कसको रिमोटबाट चल्दै छन् बाबुराम ?

मदन बज्राचार्य

बाबुरामले आफ्नो सरकार टिकाउन मधेसबादी नेताहरु सित तराईमा बिहारिहरुले नेपालको नागरिकता लिनु भन्दा पहिला जन्मेका सन्तानहरुलाई पनि नागरिकता दिलाउन मिल्ने गरि नेपालको अन्तरिम संबिधान संसोधन गर्न सम्झौता गरे भनेको समाचार पढें भर्खरै मैले । मन खल्लो लागेर आयो ।

प्रचण्ड प्रधान मन्त्रि भएको बेलासम्म भारत नेपालको शत्रु हो भन्थे प्रचण्ड । तर पछि उनले मधेशबादीको समर्थन लिनु भन्दा कुर्सि छोड्ने मावोबादीलाई आज बाबुरामले किन उल्टो बाटो हिँडाउन थालेको ?

प्रचण्ड प्रधानमन्त्रि पदमा छँदा र पदबाट हटिसकेपछि बारम्बार कांग्रेस एमालेलाई विदेशीको रिमोट कन्ट्रोलबाट चल्ने भनि भारत परास्त आरोप लगाएको थियो । तर आज बाबुराम कसको रिमोटबाट चल्दै छन् ?

प्रचण्ड किन हो कुन्नि चुप बसेका छन् । तर मावोबादीको बैध्य पक्षले खुलेर बाबुरामलाई भारतको रिमोट बाट चलेको सकेंत गर्दै आएको छ । आफ्नै पार्टी भित्र पत्याउन छोडिएको बाबुरामलाई हामीले कसरि पत्याउने ?

माओवादीबाट जनयुद्धको बेला धेरै धेरै गल्ति भएको प्रचण्डलेनै स्विकारिसकेका छन् । तर माओवादीको त्यतिबेलाको ४० बुंदे माग भित्र नेपालको कालापानी आदि मिच्दै आउने, नेपालको नदीहरु एकपछि अर्को आफ्नो कब्जामा पार्ने भारतको बिरोध गर्दै भारत सित भए गरेका असमान सन्धिहरु खारिज गर्नु पर्छ भनेकोले नेपाली जनताले आफुलाई जनयुद्ध कालमा मावोबादिले दिएको घाउ भुलेर माओवादीलाई बहुमत दिए । तर आज बाबुरामको माओवाद त्यो माओवाद रहेन भन्ने कुरा हामीले भन्दा किरण बैद्यले नै प्रमाणित गर्दै आएको छ ।

 भारतको भू-आकार नेपालको भन्दा २२ गुणा ठुलो छ र भारतको जनसंख्या नेपालको भन्दा ५० गुणा बढी छ । भारतको अन्धा जति सबै नेपाल भित्रिए भनेपनि नेपाल अन्धाको देश हुनेछ । त्यहाँका कुष्ठ रोगीहरुसबै नेपाल पसे नेपाल कुष्ठ रोगीको देश हुनेछ । यस्तै गरि आफुलाई मध्य देसि भन्ने सबै बिहारीहरूलाई नेपालको नागरिकता दिए भोलि नेपाल नेपाल रहँदैन । यो कसरि सहने हामीले ?

घैटोमा सागर अटाउन सक्दैन । भारतको जनसंख्या नेपालको भन्दा ५० गुणा बढी छ र आज सम्म जति भारतीयहरु नेपाल पसेका छन् । तिनीहरुले नेपालको रोजगारी खोस्दासम्म हामी सहेरै बसेका थियौं। तर आज बुद्ध, सिता र अरनिकोको तराई समेत खोस्न खोज्दैछ यो कसरि सहने ?

अस्ति एउटा समाचारमा मैले तराईबाट नेपालका नागरिकता लिएका थुप्रै भारतको चुनावमा भोट हाल्न बिहार पुगेको पढेका थियौं । यहि सन्दर्भमा मधेसी नेता उमेश यादवले तराईमा ३० लाख बिहारिहरुले नागरिकता लिएको भनेर सार्वजनिक रुपमै भनेकोपनि पढियो । अनि नेपालको निर्वाचन आयोगले तराईको मतदाता लिस्टमा २५% नक्कली मतदाता रहेको भनेर औपचारिक रुपमै भनेको समाचारपनि पढियो ।

यसरि नेपाली नागरिकता लिएका बिहारीहरुले मन बचन र कर्मले नेपाली बनेको भए नेपाल र भारतको सम्बन्धलाई लिएर चित बुझाउन सायद सकिने थियो होला । तर तिनीहरुले आफुलाई नेपाली नभनिकन ‘मधिसे भन्दै आएको छ र मेची देखि महाकाली सम्मको नेपालको तराई १२ शताव्दी सम्म उनीहरुको भारतको बिन्द्याचल पर्बत सम्म फैलिएको मध्य देशको एक भाग भन्दै छ । यो कुरा उपेन्द्र झा भन्नेले “मधेशको ईतिहसिकता माथि अतिक्रमण” भन्दै लेखेको नेपालप्लसकै लेखमा पढ्नु भयो होला नै । यो कसरि पचाउने हामीले ?

त्यो उपेन्द्र झालाई मैले यदि भारतको बिन्द्याचल सम्मकै भू भाग मध्य देश थियो भने किन नेपालको मेची देखि महाकाली सम्म मात्रै मध्य देश बनाउनु पर्ने माग मागेको भनि सोधेको थिएँ । तर कुनै जवाफ दिन सक्नु भएन ।

मेरो प्रतिक्रियाहरु पढेर धेरैले मलाई मधेशी बिरोधी, भारत बिरोधी भएको आरोप लगाउँछन् । म मधेसीलाई मित्र मान्न तयार छु । भारत सित भन्दा भारतीय सित नेपालको धार्मिक सांस्कृतिक सम्बन्ध कसैले छुटाएर छुटाउन नसकिने भएको मान्छु । तर धार्मिक र सांस्कृतिक सम्बन्ध गहिरो छ भन्दैमा हाम्रो नेपाल त्यसमा डुबाउन खोजेको सहन सकिन्न । अब यसलाई कसैले भारत बिरोधी भने भनुन । मलाई त्यसमा चिन्ता छैन ।

भारत बिहारका बिहारीले आफुलाई मधेसी भनुन । मध्य देशी भनुन । त्यसको मलाई वास्ता पनि छैन । तर नेपालको तराईलाई जवर्जस्ती मधेश बनाउन खोजेको सहनै सक्दिन । नेपालीलाई पहाडी भनेर तराईबाट लखट्दै गरेको सहनै सक्दिन ।

नेपालको नागरिकता पाउने नसक्नेले नेपालको नागरिकता पाए । नेपालको नागरिकता लिएपछि नेपाली बनेको भए यो पनि हामीले सहन सक्ने थियौं होला । तर उनीहरु त नेपालको तराई बाट समस्त नेपालीलाई लखेटेर तराईलाई मध्य देस बनाउन खोज्दै छन् । यो कसरि सहने हामीले ?

तपाइँको प्रतिक्रिया