प्रधानमन्त्रीकै पत्नीको बिर्ता रैछ कि के हो मुलुक त ?
प्रधानमन्त्री डा बाबुराम भट्टराई अहिलेपनि अमेरिकाबाट सुशासनका कुरा गरिरहेकै छन् । आफूले स्वच्छ तरिकाले काम गर्ने भन्दै त्यहाँका नेपालीसामू बताए उनले । कसैको दबाबमा परेर काम गर्दिनपनि भन्छन् । तर उनको भनाई कति पानी माथि छ, कति सत्य छ उनैकी पत्नीको चुरिफुरी र मनपरी हेरेर बुझिन्छ ।
उनकी पत्नी अहिले आफ्ना पतीको शक्ति दुरुपयोग गर्दै फेरी राज्यका बिभिन्न ठाउँमा मनपरी आफ्ना मान्छे भर्ति गर्ने, विशेषज्ञलाई होच्याएर भरियालाई समर्थन गर्ने र जनयुद्दमा साँच्चै दुख र कष्ट भोगेकालाई अँचेटेर, पाखा लगाएर चाकरीबाजलाई पदको पगरि गुथाउँदै छिन् । उता सुशासनको बचन दिने प्रधानमन्त्री डा साप पत्नीको दबाब टुलु टुलु हेर्दै सदर गर्दै गएका छन् । उनकी पत्नी हिशिला यमीको धाक, रवाफ र मनपरी हेर्दा लाग्छ, जनयुद्दमा यीनैलाई मोजमस्ति दिलाउन दशौं हजारले रगत बगाएका रहेछन् । यो मुलुक यीनै यमीको बिर्ता रहेछ ।
माओवादीमा यमीलाई त्यत्तिकै असक्षम, जातियतावादी, फतौरी र चकारीबाजपन्थीको आरोप लाग्ने गरेको होइन रहेछ । आफू मन्त्री हुँदा ठाउँ ठाउँमा आफ्ना दिदी, बहिनी र जनयुद्दमा पार्टीलाई धारे हात लगाउँदै हिँडेका भगौटेहरुलाई छानी छानी र हुँदै नभएका पद स्रिजना गर्दै कमाउने मेसो मिलाइदिएकि थिईन् । अहिले उनी कुनै मन्त्री पदमा छैनन् । तर नभएर के भो ? उनको दादागिरी, मनपरी र हस्तक्षेप चलेकै छ । पर्यटन मन्त्री हुँदा उनले गरेको मनपरीतन्त्र अहिले पनि रोकिएको छैन । उनले अहिले पर्यटन क्षेत्रका व्यवशायी, पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डका कर्मचारीहरु माथि लोग्नेको शक्ति देखाउँदै तर्साइरहेकै छिन् । यो तर्साइको मारमा परेको छ नेपाल पर्यटन बोर्ड ।
नेपाल पर्यटन बोर्डलाई चुस्त, तगडा र पर्यटन बिकासको लागि प्रभावकारी बनाउनुपर्छ । बिगतमा यसलाई धेरैले खाने भाँडो बनाएका हुन् । तर त्यसको अर्थ बोर्डमा काम गर्ने सबै असक्षम छन् भन्ने होइन । सक्षम कर्मचारीलाई उपयुक्त अवशर दिनुपर्छ । तिनलाई राजनितिक दबाबबाट मुक्त राखेर काम गर्ने मेसो मिलाइदिनुपर्छ । तर हिशिला यमीलाई त्यसमा के चिन्ता ? आफ्नो लोग्ने प्रधानमन्त्री भएका बेला आफ्ना मान्छे त्यहाँ घुसाउनैको हतारो छ । अहिले लोग्नेको शक्ति प्रयोग गरेर उनी आफ्ना मान्छे नेपाल पर्यटन बोर्डमा घुसाउन तल्लिन छिन् ।
अचम्म, असक्षमहरुले त असक्षमहरुलाई मात्रै देख्ने रहेछन् कि । उनले नेपाल पर्यटन बोर्डको सञ्चालक समिति सदस्यमा गणेश सिंखडा र निमी शेर्पामध्ये एकलाई नेपाल पर्यटन बोर्डको कार्यकारी अधिक्रितमा नियुक्त गर्न दबाब दिँदै आएकि छन् । पर्यटण बोर्डमा कार्यकारी अधिक्रित हुन स्नातक गरेको र पर्यटनमा १० वर्षको अनुभव चाहिन्छ । सिंखडाले स्नातक गरेकै छैनन् । उनलाई नभए तिनै निमीलाई घुसाउने प्रपञ्च छ यमीको । तर निमीले त झन प्रविणता प्रमाणपत्र तहपनि उत्तिर्ण नगरेको दाबी गर्छन् पर्यटन ब्यवशायीहरु । १० वर्षको पर्यटन संवन्धि अनुभव भनिएकोपनि पर्यटकको भारी बोकेर पाएको, राफ्टिङमा गाइड बनेको, सानो ट्रेकिङ एजेन्सी ठमेलमा चलाएर ट्रेकिङका बाटाघाटा चिनेको ब्यक्ति भन्न खोजिएको होइन । पर्यटन ब्यवशायलाई समग्र रुपमा बुझेको, नितिगत कुरा जानेको, पर्यटन ब्यवशायलाई बिकास गर्न नयाँ धारणाहरु ल्याउन सक्ने ब्रिहद ज्ञान भएको ब्यक्ति भन्न खोजिएको हो । यमीले दबाब दिएर घुसाउन खोजिएका यि दुबै ब्यक्तिको हैसियत बोर्डको प्रावधान अनुसार मिल्दैन । तरपनि यमीलाई यीनै ब्यक्ति नभै नहुने किन ?
