त्यो नेपाल

Tyo Nepal-4 (1)

Tyo Nepal-12 (1)

Tyo Nepal-12 (2)

Nyo Nepal-1

Tyo Nepal- 2

Tyo Nepal-4 (2)

Tyo Nepal-6

Tyo Nepal-8 (1)

Tyo Nepal-8 (2)

Tyo Nepal-10 (1)

 

Tyo Nepal-5

प्रसंग : पेरिसमा त्यो नेपाल

nepal-weekly

 

 

INALCO 019

अंक: 491 | २०६९ वैशाख ३ | Apr 15, 2012

ददि सापकोटाद्वारा लिखित त्यो नेपाल -प|mान्सेली अनुभव) गत साता पेरिसको इनाल्को विश्वविद्यालयमा प|mान्सेलीहरूका बीच चर्चाको विषय बन्यो। विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा नेपाल र नेपालीबारेमा अध्ययन अनुसन्धान गरेका मानवशास्त्री, पत्रकार, लेखक, कलाकार, वैज्ञानिक, प्राध्यापक र नेपाली भाषा पढ्ने विद्यार्थीहरूको सहभागिता थियो। नेपाल र प|mान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध गाँसिए पनि दुई देशको सम्बन्ध र नागरिकबारे हालसम्म पुस्तक नभएको अवस्थालाई त्यो नेपालले हटाएको अनुभव उनीहरूले व्यक्त गरेका थिए।

त्यस क्रममा इनाल्को विश्वविद्यालयमा नेपाली भाषा कक्षाका प्रमुख रेमी बोर्दले पुस्तकका बारेमा जानकारी दिएका थिए भने प|mान्सको लियोँ नगरको वडाकी सल्लाहकार सिल्भियान दलाफामीले पुस्तकका केही पात्रहरूका अनुभव छोटकरीमा सुनाएकी थिइन्।

सन् १९४८ देखि नेपाल गएका विविध क्षेत्रका २९ जना विशिष्ट प|mान्सेलीको अनुभव समेटिएको सापकोटाको पुस्तक नेपालीहरूका लागि मात्रै नभएर नेपालबारे चासो राख्ने विद्यार्थी, अनुसन्धानकर्तालगायत सबैलाई महत्त्वपूर्ण रहेको उनले बताइन्।

त्यो नेपालको चर्चापछि प्रवेश सुवेदीको सेक्रेट अफ धौलागिरि नामक वृत्तचित्र देखाइएको थियो। धौलागिरि हिमालछेउका जनता र चौँरीको आलो रगत पिउने प्रचलनमा केन्दि्रत रहेर बनाइएको उक्त वृत्तचित्रको प|mान्सेलीहरूले प्रशंसा गरेका थिए।

http://www.ekantipur.com/nepal/article/?id=3646

(नेपाल साप्ताहिक पत्रीकाबाट साभार)

INALCO 016

INALCO 023

INALCO 075

 

Through French eyes

himalayan-Times-logoHIMALAYAN NEWS SERVICE

Added At:  2012-02-18 10:03 PM

Last Updated At: 2012-02-18 10:03 PM

KATHMANDU: You mig4ht wonder how a French national would describe a country like Nepal and the expectations they have about this nation. Then your curiosity will be solved by Tyo Nepal.

Based on the interviews of 29 French nationals who have come to Nepal for different purposes, for their work or interest, Tyo Nepal has been translated into Nepali by Dadi Sapkota, a journalist pursuing his Doctor of Philosophy in France.

The book was jointly launched by Jean Romnicianu, Deputy Head of French Embassy and Kamal Mani Dixit, Chairperson of Madan Puraskar Pustakalaya, at an event held at Alliance Francaise Kathmandu on February 16.

Keshav Raj Jha, Career Diplomat and former Ambassador of Nepal to France, revealed, “The book has covered a wide range of activities in the political, diplomatic, cultural, economic, scientific and tourism sectors between France and Nepal which will help one know more about the relation between two countries.”

Sapkota has translated the interviews taken in French of various renowned French scholars who have visited Nepal for different purposes.

About the content of the book Romnicianu shared, “This book can be a bridge to strengthen the relationship between France and Nepal where the book will let Nepali people know what others think about them.”

Kanak Mani Dixit, Member Secretary of Madan Puraskar Pustakalaya shared, “Nepali readers have been prevented from understanding the depth of French involvement in Nepal due to language barrier. And this book will help people know the perspective of French scholars, adventurers, and writers about Nepal.”

http://www.thehimalayantimes.com/fullNews.php?headline=Through+French+eyes&NewsID=320959

‘Tyo Nepal’ launched at AFK
February 18, 2012 03:13 AM

Bipulendra Adhikari

My Republica Daily
KATHMANDU, Feb 17: “Tyo Nepal,” a book by Dadi Sapkota and published by Jagabamba Prakashan, was launched at Alliance Française de Katmandu on Thursday.

The book, which has interviews of 29 French nationals who came to Nepal for different purposes and eventually ended up forming special bond with Nepal and the Nepali people, was unveiled by Jean Romnicianu, Deputy Head of Mission of the French Embassy in Kathmandu, who met most of the scholars interviewed during his tenure as a director.[break]

“The publication of this book in the Nepali language, we believe, will help disseminate the views and ideas expressed by eminent French nationals, and the interesting accounts of French-Nepal relationship to the wider Nepali public,” he shared.

Anne Lisa Heynen, Director of Alliance Française of Kathmandu; Kamal Mani Dixit, Chairperson of Madan Puraskar Pustakalaya and a senior writer in Nepali; Keshab Raj Jha, the career diplomat and former Nepali Ambassador to France; and Mr. Kanak Mani Dixit, Member Secretary of Madan Puraskar Pustakalaya and a senior editor and journalist came to the event as guests of honor.

Keshab Raj Jha summarized the book and said that it was an excellent means to share the relations between the two countries and also highlighted a few issues that were diplomatically interesting.

“Nepalis usually read works of American, British or Indian writers and seldom get an access to the work of French scholars. This book will be breaking the breach of information about French scholars who worked in Nepal,” explained Kanak Mani Dixit.
http://www.myrepublica.com/archive/57536/%27Tyo-Nepal%27-launched-at-AFK

बहसमा त्यो नेपालnepal-weekly

tyo-nepalविदेशीका निम्ति नेपाल बुझ्न अप्ठ्यारो छ। किनभने, यहीँका धेरै विज्ञ र अध्ययनकर्ताले गरेको अध्ययन त एकतर्फी र आग्रही हुन्छ भने विदेशबाट नेपाल आएर छोटो समयमा गरएको अध्ययन कति पूर्ण र गहन होला ? सरल र स्वाभाविक रूपमा उठाइने  यस्ता प्रश्नको गतिलो जवाफ दिएका छन्, ददि सापकोटाले। २९ जना फ्रान्सेली विद्वान् र विज्ञका नेपाल अनुभव समेटेर तयार गरिएको सापकोटाको पुस्तक त्यो नेपाल यस्ता धेरै प्रश्नको जवाफ लिएर आएको छ।

हिमाली रिवेशको दृश्यावलोकन गर्न नेपाल आएका र नेपाललाई नै केन्द्र बनाएर अध्ययन/अनुसन्धान र विद्यावारिध गरी फ्रान्स फर्किएका २९ जना व्यक्तिसँग १० डिसेम्बर २००६ देखि १४ अगस्ट २००८ सम्म विभिन्न समयमा गरिएको संवादमा आधारति  यो कृति नेपाल र नेपालीबारे जान्न चाहने व्यक्तिका निम्ति पढ्नैपर्ने कृति हो। नेपाल र नेपालीका राम्रा र सम्झनायोग्य कुरा मात्र होइन, सिक्नै नहुने र त्याग्नैपर्ने कतिपय कुरा पनि यस कृतिमा ज्यादै महत्त्वका साथ उठाइएको छ। त्यति मात्र होइन, सन् १९५०,  जतिबेलादेखि नेपाल विदेशीका लागि पनि खुला गरिएको थियो, त्यसबेलादेखि नेपाल ओहोरदोहोर गररिहेका अधिकांश फ्रान्सेलीले दु:ख र कटु अनुभव सँगालेको एउटै क्षेत्र छ, नेपालको प्रशासन र कर्मचारीतन्त्र। संवादका क्रममा सबैले एकै स्वरमा प्रश्न उठाएका  छन्, “के नेपालको प्रशासन र कर्मचारीतन्त्रमा सुधार ल्याउन सम्भव छैन ?”

नेपालका विभिन्न जातजाति र यहाँका धर्मसम्प्रदायका व्यक्तिबीच कायम सम्बन्ध र सौहार्दतालाई फ्रान्सेलीहरूले नेपालीबाट सिक्नैपर्ने कुराका रूपमा उल्लेख गरेका छन्। साथसाथै, नेपाली जनताको मिलनसारी, आत्मीयता र निश्छल भावनाको सबै फ्रान्सेलीले  सराहना गरेका छन्।

विदेशीका लागि नेपालमा धेरै त्यस्ता जादुगरी तत्त्व छन्, जसमा उनीहरू त्यसै हराउन सक्छन्। विगतमा धेरै विदेशीले नेपालका अग्ला हिमाल चढेर नाम र दाम कमाउने उद्देश्यका साथ आफ्नो खुसी र आनन्दका लागि थुप्रै काम गरे। तर, नेपाल र नेपालीका  लागि भने थोरैले मात्र काम गरेका छन्। खासगरी फ्रान्समा रहेका त्यस्ता व्यक्ति छनोट गर्ने जुन मापदण्ड सापकोटाले अपनाएका छन्, यसबाट विदेशमा रहेका सिर्जनशील धेरै नेपालीले पाठ पनि सिक्न सक्छन्।

आफ्ना निश्चित आग्रह र दृष्टान्तलाई स्थापित गर्न अनेक टिप्पणी र जबरजस्त तर्क राखेर पुष्टि गर्ने परम्पराप्रति पनि सापकोटा सजग देखिन्छन्। छनोट गरिएका व्यक्तिका भनाइलाई जस्ताको तस्तै राख्ने क्रममा विवादास्पद र त्रासदीका अनेकौँ  प्रसंगले पनि प्रशस्त ठाउँ पाएका छन्। फ्रान्सको ग्रामीण क्षेत्रमा रहेको एउटा ठूलो कृषि फार्ममा कृषिसम्बन्धी तालिम लिन पुगेका तत्कालीन युवराज वीरेन्द्रले कुखुरा भुत्ल्याइरहेको प्रसंग रोचक छ। तर, राजा वीरेन्द्रजस्ता व्यक्तित्वलाई ‘लम्फु’ राजाका रू पमा प्रस्तुत गरिएको सन्दर्भ होस् या सगरमाथा आरोही प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाको आरोहणलाई नै इन्कार गरिएका प्रसंग विवादास्पद छन्। त्यसैगरी, नेपालका लागि फ्रान्सका महावाणिज्य दूत डीडीए बेर्नाले नेपालको ठूलो समस्याका रू पमा उठाएको ‘नेपाली कांग्रेसले अत्यधिक बहुमत ल्याएर विजयी भयो भने नेपाल सजिलै भारतीय बन्नसक्छ। त्यसैगरी, निर्वाचनले नेकपा एमालेलाई अत्यधिक मतका साथ विजयी गरायो भने नेपाल सजिलै चिनियाँ बन्नसक्छ’ -पृ ३२) प्रसंग ज्यादै पूर्वाग्रही देखिन्छ।

