अनमिन लघारेर बुद्धको उपहार !
नेपाली जनताको चाहना अनुसार संयुक्त राष्ट्र संघिय अनुगमन निकाय अनमिन नेपाल आयो । माध्यम हाम्रा दलहरू नै थिए । १० वर्ष लामो जन युद्दको मारमुंग्री रोक्न अनमिन महत्वपूर्ण बन्यो । आखिर कुनै न कुनै स्वतन्त्र निकाय बिना त्यो शान्ति संझौता पालना हुन्न भन्ने लाग्यो र न बोलाए दलहरूले अनमिनलाई ।
विश्वमा सबै भन्दै बढि स्वच्छ, निष्पक्ष र स्वार्थ रहित संस्थानै संयुक्त राष्ट्र संघ मानिन्छ । उसलाई न माओवादीलाई च्यापेकोमा फाइदा छ । न अन्य दल र सरकारलाई । तरपनि अनमिनले निगरानी गरुन्जेल खासगरी नेपाली कांग्रेस र एमालेले आरोप लगाइरहे निष्पक्ष बनेन भनेर । प्रधानमन्त्री माधव नेपालले त अनमिन प्रमुख ल्यानग्रेनलाई माओवादीको सहयोगी, अनमिनले माओवादीलाई आर्थिक सहयोग गरेको भनेर आरोपै लगाए । उनको ध्येय अनमिनलाई लगार्नु थियो जसरीपनि । लघारेरै छोडे । बिदाइ हुने बेलामा भने प्रधानमन्त्री नेपालले अनमिन प्रमुख ल्यानग्रेनलाई उपहार दिएका छन् । अनमिन लघार्न सफल भएकोमा पुरस्कार ।
अनमिन आफैँले केही नीति र नियम बनाउने होइन । शान्ति संझौताका बुँदा न त उसले तयार पारेको हो । राजनीतिक दल आफैँ बसे । आफैँले तयार पारे ब्रिहद शान्ति संझौता । जनसेना र नेपाली सेना दुबैलाई ब्यारेकमा राख्न सहमत भए शान्ति संझौता टुंगो नलागुन्जेल भन्दै ।
तर शान्ति संझौताका बुँदा पटक पटक उल्लंघन भए । त्यो बेला अनमिनले विरोध गर्यो । दलका केही नेता शूर देखिनै ब्रिहद शान्ति संझौता विरोधी थिए । देशमा युद्द भैरहे हतियार र अनेक नाममा कमिसन कुम्लाउन खोज्नेका लागि शान्ति संझौता पाच्य थिएन । नेपाललाई अस्थिर राखेर फाइदा लुट्न खोज्ने केही छिमेकीपनि त्यसको विरोधी थिए । उनीहरू मनपरी गर्न चाहन्थे । अनमिन रहुन्जेल उसले औँलो ठ्ड्याइरह्यो । उसले दुबै तर्फको निगरानी गर्यो । शान्ति संझौता विरोधी क्रियाकलापको विरोध गर्यो । तर सकेसम्म युद्द भड्काएर कमिसन कुम्ल्याउन चाहने, देशमा अशान्ति र हत्या हिंसा मच्चाएर विदेशीलाई खुशि पार्न चाहनेलाई त्यो पचेन । त्यसैले अन्मिन उनीहरुलागि घाँडो भैरहेको थियो । स्वतन्त्र ढंगले निगरानी गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था नै नुहुँदा देशमा अशान्ति चाहनेलाई सहज हुने भयो ।
अनमिनको त्यही निष्पक्षताले गर्दा नै मूलतः नेपाली कांग्रेस, एमाले र नेपाली सेनाका केही उच्च अधिकारीहरूले लघार्न चाहे । अनमिनको विरोध गरिरहे । जुन उदेश्यका लागि अनमिनलाइ बोलाइएको थियो त्यो पुरा नुहुँदै लघार्ने निर्णय गरे । युरोपेली युनियनका देश, अष्ट्रेलिया, क्यानडा लगायतका देशले नै भनिरहेका छन्- “बृहद् शान्ति सम्झौताका विभिन्न बुँदाहरूको कार्यान्वयन गर्ने दिशामा केही प्रगति भए पनि मुख्य प्रतिबद्धताहरू पूरा गर्न अझै बाँकी छ ।
त्यसैले अनमिनलाई पठाउनु पहिले ब्रिहद शान्ति संझौता पुरा गरिनु पर्थ्यो यदि दलहरू स्वतन्त्र ढंगले निगरानी गर्न सक्षम छन् भने । गरिएन । यसैमा सरकार खुसी भएको छ । लामो समयदेखिको चाहना पुरा भएकोमा प्रधानमन्त्री नेपाल प्रफुल्ल छन् । त्यही खुशियालीमा नेपालले अनमिन प्रमुख ल्यानग्रेनलाई बुद्धको मूर्ति उपहार दिए । देशमा अशान्तिको बीउ रोप्ने निर्णय गरेर बुद्धको मूर्ति उपहार दिनु आफैँमा नाटक हो । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको मूर्तिलाई शान्ति भड्काउने उद्देश्य राखेर उपहारका रूपमा प्रयोग गरिनु आफैँमा आपत्तिजनक छ । आफैँले असक्षम र माओवादीको सहयोगी भनेर आरोप लगाइसकेपछि उपहारको पगरी गुथाइदिनु झनै आपत्तिजनक हो ।(फोटो-नागरिक न्युज)




