केपी ओली प्रधानमन्त्री हुने ? छि ! छि ! छि ! छि !

बाँची राखे अनेक नाटक देख्न र सुन्न पाइन्छ । हुँदा हुँदा अब केपी ओली नामको एउटा चाटुकार प्रधानमन्त्री हुने आकांक्षाको खबर सुनिएको छ । आकांक्षा त राख्न पाइन्छ नै । तर आकांक्षा राख्नुका पनि भाँती न हुन्छन् । कसैले भेन्टाका विरुवा रोपेर घिरौंलाको आशा गर्छ भने के भन्ने ? केका अधारमा हुने होला प्रधानमन्त्री ? कसले बनाइदिने होला ?

नेपाली जनताका हरेक परिक्षणमा लोप्पा खाएको ब्यक्तिले कसरि प्रधानमन्त्री हुने आशा गरेको होला ? कसरि सकेको प्रधानमन्त्री हुन्छु भन्नलाई ? प्रधानमन्त्री बन्ने आधार के होला ? एउटा आधार हुन सक्छ भारतीय पुरेतका हातबाट दक्षिणा थापेर बन्ने । नत्र नेपाली जनताका मनबाट त कसरि बन्ने होला ? कसले पत्याउला ?

त्यहि प्रधानमन्त्री बन्ने आकांक्षा र कसरले गर्दा उनको सक्रियता बढेको रहेछ पार्टीमा । त्यहि भएर उनले बाबुराम भट्टराईको आलोचनालाई तिब्र पारेका होलान् सरकार फेर्नुपर्छ, भट्टराइको पक्षमा राष्ट्रिय सहमती हुन्न भन्दै । पार्टीमा यता झलनाथ खनाललाई देखि नसहने उनी अहिले टाँस्सिएका छन् । कार्यकर्ता भेटघाट लगायत पार्टीमा अहिले उनको प्रधानमन्त्री बन्ने मनशाय अनुरुप सक्रियता बाक्लिएको छ । माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री भैसकेकाले अब मेरो पालो भन्दै हिँडेका रहेछन् । कांग्रेसको समर्थन मलाई हुन्छ । एमालेमा हुने नै भो । माओवादीलाईपनि मिलाउन सक्छु भन्दै खासखुस गर्दै रहेछन् आफ्नो पक्षमा । झलनाथ खनालतिर मिले माओवादीको मतपनि पाइएला भनेर होला पछिल्लो समय माधव नेपाललाई अलि पर राखेर झलनाथतिर बढि निकट देखिएका छन् ।

तर उनको बास्तविकता हेरौं त । दुई दशक भो नेपालको राजनितिमा दगुरेको केपी ओली । उनी पटक पटक मन्त्री भए । जनतालाइ दिएको भनेको अन्यले झैं सास्ति, महँगी, दुख, नसकिने आशा र गुलिया कुरा । देश लागेको उँधोगति हो । केपी ओली जस्ता नेता दूरद्रिष्टी हुन्थे, जनताको लागि सोच्थे, स्वच्छ हुन्थे भने देश पक्कै वर्षैपिच्छे ओरालो लाग्थेन होला । यति बिघ्न भ्रस्टाचारमा विश्वमा गन्हाउने थिएन होला । न उनको पार्टीले केहि गर्यो । न उनले ब्यक्तिगत रुपमा जनतालाई केहि दिए । जनताका दैलामा जहाँ बास बस्यो उसैको घरको मानो खाएर सुतरीको डोरीले फिता अड्काएको चप्पल पड्काउँदै हिँड्ने ओलीको अहिले गगनचुम्बी महल भए । जनताले देखेको यहि हो यीनको काम ।

यीनको सिप अचम्मको छ । जहाँ केहि मिलोमतो होला झैं हुन्छ त्यहाँ यी केपी ओलीको भाँडतन्त्र फस्टाउँछ । देश राम्रोसित अगाडि बढ्यो, थितिले, नियम र कानुनले चल्न थाल्यो, फटहाहरुको दिन जाने भो भने यीनले गर्ने भनेको फेरी भैंसी डोहोर्‍याउने हो । त्यसैले यीपनि देशलाई भाँडभैलोमै राख्न चाहने एक कालिगढ हुन् । त्यसैले कांग्रेस होस् कि माओवादी, मजदूर किसान पार्टी होस् कि एमाले । केपी ओलीले गर्ने भनेकै भाँडभैलो हो ।

