निधेषको राजनीतिक खेलाडी नेपाली कांग्रेस

-विनोद केसी / काठमाडौं

संविधान सभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसले जति एमालेलाई काखि च्याप्यो उति माओवादीलाई पाखा लगायो । उ गम्भिर प्रतिपक्षी, प्रजातन्त्र र लोकतन्त्रको हिमायती, संरक्षक हुन्थ्यो भने उसले जनताको मत हाम्रो पक्षमा आएन । तिमीहरु सरकार बनाउ । हामी प्रतिपक्षमा बस्छौं भन्न सक्नुपर्थ्यो । नभए आफैंले सरकार बनाउने पहल लिनु पर्थ्यो संसदको दोस्रो ठूलो दल भएकाले । तर उसले तेस्रो दल एमालेलाई सरकार बनाउन उचाल्यो । संसदका दुई ठूला दल बाहिर बसेर तेस्रो दलको नेत्रित्वमा सरकार ! प्रमुख दल निशेष । आखिर त्यसरि निषेधको राजनीति शुरु गर्ने नेपाली कांग्रेस न थियो ।

नेपाली जनताले संविधान सभाको निर्वाचनमा कुनै पनि दललाई एक्लै सरकार बनाउन पुग्ने बहुमत दिएनन् । माओवादी, नेपाली कांग्रेस र एमालेलाई क्रमश : पहिलो, दोस्रो र तेस्रो जिम्मेवारी दिए ।  तर निर्वाचनपछि तिन महिनाभन्दा बढि सरकारमै टाँस्सिएर निषेधको राजनिति शुरु गर्‍यो नेपाली कांग्रेसले ।

२२ दलको समर्थनमा बल्ल तल्ल बनेको माओवादी नेत्रित्वको सरकारमा उसले पनि नेपाली कांग्रेसलाई सरकारमा लान सकेन । सायद चाहेन । योपनि एक खाले निषेधकै राजनीति थियो । किनभने जनताको पक्षमा संविधान बनाउन यी प्रमुख नमिलि सुखै छैन । दुई तिहाई बहुमत पुर्‍याउनपनि त्यो अनिवार्य छ ।

तिन महिना पछि बाहिरिने सेना प्रमुखको मामिलालामा हतारिएर माओवादीले सरकार छोड्यो । त्यसपछि सरकार बनाउनुपर्ने थियो कांग्रेसले । लामो प्रजातान्त्रिक इतिहास बोकेको, पुरानो पार्टी हुँ भन्दै दाबी गर्ने पार्टीले किन जनताको मत बिरुद्द एमालेलाई काँधमा हालेर सरकारमा लग्यो ? पहिलो दल बाहिएरिएपछि दोस्रो दललेनै सरकार बनाउनुपर्ने थियो कि थिएन ? योपनि निषेधकै राजनीति थियो । जनताप्रति निषेध । जनताका प्रतिनिधिमाथि निषेध । नेपाली कांग्रेसको छायाँ एमाले सरकार गिर्‍यो । निषेधको राजनीति यहाँपनि चलिराख्यो । सात महिनासम्म नयाँ सरकार बन्न नदिएर दलहरुले निषेधकै राजनीति गरिरहे ।

अहिले माओवादीलाई जसरि हुन्छ निषेध गर्ने राजनीतिले गर्दा फेरीपनि एमालेकै सरकार बनेको छ । प्रमुख दलको नेत्रित्वमा सरकार बन्नु पर्नेमा तेस्रो दलको नेत्रित्वमा सरकार बन्नु निषेधकै राजनीति हो । जसको नेत्रित्वमा सरकार बन्नुपर्ने हो । जसलाई जनताले संविधान सभामा प्रमुख जिम्मेवारी दिएका हुन् । जसले जनताको प्रमुख जिम्मेवारी बोकेको छ उसले सरकार बनाउन पाउनुपर्ने हो । तेस्रो दललाई समर्थन गरेर सरकार बनाउन दिँदापनि तैले यो मन्त्रालय लिन पाउँछस् तैले यो पाउन्नस् भन्दै फेरीपनि निषेधको राजनीति गरिरहेका छन् एमालेका भारतीय मार्का र नेपाली कांग्रेसले ।

