नेपालप्लस सहयोगी

नेपालप्लस चल्न लागेको दुई वर्षजति हुन लाग्यो । यो बिचमा यसले जे जति प्रगति गर्‍यो । पाठक कमायो । गाली र ताली दुबै जे जस्तो पायो  । त्यसको परिणाम पक्कै एक्लो प्रयासबाट संभव भएको होइन । यसमा भएका सामाग्रि पढेर, सुझाव दिएर, पाठक प्रतिक्रिया ब्यक्त गरेर वा नेपाप्लप्लसले थाहै नपाइकनपनि यसका बारेमा अरुलाई जानकारी दिएर सहयोग गर्ने पाठकहरु सबैभन्दा महत्वपूर्ण हुन् नै ।

त्यसो त, पाठकहरुलाई यो स्थितिमा राख्न आफ्ना अमूल्य रचनाहरु दिनुका साथै सञ्चालनकालागि बिभिन्न सहयोग गर्ने मित्रहरुपनि छन् । ति मित्रहरुको प्रयासबिना नेपालप्लसको अहिलेसम्मको यात्रा सहज हुने थिएन । त्यसैले कम्तिमापनि नेपालप्लसले ति मित्रहरुको सहयोगलाई आम पाठसमक्ष परिचित गराउनुपर्छ, आभारी बन्नुपर्छ र अझ साझेदार बन्नुपर्छ भन्ने ठानेको छ । ति मध्ये मुलत तपाई मित्रहरु नेपालप्लसको मुख्य सहयोगी हुनुहुन्छ ।

-राजेन्द्रलाल

-मोहन स्वरूप

-बिद्या सापकोटा

-सूर्य मरहट्टा

-एस बी छन्त्याल

-गिता थापा

-रुपेन्द्र कर्माचार्य

-दिलिप योञ्जन