साँच्चै नै कृतिमा गजबगजबका पात्रको अनुभव समेटिएका छन्। एकतामा अनेकताका रोचक सामग्री समावेश गरिएको यस कृतिमा तत्कालीन राजा वीरेन्द्रका शिक्षक तथा अनुसन्धाता मार्क गाबोरयि, नेपाली-फ्रान्सेली शब्दकोशकी रचयिता तथा फ्रान्सको दो फिन विश्वविद्यालयको नेपाली भाषाकक्षकी पूर्वनिर्देशिका मारी क्रिस्चयन कावोजस्ता व्यक्तिसँगका रोचक संवादले जोकसैको मन छुन्छ। त्यसैगरी, कम्तीमा २१ पटक नेपाल भ्रमण गरेका प्रसिद्ध मानवशास्त्री फिलिप रमिरे, ३० वर्षसम्म फ्रान्सको सांसद  रहेका र पटक-पटक नेपाल भ्रमण गरेका जेन बिरयँ, विश्व कीर्तिमानी हेलिकप्टर चालक दिदिए देलसाल, ४० वर्षसम्म नेपालको सामाजिक अध्ययन गरेकी मिरेई एल्फेयरले बटुलेका अनुभव एकादेशका कथाजस्ता लाग्छन्। वरिष्ठ कूटनीतिज्ञ फँसिस द नोइयल,  पूर्वमन्त्री तथा विख्यात पर्वतारोही पियर माजो, ओस्कार पुरस्कारका लागि छनोट क्याराभान चलचित्रका निर्माता/निर्देशक तथा लेखक एरकि भाली, प्रथम अन्नपूर्ण आरोही मोरसि हेर्जोग, मानवशास्त्री तथा नेपालका तामाङ गाउँको कृषि प्रणाली र कृषकको  आर्थिक संरचना विषयमा विद्यावारिध गरेकी बिरजीट स्टेनम्यान आदिका संस्मरण मनै उद्वेलित, तरंगित र कुत्कुत्याउने खालका छन्।

फ्रान्सका पूर्वसांसद रोबर्ट ल फलको नेपाल सम्झना पनि त्यस्तै सुन्दर छ। युरोपमा गुडेका र युरोपेली मापदण्ड पूरा गरेका लरीलाई नेपाल प्रवेशमा लगाइएको रोक, १५ जनाको प्राविधिक टोलीसहित ४० टन सामान बोकेर इटाली, टर्की, इरान, पकिस्तान र  भारत हुँदै ३२ दिनको सडक यात्रापछि नेपालको सुनौली नाकासम्म पुग्दाको उनको वर्णन ज्यादै मन छुने खालको छ। तत्कालीन भन्सार हाकिमसँगको नोकझोँकपछि उनले दिएको जवाफले एकपटक सबैलाई सन्न तुल्याउँछ।

रोबर्ट ल फल भन्छन् : “केही सिप नलागेपछि मैले ती हाकिमसँग सोधेँ, तपाईंसित सलाई छ ? उनले भने, छ। उसोभए दिनूस्। किन ? फेरी उनले सोधे। यी लरीहरूमा म यहीँ आगो झोस्छु। यी सरसामानहरू तपाइर्कै देश र जनताका लागि ल्याइएको हो।  तपाईंहरूकै लागि सहयोग हो। यदि तपाईंहरूलाई चाहिन्न भने म यहीँ आगो लगाएर नष्ट गर्छु र फर्किन्छु।” कस्तो छ हाम्रो मानसिकता ! यस्ता कुराले केही गर्छु भनेर नेपाल आउने विदेशीमा कस्तो प्रभाव पार्ला, छर्लंगै छ।

नेपाली सभासद् कतै रातो पासपोर्ट काण्ड त कतै के काण्डमा मुछिरहेका बखत फ्रान्सेली पूर्वसांसद र मन्त्रीहरूले नेपालको सहयोगका लागि चालेका कदम असाध्यै लोभ्याउने खालका छन्, जसलाई नेपाली सभासद्हरूले पनि एकपटक अध्ययन गर्नु जरुरी छ।  कामका प्राथमिकताक्रम निर्धारण गर्न पनि यी स्मरण केही सहयोगी हुन सक्छन्।

सम्पूर्ण नेपालको तस्विर उतार्ने सवालमा भने यो पुस्तक थोरै चुकेको छ। तराईका सन्दर्भ र प्रसंगले कम स्थान पाएका छन्भने कतैकतै बिनासन्दर्भका प्रसंगले ठाउँ पाएका छन् । त्यसैगरी ‘त’लाई ‘ट’ र डोल्पालाई डोल्पो भनेर उल्लेख गरिएको भने  बुझ्न नसकिने सन्दर्भ हो। सामान्य कमजोरीका बाबजुद कृति भने उम्दा र सफल छ।

(नेपाल साप्ताहिक पत्रीकाबाट साभार)

http://www.ekantipur.com/nepal/article/?id=2787

    फ्रान्सेली नजरमा नेपाल 

Kantipur[1]

 

1254546

(कान्तिपुर दैनिकमा प्रकाशित)

३० गुणा ठूलो भुइँचालोको पर्खाइमा

-फ्रेदेरिक पेरिय

काठमाडौ, आश्विन ३ –
Frédéric Pérrier 020

नेपालमा विसं १९९० सालमा गएको भुइँचालोको सबैले चर्चा गर्छन्, तर त्योभन्दा ठूलो भुइँचालो आउन सक्छ भन्ने कुराको विचार भने गर्दैनन् । भारतको विहार राज्यमा पनि गएको नब्बे सालको भुइँचालोले नेपालकै भक्तपुर र काठमाडौंका थुप्रै मठमन्दिर र घरहरू भत्कायो । अब त नेपालमा यति ठूलो भुइँचालो आउँदैछ कि नब्बे सालको भुइँचालो पनि सानो मानिनेछ । त्यसको कारण के हो भने हामी विसं १९९० सालको भन्दा करिब ३० गुणा ठूलो भुइँचालोको प्रतीक्ष्मा छौं । अब आउने भुइँचालोले तराईदेखि पहाडसम्म नै भयंकर क्षती पुर्‍याउनेछ । त्यसले काठमाडौं, पोखरा, विराटनगर लगायतका ठूला सहरको अवस्था के बनाउला ? यसबारे प्रशस्तै अध्ययन र तिनका आधारमा डरलाग्दा तथ्य सार्वजनिक भइसकेका छन् ।

नेपालमा एउटा ठूलो भुइँचालो आउनैपर्छ र आउँछ भन्ने हामीलाई थाहा छ, तर कहिले आउँछ ? योचाहिँ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । हुन त नेपालको इतिहासमा यस्ता भुइँचाला धेरैपटक आएका हुन् । इतिहासको अध्ययन गर्दा हामीले के पाएका छौं भने विसं २५५ मा लिच्छविकालमा पनि एउटा ठूलो भुइँचालो आएको थियो । त्यो भुइँचालो पनि नब्बे सालको भन्दा धेरै गुणा ठूलो थियो । युरोपेली पात्रोले त्यसको व्याख्या गर्छ ।

त्यस्तै २५०० वर्ष अगाडि शाक्यमुनि बुद्धको पालामा नेपालमा शक्तिशाली भुइँचालो आएको थियो । त्यो कति शक्तिशाली थियो र के-के क्षति पुर्‍यायो भन्नेबारे पत्ता लगाउन हामीले अध्ययन गरिरहेका छौं । त्यसमा हामीलाई नेपालको पुरातत्त्व विभागले सहयोग गरिरहेको छ । खासगरी हामीले लुम्बिनी क्षेत्रका पुरातात्त्विक वस्तुहरूको अध्ययन गरिरहेका छौं । त्यो थाहा पाउनु भूकम्पीय अध्ययनका लागि महत्त्वपूर्ण हुन्छ । पुरातत्त्वविद्हरूले त्यो बेला भुइँचालो आएको थियो भन्ने केही संकेतहरू पाएका छन् । इतिहासमा ती बाहेक पनि अरू ठूला भुइँचाला आएका थिए ।

किन आउँछ नेपालमा भुइँचालो ?

नेपाल विश्वको सक्रिय रूपले महादेशीय ठक्कर खाने क्षेत्रमा अवस्थित छ । त्यसैले यो हिमाली क्षेत्रमा ठूलो भुइँचालो आउने सम्भावना धेरै भएको हो । भारतीय पठारको जमिन र यसका पाप्राहरू महासागरीय माटो र पत्रहरूले बनेका छन् । यसको भित्री सतह तातो र चिप्लो पनि छ । माथिल्लो आवरणको केही भाग जसलाई भूतत्त्व पट्टीका भनिन्छ, त्यो लेदो छ । त्यही भाग एकअर्कामा घसिने र चिप्लिने गर्छ, जसले गर्दा भुइँचालो पैदा हुन्छ । ती भूतत्त्व पट्टीकाहरुले पृथ्वीको भित्री भागको गतिशीलताका कारण हलचल पैदा गर्छन् । त्यसले ड्याङजस्तो परेको महासागरीय ढिस्कोजस्तो भाग र महासागरीय सुरुङजस्तो भाग-भागमा पट्टीकाहरु निर्माण गर्न भूमिका खेल्छन् । महादेशहरू चलायमान हुन्छन् । ती चल्दा दुई महादेश चिप्लिएर नजिकिँदै जान्छन् । भित्र हुने त्यही हलचलले नै भुइँचालो पैदा गर्ने हो ।

अहिले चीन उत्तरबाट दक्षिण र भारत दक्षिणबाट उत्तरतिर सर्दै गएको छ । यसरी दुई क्षेत्र नजिकिँदै जाँदा एकदिन जम्काभेट भएर ठाकिन्छन् र भुइँचालो आउँछ । ती कुनै बेला विस्तारै ठोकिन्छन् त कुनै बेला जोडले । त्यसरी एउटा निश्चित गतिको शक्तिले धक्का दिँदा एक भाग धसिन्छ त अर्को माथि उठ्छ । कहिलेकाहीँ महादेशहरू अगाडि त बढ्छन्, तर भुइँचालो आउँदैन । ५० लाख वर्षपछि अहिलेको भारत भित्र दबिँदै गएर तिब्बती भाग माथि पर्ने क्रम चलिरहेको छ । त्यसैले नेपालको हिमाली भाग लगायत तिब्बती क्षेत्र अग्लिँदै गएको हो ।

भुइँचालो नगइकन डाँडाकाँडा र पहाड-पर्वत बन्दैनन् । त्यसैले भुइँचालो त आउँछ । फरक के भने कहिले, कहाँ, कत्रो आउँछ ? र त्यसले कति क्षति पुर्‍याउँछ ? भन्ने हो । चट्टानहरूको प्रसंग पनि त्यस्तै हो । ती हलचल गर्छन् । कहिले विस्तारै र कहिले जोडसँग ठोकिन्छन् । हिमाल त ज्वालामुखीले पनि बन्छ, तर नेपालमा ज्वालामुखीको समस्या भने अहिलेका लागि छैन ।

