जातिय राजनिति गर्नु भन्दा जिम्मेवार नागरिक बन्ने कि ?

• सागर सुबेदी / भियना, अष्ट्रिया

आदरणिय मित्रहरू,

एउटा जिम्मेबार नागरिक हुनुको कर्तब्य के हो ? किन हाम्रो देश् संसारमा गरीबमाथि गरीब हुँदै छ ।  हामीसँगै बिकासको पथमा उक्लिन सुरु गरेका मुलुकहरू अहिले कहाँ छन् ?  प्रक्रितिले भरिपुर्ण हाम्रो सानो मुलुक यतिबिघ्न पछाडी पर्नुको कारण के हो ? के माओवादीको कथित जनयुद्दको चपेटामा परेर न्याय प्रेमी शान्त नेपाली दाजुभाईलाई असर पारेको हो त ?

 मलाई सम्झना छ, आतंककारीको कथित जनयुद्दको नाममा रोल्पा तिरका ब्रैन वाश गरिएका पशुरुपी मानबहरुको दर्दनाक ब्यबहारले नेपाली जनमानसलाई पक्कै पनि गहिरो धक्का दिएको हुनुपर्छ । तर किन नेपाली नेपाली शिक्षित वर्गको आँखामा अझै पनि कालो पट्टी लागेको छ ? प्रत्येक दिन हजारौं नेपाली कर्मठ युबा बिदेसको चर्को धुपमा पसिना बगाउन वाध्य छन्  । कसको कारणले यो सब हुँदै छ ? किन नेपालका नेता भनाउँदाका छोरा छोरीलाई अरबको मरुभुमीमा जानु परेको छैन ? देश कसको पैसाबाट चल्दै छ ?

देशभित्र बसेर राजनीतिको खोल ओढ्नेहरू  दिन दुई गुणा रात ४ गुणा धनी हुँदै छन् । किन देश दिनप्रतिदिन गरीब हुँदै छ । नेताका खोल ओढेका धनी हुँदै छन् कसरि ? कसले बनायो यो सब ? एक पटक सोचौ त,  तपाईं हामीले क्षणिक फाईदाको लागि गलत मान्छेलाई नेता बनाएकाले होइन ? किन अझै चुप हुनुन्छ हे युबा शक्ति ? तपाईंहरूले किन बुझ्नुहुन्न ? किन बुझ्ने कोसिस गर्नुहुन्न ?  भाई भाई लडाईं गर्‍यो  भने फाईदा कसले लिन्छ ? नेताहरूको निजी स्वार्थको भुमरीमा किन पर्दै हुनुन्छ ? किन यति धेरै पछाडी परेर पनि चेतना आएको छैन ?  कहीले आउने चेतना हामीमा ? भाबी पिढीलाई यो उ बनाउँछु भनेर औंला गन्नु भन्दापनि कम्मर कसेर लाग्ने हो भने यहि पीढीलाई केहि गर्न सकिन्छ, परिवर्तन गर्न संभव छ भनेर किन बुझ्दैनौं ? अहिलेकै सन्ततीलाई सबल र सक्षम बनाउँ भनेर किन नसोच्ने ? किन नीजि फाइदा मात्रै खोज्ने नेताका उक्साहटमा लागेर आफ्नो र आफ्नो परिवारको भबिश्य अन्धकार पार्दै हुनुहुन्छ ? किन जातियताको राजनीति गर्नेलाई मलजल गर्दै हुनुन्छ ? किन भुल्नु भयो पहिला हामी नेपाली हौं र त्यसपछि मात्रै जात जाति ? 

सोच्नुहोस, रगत सबैको रातो हुन्छ । हामी मानब जाति हौं भन्ने  भावनामा एक अर्कालाई बाँधौं । आफु बनौं र अरुलाईपनि सक्षम बनाउने कोसिस गरौं । आफ्नो अधिकारको लागि लड्दा अर्काको अधिकार हनन् भयो कि भएन भनेर ख्याल गरौं । थिचो मिचो नगरौं । कुनै गल्ति गरेको भएपनि सच्याउँ र अबबाट हुन नदिन संयम भएर सोचौं ।  हामी ४ जात ३६ बर्णका फूलबारीमा बस्ने नेपाली नागरिक हौं भन्ने हामीले भुल्नु हुन्न ।  आफ्नो अनुहार आफैंले हेरेर मूल्यांकन गर्ने भन्दापनि अर्काको द्रिष्टिकोण र मूल्यांकनबाट हेर्ने कोसिस गरौं ।  कसैले कसैलाई गाली गर्दा वा अपमान गर्दा सबैको रगत तातो भएर आउँछ । त्यसैले, समयमा नै सोचौ जसले गर्दा सद्भावको खडेरी आउन नपाओस् । 

अहिले सामाजिक सन्जाल फेसबूकमा केही नेपाली मित्रहरूले जातियताको नाममा अर्को जात र जातिमाथि  घटिया गाली गर्ने गरेको पाइएको छ । यसलाई यहाँ नै रोक्न सकिएन भने पछी रोक्न गाह्रो हुनेछ भन्ने आत्मसाथ गरौ । जातियताको राजनीति गर्नेलाई मुक्का प्रहार गरौ ।  सबैभन्दा पहिला समाजमा केही गर्छु र राष्ट्रको लागि केही योगदान गर्छु भन्ने सोचाइ छ भने पहिले आफूलाई सक्षम बनौं । नतिखारेको सिसाकलमले लेख्छु  भन्नु मुर्खता हो । पहिला आफूलाई तिखारौ र देशको प्रगतिमा सरिक बनौं । पिछडिएका बर्ग, जात जाति,  समुदाय र राष्ट्रलाई समुन्नतीमा लैजानको लागि सिकाउँ । बुझाउँ । अगाडि ल्याउँ । एउटा जिम्मेबार नागरिकको कर्तब्य  निर्वाह गरौं ।

राष्ट्र बनाउने जिम्मा सबैको हो । आफ्नो गाउँ छिमेक, टोल र देशमा कोहि सम्पन्न र कोहि बिपन्न हुँदा त्यसले समानता ल्याउन सक्दैन । कुनै नेपाली सुखि, खुशि र कोहि दुखि हुँदा देश सम्पन्न हुँदैन । त्यसलाई हटाउन हामी सबै नेपालीले जात, जाति, वर्ण र भाषा अनि संस्क्रिति र संस्कार नभनि एकले अर्कोलाई सहयोग र साथ दिए सिंगै देश र समाज बनाउन सकिन्छ । बदल्न सकिन्छ । अहिलेको आवश्यकतापनि कुनै जात जाति विशेष, क्षेत्र र गाउं भन्दापनि सम्पूर्ण नेपाली भएर सिंगो देशलाई नै सक्षम र सबल बनाउनु हो ।

तपाइँको प्रतिक्रिया