बाँकि भ्रस्टाचारी जोगाउन सर्वोच्चलाई धम्क्याउने ?
दुनियाँलाई थाह छ, जय प्रकाश गुप्ता अपराधी हुन्, भ्रस्टाचारी हुन् । उनले दिएको सम्पत्तीको बिवरण कुनै हालतमापनि मान्य नदेखिएपछि भएको भन्दापनि अझ कम हेरेर सर्बोच्चले कारवाहीको फैसला गरेको हो । जनतालाइ थाह छ, उनी एक कलंकित हुन्, भ्रस्ट हुन् । तर मधेशी दलमध्ये मधेशी जन अधिकार फोरमका नेता उपेन्द्र यादवले मात्रै सर्बोच्च अदालाको फैसलाको समर्थन गरेका छन् । उनले मात्रै भन्न सकेका छन् हाकाहाकी, गुप्ता भ्रस्टाचारी हुन् भनेर । गुप्ताको पार्टीले हाकै उनलाई बचाउने दुस्साहस गरिरहेको छ । जबकि गुप्ता आफैंले सर्बोच्चमा आफ्नो अपराध स्विकार गरे । अपराधीले आफ्नो अपराध स्विकार गर्दा गर्दैपनि किन बाहिरकाले होइन भनेर जोगाउने दुस्साहस गर्ने ? गुप्तालाई निर्दोष देखाउन यसो गरिएको लाग्न सक्छ । तर होइन । यो त गुप्ताको प्रसंग निकालेर अरु भ्रस्टचारी र अपराधी लाई जोगाउनकालागि हो ।
मधेश आन्दोलनका लागि लागेका मधेशी पार्टीहरुका नेता मध्ये ९८ प्रतिशत गनौटे छन् । अपराधी छन् कि त । कि राष्ट्र बिरोधी छन् । बचे खुचेकापनि भारतका गोटी जस्ता लाग्छन् । नेपालको भन्दा भारतको चिन्ता गर्ने । ग्रिहमन्त्री बिजय कुमार गच्छदार देखि राजेन्द्र महतो र ह्रिदयष त्रीपाठीसम्मले देश लूटेका छन् । अकुत सम्पत्ती जोडेका छन् । प्रहरी अधिक्रित देखि बहालवाला सञ्चारमन्त्री सम्म अपराधी प्रमाणित भएर जेल जान लागेपछि ति सबैको मुटु हल्लिएको छ । अब सर्बोच्चले कसैलाई नछोड्ने भो भन्ने परेको छ । सरकारको एक बलियो खेलाडि र बहालवाला सञ्चारमन्त्रीनै जेलको कोठरीमा पुगेपछि पहिले नेपाली कांग्रेस अन्य दल हुँदै मधेश राजनितिका नाममा भ्रस्टचार गरेका बाँकि नेतालाईपनि सर्बोच्चले जेलको कोठरीमा पठाउने निर्णय गर्न सक्छ ।
ढिलो चाँडो जेलमा परिन्छ । राजनितिक यात्रा समाप्त हुन्छ । जगतका अगाडि भ्रस्टाचारी सिद्द भइन्छ भन्ने त्रासले ति आक्रान्त छन् । त्यसैले त्यसलाई रोक्न, प्रभाव पार्न सबै हतकण्डा प्रयोग गर्न खोजिरहेका छन् । फोरम गणतान्त्रिकले गुप्ताको पक्षमा राजनिति गरेर सर्वोच्च अदालतलाई समेत धम्क्याउन खोजेको छ । ‘सर्वोच्चको फैसला संघीयता लगायतका मधेसका मुद्धामा भइरहेको आन्दोलनलाई मत्थर पार्न भएको सिलसिलेबार प्रहार’भन्दै गुप्ताको पक्षमा राजनिति गर्न खोजिरहेको छ । फोरम गणतान्त्रिकका नेताले यसो गर्नुको कारण के हो भने मधेशी भ्रस्टाचारीहरुलाई जोगाउन गुप्ताको प्रकरणलाई उचाल्न खोजेको हो ।
मधेशको आन्दोलनलाई नेत्रित्व गरेकाले गुप्तालाई सर्बोच्चले कारवाही गरेर मधेशी जनताको आन्दोलनलाई मत्थर पार्न खोजेको भन्दै मधेशी जनताको समर्थन बटुलेर राजनिति गर्न खोजेका छन् । यसरि आन्दोलन गरेर न्यायिक प्रक्रियालाई प्रभाव पार्ने, सर्बोच्चलाई तर्साउने उनीहरुको कुनियत हो यो । त्यसो गर्दा भविष्यमा कारवाहीमा पर्ने अन्य मधेशी नेताका पक्षमापनि त्यसै भन्न सकियोस । मधेशी नेतालाई अपराधी सिद्द गरेर राज्य पुरै मधेश बिरोधी भएर उभियो भनेर देखाउने प्रपञ्च हो यो ।
बाँकि अपराधीहरुलाई जोगाउने, अन्य दलबिरुद्दको मनोभावना मधेशमा जगाउने र सर्बोच्च अदालतलाई तर्साएर भ्रस्टाचारका मुद्दालाई प्रभावित पार्ने, बाँकि भ्रस्टाचारीहरुलाई उन्मुक्ति दिने दुस्साहस हो यो । यसमा फोरम गणतान्त्रिकले हाकै सर्बोच्चको पक्ष लिएपनि मधेशका अन्य दल मौन बसेका छन् । उपेन्द्र यादवको मधेशी जन अधिकार फोरमले बाहेक अन्य मधेशी दलहरु चुँक्क सम्म बोलेका छैनन् । बरु तिनले गुप्तालाई सहानुभूति प्रकट गरिरहेका छन् । किनभने भ्रस्टाचार नगर्ने, स्वच्छ र निकलंकित नेता मधेशी पार्टीमा पाउन दूर्लभ छ । त्यसैले गुप्ताको यात्रासँगै ति छटपटाएका छन् । त्रसित छन् र बाँकि भ्रस्टहरु जोगिने अनेक उपाय खोजिरहेका छन् । षडयन्त्र बुनिरहेका छन् ।




