घुमाइफिराइ मागे तराइलाई भारतमा गाभ्ने संविधान
यस्सो सोच्दा लाग्छ, साँच्चै यी मधेशी दल भनेका झुसिलकिरा हुन् देशका । यी किथिर्का हुन् । यी पतेरा हुन् देश चुस्ने । यी कैंची हुन् देश काट्ने । यी गोमन सर्प हुन् देशलाई विषले डसेरै मार्ने । यीनले साँच्चै देशको लागि हित गरेको कहिल्यै सुनिन्न, देख्न, भोग्न र अनुभूती गर्न त झन के पाउनु ? यीनको हरेक बोली र ब्यवहार कसरी नेपाललाई सत्यानास पार्ने ? नेपालमा कसरि अशान्ति मच्चाउने ? कसरी लुट्ने ? मधेशी जनताका नाममा कसरि ढाँटछल गर्ने ? देशमा अशान्ति मच्चाएर कसरि कसरि देश टुक्रा पार्ने ? यत्ति छ यी मधेशी दलको ध्याउन्न । त्यसैले यीनले घुमाइफिराइ फेरी देश टुक्र्यौने संविधान मागेका छन् ।
ठ्याक्क म्याद थपिने बेला तैपनि संविधान सभा भंग गराउन सकिन्छ कि भनेर फोरम फुटाएका थिए जय प्रकाश गुप्ताले । नेपाली कांग्रेसले साथ दिन्छ कि भन्ने तिनको हावादारी मूल्यांकन रहेछ । यो संविधान सभा ल्याउन आफैंले लडेको किन सहजै भंग हुन दिन्थ्यो नेपाली कांग्रेसले । आफ्नो षडयन्त्रमा साथ नपाएपछि कांग्रेसलाई सत्तो सराप गर्दै तिनले अर्को चोर बाटो समातेका छन् । अब बन्ने संविधानमा स्वायत्त मधेश प्रदेश नभए त्यो संविधान मानिन्न भन्दै घुर्की लगाएका छन् । षडयन्त्रको अर्को जाल फ्याँकेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नामको मधेशका अधिकांश दलको गठबन्धनले स्वायत्त मधेश प्रदेश किटान नगरेको संविधान नमान्ने रे।
के समग्र मधेश एकै जात जाति र भाषा भाषीमात्रै भएको थलो हो ? मधेशमा के यी मधेशी पार्टीले भने झैं मधेशी जनताको मात्रै बाहुल्य छ ? मधेशी जनताको आर्थिक, समाजिक, सांस्क्रितिक उत्थान के स्वायत्त मधेश घोषणा भए मात्रै संभव छ ? दर्जनौं भाषा बोल्ने, आआफ्नै संस्क्रिति र संस्कार अनि पहिचान बोकेका अन्य जातिको अधिकारलाई के स्वायत्त मधेश एक प्रदेशले संवोधन गर्न सक्छ ? यदि समग्र मधेशलाई एक प्रदेश किटान गर्ने हो भने सयौं वर्षदेखिका आदिवासी थारु जातिको पहिचानलाई के गर्ने ?
मधेशका जिल्ला मध्ये मकवानपुर मै मधेशी र थारु भन्दा चेपाङ र अन्य जातिको बाहुल्यता छ । चितवनमा मधेसी जनताको उपस्थिति नगण्य छ । पूर्वी नेपालमै कतै बोटे, कतै धिमाल त कतै अन्य जातिको बाहुल्यता छ । पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा थारुहरुको बाहुल्यता छ । यी जातिकाले आफूलाइ मधेशी हुँ भनेर मान्न तयार छैनन् । थारुहरु समग्र मधेश एक प्रदेशको नारा सुन्नपनि रुचाउँदैनन् । उता चुरे भावर पार्टी समग्र मधेश एक प्रदेशको नारा बिरुद्द उत्रेको छ । खम्बुवानको आन्दोलनले मोरङ, सुनसरी लगायतका जिल्लापनि समेटेको छ । अनि यी मधेशी दलले समग्र मधेश एक प्रदेश मागेको केका आधारमा हो ? कसलाई हेरेर, गणना गरेर हो ?
कुनैपनि जाति, भाषा, संस्क्रिति र संस्कारको बाहुल्यता नभएको मधेशमा कुनै जाति विशेषको प्रदेश छुट्याउ, नत्र त्यस्तो संविधान मान्दिन भन्नुको अर्थ देशमा संविधान बन्न नदिने षडयन्त्र हो । कुनै एउटा जाति र समूदायमाथि अर्को जाति र समूदायले जबर्जस्त तिनका पहिचान मेटाएर आफ्नो लाद्नु हो । यो माग वास्तबमा मधेशी जनताको पनि होइन । आफ्नो क्षेत्रलाई जबर्जस्ति बिभाजित गरेर आफ्ना सांस्क्रितिक, आर्थिक र सामाजिक समस्या हल हुन्छन् भन्ने भ्रममा मधेशका जनतापनि छैनन् । बरु यो माग मधेशी जनताका नाममा बिगतमा पटक पटक सत्ता र सरकारमा गएर ब्रम्हलूट गरेका सिमित मधेशी नेताको फेरी मधेशी जनताको नाममा लूट्ने चालबाजी मात्रै हो ।
बिगतमा ति अनेक पार्टी र अनेक दलबाट सरकारमा पुगे । जनतालाई आश्वासन बाँडे । तर मधेशी जनतालाई केहि दिएनन् । अब फेरी तिनलाई कुनै न कुनै नयाँ नारामा लूट्ने बहाना चाहिएको छ । देशलाई टुक्रा पार्न सकियो भने फेरीपनि मधेशी जनताको मुक्तिका नाममा लूट्न, मोज गर्न पाइन्छ कि भन्ने तिनको अभिलाशा छ । भारतीय मन्त्र, भारतकै निर्देशन, उतैको आश्वासन र पालनपोषणमा हुर्किएका यीनको ध्येय समग्र मधेश एक प्रदेश भन्दै तराइलाई बिस्तारै टुक्र्याउनु हो । त्यसलाई भारतमा गाभ्नु वा भारतीय छायाँमा पुर्याउनु । त्यसैले यीनले आफ्नो देश अनुकुल, आफ्नो हित अनुकुल, आफ्नो राष्ट्र र राष्ट्रियता अनुकुल संविधान र राज्य संरचना गर्ने माग नउठाएर देश टुक्र्याउने प्रमुख माग उठाएर उत्रिएका छन् । नाम जे सुकै दिएपनि यीनको षडयन्त्र, दाउ र चाख नेपालको तराइ क्षेत्र टुक्रा परेर भारतको पाउमा मिलाउनु हो । तर बिदेशी दलालहरुको देश बेच्ने यो षडयन्त्र नेपाली जनताले सजिलै सफल हुन देलान् र ?
(तस्विर- अनलाइन खबर)




