुटेर मन्त्रीहरु उल्टो आर्थिक विअकका अलगि निर्वाचन गर्ने भनेर पो ढाँट्दै छन् त बा ! प्रतिपक्षी दलहरु सहमत नदेखिएपछि राजनितिक द्वन्द हुन्छ । बन्द, हडताल, सडक हमला, हानाहान र झैझगडा तिब्र हुन्छ । निर्वाचनमा जानुपर्ने दलहरुलेनै अस्विकार गरेपछि को सँग हो निर्वाचन गर्ने ? जनताले कसलाई हो छान्ने ? निर्वाचनमा जसले सहभागिता जनाउनु पर्ने हो उहि अनिच्क्षुक हुँदाहुँदै कस्तो खालको निर्वाचन गराउन खोजेका हुन् ? कुन र कस्तो तानाशाह जन्माउनकालागि हो यो निर्वाचन ?

न जनतालाई सरोकार छ यो निर्वाचनमा । न मुख्य दल सहमत छन् । गरिब नेपालीको रगत चुसेर जम्मा पारेको बजेट सक्ने र देशलाई राजनितिक आर्थिक रुपमा घुँडा टेकाउने, झन ठूलो राजनितिक द्वन्द निम्त्याउने निर्वाचनले राजनितिक निकास दिन्छ । सामाजिक आर्थिक बिकास हुन्छ भन्दै भ्रम छर्नु डकैती हो ।

तपाइँको प्रतिक्रिया