पर्यटन मन्त्री होइनन् यमी । पर्यटन मन्त्रालय तिनको बिर्तामा पर्दैन । न त पर्यटन बोर्ड नै तिनको पार्टीको सम्पत्ती हो । न यमी आफैं पर्यण बुझेकि ब्यक्ति हुन् । त्यसैले उनलाई कुनै सरोकार नहुनुपर्ने हो । तर आफैं पर्यटन मन्त्री झैं उनले नेपाल पर्यटन बोर्डका कार्यकारी अधिक्रित प्रचण्डमान श्रेष्ठलाई उनको कार्यकाल बाँकि रहँदै अर्को अधिक्रित भर्तीका लागि छान्न समिति बनाउनु भन्दै दबाब दिएर हैरान पारेकि छिन् । प्रचण्डमान श्रेष्ठ लामो समयदेखि बोर्डमा काम गरेका ब्यक्ति हुन् । उनी नेपालको पर्यटन क्षेत्र बुझ्ने थोरै ब्यक्तिमध्येका एक भनेर चिन्छन् धेरैले ।
गणेश सिंखडा अहिले आफूलाई माओवादीका अब्बल नेता हुँ भन्दै हिँड्ने गर्छन् । तर माओवादी जनयुद्द उत्कर्षमा पुगेका बेला गणेश सिंखडा पार्टीबाट पलायन भएर प्रशासनको निकट पुगेकाले माओवादीका ईमान्दार कार्यकर्ताहरु रुष्ट बनेका छन् यमीको मनपरी देखेर । सिंखडाले पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डमा गएर ‘म प्रधानमन्त्रीको मान्छे, म प्रधानमन्त्रीलाई जेपनि मनाउन लगाउन सक्छु’ भन्दै थर्काउने गरिरहेका छन् । प्रधानमन्त्री पत्नी हिशिला यमी पर्यटन मन्त्री भएका बेला निमी शेर्पा र गणेश बोर्डको सञ्चालक समितिमा नियुक्त गरिएका थिए । अहिलेपनि उनीहरु आफूलाई भट्टराईको निकट भन्दै बोर्ड र पर्यटन मन्त्रालयमा गएर कर्मचारीलाई थर्काउने गरिरहेका छन् । यमीले यसैमा साथ र समर्थन गरिरहेकि छन् ।
यमीको दबाब कतिसम्म चर्को छ भने प्रधानमन्त्री भट्टराईले महान्यायधिवक्तामा मुक्ति प्रधानलाई पत्नीकै दबाबमा नियुक्त गरेको माओवादीहरु बताउँछन् । किनभने मुक्ति प्रधान त्यस्ता कानुन व्यवशायी हुन् कि जनयुद्द उत्कर्षमा पुगेका बेला उनले माओवादीलाई सरापेर अलग्गिएका थिए । बाबुराम भट्टराई संयोजक रहेको क्रान्तिकारी जनपरिषद नेपालको सदस्य रहेका मुक्ति प्रधानले २०५९ मा तत्कालिन सरकारसित आत्मसमर्पण गरेका थिए । त्यतिबेला माओवादीलाई गाली गर्दै पार्टी त्यागेर कमाउ धन्दामा फर्किएका थिए । त्यतिबेला माओवादी कार्यकर्ताले उनलाई गद्दार भनेर कारवाही गर्ने घोषणा गरेका हुन् । तिनै मुक्ति प्रधानलाई अहिले महान्यायधिबक्तामा पनि हिसिलाकै दबाबले नियुक्त गरेको माओवादी कार्यकर्ता बताउँछन् । एकातिर यमीले पर्यटन बोर्डमा गएर थर्काउने, अर्कोतिर गणेश सिंखडाले भट्टराई मेरै हातका हुन् भन्दै पर्यटन बोर्ड र पर्यटन मन्त्रालयमा चुरीफुरी देखाउने । यो मुलुक यीनैको बिर्ता, यो देश यीनै खाइदेउ हरुको प्राइभेट लिमिटेड रहेछ कि के हो ?