चिनियाँ भूभाग अर्थात् उत्तरी भाग माथि चढ्ने हुनाले हिमाल पनि चुलिँदै जान्छन् । महादेशहरूमध्ये भारत र तिब्बतको बीचमा यो सर्ने प्रक्रिया सबैभन्दा छिटो भइरहेको छ । फ्रान्सको पनि आल्पस हिमाली  भुइँचालो नआएको होइन, अहिलेचाहिँ रोकिएको छ । हुन त भुइँचालो महासागरहरूभित्र पनि आउँछ । जापान, इन्डोनेसिया र अमेरिकाको प्रशान्त महासागर तटीय क्षेत्रमा त्यस्तो भइरहेको छ । त्यो पानीमुनि भएकोले हामीले त्यति थाहा पाउँदैनौं र क्षतिपनि गर्दैन ।

यसरी सर्ने महादेश र पठारहरू तुरुन्तै ठोक्किने होइनन् । विस्तारै सर्दै गएर लाखौं वर्षको समय लाग्छ । भारत त पहिले एसिया महादेशमै थिएन । अथवा करिब २ करोड वर्ष पहिले टेथ्य भन्ने समुद्रले भारतीय महाद्विपीय पट्टिकालाई युरेसियाको पट्टिकाबाट छुट्याएको थियो । सर्दै गएर पछिमात्रै एसिया महादेशमा जोडिन आइपुगेको हो । यस्तो प्रक्रिया लाखौं वर्षसम्म चलिरहन्छ ।

सगरमाथा हराउन सक्छ

भुइँचालो आउँदा हिमाल चल्छन्, पहिरो आउँछ, उपत्यकाहरू सर्छन्, कुनै उपत्यका नै खत्तम हुन्छन्, कतै नयाँ बन्छन् त कुनै सरेर अन्तै पुग्छन् । भूदृश्य -ल्यान्डस्केप) नै बदलिन्छन् । हिमाल चल्दा कुनै उपत्यका ठडिन्छन् पनि । उदाहरण दिइहालौं, सन् २००४ मा पाकिस्तानमा आएको भुइँचालोले कतिपय उपत्यकालाई दसदेखि बीस मिटर तल झारेको थियो । अहिले सगरमाथाको उचाइ वाषिर्क चार मिलिमिटरका दरले विस्तारै अग्लिरहेको छ । कुनै दिन त्यसको उचाइ घट्दै गएर सबैभन्दा सानो हिमाल बन्न पनि सक्छ । सगरमाथा खस्कँदै जाने र ‘के टु’ ठडिँदै जाने भयो भने किन सम्भव नहुने ? तर यो तत्कालै हुने प्रक्रिया नभएर दसौं लाख वर्षको हो । हिमाल विशाल र अडिग लाग्छन्, तर वास्तवमा ती पनि घडीका सुईजस्तै चलायमान छन् ।

लाखौं वर्षको इतिहास हेर्‍यौं भने कुनै हिमाल माथि गएको त कुनै तल खस्केको पाउँछौं । करोडौं वर्ष पहिले प|mान्सको आल्पस क्षेत्रमा पनि सगरमाथाजत्तिकै अग्ला हिमाल थिए, तर पछि ती विलुप्त भए । आल्पस क्ष्ाेत्रमा हिमाल नाशिएझैं सगरमाथा पनि आठ-दस करोड वर्षपछि हराउन सक्छ । वषर्ा, हावा, वरफ, हिउँ आदिले हिमाललाई खसाल्छन् । एसिया र खासगरी हिमाली वृत्तमा भएको यो तीव्र भूकम्पीय क्रियाकलाप निरन्तर चलिरहने पर्वत रचनाक्रिया -अंग्रेजीमा- ओर्गाेजेनेसिस प्रोसेस) हो ।

तिब्बत चुलिँदो छ

हिमाली क्षेत्रमा भएको उचाइको विकास आश्चर्यलाग्दो

छ । चीनको तिब्बत क्षेत्र ५ हजार मिटरभन्दा पनि उचाइमा पुगेको छ । हिमाली क्षेत्रबाट टाढाको तिब्बत त्यसरी अग्लो हुन पुग्यो । हिमाल माथि चढेका छन्, त्यो ठीक छ, तर तिब्बत त हिमाली भागबाट निकै टाढा सिचुवान प्रान्तसम्म अग्लिएको

छ । हामीले बुझ्न नसकेको कारण नै त्यही हो । त्यसो त खुम्बुदेखि चितवनसम्मकै पहाड अग्लिँदै गएका छन् ।

अहिले विश्वव्यापी मौसम परिवर्तनको कारण पनि सोचनीय छ । त्यसले गर्दा अरू हिमालको जस्तै सगरमाथाको पनि बरफ पग्लिँदा त्यसको उचाइ पनि घट्दै जान सक्छ । तत्कालका लागि भने सगरमाथाको उचाइ चुलिँदो छ । त्यसैले सगरमाथा अहिले एभरेष्ट भन्ने मानिसले नापेको बेलामा भन्दा अग्लो भयो भनिएको हो । सगरमाथामात्रै नभएर अन्नपूर्ण, मनास्लु लगायत समय हिमाली शृङखला नै अग्लिरहेको छ ।

नेपालमा भुइँचालो एकदम धेरै आउँछ, तर सबै भुइँचालो आएको मानिसले थाहा पाउँदैनन् । साना भुइँचालो त निरन्तर आइनै रहन्छन्, तर चार रेक्टर स्केलदेखि मात्रै वस्तुहरू हल्लिने, थर्कने गर्छन् । यस्तो सानो भुइँचालो नेपालमा हप्ताको सरदर एउटा र ठूलोचाहिँ वर्षमा एउटा आउँछ । छ रेक्टर स्केल भएपछि हामी ठूलो भन्छौं, जसले घरहरू भत्काउन थाल्छ, तर त्यो पनि भयानकैचाहिँ होइन । कहिलेकाहीँ पहाड, हिमाल, जंगलतिर गएको भुइँचालो स्थानीय मानिसले थाहा नपाउन पनि सक्छन् । नेपालमा त्यस्तो भुइँचालो एकदम सक्रिय छ ।

भ्रम र यथार्थ

नेपालको सबै क्षेत्रमा एसियाको सबैजसो भागमा भुइँचालोको सम्भावना र जोखिम देखिन्छ । भूकम्पीय दृष्टिले नेपाल निकै जोखिमपूर्ण क्षेत्र हो, तर सबैभन्दा बढी भने होइन । पाकिस्तान, आसाम लगायत उत्तर-पूर्वी भारत, बर्मा, थाइल्यान्ड, जापान, इन्डोनेसियासम्म भुइँचालोको जोखिम प्रशस्त देखिन्छ । भारतीय सामुदिक भागमा पनि भुइँचालोको जोखिम छ, तर पानीभित्र भएकोले त्यसले धेरै क्षति गर्दैन । एउटा कुरा के भने ठूलो भुइँचालो गएको ठाउँमा फेरि तत्कालै अर्का ठूलो भुइँचालो आउनु दुर्लभ हो । त्यसैले अहिले एकदम ठूलो भुइँचालोको सम्भावना कि त नेपाल कि त आसामको पूर्वी भागमा छ । त्यसको कारण के पनि हो भने धेरै लामो समय भइसक्यो, यो क्षेत्रमा ठूलो भुइँचालो नआएको ।

अमेरिका लगायत अन्य ठूला र विकसित देशमा पनि प्रत्येक साठी वर्षमा ठूलो भुइँचालो आउँछ भन्ने भ्रमपूर्ण विश्वास गरिन्थ्यो । नेपालमा प्रत्येक नब्बे वर्षमा ठूलो भुइँचालो आउँछ भन्ने पनि त्यस्तै अन्धविश्वास हो । त्यसको वैज्ञानिक पुष्टि गर्ने कुनै पनि भरपर्दा आधार छैन । नेपालको मामिलामा त झन् कम जानकारी भएकोले हामीले महत्त्वपूर्ण ठानेका ठाउँमा भुइँचालोको सूचना बटुल्ने उपकरण राखेका हौं । अमेरिकीहरूले पनि केही वर्ष पहिले त्यस्तै जानकारी लिन छ महिनादेखि दुई वर्षसम्म वीरगन्जदेखि त्रिशूलीसम्म ७५ वटा उपकरण राखेका थिए ।

पृथ्वीसँगै नाच्छ उपग्रह

पृथ्वीको धरातल अलि धिमा गतिमा चलायमान हुन्छ । मानिसहरूले भुइँचालो जानुपूर्व नै वस्तुहरू यताउती चलेको पनि पाएका छन् । धरतीमा कहिलेकाहीँ त्यही ठाउँमा रूखबिरुवा हुन्छन् त कहिले हुँदैनन् । दिशा परिवर्तन भएको, कुनै चिज प्रायः भइरहेको ठाउँभन्दा अत्यन्त्रै मोडिएको, भिरालो ठाउँ अन्तै फर्किएको पनि पाइएको छ । भुइँचालो जानुपूर्व पृथ्वीको धरातलमा यस्तै खाले अनौठा परिवर्तन देखापरेपछि भुइँचालो गएको पाइन्छ । ती निरन्तर देखिएका नभए पनि मानिसहरूले पटक-पटक अवलोकन भने गरेका छन् । हामी वैज्ञानिकहरूसँग अहिलेसम्म त्यसको व्याख्या छैन र त्यसलाई अझै पनि मापन गर्नसकेका छैनौं । अहिले केही मानिसले पृथ्वीको चुम्बकीय धरातलले कतै भुइँचालोसँग सम्बन्ध पो राख्छ कि भन्ने बारेमा यथार्थ पत्ता लगाउन अध्ययन गरिरहेका छन् । त्यो पत्ता लगाउन केही भू-उपग्रहहरू पनि छोडिएका छन् । तिनले पृथ्वीको चुम्बकीय धरातलको गतिशीलताबारे खोजी गर्छन् र वस्तुहरू भुइँचालो जानुपूर्व चले-नचलेको हेर्ने गर्छन् ।

अहिले हामीलाई भुइँचालो कहाँ आउँछ ? भनेर थाहा भए पनि कसरी आउँछ र त्यसको गति पनि कति हुन्छ भन्ने थाहा छैन । त्यस्ता सबै जानकारी बटुल्नका लागि हामीले काठमाडौंको त्रिचन्द्र क्याम्पस, त्रिभुवन विश्वविद्यालय र खानी तथा भूगर्भ विभागसँग मिलेर अध्ययन गरिरहेका छौं । पच्चीसवटा भूकम्प मापकयन्त्र (सिस्मोग्राफ) नेपालका विभिन्न ठाउँमा राखेका छौं । तिनले चौबीसै घन्टा काम गरिरहेका हुन्छन् । ती यन्त्रले म्याग्नेच्युड एकदेखिको भुइँचालोको हरेक झड्कालाई रेडियो तरंगमार्फत सुर्खेत र काठमाडौं गरी दुई ठाउँमा रहेका केन्द्रमा पठाउँछन् । भुइँचालोको गति पत्ता लगाउन भू-उपग्रहको माध्यमद्वारा सूचना प्राप्त गर्ने विश्वव्यापी प्रणाली जीपीएस -ग्लोबल पोजिसनिङ सिष्टम) प्रयोग गर्छाैं। नेपालका लागि जीपीएसका सात-आठवटा केन्द्रले लगातार काम गर्छन् । यो प|mन्स र नेपालबीचको सम्भवतः सबैभन्दा पुरानो संस्थागत सहकार्य हो ।

