जानी जानी कार्यकर्तालाई उल्लू बनाउने ?

एमाले र नेपाली कांग्रेसले बनाउनु उल्लू बनाए आफ्ना कार्यकर्तालाई । अहिले संसदिय ब्यवस्थामा माओवादी देखापरेको छ कार्यकर्ता र जनतालाई उल्लू बनाउने । अब पार्टी मिल्यो । हामी फुटेको हेर्न चाहनेहरुलाई हामीले जुटेर निराश बनायौं । माओवादी फुट्न जानेको छैन । माओवादी जुटेर प्रतिक्रियावादीलाई निराश पारिदियो । यस्तै भन्छन् घरी घरी । सँगै हुँदा त्यसो भन्छन् । छुट्टिएर अलि पर पुग्नासाथ प्रचण्ड र बैध्य पक्षले एक अर्कोलाई सत्तो सराप लाउँछन् । सार्वजनिक कार्यक्रममाई सँगै देखा पर्छन् । मिले झैं गर्छन् र मञ्चबाट देखिन्छन् सँगसँगै । जनता र कार्यकर्तालाई देखाउँछन् । तर मञ्चबाट ओर्लिनासाथ गाली गर्ने एक अर्कालाई, कि त आआफ्ना कार्यकर्ताको छुट्टा छुट्टै भेला गर्ने किन हो ?

माओवादी अध्यक्ष प्रचण्ड र बैध्य पक्ष देव गुरुङ अस्ति बाँके पुगे । एउटै मञ्चमा देखिए । माओवादी शान्ति र संविधानमा ज्यान फालेर लागेको भनेर कार्यकर्तालाई बताए । माओवादी यो देशको एक मात्रै बिकल्प भनेर खोके । कार्यकर्ता दंग परे । नेताहरु लौ मिलेछन् भनेर कार्यकर्तामा अलिकति उत्साह थपियो । त्यहाँका जनतालेपनि माओवादी मिलेछन्, केहि गर्छन् कि भन्ने सोचे ।

मञ्चबाट ओर्लिनासाथ ? ति हान्निँदै कुनातिर गए । आआफ्ना कार्यकर्तालाई भेला पारे । उहि कुना र कोठरीको गोप्य वार्ता शुरु भैहाल्यो । आआफ्ना कार्यकर्तालाई मन्त्रणा गरे । देव गुरुङ आफ्ना कार्यकर्ताको छुट्टै भेलामा गए । प्रचण्ड झन यसै अध्यक्ष । उनी झन कम हुने कुरै भएन । उनलेपनि छुट्टै भेला पारे । दुबै पक्षले आ आफ्ना कार्यकर्ताको भेला पारेर आआफ्ना कुरा राखे । गाली गरे । अनि कार्यकर्तालाई आआफ्नै लाइनका कुरा सुनाए ।

केहि मिनेट पहिले मञ्चमा एउटै पार्टी, एकै बिचार, एउटै लाइन, एकै मत जाहेर गरें भनेर तिनले कसलाई ढाँटेका ? किन मञ्चमा बसेर जनतालाई ढाँटेका हामी एकै हौं, मिलेका छौं भनेर ? कहिलेसम्म हो जनतालाई, कार्यकर्तालाई यसरि गुमराहमा पार्ने ? आखिर कार्यकर्तालाई भिन्न देखाउनुनै छ, गाली गर्नुनै छ अर्को पक्षलाई भने मञ्चमा बसेर किन मिलेको देखाउने ? कहिलेसम्म हो यो नाटक ? कहिले सम्म देखाउने हो जनता र कार्यकर्तालाई यो नौटंकी ? किन राख्ने जनता र कार्यकर्तालाई गुमराहमा ? सिधा कुरा गरेर आआफ्ना बिचार सुनाए के हुने ?

तपाइँको प्रतिक्रिया