यीनलाई भारततिरै खेद्ने दिन आउला कहिल्यै ?

मुख्य मधेशी दल भनाउँदाहरु भारतीय दलाल हुन् भन्नेमा भ्रम धेरैलाइ त थिएननै । तैपनि तिनले अलि पहिलेसम्म त भ्रम छर्दै थिए, प्रजातन्त्र, लोकतन्त्र, संविधान, गणतन्त्र यस्तै यस्तै बहानामा । त्यसैका नाममा ति पटक पटक सरकारमापनि गए । मधेशी जनताको मुक्तिका नाममा तिनले धुरो छरेर कुर्सी हत्याए । देश लुटे । भ्रस्टाचार गरे । गुण्डागर्दी र अपराधलाइ मलजल गरे । अपराध बढाए । नेपालको खाए भारतको गुनगान गरे । नेपालको कुर्सीमा बसेर भारतको चिन्ता गरिरहे । हुँदाहुँदा त तिनको दलाली, भारत प्रतिको भक्ति र चाकरी यति निकट भयोकि तिनले हाकै भारतको दलाली गरेर बोल्न थाले ।

नेपाली कांग्रेसलाई झुक्याएर, बोसोको खोल ओढेर मधेशी जनअधिकार फोरम प्रजातन्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार पटक पटक मन्त्री बने । दशकौंसम्म पद, प्रतिस्ठा, दाम र शक्ति हत्याएको पार्टीलाईलाई धारे हात लगाएर मधेश भारतलाई सुम्पन उनी अलग भए । पाए र मिलेसम्म जसरिपनि जहिलेपनि सरकारमा गए । सरकारबाट बाहिरिँदासाथ उनले नेपालमाथि नाकाबन्दि गर्नुपर्छ भन्दै राष्ट्रियतामाथि बिदेशी बूट बजार्न भारतलाई उक्साएका छन् । जनताले मत दिएका ठूला दल मिलेर बनेको सरकारलाई असफल बनाउन भन्दै भारतलाई आव्हान गर्ने यी कुनै हालतमा नेपालीका मित्र, नेपालको हित र नेपालीका नेता हुनै सक्दैनन् ।

अहिले भएभरका सबै मधेशी दलको स्वर एकै छ । भारतीय राजदूत नेपालका सैन्य क्याम्प घुमुन कि मनपरी राजनितिक भाषण ठोकुन् । कूटनितिक मर्यादा नाघेर नेपालकै कुनै राजनितिक पार्टीले झैं राजनितिक गतिबिधी बढाउन् कि नेपालका सिमा मिचुन् । नेपाली भूमीमा बूट बजार्दै नेपालीको हत्या गरुन् । अँहँ चुँ नबोल्ने यी मधेशी दल अहिले चिनियाँ सैन्य टोली नेपाल आउनासाथ चिनियाँ प्रभावको सरकार भन्दै कोकोहोलो हालेका छन् । यी भारतका दलाल हुँदनथिए भने यीनले आफ्ना छिमेकिहरुसित समान ब्यवहार राख्नुपर्छ भन्न सक्थे । तर यी भारतले पालेका रक्षक जस्ता न हुन्, सिधै चिनको विरोध र भारतको गुनगान गाए ।

सद्‍भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलेको ‘झलनाथ खनाल नेतृत्वको सरकार चाइनाको चाहनाअनुसार बनेकोले चाइनिज फ्लेबरमा बनेको सरकारमा मधेसवादी दलहरु सहभागीहुन्नौं’ भन्ने भनाईबाटै बुझिन्छ, यी भारतको फ्लेबरमा बन्ने हो भने चाहिँ जुनसुकै शर्तमापनि सरकारमा जाने रहेछन्। कतिसम्म दलाल रहेछन् यी कर्ण भने उनले भारतसँग विशेषखालको सम्बन्ध रहेकाले यस्तो सम्बन्ध छाडेर टाढाको छिमेकीको फ्लेबर लागेको सरकारले मुलुकको हित नगर्ने भन्दै कुर्लिए। उनलाई नजिकको छिमेकि भारतले चाहिँ जे गरेपनि मान्य हुने । तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टीलगायत यी सबै दलले अहिले भारतको हाकाहाकि दलाली गरेर आफूहरुलाई भारतको पक्षमा उभ्याएका छन् । उपेन्द्र यादवको मधेशी जन अधिअकर फोरमको हालतपनि उहि हो । यीपनि भारतीयकै दलल हुन् । अहिले आफ्नो स्वार्थ परेर सरकारमा जाने तरखर गरेका । उस्तै परे सरकारमै गएर झन भारतका पक्षमा नेपालको षडयन्त्र गर्न बेर छैन ।

विश्वका दुई शक्तिशाली मुलुक चिन र भारत । बुद्दीमता किसिमले कूटनितिक पहल र चालखिपूर्ण बैदेशिक नीति भए मनग्गे फाइदा लिन सकिन्छ । तिनलाई चिढ्याएर नेपालको प्रगती हुने होइन । यी दुई मध्ये कुनैपनि मुलुक चिढिनु नेपालको हितमा छैन । एउटालाई पाखा लगाएर अर्कोलाई काखमा राख्ने नीतिले झन नेपालको भलो हुन्न । तर जगतले देखे भोगेको सत्य हो, भारतबाट नेपाली प्रताडित छन् । भारतले झन् झन् अत्याचार गर्दै आइरहेको छ । तर यी नेपालका भनिने मधेशी दलहरु त्यसको पटक्कै बिरोध गर्दैनन् । आफ्नो देशमाथि भैरहेको अत्याचारको समर्थन गर्ने, उल्टो नाकाबन्दि गर्न लगाउने यस्ता दल पनि कहिं नेपाली हुन्छन् ? थुइक्क यीनको नेपालप्रेम ।

हाकाहाकी आफ्नो देशमाथि नाकाबन्धि गर्नुपर्छ, भारतले यहाँ दबाब दिनुपर्छ भन्दै भारतिय नेताका दैला दैला चाहारेर हारगुहार माग्ने, हौस्याउने यस्ता नेता र यी मधेशी पार्टीकै हैकम र बोलवाला चर्को । यी दलालहरुलाई राष्ट्रघाती, राष्ट्रबिरोधी, नेपालीका वैरी भनेर कि त भारततिरै खेद्ने कि त जेलमा कोच्ने दिन कहिले आउला ? आउला कहिल्यै ?

तपाइँको प्रतिक्रिया