भुइँचालोका बारेमा धेरै अध्ययनहरू हुने गर्छन् । नेपालमा हरेकपटक भुइँचालो जाँदा खानी तथा भूगर्भ विभागले कहाँ गयो, कस्तो र कत्रो गयो भनेर गृह मन्त्रालयलाई तत्कालै जानकारी दिन्छ । केही भइहालेमा उद्धारका लागि सहज होस् भनेर यसो गरिएको हो । भुइँचालो मापन गर्ने काम भने खर्चिलो छ । सिस्मोग्राफहरू बारम्बार बिगि्ररहने हुनाले तिनको मर्मत सम्भार र ती राखिएका केन्द्रहरूमा गएर निरन्तर निगरानी गरिरहनुपर्छ । त्यसबाहेक हामी अन्य अनुसन्धानका काम पनि गर्छाैं । हाम्रो एनालाइसिस डिपार्टमेन्ट एन्ड इन्भाइरोमेन्टल सर्भिलेन्स -डीएएसई) ले नेपालसँग सहकार्य गर्छ ।

हामीचाहिँ भूकम्पीय र ज्वालामुखी जोखिमको अध्ययन गर्छाैं । त्यो काम म प्राध्यापक रहेको पेरिसको जुस्यु विश्वविद्यालयको इन्स्िटच्युटले हेर्छ । नेपाल र प|mान्सबीच पच्चीस वर्षदेखि चल्दै आएको यो सहकार्यको मैले विगत दस वर्षदेखि जिम्मेवारी लिँदै आएको हुँ । कुनै साथीहरू भूगर्भ -जिओलोजी), कसैले बाँध र कसैले पानीसम्बन्धी अध्ययन गर्छन् । चट्टानको प्रकार, प्रकृति र ढाँचा सबै भुइँचालोसित सम्बन्धित हुन्छन् । सबै अध्ययन गर्न सायद हामी पर्याप्त छैनौं ।

भुइँचालो कहिले, कसरी र कस्तो तरिकाले आउँछ ? त्यसपछि के हुन्छ ? भुइँचालोलाई कसरी स्पष्टसँग बुझ्न सकिन्छ ? यस्ता अनेक प्रश्न उब्जिन्छन् । खासगरी भुइँचालोको भविष्यवाणीका लागि हामी धेरै घोत्लिने गरेका छौं । वैज्ञानिकहरू बीचका अनुभव साटासाट गर्न तथा नयाँ सम्भावनाहरूबारे पत्ता लगाउन हामी बेलाबेलामा कार्याशाला र गोष्ठीहरू पनि गर्छाैं । भुइँचालो आयो भने त्यसबारे कसरी बच्ने भनेर हामी गाउँका प्रमुख, शिक्षक तथा सर्वसाधारणलाई भेला गराएर ज्ञान पनि दिने गर्छौं ।

सावधान, अगाडि महाभूकम्प !

हामीले काठमाडौंमा भवन निर्माणबारे सतर्क गराउन लागेको दस वर्ष नाघिसक्यो, तर जुनसुकै तरिकाले पनि भवन ठड्याउने क्रम कहिल्यै रोकिएन । काठमाडौंमा भवन निर्माणको तरिका पूर्णरूपमा परिवर्तन गर्नु जरुरी छ । तर कसरी काठमाडौंका मानिसलाई बुझाउन सकिन्छ थाहा छैन । हामीले पर्खिरहेको भुइँचालो आयो भने कुनै ठाउँमा त कुनै पनि भवन बाँकी रहने छैन । ढलेका भवनले बाटो छेकेर उद्धार गर्न जाने ठाउँ पनि हुने छैन । ठमेलदेखि टेकुसम्म त सारा भवन ध्वस्तै हुनेछन् । त्यो बीचका मानिसको जीवन एकदम ठूलो जोखिममा छ । हामीले यो कुरा वषर्ाैंदेखि भन्दै आएका छौं, तर कसैले सुनेको छैन । मान्छेहरूले सात-आठ तलाभन्दा अग्ला घर ठड्याइरहेका छन् । जबकि त्यहाँ भुइँघर मात्रै बनाउनुपर्ने हो । एउटा वास्तविकता के भने अब नेपालमा आउने ठूलो भुइँचालो जताबाट आए पनि क्ष्ाति सबैतिर गर्नेछ । दस वर्षदेखि अमेरिकी प्राध्यापक रोजर बिलाँले ‘सतर्क रहनु, लौ है नेपालमा अब महाभुइँचालो आउन सक्छ’ भन्दै जनताको ध्यान तान्ने कोसिस गर्दै आएका हुन्, तर कसैले पनि टेरपुच्छर लगाएको छैन ।

भुइँचालोबाट बच्नका लागि नेपालमा भवन निर्माणका नियम, कानुन र आचारसंहिता नै नभएको पनि होइन, तर कसैले पालना गरेको छैन । अर्काे कारण के भने नेपालमा तत्कालै नगरी नहुने कामले सरकारलाई व्यस्त बनाएको

छ । भविष्यबारे सोच्ने फुर्सदै छैन । सरकारलाई हतारो त निर्वाचनको हुन्छ, किनकि निर्वाचनको निश्चितता हुन्छ, तर भुइँचालोको कुनै निश्चितता छैन ।

अर्काे कारण त भ्रष्टाचार पनि हो, तर भ्रष्टाचारमात्र एउटा कारण भने पक्कै होइन । भ्रष्टाचार त प|mान्समा पनि हुने गर्छ । प|mान्सको दक्ष्ािणमा पर्ने निशतिर सानो खाले भुइँचालो जाने गर्छ । त्यहाँ भवन तथा विमानस्थल निर्माणका लागि नियम बनाइएको थियो, तर मानिसले लागू गरेनन् । मानिसहरूले आफ्नै सुरक्षाका लागि बनाइएका कानुन त मान्दैनन् भने अरू के कुरा ? क्ष्ाति भइसकेपछि सरकारलाई दोष दिएर त काम छैन नि ! कसले दबाब दिएको छ त काठमाडौंमा गगनचुम्बी घर बनाउन ? त्यसैले सरकारलाई मात्रै दोष दिएर हुँदैन ।

मैले त काठमाडौंको बारेमा सोचेको हुँ । भुइँचालोपछिको गाउँहरूको बारेमा सोच्ने हो भने त कहाली लाग्छ । त्यहाँ उद्धारकर्मी पुग्दैनन् । भएका पनि सहर-बजारमै केन्दि्रत हुन्छन् । सडकहरू छिन्नभिन्न हुन्छन्, फोनका तार छिनेर सम्पर्कविहीन अवस्था हुनेछ । पानीका पाइप फुट्नेछन् । अस्पतालका भवन ढल्नेछन्, बाँकी रहेका अस्पतालमा पनि घाइते राख्ने ठाउँ हुने छैन । औषधीको अभाव हुनेछ, उद्धार गर्ने मानिस हुने छैनन् आदि-आदि । अनि के गर्ने ?

नेपालमा आउने महाभुइँचालोपूर्व नै हामीले सबै जानकारी लिने प्रयास गरेर भुइँचालोभन्दा अगाडि हुन खोजिरहेका छौं, तर भोलि नै आयो भने त हामी हार्छाैं । त्यसैले हरेकपटक रेडियोमा भुइँचालो गयो रे भन्ने सुन्नासाथ म झसङ्ग हुन्छु । अन्तै गएको भन्ने थाहा पाएपछि ‘ए नेपालमा होइन रहेछ, योपटक बँचियो’ भनेर अलि ढुक्क हुन्छु । सधैं यस्तो भने हुँदैन, एकदिन त्यो डरलाग्दो दिनको सामना त गर्नैपर्छ । (कान्तिपुर दैनिकमा प्रकाशित)

http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=252694

साभार :  ददि सापकोटाद्वारा लिखित ‘त्यो नेपाल’ पुस्तकबाट ।

spot-lightLaunch of ‘Tyo Nepal’

Based on the interviews of 29 French nationals who came to Nepal for different purposes, and eventually ended up forming a special bond with Nepal and the Nepali people, Tyo Nepal is a book by Dadi Sapkota, and has been published by Jagadamba Prakahsan. While the interviews were conducted in French, the book has been published in the Nepali language thus making the interesting accounts of the French nationals on the Nepal-France relationship available to the wider public here.
tyo-nepal-launch
Tyo Nepal was launched by Jean Romnicianu, Deputy Head of Mission of French Embassy in Nepal, at an event held at Le Bistrot of the Alliance Francaise. While Chairperson of Madan Puraskar Pustakalaya, Kamal Mani Dixit praised the writer for the quality of his work, and expressed his gratitude for the same, career diplomat and former Nepali Ambassador to France, Keshav Raj Jha, gave a review of the book during the event. Commenting about the book, senior editor and journalist Kanak Mani Dixit who was also present at the dais said, “Nepali people are often kept away from the works of French scholars due to the language barrier, but this book will help breach that.” He further mentioned that Tyo Nepal was a unique event in the publishing sector of Nepal.
16 February, Alliance Francaise
http://www.fridayweekly.com.np/spotlight_thumbnail.php?g_id=245898

iew “Tyo Nepal”

on July 11, 2012

– Shashi Poudel

tyo-Nepal-global-newsNEPALI NON-FICTION in Nepal has not yet achieved a critical mass, butfew books by journalists have won  accolades both in the country and outside. In recent times, Manjushree Thapa and a few others have done well. Now another work of non-fiction —Tyo Nepal (That Nepal) by Nepali journalist Dadi Sapkota  appears very refreshing. It is yet to be translated into English.

‘Tyo Nepal’ is an original work completely woven around the realities of those French citizens, who have lived and worked in Nepal over the last two to three decades. The book is based on interviews of twenty nine French people.

The author seems to want to reaffirm that the benign functionalism of bonds can easily coexist even beyond conventionally restricted relationships. Familiar as he is with both France and Nepal, interviewees’ description from Paris to Nepal and Himalaya trekking, working with Sherpas, close contact with the former Royal family, experiences of a diplomat allow  readers to experience events and places with comfortable ease.

Dadi also delineates Nepal’s milestones of the last decade with a balanced vigour which keeps the reader informed and engaged with the twists and turns of the plot. Moreover, his focus on the conflicts among community and vested political interests of different political groups necessitates knowing the ongoing struggle of Nepal’s democracy in a multi-layered way, not a monolithic frame. The way Tyo Nepal’s fate is so easily decided can be taken as symbolic of the fact that the loss of a human being is no big deal for believers in strife, like Maoists and other insensitive political participants. The book seems to nudge the reader towards disenchantment with existing institutional frameworks, although this might be a subjective interpretation by this reviewer.

