छिर्की हान्न तगडा रहेछन् भट्टराई !
टाठा रहेछन् डा बाबुराम भट्टराई । साँच्चिकै टाठा । पार्टीमा सबैभन्दा बिरोधी आफ्ना पार्टी अध्यक्षलाई त यसै लडाए विश्वासको र दबाबको छिर्की हानेर । यतिखेर उनी सारा दलमा छिर्कि हानिरहेका छन् । यूरोपेली देशका कूटनितिज्ञलाई छिर्की हानेर आफ्नो योजनामा लडाइरहेका छन् । र त यूरोपेली कूटनितिज्ञहरु आफैं अगाडि बढेर प्रतिपक्षी दलहरुलाई ‘डाभट्टराईलाई संविधान र शान्तिका लागि सहयोग गर, बिरोध नगर’ भन्दै कुदिरहेका छन् ।
आतंककारी घोषणा गर्ने अमेरिकि राजदूतलाई समेत सानो तिनो छिर्कि हानेर विश्वास लिँदै छन् । नेपाली कांग्रेसका मुख्य नेता, एमालेका सबैभन्दा बिरोधी नेता देखि गणतान्त्रिक संविधानका घोर बिरोधी सूर्य बहादुर थापा र लोकेन्द्र बहादुर चन्दसम्मलाई उनले कम्तिमा मुख टालिदिने छिर्की हानेका छन् ।
संविधान बन्ला भन्ने विश्वास कसैलाई थिएन । साँढे दुई वर्ष संविधान सभाको म्याद थप्दापनि संविधान बनाउन दलहरु गम्भिर देखिएनन् । संवैधानिक समितिकै बैठक पनि बसेन । बस्दापनि छलफल भएन संविधानका बुँदाहरुमा । माओवादी अध्यक्ष प्रचण्डलेनै जनसेनाको शिविरमै गएर संविधान बन्दैन भने । एकातिर राष्ट्रपती सक्रिय देखिए । अर्कोतिर राष्ट्रपतिय शासन लगाउनुपर्छ भन्न थाले केहि नेताले । बिभिन्न पार्टीका दलिय स्वार्थ, तिनका भिन्न नीति र पश्चगामी सोचले गर्दा संविधान नबन्नेमा जनता र नेता सबै ढुक्क जस्तै थिए । तर मधेशी पार्टीको समर्थनमा माओवादी उपाध्यक्ष डा बाबुराम भट्टराईको नेत्रित्वमा सरकार बनेपछि अब संविधान बन्छ कि भन्ने आशा देखिँदै छ । अब चाहिँ दलहरुलाई संविधान बनाउने कामबाट पन्छिनपनि गाह्रै होला जस्तो अवस्था स्रिजना गर्दै छन् भट्टराई । संविधान नबनाइ नहुने, छलफल गर्नै पर्ने, सहयोग दिनै पर्ने खालको वातावारण स्रिजना गरेर भाग्न खोज्नेहरुलाई चिर्की हान्दै छन् भट्टराई ।
बिवाद त भयो, तरपनि बिपक्षी पार्टीहरु आश्वस्त हुनखोजेका थिए कन्टेरनरका हतियारबारे । कन्टेरनरका हतियारको चाबी बुझए राज्यसमक्ष । माओवादी शान्ति र संविधान चाहन्न, जनसेना सधैं पाल्न खोज्छ, हतियारको मोह छोड्दैन भन्ने आशंकालाई गलत सावित गरे । संविधान बनाउन माओवादी नै धेरै गम्भिर छ भने देखाउनु प्रमुख कुरो हो । किनभने ठूलो दल उहिनै हो । अर्कोतिर आफू प्रधानमन्त्री हुनासाथ संविधानका बाँकि काम गर्न उनले सूची तयार पारे यो यो काम यति यति समयमा सक्ने भन्दै ।
पद सम्हाल्नाथ प्रतिपक्षी पार्टी, पूर्व प्रधानमन्त्रीहरु, अन्य दलका प्रमुख नेताहरुसितको भेटघाट र छलफल तिब्र पारेका छन् । माओवादीलाई पार्टीगतरुपमै सक्रिय पार्नासाथ उनले सहयोगको आश्वासनपनि पाए । बिरोधका लागि बिरोध गर्ने कांग्रेसका खुम बहादुर खड्का, बालक्रिष्ण खाँड, एमालेका भिम रावल केपी ओली जस्ता भँडुवाहरु त सबै दलमा छन् नै । माओवादीमैपनि प्रशस्त छन् । तिनको ध्येय पनि संविधान नबनोस् भन्ने छ । तर नेपाली कांग्रेसको नेत्रित्व पक्षले सहयोगको आश्वासन दिइसकेको छ । मूलत पार्टी अध्यक्ष शुसिल कोइराला र अर्को खेमाका शेर बहादुरलाई विश्वासमा लि उन्जेल अरु फिस्टेफास्टेका हुंकारले उति भाँजो हाल्न सक्दैन । एमालेको संस्थापन पक्ष यसैपनि संविधान बनाउन सहयोगि बन्छ नै । केपी ओली गूटका भनिने माधव नेपाललाई सम्म तत्कालकालागि समर्थन गर्नुपर्ने बनाएका छन् भट्टराईले । मजदूर किसान पार्टी, माले लगायतका साना दलपनि भाग्न सक्ने अवस्था छैन ।