उनले जानेको सिप भनेकै उखानटुक्का जोड्ने हो । त्यो प्रसंग मिल्नु पर्दैन । खाली उट्पट्याङ पाराले उखाटुक्का जोड्यो अनि स्थितिलाई झन जटिल, झन उत्तेजक, झन भाङभुङें पार्‍यो । बाँदर नचाउने भारतीयले झैं ताइ न तुई का उखान जोड्ने, हंसाउने, उल्याउने र हंसिमजाक गर्ने । छलफल, बहस, तर्क, नयाँ बिचार र समस्याको समाधानका उपाय केपी ओलीको शब्दकोषमा हुँदैनन्  । त्यसैले जनताले राम्रोसित चिनेरै उनलाई ठाउँ ठाउँमै लोप्पा खुवाएका हुन् ।

दुई दशक भो राजधानी बसेर राजनिति गरेको । यो बिचमा पटक पटक मन्त्री भए उनी । उपप्रधानमन्त्री सम्म बने । दुई दशक राजधानी बसेर पार्टीमा शक्ति हत्याउँदा, शक्तिशाली मन्त्री बन्दापनि यीनलाइ काठमाडौंका १५ हजार जनतालेपनि पत्याउने स्थिति बनेन । न उनलाई आफ्नै गाउँकाले पत्याए । के दिएछन् त त्यत्रा वर्ष राजनिति गरेर जनतालाई ? के पाएछन् त जनताले ओली सरकारमा परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री, ग्रिह मन्त्री जस्तो शक्तिशाली पदमा पुग्दापनि ? आफूले अथाह सम्पत्ती लुँड्याए । केहि चाटुकार पाले । महेश बस्नेत जस्ता गुण्डालाई प्रश्रय दिए । गुण्डागर्दीलाई हुर्काए बढाए जिल्लाजिल्लामा । बास गरेको यहि हो । त्यसैले संविधान सभाको निर्वाचनमा उनलाई जनताले धुलो चटाए । यत्तिमै अब जनताबाट गिरिएछ भनेर चुपचाप बस्नु पर्ने हो ईन ?

तर अहं राजनिति नामको लूट्ने उध्योग (नेपालकालागि अहिले) नभए कसरि लुट्ने ? फेरी पार्टी राजनितिमा लाज पचाएर एमालेको अध्यक्षमा उठे । आफ्नै पार्टीका कार्यकर्तालेसमेत पत्याएनन् । सर्वनाक हार भो । यति हुँदा त न जनता, न पार्टीका कार्यकर्ता कसैलेपनि पत्याएनन् भनेर राजनितिबाट हात पखालेर हिँड्नु पर्छ नी । तैपनि लाजै नमानी अझै ठूलो ठूलो स्वरले नाक बजाउँदै हिँड्ने । जनताद्वारा निर्वाचितहरु माथि औंलो ठड्याउने चौतर्फी हारेका यस्ता हरुवाहरुको के अधिकार र हैशियत होला ?

अझै लाज शर्म सबै पचाएर ओलीले नेपाली ‘जनताले चाहे अबको प्रधानमन्त्री आफू बन्छु भन्दै दाबी पो गरेका छन् बा ! जनताले कति पटक देखाउने रहेछन् हामीले चाहेनौं भनेर ? जनताले त चाहेनन् नै, पार्टीकै कार्यकर्ताले पनि नचाहेका हैनन् र ? अर्को पटक फेरी जनमत लिने समय नहुँदासम्म यी ओलीको हैशियत भनेको जनता र पार्टी कार्यकर्ता चौतर्फी हार भएको, नरुचाएको भन्ने हुन्न र ? जनताले चाहे भनेर कसलाई भन्न खोजेका हुन् यीनले ? १५ हजार नेपलीले नपत्याएको ब्यक्तिलाइ जनताका अगाडि गएर भाषण गर्दै हिँड्न लाज हुनु पर्नेमा तिनै जनताका अगाडि गएर साँढे तिन करोड जनताको प्रधानमन्त्री हुन्छु रे ! केपी ओली प्रधानमन्त्री भए भने जनता र आफ्नै पार्टीका कार्यकर्ताकोसमेत यो भन्दा ठूलो अपमान केहि हुन्छ ? राजनीतिमा कत्तिपनि नहुने रहेछ कि के हो लाज ?

तपाइँको प्रतिक्रिया