The Book tries well to establish those disenchanting urges with the directionless political development in Nepal. The pain of Nepal’s democratic transition is far from over. A big gulf created by the end of monarchy — perhaps the process started even before the palace massacre — still haunts the prospects of political normalisation. Elite Nepali journalists and intellectuals enjoying recognition at international level must concentrate more actively on their crisis-ridden homeland!

http://www.theglobal.co.uk/book-review-tyo-nepal/

तीन किताब, फरक विषय र दृष्टिकोण

गोपाल गुरागाईं

मिति | २०७० मंसिर २२, शनिबार

काठमाडौ, मंसिर २१ –
koseli-kantipurबितेका पाँच वर्षमा नेपालमा धेरै किताब प्रकाशन भए र धेरैखालका मानिस लेखकका रूपमा चिनिए । व्यापार व्यवसायमा लागेका कर्ण शाक्य र विनोद चौधरीदेखि कमलरीबाट मुक्त भएर संविधानसभा सभासदसम्म भएकी शान्ता चौधरी, माओवादी सेनामा लागेका तारा राई र नवीन जिरेल, माओवादी अपहरणमा परेर १०० दिन कालकोठरीमा बिताएर निस्केका नारायण सुवेदी यस्तै नयाँ लेखक हुन् ! नयाँ लेखक र नयाँ विषयमा आएका यी पुस्तकले व्यक्ति र समाजलाई अझ व्यापकतामा हेर्न, बुझ्न त सिकाएका छन् नै नेपाली पाठकले पढाइमा नयाँ स्वाद पनि पाएका छन् ।

बितेका तीन चार वर्षमा छापिएका नेपाली किताब हेर्ने हो भने किताव लेख्नेहरूको सूचीमा उल्लेखनीय रूपले पत्रकारहरू पनि थपिएका छन् । अनि किताब लेख्न पत्रकारहरूले छानेका विषयहरू फराकिला भएका छन् । साहित्यकारको पृष्ठभूमिबाट पत्रकारितामा आएका मानिसले किताब लेख्ने चलन पुरानै हो तर पत्रकारहरूले पत्रकारिता गर्दा खोजेका तथ्य र सन्दर्भलाई किताबमा उतार्ने प्रयास पहिले लगभग हुँदैनथ्यो । तर बितेका केही वर्षमा पत्रकारितालाई नै मूल पेसा बनाएका र पत्रकारिता गर्दा बटुलेका तथ्यमा थप अनुसन्धान गरेर किताब लेख्ने चलन व्यापक हुँदै छ । सुधीर शर्मा, हरिबहादुर थापा, मोहन मैनाली, केपी ढुंगाना, सरोजराज अधिकारी, ददिराम सापकोटा केही यस्ता पत्रकार हुन् जसले पत्रकारिता गर्दा आफूले लेखेका विषयलाई आफ्ना किताबको पनि विषयवस्तु बनाएका छन् । तर, अरूले लेखेका किताबको निकै चर्चा हुने नेपालका पत्रपत्रिकामा पत्रकारले लेखेका किताबले भने पाउनुपर्ने जति चर्चा र महत्त्व पाएनन् ।

बितेका तीन वर्षमा तीनजना पत्रकारले लेखेका तीनवटा किताब एकैसाथ चर्चा गर्नलायक छन्, किनभने यी तीन किताबले नेपाललाई तीन भिन्न दृष्टिकोणले हेरेका छन् । यी तीन किताब हुन् पत्रकार सुधीर शर्माको प्रयोगशाला -२०७०), पत्रकार मोहन मैनालीको उपल्लो थलो -२०६९) र पत्रकार ददिराम सापकोटाको त्यो नेपाल -२०६८) । तीन वर्षको अन्तरालमा क्रमश पाठकसामु आएका यी तीन किताबले पत्रकारिताको शैली नछाडी तीन भिन्न दृष्टिकोण र तीन भिन्न विषय समातेका छन् । यी तीन किताबलाई एक ठाउँमा राखेर हेर्दा यी किताबले नेपालको राजनीतिक अस्थिरता, जिउनका लागि आम नेपालीले गरिरहेको संघर्ष र यो देशको विकासका बाधाहरू र प्रगतिका अपार सम्भावनाका अनेकौं आयामलाई अघि सारेका छन् । यी तीन किताबले नेपालको राजनीति, प्रशासन, संस्कृति, पर्यटन, विकासका बाधा र सम्भावना अनि आम नेपालीका सपना र चाहनालाई समग्रमा चिन्ने र बुझ्ने व्यापक र फराकिलो अवसर र दृष्टिकोण दिन्छन् ।

‘प्रयोगशाला’ नेपाली राजनीतिको उपल्लो तहमा हुने जालझेल, षड्यन्त्र र उथलपुथलमा खेल्न रमाउने शक्तिहरूको अन्तरकथा हो भने ‘उपल्लो थलो’ नेपालको पहाडी र हिमाली भेगमा बसोवास गर्ने आम मानिसले आफ्नो समाज र व्यक्तिगत जीवनलाई अघि बढाउन गरिरहेको संर्घषको गाथा हो । अनि ‘त्यो नेपाल’ चाहिँ नेपाललाई आपmनो मित्र र दोस्रो घर ठान्ने विभिन्न प|mान्सेली विद्वान् र व्यक्तित्वहरूको दृष्टि र अनुभवको संगालो हो । यी तीनवटै किताबले आम नेपालीका चासो र सरोकारलाई किताबको मूल विषय बनाएका छन् । तीनवटै किताबको संयोजन पत्रकारिताको जगमा टेकेर गरिएको छ र किताबमा पत्रकारिताको भाषालाई मज्जाले प्रयोग गरिएको छ । त्यसैले यी तीनवटै किताबले पढ्न थालेपछि पढ्ने मानिसलाई चुम्बकले झैं तान्दछन् ।

त्यो नेपाल ः फेरिँदो नेपालको तस्बिर 

‘त्यो नेपाल’ धेरै मानिसले नसुनेको र कमै मानिसले पढेको किताब हो । ७० वर्षअघि, नेपालमा सबैभन्दा पहिले ८ हजार मिटरभन्दा अग्लो हिमाल चढ्ने पर्वतारोही मोरिस हर्जोगदेखि तत्कालीन राजा वीरेन्द्रका हेलिकप्टर चालक कर्णेल पियर ल फ्लकसम्म र नेपालको भूगोल, भूकम्प, जंगल, जमिन, भाषा र संगीत अध्ययन गर्न आएकादेखि काठमाडौंमै पहिलोपल्ट होटल खोलेर बसेका रुसी नागरिक बोरिसका पाहुनासम्म हुन भ्याएका २९ जना प|mान्सेली नरनारीका नेपाल अनुभव र दृष्टिकोण ‘त्यो नेपाल’मा समावेश छन् । नेपाललाई माया गर्ने, यसैलाई दोस्रो घर ठान्ने र यो देशलाई सकेसम्म सहयोग गर्न चाहने प|mान्सेली नागरिकका तीता मीठा अनुभवले भरिएको यो किताब सत्ता र शक्तिका अनेक दाउपेचका घटना र आम मानिसका जीवनका अनेक रंगहरूले भरिएका चाखलाग्दा घटनाहरू छन् ।

हेलिकप्टर दिएर चालक पनि आफ्नै देशको मात्र पठाउने रुसीहरूले चीन चियाउन नेपाली भूमि प्रयोग गरेको, नेपाली पाइलटलाई लाइसेन्स नदिएको, प|mान्सले नेपाललाई हेलिकप्टर दिँदा बेलायत र भारतका अधिकारी रिसाएको जस्ता प|mान्सेलीका अनुभव त छन् नै, यो किताबमा राजपरिवारका कुन सदस्यको स्वभाव कस्तो थियो भन्ने कुरा पनि रमाइलो पाराले समावेश गरिएका छन् । नेपालको प्रशासनका बेथिति त किताबमा जताततै भेटिन्छन् नै, साथसाथै, पर्वतारोहण र ट्रेकिङमा जाने विदेशीलाई नेपालका प्रहरी र कर्मचारीले कसरी ठग्छन् भन्ने अनुभवहरू पनि समेटिएका छन् ।

नेपाल सरकारको अनुरोधमा पनौतीमा कृषि प्रयोगशाला खोल्न ल्याएका सामान भैरहवा भन्सारमा मट्टीतेल र सलाई कोरेर बाल्न ठिक्क पारेपछि छोडिएको, घन्टौं काठमाडौं विमानस्थलमा अध्यागमनका अधिकारीले दुःख दिएपछि आफ्नै बच्चालाई कपडाले छोपेर अब बच्चा लैजाउँ भन्दा राजाका पाइलटलाई हामीले देखेनौं लानोस् भन्दै बच्चालाई बिनाभिसा छाडिदिएका अचम्म र उदेकलाग्दा घटनाहरू यो किताबमा जताततै भेटिन्छन् । युवराज हुँदा वीरेन्द्रलाई गाई फार्ममा राखेका व्यक्तिदेखि सगरमाथाको चुचुरोमा हेलिकप्टर ओराल्ने पाइलटसम्म, अनि काठमाडौंमा भवनसंहिता लागू गर्न अनुरोध गर्दा गर्दा थाकेकादेखि माओवादी कार्यकर्ताको सोधपुछमा परेका प|mान्सेली नागरिकको अनुभव पढ्दा लाग्छ, नेपालको भाषा, संस्कृति, रहनसहन, भूगोल, भूगर्भ, हिमाल र यो देशको राजनीतिक उतारचढाव नेपालमा काम गरेर आफ्नो देश फर्केका प|mान्सेलीहरूले हामीले भन्दा बढी बुझेका छन् ।

एडमन्ड हिलारीले सगरमाथा चढ्नु ३ वर्षअघि -सन् १९५०) नै म्ाोहनशमशेर प्रधानमन्त्री हुँदा हिमाल आरोहण गर्न आएका मोरिस हर्जोगदेखि २००६ मा सगरमाथाको चुचुरोमा हेलिकप्टर बिसाएर विश्व कीर्तिमान राखेका दिदिए देलसालसम्मका अनुभव समेटिएको त्यो नेपाल पढ्दा नेपाल अति चाँडो फेरिँदै छ र नेपालीहरू पुरानो बाटो छाडेर नयाँ बाटो हिँड्न थालेका छन् भन्ने कुरा पाठकको मनमा बलवान भएर आउँछ । मोरिस हर्जोग अन्नपूर्ण जेठो चढ्न आउँदा उनकै शब्दमा ‘त्यो समयमा अंग्रेजी बोल्ने नेपाली पाइँदैनथ्यो ।’ तर सरदर २० वर्षपछि सन् २००० मा नेपाल आउँदा राजा वीरेन्द्रलाई महिना दिनसम्म आफ्नो फार्ममा राखेकी र कीर्तिनिधि बिष्टले चम्चाले खान नजानेर दुःख पाएको देखेकी आलन ल ब्रेकले नेपालीहरू निष्ठुर हुँदै गएको अनुभव गरिन् । नेपालीहरू नराम्ररी फेरिएको कुरा सुन्दा हामीलाई नराम्रो र कठोर लाग्ला, तर उनको अनुभवले भन्छ, ‘पहिला-पहिला जो कोहीलाई पनि स्वागत सत्कार गर्ने, मुसुक्क मुस्कुराउने हँसिला नेपालीहरू पछिल्लोपटक जाँदा त आफैं मुख बटार्ने र ढाड फर्काउने भएछन् ।’

