सरकारमा प्रचण्ड र बाबुरामका आफन्तै आफन्त
एमाले र कांग्रेसले राम्रा र सक्षम भन्दा आफ्ना मान्छेहरु घुसाए । नातावाद र क्रिपाबादका कारण सक्षम मानिसहरु पाखा र असक्षमहरुको राईदलो भयो भनेर धेरै आरोप लगाउँथे माओवादीहरु । हामी त्यस्तो परिपाटी त्याग्छौं भनेर धेरै पटक कसम खाए । तर अहिले तिनै पार्टीका दुई शिर्षस्थ नेता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्ड र अर्थमन्त्री डा बाबुराम भट्टराईले सरकारका बिभिन्न निकाएमा गरेका नियुक्तिको सूची हेर्ने हो भने जो कोहीले जिब्रो टोक्छ । तिनका नातापाताको लर्को हेर्ने हो भने माओवादीहरुपनि मौकामा चौका हान्नै पर्छ भन्दै मज्जाले ब्रम्हलूट मच्चाइरहेका छन भनेर ढुक्कै भन्न सकिन्छ ।
ल प्रचण्ड र बाबुरामका आफन्तहरु कहाँ को को रहेछन हेर्नुस है त ?
प्रधानमन्त्री प्रचण्डका आफन्त
–समीर दहाल-प्रधानमन्त्रीका सचिव भन्दा तल्लो पदमा । नाता-भतिज
–गंगा दहाल-प्रधानमन्त्री कार्यालयमा अधिक्रित । नाता-प्रचण्डकी कान्छी छोरी । उनको नागरिकता भारतिय हो ।
–गंगाराम दहाल-बैदेशिक मामिला अधिक्रितमा नियुक्त । नाता-प्रचण्डका सहोदर भाई । उनको विषय वन बिज्ञान हो ।
–रेणु पाठक-सभासद । नाता-प्रचण्डकी छोरी ।
–अर्जुन पाठक-संबिधान सभामा अधिक्रित । नाता-प्रचण्डका ज्वाई ।
–प्रकाश दहाल–नीजि सहायक (पिए), लेखापाल । नाता-छोरा । सहसचिव सरहको तलब सुबिधा ।
–नारायण दहाल-सभासद । नाता-भतिज ।
–ठाकुर भट्ट-उनका साला वा जेठान हुन । उनलाईपनि कुनै न कुनै पद मिलेको छ। अर्को एक जना उनैका ज्वाई छन जो चितवनमा ठेक्कपट्टामा आबद्द गराईएका छन । तिनको नाम र भट्टको पद पाउन सकिएन । तपाईहरुलाई थप जानकारी छ भने लेख्नुहोला ।
–डा बाबुरामका आफन्त
–हिसिला यमी-पर्यटनमन्त्री । नाता-पत्नी ।
–तारानाथ पाण्डे-प्रधानमन्त्रीका सल्लाहकार । नाता-भट्टराईका भतिज ।
–प्रया यमी-राष्ट्रिय योजना आयोगमा । नाता-हिसिलाकी दिदी ।
–तिमीला थापा यमी-खानेपानी योजनाकी अध्यक्ष । नाता-हिसिलाकी दिदी ।
–चिरिक शोभा ताम्राकार-काठमाडौं खानेपानी संस्थानकी सदस्य । नाता-हिसिलाकी जेठी दिदी ।
–त्यसैगरि एक जना बाबुरामकै भाई छन । उनका काका साका कसैका छोरा हुनुपर्छ । काठमाडौं खानेपानी संस्थान को मूल्य निर्धारण समीतिका प्रमुख बनाइएका छन । नाम अहिले मलाई प्राप्त भएन । बाबुरामका आफ्नै भाई शिव भट्टराई त नेपाल बिद्दुत प्राधिकरणमा जागिरे छन् । उनीभने आफ्नै क्षमताले भएका हुन । खानेपानीमा हुने को नाम छ भने यहाँ उल्लेख गर्नुस है त ?
यसैसँग संबन्धित तलको रिपोर्टपनि हेर्नुस-
बाबुराम भट्टराईको जवाफ उनै ब्लग मार्फत
सम्पादकलाई चिठी
सम्पादकज्यू
दुई अङ्कअघिको नेपाल साप्ताहिक ‘नियुक्तिमा नातागोता’ शीर्षकमा प्रकाशित समाचाले मलाई समेत तानेकोमा आश्चर्य र दुःख लागेको छ । त्यसमा लेखिएको छ-’उनले वावुरामले आफ्नी सानीआमाका छोरा तारानाथ पाण्डेलाई प्रधानमन्त्रीको प्राविधिक सल्लाहकार वनाएका छन् ‘ यो सोह्रै आना झुटो र तथ्यहीन कुरा हो । किनकि मेरी आमा धर्मकुमारीका कुनै दिदीवहिनी नै थिएनन् । वहाँ वावु-आमाकी एकमात्र छोरी हुनुहुन्थ्यो । ‘सानीआमा’ भन्नाले चलनचल्तीको भाषामा ‘आमाकी वहिनी’ भन्ने वुझिन्छ । त्यसैले मेरी हुँदै नभएकी ‘सानीआमा’ को आविष्कार किन र कसरी गरियो अचम्म लागेको छ । ‘सानीआमा’ को अर्थ अरु कुनै हुने भए जान्न पाऊँ ।
साख्खै सानीआमा नभएर अरु वरपरको नाताको हो कि भन्ने हो भने पनि उल्लेखित तारानाथ पाण्डे धादिङ मलेखु निवासी कुमाइँ वाहुन परिवारमा जन्मनुभएको हो भने तनहुँ पुर्कोटका मेरा मावली भण्डारीहरु पूर्वेली वाहुन हुन् । परम्परागत हिन्दू जातिप्रथामा कुमाइँ र पूर्वेली वाहुनहरुको विहेवारी चल्दैनथ्यो भन्ने हाम्रा पत्रकार मित्रलाई थाहा हुनुपर्ने हो । आजकल अन्तरजातीय विवाह सामान्य भए पनि हाम्रा आमाहरुको पालामा त्यो अकल्पनीय कुरा हुन्थ्यो । त्यसैले यस्तो तथ्यहीन कुरा छापेर पत्रिकाले आफ्नै विश्वासनीयता गुमाएकोमा मलाई दुःख लागेको छ ।
त्यसो त केही समय पहिलेदेखि यो सरासर झुटो कुरा केही संचारमाध्यमहरुमा प्रायोजित ढंगले प्रचार गरिएको देख्दा यसको पछाडि कुनै निहित स्वार्थ रहेको सहज अनुमान गर्न सकिन्छ । नेपाल लगायतका विभिन्न संचारमाध्यमहरुमा छापिएको यो तथ्यहीन कुरालाई इ-मेल मार्फत् पनि गत हप्तभरि प्रसारित गरिएको देखिएवाट पनि ‘दालमा कालो’ रहेको थप आभाष मिल्छ । कसैको आलोचना तथ्यमा आधारित भएर गर्दा मात्रै लोकतान्त्रिक मूल्यमान्यतालाई वल पुग्दछ । अन्यथा यस्तो दुष्प्रचार अभियानले प्रतिगमनलाई नै सघाउँदछ । यसवारे वेलैमा सचेत रहन सवैसंग विनम्र आग्रह गर्दछु ।
२०६५ पुष ३ – बाबुराम भट्टराई
२० पुष २०६५ नेपाल साप्ताहिकमा प्रकाशित
(उनैको साईटमा गएर हेर्ने भए यहाँ क्लिक गर्नुस) ।




