प्रजातन्त्रका नाममा लिबिया बन्ने भो अर्को ईराक, अफ्गानिस्तान
लिबियाका सैनिक तानाशाह मुआम्मार गद्दाफी मारिएकोमा अहिले अमेरिका, बेलायत, फ्रान्स लगायतका नेटो राष्ट्र प्रफुल्ल छन् । अमेरिका त विश्वभरिका जनताको रगत पिउन पल्केको देश हुने नै भयो । उ आफ्नो देशबाहिर रगत चुस्न पायो कि प्रफुल भैहाल्छ । बेलायत उसैको पिछलग्गु । तर फ्रान्स र नर्वे लगायतका देशपनि अहिले तिनै महान दुई आतंककारी मुलुकका पिछलग्गु बनेर लिबियालाई अर्को अफ्गानिस्तान, अर्को ईराकमा धकेल्ने भए सिर्फ त्यहाँको तेल खानी हात पार्न । जुन यस अघिका शासक त्यहाँका राजाबाट उनीहरुले सहज रुपमा लिइरहेका थिए र गद्दाफीले शासन लिनासाथ त्यो तेल संझौतालाई कडा पारेका थिए । विश्वको पहिलो आतंककारी अमेरिका र उसका पिछलग्गुहरुको मुख्या स्वार्थ नै यहि हो । प्रजातन्त्र त देखाउने हात्तीका दाह्रा हुन् तिनका ।
स्पष्ठै छ, अमेरिका र सम्पूर्ण यूरोप अहिले आर्थिक मन्दिको मार खेपिरहेको छ । अबको संकट यी बिकशित देशको भनेकै तेल हो । बढ्दो उर्जा संकट टार्न तिनले बायो ग्याँस भन्दै बिकल्प पेश गरेका थिए । तर के गर्नु फ्रान्स एक्लैले आफू निर्णय गर्न पाएन । किनभने यूरोपेली परिषदले त्यसमा कडाइ गरिरहेको छ । बायो ग्याँस उत्पादनको कारणले गर्दा लाखौं जनता भोकमरी पर्छन् भनेर बायो ग्याँस उत्पादनको तिब्र बिरोध भैरहेको छ । अमेरिकाको अमेजन जंगल कब्जा गरेर बायो ग्याँस निकाल्ने, यूरोप र एशियाका जमिन कब्जा गरेर खाद्द संकट पार्ने अरुका लागि तर आफूले बायो तेल लैजाने योजना सहज भएन । यूरोपेली देशमा बायो ग्याँसले बिपन्न जनताको रोजी रोजी खोस्छ भन्दै तिब्र बिरोध भयो । ब्राजिलको अमेजन जंगल अमेरिकी कब्जामा सहजै नपर्ने भयो । के गर्ने त ?
हो यस्तै तेल भएका देशलाई देखाउन प्रजातन्त्रको राग अलाप्ने । माने आफ्ना शर्तमा झुकाउने । नमाने प्रजातन्त्र, मानव अधिकार हनन् वा आतंककारी पालेको भन्ने आरोप लगाउने र आक्रमण गर्ने । फ्रान्स, बेलायत र अमेरिकाले गरेको यहि हो । निकै लामो समय देखि विश्वकै तेल बिक्रि गर्ने यो १२ औं मुलुक लिबियासित खुब लेनादेना गर्न, झुकाउन् खोजेका थिए । तर गद्दाफीले टेरेनन् । त्यसैको बदला लिन लिबियाका बिद्रोहीहरुलाई फ्रान्सले हतियार बाँड्यो । त्यतिले पनि गद्दाफी लाई झुकाउन, च्युत गर्न नसकेपछि नेटो राष्ट्र पुरै मिलेर सैन्य आक्रमण गरे र गद्दाफीको हत्या गरियो । गद्दाफीको ज्यान फगत प्रातन्त्र बिरोधी भएर, तानाशाह भएकोले गएको होइन । आफ्नो देशको तेलको भण्डारमाथि गिद्दे आँखा लगाउने यी आतंककारी मुलुकलाई सहजै नदिएकाले हो ।
हो उनी सैन्य तानाशाह थिए । उनको शासनमा अत्याचार थियो । तर के त्यो देशका जनतालाई हतियार बाँडेर, बिद्रोहीका काँधमा हतियार बोकाएर थप आतंक मच्चाउँदैमा प्रजातन्त्र आउँछ । के एक जना गद्दाफी मारिँदैमा अब त्यो मुलुक शान्त रहन्छ ? हत्या र आतंक, अन्याय र अत्याचारको बिकल्प के अन्याय र अत्याचार अनि हतियार नै हुनसक्छ ? गद्दाफीले उनका बिरोधी मारे । के नेटो राष्ट्रले त्यसैगरि हत्या गरेरै अब त्यो मुलुक मा प्रजातन्त्र आउँछ ? त्यो मुलुक शान्त रहन्छ ? अमेरिका लगायतका मुलुकले प्रजातन्त्र, मानवअधिकार र नागरिक हककालागि भन्दै अलापेर आक्रमण गरिएका अफ्गानिस्तान र इराकको हालत के छ ? ईजरायल प्यालेस्टाइनबिचको द्वन्द जुन मुख्य खेलाडीनै अमेरिका हो । त्यहाँ के शान्त छ ? कति मान्छेले ज्यान गुमाए ? ईराकमा ६ महिनाभित्र प्रजातन्त्र बहाली गर्दै शान्ति कायम गर्ने बाचा गरेर हमला गरिएको थियो । अहिले त्यहाँको हालत के छ ?
साँच्चै गद्दाफीले आफ्नो देशमा बढि हत्या, हिंसा र अत्याचार फैलाएका छन् कि बेलायत र अमेरिकाले ? यी मुलुकहरुले बढि हत्या गरेका छन् मानवको कि अरु कुनैपनि देशका तानाशाह वा अन्य कुनै शासकले ? अमेरिका र बेलायतको प्रजातन्त्र र सम्पन्नता त हुँडारले अरु जनावरको शिकार गरेर आफ्नो समूहमा ल्याएर बाँडे जस्तै हो । जुन अमेरिका र बेलायतले गरिरहेका छन् मुख्य रुपमा । संसारभर हत्या र आतंक फैलाएर ति प्रजातन्त्रको राग अलाप्छन् । आतंक फैलाउँछन् । जबर्जस्ति द्वन्दमा फसाउँछन् । जसो गर्दापनि त्यस्तै केहि बहाना बनाउँछन् ।
तर तिनले जतिसुकै प्राजातन्त्रको राग अलापेपनि त्यो सत्य होइन र सत्य त तेलको खानीलाई लुट्न नपाएर हो भन्ने छर्लङ्गै छ । अर्काको देशको स्रोत र साधन लुट्न नपाएर प्रजातन्त्रको नाममा जसरि त्यहाँका जनता मारेका छन् त्यसको बदला एकदिन चुकाउनुपर्छ नै । त्यसको ज्वलन्त उदाहरण विश्वभर अ मेरिकीहरु असुरक्षित रहनु हो । अर्काको देशको प्राक्रितिक स्रोतमाथि कब्जा जमाउन प्रजातन्त्रको मुकुण्डो भिरेर जसरि तिनले लिबियालाई अब डरलाग्दो द्वन्दमा धकेलेका छन् ढिलो चाँडो त्यसको मूल्य चुकाउनु पर्छ नै । तानाशाह गद्दाफी त गए नै अमेरिका र बेलायत जस्ता आतंककारीका दिनपनि आउँछन् एक दिन ।




