पार्टीहरुको सम्पत्ती बिवरण, सबै ढाँटछल

निर्वाचन आयोगले राजनितिक पार्टीहरुलाई खर्च बिवरण देउ । खुलस्त पारेर देउ भन्यो । खुब आनाकानी गरे पार्टीहरुले । दिएनन् । अति भो भन्ने लागेर निर्वाचन आयोगले भन्यो ‘यदि खर्च बिवरण दिन्नौ भने तिम्रो पार्टी खारेज गरेको घोषणा गरिदिन्छौं’। बल्ल पार्टीका कान ताते। खर्च बिवरण बुझाउन त गए तर पुरै ढाँटछल, छली र कपटीपूर्ण तरिकाले । करोडौंको चन्दा भनेका छन् । तर त्यो चन्दा कसले दियो केहि उल्लेख छैन । बिविध आम्दानी भनेर करोडौं उल्लेख गरेका छन् तर व्त्यो बिबिध भनेको के हो ? कसकसले दियो बिबिध रकम ? कति दियो ? कुनै पार्टीको पनि उल्लेख छैन । रकम ड्याम्म उलेख गरेका छन् लाजै नमानि करोडका करोड । तर आम्दानीको स्रोत के हो उल्लेख नगरि निर्वाचन आयोगलाई बुझाएका छन् । त्यसको कारण के हो ? सबै ढाँट छा। छलकपट । लुटेको, अबैध तरिकाले जम्मा पारेको भएर हैन ? (तिन दलले निर्वाचन आयोगमा बुझाएको सम्पत्ती र खर्चको बिवरण अन्त्यमा हेर्नुस्)

सर्वहाराको पार्टी माओवादी सबै भन्दा धनी रहेछ । सर्वहारा वर्गको उत्थान, भ्रस्टाचार रहित मुलुक बनाउने उसको उद्घोष । तर आफ्नै पार्टीको सम्पत्ती निर्वाचन आयोगमा बुझाउँदा ढाँटेर छलेर बुझाएपछि के बुझिन्छ ? यसका नेता नीजि सम्पत्ती कमाउन कम्मर कसेका छन् । कि त पार्टीमा जसको शक्ति बढि छ उसै पक्षका कार्यकर्ता पोस्न सम्पत्तीको बिवरण नखुलाएका हुन् । कि त पैसा आउने बाटो अरुले थाह पाउलान् भनेर हो । जे होस यीनको ध्येय स्वच्छ देखिएन। कुनै न कुनै नाममा लुट्नैका लागि न हो त्यसरि ढाँटेको ।

नेपाली कांग्रेसको त लक्ष्य नै समाजवादमा पुग्ने । यस्तो पबित्र उद्देश्य र नीति। त्यो समाजवादमा नठगी पुगिन्छ ? नेपाली कांग्रेसका नेता ८० प्रतिशत भन्दा बढि देश लूटेर सम्पत्तीवाल बने । भवन ठड्याए । घर घडेरी जोडे । छोराछोरीलाइ बिदेश पढाए । आफन्तलाई बिदेश पठाए । अब के गर्ने ? पार्टीमा धन थुपार्ने अवैध तरिकाले । अनि बुढो गोरु लखर लखर गरे झैं ७० वर्ष सम्म बुढेसकाल कटाउने राजनिति गरेर । त्यहि लूटेको सम्पत्तीका आडमा । नत्र प्रजातन्त्र मेरै ठेक्का हो, प्रजातन्त्रमा हामी कुनै संझौता गर्दैनौं भन्ने पार्टी नेपाली कांग्रेसले समेत पार्टीको सम्पत्ती खुलस्त पार्न किन सकेन ?

एमाले त पेन्डुलम भैहाल्यो । येसमा उहि रवीन्द्र अधिकारी र गोकर्ण विष्ट जस्ता एकाध नेता बाहेक भ्रस्ट नभएका शिलो नै खोज्नुपर्छ । पार्टीमा भएका जति सबैजसो पैसोमा चुर्लुमै डुबेका भएपछि पार्टी के हुने ? आखिर पार्टी निर्णय तिनै अवैध धन थुपार्नेले गर्ने न हो । बामदेव गौतम जस्ता भ्रस्ट उपाध्यक्ष, ईश्वर पोखरेल जस्ता भ्रस्ट महासचिव भएको पार्टी । केपी ओली जस्ता लूटेरा कार्यकर्ता पाल्ने त तेस्रो बरियता क्रमका नेता । यस्ताको पार्टीले कसरि पार्टीको हिसाव किताब सहि ढंगले राख्ने ?

