लुते गृहमन्त्री !

पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गर्नेलाई सुरक्षा र संरक्षण दिएर राज्यको न्यायीक प्रणालीमाथिनै चुनौती दिएका महेश बस्नेतलाई पक्राउ गरेर केहि घण्टा वाहि वाहि त पाए गृहमन्त्रीले । तर ति गुण्डा र अपराधीलाई कानुनको नियन्त्रणमा ल्याएको एकदिनपनि बित्न नपाउँदै गृहमन्त्री कृष्ण बहादुर महराले खुट्टा कमाएका छन् । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणका योजनाकार हुन् बस्नेत भन्ने दिन जत्तिकै स्पस्ठ छ । उनैले आक्रमणकारीहरु आफ्नै संरक्षणमा रहेको खुला चुनौती दिएका हुन् । नेपाल पत्रकार महासंघको रिपोर्टले झन् उनी पूर्वाञ्चलकै अपराधी रहेको सार्वजनिक गरेको छ ।

प्रश्न उठ्छ, यदि उनी अपराधी होइनन् भने ग्रिहमन्त्रीले उनलाई पक्राउ गर्न किन आदेश दिए ? यदि अपराधी हुन् भने पक्राउ गरेको ७२ घण्टा पनि रहन नहुँदै किन ग्रिह मन्त्री झुकेर उनलाई रिहा गर्न आदेश दिए ? किन झुक्यो राज्य एउटा अपराधीका अगाडि ?

आफु बिरुद्द समाचार लेखेको आरोपकै भरमा पत्रकार ढकलमाथि आक्रमण गरेका थिए एमालेका युवा संघ संवद्द अपराधीहरुले । त्यसका अध्यक्ष हुन् महेश बस्नेत । सरकारमा संलग्न पार्टीको जन वर्गिय संगठनको नेताका हिसाबले उनको जिम्मेवारी राज्यमा कानुनी शास्नकालागि पहल र सहयोग हुनु पर्ने हो । तर उनी स्वयं राज्यलाई अपराधीकरणमा होम्न दत्त चिता थिए । उनलाई आशिर्वाद थियो सरकार संचालन पार्टीकै प्रमुख नेताहरुको ।

तर अनेक विवाद, प्रधानमन्त्रीसितको छलफल र घटना विवरणको अध्ययन पछि ग्रिहमन्त्री पुगेका थिए बस्नेत अपराधी हुन् भन्ने निचोडमा । उनी अपराधी हुन्, अपराधी नाइके हुन् र गुण्डाहरुका संरक्षक हुन् भन्नेमा कम्तिमा एमाले बाहेक अरुमा भ्रम छैन । नेपालको सुरक्षा प्रणाली, नागरिक र समग्र मेडियाले त्यहि भनिरहेको छ । उनी स्वयंले त्यहि स्विकारेका छन् । एउटा अपराधीलाई पक्राउ गर्नु राज्यको सुरक्षा निकायको जिम्मेवारी हो । अधिकार हो । जबसम्म समाजमा अपराध गर्नेहरुको संजाल भताभुंग पारिन्न, जबसम्म अपराधीहरु राज्यको नियन्त्रणमा आउँदैनन् तबसम्म समाजमा शान्ति र अमन चयन कायम् हुन सक्दैन ।

त्यस्ता अपराधीहरुलाई जुनसुकै पार्टी, नेता र संगठनले संरक्षण दिएपनि त्यसलाई कानुनी कठघरामा उभ्याउने साहस सुरक्षा निकायले गर्नै पर्छ । त्यहि काम गरेका थिए ग्रिहमन्त्री महराले । तर अपराध, लूट, आतंक गुण्डागर्दीकै भरमा समाजका बिभिन्न क्षेत्रलाई आफ्नो नियन्त्रणमा राख्न सफल गुण्डाहरुको जमातलाई एमाले नेताहरुको एउटा झुण्डले संरक्षण दिइरहेको थियो । यस्तो सांगठनिक अपराधलाई नियन्त्रणमा राख्न सौरक्षा निकायले साहसिक काम गर्नै पर्छ । त्यसको जोखिम लिएका थिए ग्रिहमन्त्री महराले ।

तर लुते रहेछन् ग्रिह मन्त्री । उनको निर्णय टिक्न सकेन । गुण्डाहरुका अगाडि उनी झुके ।  अपराधीहरुका अगाडि झुके । गुण्डाहरुका अगाडि लम्पसार परे । आफ्नै निर्णयलाई लाप्पा खुवाए । अपराधीहरुका संरक्षक एमाले नेताका धम्कि सहन सकेनन् । उनी ९० डिग्रीको कोणमा झुकेर आफ्नो निर्णयमा शिर झुकाए । घुमाउरो शैलीमा अपरधी र गुण्डाका अगाडि ति नतमस्तक भए । ग्रिह मन्त्री पदको कुर्सी जोगाउन उनले आफुलाई मात्रै झुकाएनन् समग्र सुरक्षा ब्यवस्था, सुरक्षाप्रणाली र सुरक्षाकर्मीकै मानमर्दन गरे । हाम्ले सुरक्षा प्रणाली हेर्न पायौं भने राज्यको सुरक्षा ब्यवस्था के के न गर्छौं भनेर डिङ हाँक्थे माओवादीले । नाथे आफ्नै पञ्जामा परेको अपराधीसित झुक्ने  महा लुते, छेरुवा पो रहेछन् ग्रिह मन्त्री ।

तपाइँको प्रतिक्रिया