नेपालमा छोटो लामो समय बिताएका, नेपाल बुझेका, नेपाल र नेपालीलाई सहयोग गर्ने र नेपाल भनेपछि हुरुक्कै हुने २९ जना प|mान्सेलीको अध्ययन, अनुसन्धान र अनुभवको आँखाले हेरेको छ यो किताबले नेपाललाई । अन्तर्वार्तामा राखिएका विभिन्न मानिससित भेटेको मिति हेर्दा यो किताब लेख्न पत्रकार ददि सापकोटाले वर्षौं कुदाकुद र रातदिन मेहनत गरेको प्रस्टै देखिन्छ । अन्तर्वार्ता लिँदा दिनेले जे जस्ता भाका र शैली बोलेका छन्, लेखकले त्यसलाई टपक्कै टिपेकोले पनि हुनुपर्छ, किताबमा शब्दको सरलता र गहनता बराबरी व्यापक छ । जगदम्बा प्रकाशनले छापेको यो किताबको न त कसैले गम्भीर चर्चा गर्‍यो, न त यस्तो किताब प्रकाशन भएको कुरा धेरै मान्छेले थाहा नै पाए । यो किताबमा ददि सापकोटाले अन्तर्वार्ता लिएका मोरिस हर्जोग गत वर्ष सय वर्षको उमेरमा बिते । सन् १९५० को दशकमा नेपालको ख्याति संसारभर पुर्‍याउने हर्जोगजस्ता धेरै मानिसका सुख र दुःखका अनुभवले भरिएका रमाइला र तीतामीठा घटना र अनुभव समेटिएको त्यो नेपालको सान्दर्भिकता भने कहिल्यै पुरानो हुने छैन ।

उपल्लो थलो ः बुढीगण्डकीको बहाव 

‘उपल्लो थलो’ पत्रकार मोहन मैनालाीले पत्रकारिताका सिलसिलामा बुढीगण्डकीको सेरोफेरो घुम्दा देखेको र भोगेको अनुभवको गाथा हो । तर यो गाथा मैनालीको कम र बुढीगण्डकीको सेरोफेरोमा बस्ने गोर्खालीको बढी हो । कतै यात्रा संस्मरण जस्तो, कतै निबन्धजस्तो, कतै खोजी पत्रकारिताजस्तो, समग्रमा कस्तो कस्तो तर घीउ खाएको जस्तो मीठो स्वादले भरिएको किताब हो ‘उपल्लो थलो’ । किताबका चार खण्डमध्ये तीन खण्ड बुढीगण्डकीको सेरोफेरोमा घुमेका छन् भने एउटा खण्ड मानसरोवर वरपर घुमेको छ । यो किताब नेपालका पहाडी र हिमाली गाउँका सुखदुःख र यस भेगका बासिन्दाको भोक, तिर्खा र त्यो भोक र तिर्खा मेटाउन र जिउनका लागि गरेका यस भेगका मानिसले गरिरहेको संघर्षहरूको गाथा हो । यस अर्थमा यो किताब खान नपाउने, आधा पेट खाएर मरिकुच्च काममा जोतिनुपर्ने, बिरामी पर्दा औषधि नपाउने र दिनदिनै चिप्ला र अक्करिला बाटामा उकाली ओराली गर्ने आम नेपालीको कथा हो । तर किताब आम नेपालीका दिनदिनका सुखदुःखमा मात्र सीमित छैन, यसमा इतिहासका तथ्य, भूगोलदेखि खगोलसम्मका चर्चा, हिमाली हावाले ओठमुख सुकाएका र चिसोले ज्यान फुलाएका आम मानिसदेखि मर्दा मर्दै बाँचेका र उद्धार गरिएका पत्रकार धु्रव बस्नेत र उनको उद्धारमा समर्पित भैरव रिसालदेखि आम मानिसका योगदान छन् । यो किताब पढ्दा पढ्ने मानिस लेखकसँगै लेक चढ्छ, उसँगै बेसी र्झछ र बुढीगण्डकीको सेरोफेरोमा बसोबास गर्ने मानिसको राजनीतिक, सांस्कृतिक, सामाजिक चेतनासित अन्तरंग साक्षात्कार गर्छ ।

किताब पढिसक्दा लाग्छ यो किताबमा त ठूलो विषय केही पनि छैन, तर सामान्य विषयहरू र सामान्य मानिंदै आएका नेपाली नागरिकका पीडा, सुखदुःख, हाँसो र खुसीका अनुभव किताबमा यति सहज र सरल तरिकाले आउँछन्, त्यो आएको र गएको सितिमिति थाहै हुँदैन । नेपालका विद्वान् र लेखकहरूले वास्ता नगरेर आजसम्म नलेखिएका मानिस र समाजका उतारचढावको सुरुचिपूर्ण बयान र व्याख्या यो कितावको विशेषता हो । नेपालको पछौटेपन र नेपालीका सुखदुःख र संघर्षलाई नेपाली आँखाले नियाल्नु यो किताबको अर्को विशेषता हो ।

तर, यो किताबको सबैभन्दा महत्त्वपूर्ण विशेषता आम मानिसका कुरा आम मानिसको भाषामा आम मानिसको मन र मुटु छुने गरी भन्नु हो । बुढीगण्डकीको पानीजस्तै किताबको भाषामा गजबको बहाव छ । सरल भाषा, सहज प्रस्तुति, सजिला शब्द र अर्थपूर्ण र बेला बेला आउने व्यंग्य भरिएका वाक्यहरूले पाठकलाई ‘उपल्लो थलो’ले यसरी बाँध्छ, जसरी लेकका चौरी र बेसीका गाईभंैसी चराउने पहाडी र हिमाली भेगका मानिस यो किताबमा बाँधिएका छन् ।

प्रयोगशाला ः जसको अन्त देखिँदैन 

पत्रकार सुधीर शर्माको ‘प्रयोगशाला’ पढेपछि किताब पढ्न र किताबको छलफलमा रमाउने मेरा एक मित्रको प्रश्न थियो ‘किताबमा भएका घटना र सन्दर्भहरू साँच्चैका हुन् त ?’ किताबले उनलाई नराम्रोसित रन्थन्याएको सजिलै बुझ्न सकिन्थ्यो । तर, ‘प्रयोगशाला’मा समावेश गरिएका दरबार,  दिल्ली, रअ, माओवादी र अरू खेलाडीबारे प्रस्तुत घटना र तथ्यहरूमा शंका उठाइरहनु पर्दैन । किनभने यो किताबका एक मुख्य पात्र, पुष्पकमल दाहालले पुस्तकको सार्वजनिक समारोहमा आफैं उपस्थित भएर बोल्दै यो किताबका घटना र तथ्यहरूलाई आधिकारिकता दिइसकेका छन् । किताबमा समावेश भएका घटना र विवरणहरू हामीले बेला बेला पत्रिकामा पढेका हौं, गाउँ र सहरका चिया पसलमा हुने गफदेखि लिएर काठमाडौंमा हुने गम्भीर र खासखुसे बैठकहरूमा सुनेका हौं । नेपाली समाजमा बेला बेला चलेका हल्ला, गफ र अफवाहका रूपमा सार्वजनिक भइसकेका घटना र विवरण प्रस्तुत गर्दा किताबको विश्वसनीयतामा शंका उठ्छ भन्ने ठानेर नै होला, लेखककले करिब ४ सय २५ पानाको पुस्तकमा २६ पाना सन्दर्भ सामग्रीको विवरण दिन खर्च गरेका छन् भनेे अन्तर्वार्ताको सूचीमा ६१ जनाको नाम प्रस्तुत गरेका छन् ।

यो पुस्तकमा लेखकले आफूलाई लेखक कम र पत्रकार बढी ठानेका छन्, र उनले भूमिकामै यो कुरालाई बडो सहज तरिकाले उल्लेख गरिदिएका छन् । त्यसैले लेखकको ध्यान सत्य र तथ्य केलाउनेमा बढी केन्दि्रत छ । विश्लेषणको काम उनले पाठकका हातमा छाडिदिएका छन् । किताबमा उल्लेखित तथ्य र घटनाहरूको विश्लेषण गर्ने काम राजनीति र समाजशास्त्रका प्राज्ञहरूको हो तर यो किताबमा त्यो समुदायको खासै रुचि देखिएको छैन । यो किताबको इमानदारीपूर्वक विश्लेषण गर्ने हो भने नेपाल र नेपालीले मुलुकलाई अघि बढाउने आफ्नो बाटो फेला पार्न सक्छन् । यस्तो विश्लेषणले नेपालको सत्ता राजनीति, भूराजनीतिक संवेदनशीलता, नेपालका राजनीतिक शक्तिहरूभित्र गुप्तचरहरूको प्रभाव, शक्तिशाली छिमेकीहरूको स्वार्थ र नेपालको कमजोर राजनीतिक नेतृत्वका विषयमा बहस हुने आशा गर्न सकिन्छ र दशकौंदेखिको अस्थिर र तरल अवस्थाबाट देशलाई अघि बढ्ने बाटो देखाउने मार्गप्रशस्त गर्न ठूलो सहयोग पुग्नेछ ।

यो पुस्तकले अरू पत्रकारले लेखेका किताबको तुलनामा धेरै चर्चा पायो । तर, लेखक कान्तिपुरको सम्पादक भएका कारण कान्तिपुरबाहेकका दैनिक पत्रिकामा यो किताबले पाउनुपर्ने जति चर्चा पाएन । किताब पढ्ने जो कसैलाई पनि घन्टौं सनन्न पार्ने तथ्यहरू आधिकारिकता साथ प्रस्तुत गरिएको यो पुस्तकको नाम किन ‘प्रयोगशाला’ राखियो भन्ने प्रश्नचाहिँ धेरैका मनमा उठेको हुनुपर्छ । प्रयोगशाला त्यो ठाउँ हो, जहाँ कुनै वस्तुको परीक्षण गरिन्छ । परीक्षण सफल भए त्यो अरू ठाउँहरूमा लागू गरिन्छ र असफल भए परीक्षण गर्ने प्रक्रियाको अन्त हुन्छ । नेपाली संक्रमणमा दिल्ली, दरबार र माओवादीबीच चलेको मुसा-बिरालाको खेलका अनेकौं घटना र

तथ्यहरू समावेश भए पनि नेपाललाई प्रयोगशाला बनाएर गरिएको यो परीक्षण नै हो भन्न पर्याप्त प्रमाण र चर्चा किताबमा पाइँदैन न त किताबले यो परीक्षण भविष्यमा कुन देशमा लागू गर्न गरिएको होला भन्ने छनक दिन्छ । त्यसमाथि नेपाललाई प्रयोगशाला बनाइएको नै हो भने यो परीक्षण सफल भयो कि असफल भन्ने संकेत पनि किताबले गर्दैन । त्यस अर्थमा किताबको नाम ‘प्रयोगशाला’ किन राखियो भन्ने मेरो मनको प्रश्नले अहिलेसम्म चित्तबुझ्दो जवाफ पाएको छैन ।