आयोगको नियम अनुसार २५ हजार भन्दा बढि सहयोग राशी आए खुलाउनु पर्छ । पार्टीको चन्दा, सहयोग र खर्च स्पष्ठ खुलाउनु पर्छ । चन्दा दिनेको नाम हुन्छ, रसिद काटेका हुन्छन् । त्यो ईमान्दार भए दिन सकिन्छ । खर्च गरेको पैसो उल्लेख गर्न नसकिने होइन । उल्लेख गरेका छैनन् । बिबिध भन्ने शिर्षकमा रकहिदिएर पन्छिएका छन् । यी तिनै दलले निर्वाचन आयोगको नियमलाई लत्याएर अपारदर्शी र कानुनबिरोधी काम गरेका छन् । अनियमितता, ठगी र लूटको राज्यलाई नै भरथेग गर्न खोजेका छन् ।

तिन दलले निर्वाचन आयोगमा बुझाएको सम्पत्ती र खर्चको बिवरण

एकीकृत नेपाल कम्यनिस्ट पार्टी (माओवादी)

आर्थिक बर्ष २०६४६५ मा आमसभाको लागि चन्दा भनेर १८,४१,०५० र विविध आम्दानी भन्दै ३५,६१,९३५ देखाएको छ । तर आम्दानीको श्रोत खुलाएको छैन। दुबै शिर्षकमा बिवरण स्पष्ठ दिएको छैन । चुनाव खर्च भरमार गरेको देखिएकै हो तर छूट्टै देखाएको छैन । आर्थिक सहयोग लिएका छन् तर छूट्टै देखाएका छैनन् ।

आर्थिक बर्ष २०६५६६ सहयोग आम्दानी भनेर आमसभाको लागि २०,२५,१५० लिएका रे । अनि भेला र सम्मेलनको लागि चन्दा वापत ५,४०,००० देखाएको छ । तर विवरण दिएको छैन । विविध आम्दानी भन्दै १,५१,४४,०९८ देखाएको छ । तर त्यो बिबिध भन्या के हो ? कसले कहाँबाट दिएको हो ? केहि खुलाएको छैन ?

त्यस्तै, आर्थिक बर्ष २०६६६७ मा सहयोग आम्दानी भनेर आमसभाको लागि रु २२,२७,६६५ छ । भेला र सम्मेलनको लागि चन्दा वापत ९,३४,५०० रुपियाँ उठाएको रे । तर स्रोत उल्लेख छैन । यो वर्षपनि विविध आम्दानी  भनेर २,०७,२४,८८६ देखाएकोछ । आम्दानीको श्रोत भने खुलेको छैन । आर्थिक बर्ष २०६७ /६८ मा सहयोग आम्दानी भनेर आमसभाको लागि  ७,८०,००० रुपियाँ देखाएको छ । भेला र सम्मेलन भन्दै चन्दा वापत १६,८२,१०० देखाएको छ । यसमापनि के कसरि उठाएको हो विवरण छैन । विविध आम्दानी भनेर १,३७,९५,४९३ देखाएको छ । तर त्यो कहाँबाट आयो, कसले दियो केहि उल्लेख छैन ।

नेपाली कांग्रेस

आर्थिक बर्ष २०६४६५ मा नेपाली कांग्रेसले स्पेशल प्रोगाम भन्दै १७ लाख ३६ हजार ७९१ खर्च देखाएको छ । उद्देश्य के हो खुलाएको छैन । चुनावको लागि आर्थिक सहायता भनेर ४० लाख ६३ हजार १८१ आम्दानी देखाएको छ । त्यो आम्दानी कसरि भयो ? उल्लेख छैन । महासमिति प्रवेश शुल्क आम्दानी भनेर र ३ लाख १६ हजार आर्थिक सहायता शीर्षक अर्न्तगत देखाएको छ ।

आर्थिक बर्ष २०६५६६ मा आर्थिक सहायता आम्दानी भनेर १० लाख ६० हजार ५०० छ । स्पेशल प्रोगाम भनेर ४ लाख ५४ हजार ६३४ खर्च देखाएको छ । त्यसैगरि आर्थिक बर्ष २०६६६७ मा आर्थिक सहायता आम्दानी भनेर १८ लाख ८२ हजार ६५० देखाएको छ । त्यस्तै, आर्थिक बर्ष २०६७६८ मा आर्थिक सहायता आम्दानी भनेर रु १५ लाख २ हजारको विवरण प्रस्तुत गरेको छ । तर त बिवरण दिएको छ न त आम्दानीको स्रोत खुलाएको छ यी माथीका कुनैपनि शिर्षकमा ।

नेकपा (एमाले)

आर्थिक बर्ष २०६४६५ मा सहयोग आम्दानीमा १,०१,३५,०००; निर्वाचन आय भनेर २,५८,४९,०८९ र आर्थिक बर्ष २०६५६६ मा चाहिँ सहयोग आम्दानी भनेर १,०६,८१,८८३ देखाएको छ । त्यस्तै, आर्थिक बर्ष २०६६६७ मा सहयोग आम्दानी भनेर १,०६,९०,००० र आर्थिक बर्ष २०६७६८ मा सहयोग आम्दानी भनेर रु १,१५,००,००० देखाएको छ । नेपाली कांग्रेस र एमालेले कुनै शिर्षकमापनि विवरण खुलाएर बुझाएका छैनन् ।

तपाइँको प्रतिक्रिया