यसकारण मुख्य जिम्मेवार प्रचण्ड र बाबुराम भट्टराई
शान्ति र संविधानको मुख्य कार्यदिशा थियो, बाबुराम भट्टराईको । माओवादीमा एक थरीले जनयुद्दलाईनै अगाडि बढाउने मार्गका रुपमा लिए संविधान सभालाई । अर्को थरीले शान्ति र संविधान मार्फत जनयुद्द बिसाउने । कार्यनिति पास भयो बाबुराम र प्रचण्डको । किनकि यो लाइन उनीहरुकै थियो । त्यहि लाइन अन्तर्गत जनआन्दोलन र जनयुद्दका अपराधीहरु पुरस्क्रित भए । माओवादी संगठन ध्वस्त भयो । जनसेना बिसर्जन गरिए । हतियार बुझाइयो । संगठन एकै देखिएपनि एक छैन । तहस नहस भयो । जनयुद्दका लडाकुहरु पाखा लगाइए । माओवादीले जनयुद्दका अपराधी भनेर ट्याग लगाएकाहरुनै सत्तामा पुगे । देश झन टाट पल्टियो ।
शान्ति र संविधान भनेर शान्तिपूर्ण बाटोमा ल्याउने जुन नीति र प्रस्ताब थियो प्रचण्ड र बाबुरामको त्यो नीति असफल भयो । त्यसैले माओवादी भएर अन्धभक्त आँखाले हेर्दा यो नाजायज लाग्ला, नत्र देशको अहिलेको मुख्य दोषी प्रचण्ड र बाबुराम हुन् ।
संविधान सभाको मुख्य एजेन्डा नै माओवादीको थियो । एमाले, नेपाली कांग्रेस र मधेशवादी दलको थिएन । त्यहि एजेन्डामा माओवादी आयो । त्यसैमा नेपाली कांग्रेस र एमाले लगायतका दल आए । त्यसैले नेपाली कांग्रेस र एमालेले हार्यो, बिगारे भन्ने आधार कम छन् उनीहरुका एजेन्डा नभएकालेपनि । तर शान्ति र संविधानको एजेन्डा लिएर आएका प्रचण्ड र बाबुरामले जनतालाई संविधान दिन सकेनन् । भैरहेको, चार पाँच वर्षदेखि अनुकुल स्थितिमा रहेको संविधान सभाले त संविधान दिन सकेन, निकास दिन सकेन र आफ्ना एजेन्डा सफल बनाउन सकेनन् भने कसरि पुन निर्वाचनमा गएर निकास दिन सक्छन् ? माओवादी पार्टी बलियो भएकै अवस्थामा त आफ्नो एजेन्डा सफल बनाउन सकेनन् भने माओवादी पार्टी चिरा परेको, कार्यकर्ता कमजोर भएको, दलहरुले बाटो बिराएको, जनता आक्रोशित बनेको अवस्थामा कसरि सफल हुन सक्छन् ?
पुन निर्वाचनमा जाने निर्णय हुनासाथ कमल थापा र हिन्दुबादी संघसंस्थाहरुले स्वागत गरेका छन् । जनताले लडेर ल्याएको संविधान सभा भंग हुँदा कमल थापाहरु खुशि हुन्छन् भने कसरि आम जनता खुशि बन्न सक्छन् ? प्रतिक्रियाबादीहरु हाँस्ने र रमाउने कदम प्रचण्ड र बाबुरामले चाल्दा कसरि माओवादीले जित्छ ? प्रतिक्रियाबादीहरु हाँस्ने कदम कसरि जनताले स्विकार्ने ? कसरि अग्रगामीहरुलाई पच्न सक्छ ? गणतन्त्रका लागि ज्यान फाल्नेहरुले कसरि पचाउन सक्छन् ? भैरहेकै संविधान सभालाई बचाउन नसक्नेले, अहिलेको संविधान सभाले संविधान दिन नसकेपछि अबको निर्वाचानले दिन सक्छ भन्ने के निश्चित छ ? त्यसैले शान्ति र संविधानको मुख्य एजेन्डानै बाबुराम र प्रचण्डको भएकाले मुख्य दोषी यीनै हुन् ।
भलै, यसको पछाडी एमाले, नेपाली कांग्रेस र मधेशी दलपनि उम्किने ठाउँ छैन । किनभने अग्रगमन नेपाली कांग्रेस र एमालेले चाहेका थिएनन् । संविधान सभाको निर्वाचनमा आउन उनीहरु चाहेकै थिएनन् । लतारिएर आएपछिपनि तिनले देशको पूनर्संरचना चाहेनन् । सिमान्तक्रित, जनजाति, अछुत र राज्यबाट पाखा लगाइ एकाहरुलाई राज्यको मुल धारमा ल्याउन चाहेनन् । संविधान त चाहने तर घुमाईफिराई उहि पुरानै संस्कार, पुरानै मुल्य र मान्यताको जारी गर्न खोजे नौलो परिभाषा र नाममा । यीनीहरुको ध्येयपनि जनातका बास्तबिक समस्या हल गर्नतिर गएन । संविधान दिने भन्दा सरकार गिराउने, नयाँ सरकार बनाउने र सत्तामा पुग्ने रह्यो ।
त्यसको प्रमाण के भने सबै दलको सहमतीमा संविधान सभा राज्य पूनर्संरचना समितिले दिएका सुझावहरुलाई मानेनन् । दलहरुको सहमतीमा संविधान सभामा सहम्ती बन्ने, बनाउने । तर उसले दिएका सुझावलाई नमान्ने । यसको अर्थ उनीहरुले संविधान सभाले उठाएका मागहरु संबोधन गर्न चाहेनन् भन्ने स्पष्ठ भैहाल्यो । उता संविधान सभामा राज्य संरचनाका विषयमा सहमती हुन नसकेपछि मतदानमै जान पनि चाहेनन् । त्यसको अर्थ संविधान सभाका एजेन्डाहरुमा आफूहरु पछाडी परिन्छ भनेर नै हो । मतदानमा जान नचाहनुको कारण यहि हो अर्थ जे सुकै र परिभाषा जसरि दिएपनि । त्यसैले संविधान सभा भंग हुँदा नेकपा एमाले र नेपाली कांग्रेस त सफल भएका पो हुन् ।
फोटो :शेर बहादुर छन्त्याल