यो किताब पढिसक्दा मनमा उठ्ने अर्को महत्त्वपूर्ण प्रश्न हो- के नेपालको सार्वभौमसत्ता अहिलेसम्म हामीले भनेजस्तै र हामीले मानेजस्तै नेपाल र नेपालीकै हातमा छ त ? किताबमा उल्लेख भएका घटना, पात्र र प्रवृत्तिलाई एक ठाउँमा राखेर हेर्दा किताबले एउटा निष्कर्षमा पुग्न जोड दिन्छ । त्यो निष्कर्ष हो- नेपालको सार्वभौमसत्तालाई भारतले आफ्नो सार्वभौमसत्ताको एउटा अंश ठान्छ र भारत नेपालको सार्वभौमसत्तामा आफ्नो भाग वा अंश कति हो भन्ने कुरा निक्र्योल होस् भन्ने चाहन्छ । यदि लेखकले यही आशयका साथ किताबको नाम ‘प्रयोगशाला’ राखेका हुन् भने हामीले मान्नुपर्छ नेपाललाई प्रयोगशाला मानेर गरिंदै आएका परीक्षणहरूको सिलसिला अहिले पनि निरन्तर छ र भारतले कुनै न कुनै रूपमा नेपालमा यो प्रयोग नेपालको सार्वभौमसत्तामा आफ्नो स्वामित्वको मात्रा निर्धारण नभएसम्म गरी नै रहनेछ ।

http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=310209

एभरेस्ट हैन, सगरमाथा

मिति: Thursday,23rd May 2013 07:52 AM

  • मार्क बाता
    marc-batard-alpinist-françaisसगरमाथमा प्रदूषण भएको भन्दै विश्वभरि खुब चर्चा गरिन्छ सम्मेलन र अखबारहरूमा । तर, नेपालमा भएको वास्तविक प्रदूषण र गलत ढंगले विकास गरिएको पर्यटनबारे कहिल्यै चर्चा गरिन्न । पर्यटकहरूले खर्च गर्ने रकम गरिब मानिसहरूकहाँ पुग्दैन । त्यो सीमित संघसंस्था, एजेन्सी र व्यक्तिको हातमा पुग्छ । तर जहाँ पर्यटक जान्छन् त्यहाँ नुन, तेल, चिनी, घ्यूजस्ता हरेक वस्तुको माग बढेर झन् महँगो भएको छ पहिलेभन्दा । त्यसले गर्दा गरिबलाई झन् कठिन भएको छ । तल्लो उपत्यकातिर बस्नेले आफ्नो तौलभन्दा पनि ग¥हुँगो चामलका बोरा बोक्छन् । यी मानिसहरूले एक कौडी पनि प्रत्यक्ष वा अप्रत्यक्ष दुवै रूपमा पर्यटनबाट फाइदा पाउँदैनन् । तर पर्यटनका कारण तिनले आफूलाई नभइनहुने वस्तुको भाउ भने महँगो तिरेर झन् पीडित बन्छन् । त्यसैले ती झन् गरिब भएका छन् । त्योबारे कसैले बोल्दैन । कहीँ चर्चा गरिँदैन ।

फोहरका थुप्रो, फोहर राख्ने कन्टेनर र सगरमाथामा प्रदूषण भयो भनेर यहाँ सधैं चर्चा गरिन्छ । साँच्ची नै त्यसलाई रेडियोले उचालेको हो । किनभने पत्रकारहरूले धेरैजसो समय आफ्नो काम राम्रो गर्दैनन् । सगरमाथामा देखिने मृत शरीर, सगरमाथाको तल्लो क्याम्पमा फोहर, दक्षिण मोहडामा फोहर थुप्रियो । यो अति नै मिडियाले उरालेको हो । त्यो कुनै ठूलो प्रदूषण होइन, सामान्य हो । वनविनाशसँग तुलना गर्ने हो पनि त्यो एकदम नगण्य हो । बरु त्यसरी उराल्नु नै प्रदूषण हो ।

म अर्जेन्टिना पनि गएको थिएँ । दक्षिण अमेरिकी मुलुक । त्यो पनि एकदम सुन्दर मुलुक हो । हिमालहरू छन् त्यहाँ पनि । पर्यटनबाट आएको आम्दानी पुनः वितरण हुनुपर्छ त्यहाँ । अर्जेन्टिनामा प्रवेश शुल्क तिर्नुपर्छ । कर तिर्नुपर्छ । तर पर्यटकसँग जुन रकम मागिन्थ्यो त्यो रकम त्यहाँको वातावरण, जैविक विविधतालगायत स्थानीय स्तरका विभिन्न क्षेत्रमा प्रयोग गरिन्छ । तर नेपालमा भने त्यस्तो केही अनुभव गर्न पाइँदैन । त्यस्तो सुन्दर, त्यस्तो आकर्षक देशका जनता दुःखी देख्दा मन छुन्छ । मिडियामा सुन्दर हिमाल, आकर्षक भूदृश्य, पर्यटक हाँसेका फोटो अति राम्रो कुराबाहेक केही देखिँदैन । मलाई थाहा छ कि ट्राभल एजेन्सीहरूले धेरै कुरा बेच्छन्, प्रचारप्रसार गर्छन् । हरेक वर्ष गएका पर्यटकहरूले पनि त्यसमा वास्ता गरेको देखिँदैन । हामीले पर्यटनबाट सीधै फाइदा लिने मानिसहरू मात्रै देख्छौं । नेपाल जानेहरूले गरिबीका बारेमा वास्तै गर्दैनन् । पर्यटकहरूले प्रयोग गरिरहने बाटो वरिपरि हेर्ने हो भने मानिसहरू धनी छैनन् त ?

‘एभरेस्ट’ भन्ने शब्द नै नेपाली शब्दमाथिको हिंसा हो । किनकि सगरमाथा र छोमोलोङ्मा भन्ने शब्द पहिले नै छ नि नेपालमा आफ्नै भाषामा । किन एभरेस्ट भन्ने ? त्यो पनि त एक खालको हिंसा हो नि । अर्काको नाममा आदर नगरेर एभरेस्ट भनियो । मानिसहरूलाई सगरमाथा भन्ने नाम नै थाहा हुँदैन । अनि जहिले पनि एभरेस्ट भनेरै सिक्छन् मानिसहरू । त्यो पनि त एक खालको उपनिवेशवाद हो ।

पहिलो पटक ८ हजार मिटर चढेको मैले पाकिस्तानमा हो । गासर्वन दोस्रो । त्यहाँ १४ वटा चुचुरा छन् ८ हजार मिटर अग्ला । मैले चढेको १३ औं थियो । सगरमाथाचाहिँ मैले १९८८ र १९९० मा गरेर दुई पटक चढें । सगरमाथाभन्दा पहिले सुन्दर शेर्पा भन्ने आरोहणका क्षेत्रमा प्रसिद्ध व्यक्तिसँग धौलागिरि हिमाल चढें । मिसेल मेजगेयर भन्ने एक जना दन्त चिकित्सकले गरे मैले भन्दा पहिले अक्सिजनबिना सगरमाथाको आरोहण । र, उनै बने अक्सिजनबिना सगरमाथा चढ्ने पहिलो फ्रान्सेली । मभन्दा आधा घण्टा मात्रै पहिले पुगेका थिए उनी चुचुरोमा । उनी अन्य मानिसहरूझैं तीन दिनमा पुगेका थिए । मचाहिँ २४ घण्टाभन्दा कम्ती समयमा । तैपनि मचाहिँ प्रतिस्पर्धा गर्न हिमाल जाने गर्दिनँ ।

मैले सगरमाथा चढ्नुको कारण परिवर्तनका लागि पनि हो । किनकि अधिकांश मानिस अक्सिजन लगाएर चढ्छन् । उनीहरू टन्न अक्सिजन लगाएर सगरमाथाको टुप्पोमा पुग्न असाध्यै रुचाउँछन् । त्यो भनेको छल गर्नु हो । किनभने कृत्रिम अक्सिजन लगाएर सगरमाथा चढ्नु भनेको प्रकृतिलाई छल्नु हो । त्यसरी गर्नु सगरमाथाको वास्तविक आरोहण होइन । अक्सिजनबिना गर्नु भनेको पूर्ण रूपमा फरक कुरा हो । विश्व कीर्तिमान बनाउने शेर्पाहरूले अक्सिजनबिना नै चढेका छन् । एलिजाबेथ होलीले गर्छिन् सबै आरोहणको तालिका व्यवस्थापन । उनले भने अक्सिजन लगाएर गरेको आरोहणलाई पनि मान्यता दिएकी छन् । आप्पा शेर्पा आफैंले पनि अक्सिजनसहित सगरमाथा चढ्ने शेर्पालाई मान्यता दिएका छन् ।

सगरमाथा र मकालु हिमालहरू चढ्न जानेहरूको सोचाइ र चाहना दुई–तीन दशकअगाडिको जस्तो चाहिँ अहिले रहेन । त्यति बेला भित्रैदेखि चाहना हुन्थ्यो । अहिलेचाहिँ कुनै न कुनै दबाब परेर गरेजस्तो । शिखरमा जसरी पनि पुग्नैपर्ने, प्रतिस्पर्धा गर्नुपर्ने जस्ता कारणले धेरै पर्वतारोही पुग्ने गरेका छन् शिखरमा । उनीहरूलाई शेर्पा, गुरुङ, तामाङ, नेपाली जो पर्वतारोहण गराउँछन्, तिनले नै टुप्पोमा पु¥याइदिन्छन् जबर्जस्ती गरेर भए पनि । कसैले पर्वतारोहण २०÷३० वर्षपहिलेको जस्तो शुद्ध सोख र आन्नदका रुपमा रहेन अहिले ।

सगरमाथा चढेपछि मानिसहरूले धेरै चर्चा गर्छन् । धेरै प्रचारप्रसार हुन्छ । मानिसहरूले कुरा सुन्छन् । सगरमाथा भनेको सबैभन्दा अग्लो हो । झन् बिनाअक्सिजन चढ्दा त के टु हिमाल र सगरमाथा गर्दा २ सय मिटरले पनि निकै फरक पर्छ । बिनाअक्सिजन २ सय मिटर माथि चढ्नु पनि निकै कठिन कुरा हो । यो उचाइमा धेरै कठिन हुन्छ अक्सिजन नलिनेका लागि ।

अहिलेसम्म करिब ६ हजार मानिसले सगरमाथा चढिसकेका छन्, तर अक्सिजनबिना चढ्नेहरू तीन सय पनि छैनन् । सगरमाथा आरोहण गर्ने कठिनाइ त्यही हो अक्सिजनबिना । अक्सिजन लिएर त अर्थ छैन ।

खास गरी सगरमाथाको चुचुरो पुग्नुचाहिँ साह्रै विचित्रकै हो । नेपालतिरबाट सगरमाथा चढ्नु खतरा हो, तर तिब्बततिरबाट बढी सम्भावना र कम जोखिम हुन्छ । किनभने त्यताबाट चढ्दा हिमपहिरोको खतरा कम छ । जबकि नेपालतिरबाट चढ्दा नुप्से र ल्होत्से हिमालीबाट पनि हिमपहिरो आउँछ । सगरमाथाबाट खस्ने त छँदै छ ।

प्राविधिक रूपमा सबैभन्दा अप्ठयारो ठाउँ भनेको हिलारी मार्ग हो । त्यो २५ मिटर छ । दक्षिण मोहडाको त्यही भिरालो भाग हो मुस्किल । यो एकदम भिरालो परेको छ । चट्टानहरू तरिकाबद्ध रूपमै शरीरजस्तो एक ढिक्का भएर बसेका छन् । चुचुरोमा पुग्ने बेलानिरको त्यही हो सबैभन्दा गाह्रो बाटो । त्यसमा डोरीहरू टाँगिएका हुन्छन् चढेर उक्लनका लागि ।

दर्जनौं पटक सगरमाथा चढ्नेहरू पेसागत मानिस हुन् । हिमाल चढ्नु तिनको पेसा हो । सगरमाथा चढेको शेर्पा फेरि सगरमाथा चढ्नका लागि आबद्ध हुन्छ कुनै आरोहण समूहमा । त्यो कारण के भने सगरमाथाबारे ऊ राम्रो जान्दछ । ती मानिसहरूका बीचमा पनि निश्चत खालको प्रतिस्पर्धा हुन्छ । तिनले कतिपटक आरोहण गरे भन्ने आधारमा । अधिकांशले शेर्पाहरूको ख्याल गर्दैन, जसले ४५ पटक सगरमाथा चढिसकेका छन् ।