एमालेलाई काखि च्यापेर लूट मच्चाउन पाउन्जेल नेपाली कांग्रेसलाई आफूले संसदको मुख्य दल माओवादीलाइ पाखा राखें । निषेधको राजनीति गरें भन्ने हेक्का रहेन । अहिले माओवादीले एमालेलाई समर्थन गरेर सात महिना लामो अवरुद्द राजनीतिक गाँठो फुकाएपछि जब उ सरकारबाट बाहिरियो तर निषेधको राजनीति भनेर छटपटाउन थाल्यो ।

माओवादी र एमाले मिलेर अहिले गरेको सात बुँदे कुनै अलोकतान्त्रिक छैन । कुनै आकाश खस्ने, धरती पल्टिने छैन । नयाँ संविधान बनाउने, सबै दलको सहमतीमै संविधान बनाउने, सरकार गठ्न गर्ने भन्ने छ । बाझिएका, नबुझिएका बुँदालाई प्रष्ट पार्ने काम गरेका छन् दुबै दलले । फेरीपनि कांग्रेस खोंचे थापेर पुरै भंग गर्नुपर्छ भन्दै छ । त्यसको अर्थ नेपाली कांग्रेस सहमतीको राजनीति गर्नै चाहन्न भन्ने हो । आफूले जे गरेपनि हुने, जस्तो सहमती गरेपनि हुने तर संसद बाँकी दुई दलले सरकार सञ्चालनमा कुनैपनि सहमती गर्नु नहुने ? कांग्रेसकै निर्देशनमा चल्नु पर्ने ? दुई दलको सहमतीलाई बेवास्था गरेर नेपाली कंग्रेसले फेरीपनि निषेधको राजनीति चाहेको छ ।

कांग्रेसले एमालेलाई काखि च्यापेर माओवादीलाई बाहिर राखुन्जेल निषेधको राजनीति देखेन । सरकारमा बसेर लुट्न पाउन्जेल उसलाई लोकतान्त्रिक प्रक्रियामा कुनै बाधा देखेन । तर जब सरकारबाट बाहिरियो तब उसले सबै लोकतान्त्रिक मुल्य र मान्यता माथि प्रहार भएको देख्न थाल्यो । कांग्रेसको लोकतन्त्र भनेको आफु सरकारमा जान पाउनु हो । हारेपनि आफैंले सरकारमा टाँस्सिएर बस्न पाउनु हो । सरकारमा बसेर सोहोर्न पाउन्जेल, आफ्नो भूँडी भरेर देशलाई मगन्ते बनाउन पाउन्जेल, भ्रष्टाचार गर्न पाउन्जेल कांग्रेसको लोकतन्त्र सुरक्षित रहन्छ । सरकारबाट बाहिर निस्कनासाथ, अरुले सरकार बनाउनासाथ लोकतन्त्र धरापमा पर्छ । निषेधको राजनीति हुन्छ ।

गणतन्त्र आओस् कि नआओस् । नेपाली माओवादीलाई जंगल लखेट्न, जनमोर्चा हुँदा उसले राखेका माग नसुनेर जगल धपाउन देखि गणतन्त्र आएदेखि अहिले सम्म निषेधको राजनीति गर्ने नेपाली कांग्रेस हो । अहिले संविधान बनाउने अब तिन महिना बाँकि हुँदा पनि उ निषेधकै राजनीति गरिरहेको छ । किनभने नेपाली कांग्रेसलाई जसरिपनि खोचे थापेर संविधान बनाउने काममा भाँजो हाल्नु छ । फेरीपनि उसलाई आफ्नै सरकार चाहिएको छ संविधान चाहिएको छैन । सरकारमा टाँस्सिन पाए उसलाई संविधान बनोस् कि नबनोस्, जस्तो संविधान बनोस् मतलव छैन । किनभने नेपाली कांग्रेस सरकारमा छ न्जेल लोकतन्त्र त्यसै सुरक्षित हुन्छ संविधान नै चाहिन्न ।

तपाइँको प्रतिक्रिया