लगातार भेटेर तिनका तर्क सुन्ने । संविधान बनाउन के के गर्नुपर्छ भनेर रचनात्मक सल्लाह लिने । गुनासा के के हुन् सहर्ष लिने । संविधान बनाउन के कस्ता काम गर्नुपर्छ छलफल गर्ने । सारा काम गरेर डा भट्टराईले अब दलहरुलाई छिर्कि हानिरहेका छन् । यस्तो छिर्की जहाँबाट दल र नेता भाग्न गाह्रो छ । अहिलेसम्म लगाएका, ब्यक्त गरेका, असन्तोषका राँकाहरुले डामे डामुन भनेर भटराई हरेक नेताका आँगनमै गएर सुनिरहेका छन् । यसले तिनलाई कतै भाग्न नसक्ने छिर्कि हानिरहेको छ । त्यत्तिकै बटारिउँ भने जनताका अगाडि ति नांगिइहाल्छन् । आरोप मात्रै लगाउँदापनि भट्टराइले स्वयं भेटिरहेकै छन् । त्यत्तिकै भाँजो हाल्दा संविधान बिरोधी को हो चिनिहालिन्छ । कांग्रेसकै नेतामध्येपनि उनले शुसिल कोइराला, रामचन्द्र पौडेल र उता शेर बहादुरलाई पटक पटक भेटेर सल्लाह र सुझव लिने अनि संविधान बनाउन सक्रिय बन्नुपर्ने अवस्था बनाइरहेकै छ । मुख्य नेतानै सकारात्मक देखिएपछि झिस्नेमिस्ने भँडुवाहरुको शिर उठ्न सक्ने कुरो हुन्न ।
एमालेका केपी ओली, इश्वर पोख्रेल, प्रदीप नेपाल, भिम रावल मार्काका भँडुवाहरुलाईपनि उति सहज छैन बटारिन । भट्टराईले संस्थापन पक्ष र माधव नेपाललाई समेत पटक पटक भेटेर छिर्कि लगाएका छन् । केपी गूटका नेपालसमेत यति खेर भट्टराईको छिर्कि देखेर सहयोग गर्नुपर्छ बन्दै उठेका छन् । त्यसैले संविधान बिरोधी एमाले नेताको यतिखेर भँडिहाल्ने गुन्जाइस छैन ।
सबै भन्दा ठूलो चुनौति यतिखेर बरु भट्टराईको आफ्नै पार्टी र आफैंलाई समर्थन गर्ने मधेशी दलमा निहित छ । उनले आफ्नै पार्टी र आफूलाई समर्थन गर्ने मधेशी दललाई गतिलोसित छिर्कि हान्न सकेभने संविधान बन्ने आशाको त्यान्द्रो मोटो हुँदै, बाक्लिँदै जाने संभावना छ । किनभने मधेशी दलको स्वार्थ भनेको शान्ति संविधानसित जोडिएको छैन । तिनको स्वार्थ सरकारमा कुर्सी र मधेशलाई टुक्रा पार्नुसित सरोकार देखिन्छ । त्यसैले कि त तिनलाई शान्ति र संविधानका लागि भरोसायोग्य बनाउनसक्नुपर्छ । कि त ति दल शान्ति र संविधान बिरोधी हुन् भन्ने प्रमाणित गर्न सक्नुपर्छ जनताका अगाडि । अनि तिनलाई संविधान बनाउन बाध्य पार्न सक्नुपर्छ ।
उनको दलमा त बिवाद भएपनि उनलाई सहयोग हुन्छ नै । नत्र प्रधानमन्त्री बनाउन एकमतले सहयोग पक्कैपनि गर्ने थिएनन् होला । खालि जनताका समस्या हल हुने खालको अग्रगामी संविधान बन्छ कि बन्दै भन्ने बिवाद भएको हुनुपर्छ । त्यसलाई उनले चिर्न सक्नै पर्छ । जसरि प्रधानमन्त्री उम्मेदवार बनाउन उनको पार्टी एक ढिक्का भयो, सबैले विश्वास गरे उसैगरि उनले पार्टीमा संविधानकालागि पनि विश्वास जित्नै पर्छ । अब बन्ने संविधानले देश र जनताका समस्या हल हुन्छन् । जनयुद्द र जन आन्दोलनले उठाएका जनताका न्यायोचित माग संवोधन हुन्छन्, त्यस्तो अग्रगामी, राज्यको पूनर्संचना गर्ने संविधान बन्छ भन्ने आश्वास्त पारेर छिर्किहान्न सक्नुपर्छ ।




