भट्ट फेरिँदा किन कुर्लिए भारतियसँगै ज्ञानेन्द्रपनि ?

pashupati-temple-of-nepal.jpgसयौं वर्षदेखि हाम्रो पशुपतीनाथ मन्दिरका मूल पूजारी दक्षिण भारतका भारतिय नागरिक थिए । अहिले तिनलाई हटाइएकोपनि होइन रहेछ । तिनैले राजिनामा दिएका रहेछन स्वास्थ्यको कारण देखाउँदै । अनि पशुपती विकास कोषले दुई जना नेपाली पूजारी नियुक्त गर्‍यो । पशुपती सबै नेपालीको एक धरोहर । हिन्दूहरुको त प्रमुख आस्थाको केन्द्र । राजधानीमै रहेको । त्यस्तो ठाउँमा नेपालीहरुलाई छोडेर भारतियलाई किन ?

सबै हिसाबले नेपाल, नेपाली संस्क्रिति र धार्मिक तथा आर्थिक हिसाबलेपनि हाम्रालागि प्रतिकूल । तिनलाई निकालेरै भएपनि नेपाली पूजारी राख्नुपर्ने हो । झन कुचोले बढार्नुपर्ने कसिंगर हावलेनै बढारिदियो त के भो ? त्यसको ठाउँमा नेपाली आए । नेपाली पूजारीहरुले पूजा थालेकै दिन ३० हजार रुपियाँ पशुपती बिकास कोषमा दाखिला गरे । यो चानचुने रकम होइन । यस अघि यो रकम भट्ट र भण्डारीहरुले बाँडेर खान्थे । अनि देखाउनकालागिमात्रै केहि रकम दाखिला गर्थे । धर्मका नाममा लाखैं करोडौंको रकम हिनामिना गरिन्थ्यो । त्यहि रकमपनि भारतियले लैजान्थे ।

तर हाम्रा लागि त्यति सकारात्मक कुरा हुँदाहुँदैपनि नेपाली कांग्रेस लगातका केहि पार्टी र स्वघोषित जान्ने बुझ्ने केहि मानिसहरु त्यसलाई उचालिरहेका छन । त्यहि मौका छोपेर भ्रष्टाचारी पूर्व राजा ज्ञानेन्द्रपनि एक्कासी कुर्लिए पशुपतीका भट्टकाबारेमा विवाद नगरौं भन्दै । उनले शताब्दिऔंदेखि नेपालले धार्मिक र सामाजिक सद्भावको उदाहरण दिँदै आएकोमा त्यो छवि धमिलो नहोस् भन्ने कुरामा ध्यान दिन आग्रह गरेका छन । घुमाउरो पाराले उनले त्यसलाई बिवादमा नल्याउन भन्दै भैरहेका भट्ट र पूजारीलाई निरन्तरतादिन चाहेको बुझिन्छ ।उनको यो कुर्ल्याई ठिक त्यति बेला आएको छ जति बेला भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले पशुपतिमा भारतीय पुजारीलाई हटाई नेपाली पुजारी नियुक्त गरिएकामा कडा शब्दमा निन्दा गरेका छ्न। सिंहले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीसँग यस मामिलामा तत्काल हस्तक्षेप गरी पुरानो व्यवस्था बहाल गर्नसमेत माग गरेको खबर बाहिर आएको छ ।

ज्ञानेन्द्र र भारतियहरु एकैसाथ कुर्लिनुको मुख्य कारण के भने भारतिय भट्टहरुसँग मिलेर दरबारले पशुपतीबाट हुने आम्दानिको ठुलो हिस्सा लैजाने गरेको थियो । अब नेपाली भट्टहरु नियुक्त भएपछि त्यो रकम सिधै कोषमा जाने भएपछि एकातिर आम्दानीको बाटो टुट्ने भयो । अर्कोतिर यस अघि भएका आर्थिक हिनामिनाका नालीबेली बाहिर आउने संभावना रह्यो । अचम्म त के भने आफुलाई राष्ट्रको सबैभन्दा प्रमुख जिम्मेवार भनेर दाबी गर्ने नेपाली कांग्रेसले उल्टो भारतियहरुकै समर्थनमा स्वर मिलाएको छ । भारतिय भट्टले राजिनामा दिएपछि नेपाली भट्ट नियुक्त गर्दापनि नेपाली कांग्रेसलाई सदियौं पुरानो परम्परा कायम राख्नुपर्‍यो रे । त्यसले नेपाली कांग्रेसलाई भारतियको भक्तका रुपमा निकट हुन त फाईदा होला तर देशका लागि भने पक्कै फाइदा हुने छैन । दिर्घकालिन रुपमा त्यसले नेपाली कांग्रेस पार्टीलाईपनि हित गर्ने अवश्यै छैन ।हो, नयाँ भट्ट नियुक्त गर्ने मामिलामा माओवादीहरुले केहि गल्ति गरे । तिनले पशुपती जस्तो धार्मिक आस्थाको केन्द्रलाई बिवादमुक्त गराउन एक समिति बनाएर त्यहि समितिको सुझावका आधारमा नियुक्त गर्न दिएको भए जाती हुँदो हो । तर जे गरे त्योपनि नेपालको हित प्रतिकुल भने छैन । सोह्रै आना नेपाल र नेपालीको हित अनुकुल छ नेपालको हित अनुकुल छ भन्ने कुरा त पहिलो दिनै नेपाली भट्टले त्यहाँको आम्दानी कोषमा दाखिला गरेरै देखाइदिए । नत्र त्यत्रो रकम हरेक दिन भारतिय दलालहरुको हातमा पुग्थ्यो ।

तर को हो आफ्नो, को छ राष्ट्रियताको पक्षमा, नेपालीको हित कसले हेर्छ र को कुर्लन्छ बिदेशीको हितमा भनेर चिन्ने अवसर यस्तै बेलामा आउँछ नै । अहिले यहि भट्ट नियुक्तिको अवसरमापनि नेपाली मुखका भारतिय को को हुन भनेर पहिचान गर्न केहि सहयोग मिलिरहेको छ । नेपालको सर्बोच्च अदालतभित्रपनि भारतिय प्रभाव जमिसकेछ कि जस्तो लाग्छ कहिलेकाहिँ त । किनभने राष्ट्र र राष्ट्रिय हित हेरेर सर्बोच्च अदालतलेपनि भारतिय भट्टहरुलाई पूनर्वहाली गर्ने आदेश दिनुहुँदैनथ्यो । तर सर्बोच्चले नेपाली हित प्रतिकुल आदेश दिएर बिदेशीको मनोबल बढाइदियो हाम्रो राष्ट्रियबिरुद्द ।

तलका रिपोर्टपनि हेर्नुस-

पशुपतिको आम्दानी दैनिक ३० हजार

‘पशुपतिलाई राजनीतिमुक्त राख्नोस्’

पशुपतिनाथको कल्याण कसले गर्ने ?

पशुपतिनाथमा बलजफती

तपाइँको प्रतिक्रिया