झन टर्ने भो राष्ट्रिय सरकारको संभावना

विनोद केसी / काठमाडौं

काग गराउँदै गर्छ पिना सुक्दै गर्छ भने झैं नेपाली कांग्रेस लगायतका दलले जति  झलनाथ खनाललाई राजिनामा दिन दबाब दिइरहेका छन् उति एनेकपा माओवादी र एमालेको संस्थापन पक्ष यहि सरकार बलियो पार्न कस्सिएका छन् । पार्टीहरुबिच भएको पछिल्लो पाँच बुँदे सहमती अनुसार झलनाथ खनालले राजिनामा दिएर राष्ट्रिय सहमतीको सरकार बनाउने त भनियो । तर दलहरुले राष्ट्रिय सहमती गर्न नसक्दा झलनाथ खनाललाई खुदो भैरहेको छ । यसैलाई बलियो बनाउने निर्णय गरेका छन् प्रचण्ड र झलनाथ खनालले ।

जनसेना समायोजन, राष्ट्रिय सरकारको धारणा र सरकारमा समावेशी सहभागिताकालागि हिजो माओवादीका तिन शक्तिशाली नेता प्रचण्ड, बाबुराम भट्टराइ र मोहन बैध्य ‘किरण’ को बैठक बस्यो । बैठकमा पार्टीगत छलफल त हुने नै भए । तर त्यो बाहेक यो सरकारलाइ के गर्ने भन्ने विषयमापनि तिन नेताले गम्भिर छलफल गरे । अन्तत: अब राष्ट्रिय सरकार बनेपनि नेत्रित्व माओवादीकै हुनुपर्छ भन्ने तर्क गरे । संसदको सबैभन्दा ठूलो पार्टी । जनताले दिएको म्याण्डेटनै माओवादीलाई हो । जो ठूलो पार्टी हो उसैले नेत्रित्व पाउनुपर्छ । ठूलो पार्टीका हिसाबले यदि अबको नेत्रित्व माओवादीको हुन्छ, त्यसमा अरु दल सहमत हुन्छन् भने माओवादी नेत्रित्वमा राष्ट्रिय सरकार गठनकालागि पहल गर्ने । होइन भने झलनाथ खनालकै नेत्रित्वलाई समर्थन गर्ने ।

प्रधानमन्त्री झलनाथ खनाललाई राजिनामा गर्न लगाउने, नयाँ सरकार गठनमा झमेला उत्पन्न गराएर अस्थिर बनाएर संविधान सभा भंग गराउने प्रपञ्च रचेको उनीहरुको मूल्यांकन रहेछ । माओवादी शर्त र स्वार्थ रक्षा गर्ने शर्तमा शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन सकिने त भने । तर त्यसलाई उनीहरुले सहज भने देखेका छैनन् । किनभने नेपाली कांग्रेसबाट अवरोध हुने उनीहरुले मूल्यांकन गरेका छन् । अनेक अनेक बखेडा झिकेर संविधान सभा भंग गराउने र त्यसको अपजस यहि सरकारका थाप्लामा हाल्ने प्रपञ्च रचिएकाले त्यसलाई चिरेर जानुपर्छ । कांग्रेसको नेत्रित्व स्विकार गरिए नेपाली कांग्रेसले संविधान सभा भंग गराउँछ । त्यसैकालागि जसरिपनि कांग्रेसले नेत्रित्व खोजेको भन्ने माओवादी नेताहरुको बुझाइ छ ।

देशलाई नेत्रित्वबिहिन बनाएर प्रतिक्रियावादी चलखेल गर्न खोजेको भन्ने मूल निचोड रहेको माओवादी स्रोतहरुले उल्लेख गरेका छन् । राष्ट्रिय सरकारका लागि नेपाली कांग्रेसमै एक मत नरहेको, प्रधानमन्त्री पदकै लागि सहमती हुन नसकेको, एमाले यसै सरकारमा रहेको । माओवादीको पूर्ण समर्थन यहि सरकारलाई रहेको । यस्तो अवस्थामा अर्को सरकारको नेतित्वका बारेमा निश्चित नभइ कुनै हालतमा सरकार नछोड्ने बरु यहि सरकारलाई अझ बलियो बनाउने निष्कर्षमा उनीहरु पुगेका हुन् ।

त्यसैको प्रमाण के हुन सक्छ भने यस सरकारलाई अझ बलियो बनाउन माओवादी नेताहरुले सरकारमा संलग्नताका विषयमा रहेको पार्टीगत विवादलाई मिलाउने कसरत । हिजै झलनाथ खनालसित भेटेर केहि मन्त्रालय फोरेर भएपनि सरकारमा माओवादी संलग्नता समावेशी बनाउने, महिला संलग्नता बढाउने भन्ने निष्कर्ष पनि यहि सरकारलाई अझ बलियो बनाउने संकेत हो पक्कै । हिजै झलनाथ खनाललाई भेटेर प्रचण्डले खुट्टा नकमाउन र अझ निर्भिकताका साथ अगाडि बढ्न ढाडस दिएको बताइन्छ । ओली पक्षबाट पेलानमा परेका खनाललेपनि संसदको ठूलो पार्टीलेनै भैरहेको प्रधानमन्त्री पद मा जग हालिदिएपचि के छोडुन् ? यसले अब झन मधेसी दल, नेपली कांग्रेस र एमालेको संस्थापन पक्षबिच अझ टकराव पार्न सक्छ ।

तपाइँको प्रतिक्रिया