नेपाल र अन्यत्रका हिमालमा पनि आरोहणकर्ताहरूको अनुभवको कमीले गर्दा थुप्रै दुर्घटना हुने गरेको छ, जसमा कुनै पनि अनुभव छैन । त्यस्ता बेअनुभवी आरोहणकर्ताहरू हिमाल चढ्न आएपछि तिनले नेपाली सहयोगीहरूलाई जोखिममा पार्छन् । केही वर्षदेखि नेपालको सरकारले के थाहा पायो भने कतिपय मानिस अनुभवबिना पनि हिमाल आरोहण गर्न आउँछन् । त्यो बेलादेखि सरकारले को अनुभवी छ र को छैन भनेर नियन्त्रण गर्न थाल्यो । उनीहरूले कतिपटक गरे आरोहण सोध्ने गर्छन् । के–कति अनुभव सोध्छन् । कहाँ–कहाँ गए सूची माग्छन् । सम्बन्धित देशको जिम्मेवार निकायले दिएको प्रमाणपत्रसहित ।

जति लामो समयदेखिको चाहना भए पनि चुचुरोमा पुगेपछि खासै सोच्न भ्याइने रहेनछ । किनभने चुचुरोमा पुगेर मात्रै भएन । पुग्नासाथै अब झर्नुपर्छ भन्ने सोचाइले पिरोल्न थालिहाल्छ । कसरी ओर्लने भनेर सतर्क हुन थाल्नुप¥यो । चुचुरोमा पुगेपछि एक खालको छुट्कारा पाएको हल्का अनुभव त हुन्छ । फोटोसोटो खिचिन्छ, तर साँचो आन्नद, खुसी प्राप्त भइसकेको हुँदैन । वास्तविक खुसी र आन्नद त जीवित फर्किएपछि बल्ल हुन्छ । सबै हात, औंला, गोडा कुनै नगुमाई आरामले फर्किएपछि । चुचुरोमा पुगुन्जेलका लागि मात्रै होइन । खुसी र आन्नद त जीवनभरिका लागि हो । माथि चढ्न जति खतरा हो त्यति नै खतरा ओर्लंदा पनि हो । साँचो विजय त एडमन्ड हिलारीले भनेजस्तो चढेर जीवितै फर्किएपछिको हो । जुनसुकै चुचुरोमा पुगे पनि जीवितै फर्किन सकेन भने वास्तविक आरोहण भएन ।

( फ्रान्सेली आरोही बाताको अनुभव ददि सापकोटाद्वारा लिखित त्यो नेपालबाट सम्पादनसहित साभार )

http://karobardaily.com/news/2013/05/%E0%A4%8F%E0%A4%AD%E0%A4%B0%E0%A5%87%E0%A4%B8%E0%A5%8D%E0%A4%9F-%E0%A4%B9%E0%A5%88%E0%A4%A8-%E0%A4%B8%E0%A4%97%E0%A4%B0%E0%A4%AE%E0%A4%BE%E0%A4%A5%E0%A4%BE

नेपालमा ९० सालभन्दा ३० गुणा ठूलो भूकम्पको खतरा

Naya Patrika 11/07/2009 06:32:00

uploads_earthquake_nepal_378649633

विसं १९९० मा नेपालमा गएको महाभूकम्पको चर्चा सबै गर्छन् । तर, नेपालमा अब यति ठूलो भूकम्प जाँदै छ कि ९० सालको भूकम्प निकै सानो हुनेछ । किनकि, हामी ९० सालको भन्दा करिब ३० गुणा बढी क्षति गराउने महाभूकम्पको प्रतीक्षामा छौँ । त्यस भूकम्पले तराईदेखि पहाडसम्म भयंकर क्षति पुर्‍याउनेछ । ९० सालको भूकम्पले भक्तपुर र काठमाडौंका थुप्रै मठमन्दिर र घरहरू भत्काएको थियो । त्यति बेला भारतको बिहार राज्यमा पनि गएको त्यस भूकम्पभन्दा ३० गुणा बढी क्षति गराउने अबको महाभूकम्पले नेपालको कुन हालत बनाउला ? त्यसले काठमाडौं, पोखरा, विराटनगरलगायत ठूला सहरको अवस्था कस्तो बनाउला भन्ने सम्बन्धमा प्रशस्तै अध्ययन भइसकेका छन् । तिनले डरलाग्दा तथ्यहरू सार्वजनिक गरेका छन् ।

हामीलाई एउटा ठूलो भूकम्प जानैपर्छ र जान्छ भन्नेसम्म थाहा छ, तर कहिले जान्छ भन्नेचाहिँ अहिलेसम्म पत्ता लगाउन सकिएका छैन । नेपालको इतिहासमा यस्ता भूकम्प धेरैपटक गएका छन् । लिच्छविकालमा संवत् २५५ मा ९० सालको भन्दा धेरै गुणा ठूलो भूकम्प गएको थियो । युरोपेली पात्रोले त्यसको व्याख्या गर्छ । त्यस्तै, २५०० वर्ष अगाडि शाक्यमुनि बुद्धका पालामा पनि नेपालमा विशाल भूकम्प गएको थियो । तर, त्यो भूकम्प कस्तो थियो र के-के भयो भन्ने जानकारी पाइसकिएको छैन । त्यस भूकम्पबारे जान्न हामी नेपालको पुरातत्त्व विभागको सहयोगमा पुरातात्त्विक वस्तुको अध्ययन गरिरहेका छौँ— खासगरी, लुम्बिनी क्षेत्रका पुरातात्त्विक वस्तुका । पुरातत्वविद्हरूले त्यसबेला भूकम्प गएको थियो भन्ने केही संकेत पाएका छन्, जो भूकम्पीय अध्ययनका लागि महत्त्वपूर्ण छन् ।

किन जान्छ त नेपालमा भूकम्प ?

नेपाल सक्रिय रूपले महादेशीय ठक्कर खाने क्षेत्रमा अवस्थित छ । त्यसैले यस हिमाली देशमा ठूलो भूकम्प जाने सम्भावना रहेको हो । भारतीय पठारको जमिनका पाप्राहरूको बनोट महासागरीय माटो र पत्रले बनेको छ । भित्री सतह तातो र चिप्लो छ । माथिल्लो आवरणको केही भाग जसलाई भूतत्त्व-पट्टिका (टेक्टोनिक प्लेट) भनिन्छ, यो लेदो परेको छ । त्यही भाग घसि्रने र चिप्लिने गर्दार् भूकम्प पैदा हुन्छ । ती भूतत्त्व-पट्टिकाहरू पृथ्वीको भित्री भागको गतिशीलताका कारण हलचल गर्छन् । यस हलचलले ड्याङजस्तो परेको महासागरीय ढिस्को (ओसियानिक रिजेज) र महासागरीय सुरुङ भाग (ओसेयानिक टे्रन्चेज) मा पट्टिकाहरू निर्माण गर्न भूमिका खेल्छ । महादेशहरू चलायमान हुन्छन् । ती चल्दा दुई महादेश चिप्लिएर नजिकिँदै जान्छन् । भित्र हुने त्यही हलचलले भूकम्प पैदा गर्ने हो ।

अहिले भारत र चीनको स्वशासित प्रदेश तिब्बत वाषिर्क पाँच सेमीका दरले अगाडि बढिरहेका छन् विपरीत दिशातर्फ । यसो हुँदा पृथ्वीका पत्रहरू सरेर माथिल्लो तहमा चिरा पर्ने र चट्टानहरू धकेलिने गर्छन् । झट्ट सुन्दा यो दुई सेमी थोरैजस्तो लागे पनि धेरै हो । चीन उत्तरबाट दक्षिण र भारत दक्षिणबाट उत्तरतिर सर्दै गएको छ । दुई क्षेत्र यसरी नजिँकिदै जाँदा एक दिन जम्काभेट भएर ठोकिन्छन् । त्यही बेला भूकम्प जान्छ । ती कुनै बेला बिस्तारै ठोकिन्छन्, त कुनैबेला जोडले । यसरी एउटा निश्चित गतिको शक्तिले धक्का दिँदा एक भाग धसिन्छ त अर्को माथि उठ्छ । कहिलेकाहीँ चाहिँ महादेशहरू अगाडि त बढ्छन् तर भूकम्प जाँदैन । ५० लाख वर्षपछि अहिले भारतभित्र दबिँदै गएर तिब्बती भाग माथि पर्नेछ । त्यसैले नेपालको हिमाली भागलगायत तिब्बती क्षेत्र अग्लिँदै गएको हो ।

भूकम्प नगई डाँडाकाँडा र पहाडपर्वत बन्दैनन् । त्यसैले, भूकम्प जानु जरुरी छ । प्रश्न कहिले, कहाँ, कत्रो जान्छ र कति क्षति पुर्‍याउँछ भन्ने हो । हिमाल/पहाड बन्ने अर्को कारण ज्वालामुखी पनि हो । तर, नेपालमा ज्वालामुखीको समस्या भने अहिलेका लागि छैन ।

चिनियाँ भूभाग अर्थात् उत्तरी भाग माथि चढ्ने हुनाले हिमाल पनि चुलिँदै जान्छन् । भारत र तिब्बतका बीचमा भइरहेको यो सर्ने प्रक्रिया सबैभन्दा छिटो भइरहको छ । फ्रान्सको पनि हिमाली (आल्पस) क्षेत्रमा भूकम्प नगएको होइन । अहिलेचाहिँ रोकिएको छ त्यस क्षेत्रमा । जान त भूकम्प महासागरभित्र पनि जान्छन् । जापान, इन्डोनेसिया र अमेरिकाको प्रशान्त महासागरवरिपरिको पानीमुनि त्यस्तो भइरहेको छ । पानीमुनि गएको भूकम्प हामी त्यति थाहा पाउँदैनौँ र त्यसले त्यति क्षति पनि गर्दैन ।

महादेश र पठार तुरुन्तै ठोकिने होइनन् । बिस्तारै सर्दै गएर लाखौँ वर्षको समय लाग्छ ठोक्किन । भारत त पहिले एसिया महादेशमै थिएन । करिब दुई करोड वर्षपहिले टेथ्य भनिने समुद्रले भारतीय महाद्वीपीय-कपट्टिका (कन्टिनेन्टल प्लेट) लाई युरासियाको पट्टिकाबाट छुट्टयाएको थियो । यसैगरी सर्दै गएर पछि मात्रै एसिया महादेशमा जोडिन आइपुगेको हो भारत ।

हराउन सक्छ सगरमाथा पनि

भूकम्प जाँदा हिमाल चल्छन् । पहिरो जान्छ । उपत्यका सर्छन् । कुनै उपत्यका त नामेट नै हुन्छन् । नयाँ उपत्यका जन्मिन्छन् । भूदृश्य (ल्यान्ड्स्केप) बदलिन्छन् । सन् २००४ मा पाकिस्तानमा गएको भूकम्पले केही उपत्यकालाई १० देखि २० मिटर तल झारेको थियो ।

अहिले सगरमाथा बिस्तारै अग्लिरहेको छ । कुनै दिन त्यसको उचाइ घट्दै गएर सबैभन्दा पुड्को हिमाल पनि बन्न सक्छ । सगरमाथा धसिँदै र के टु ठडिँदै जाने भयो भने किन सम्भव नहुने ? तर, यो तत्कालै हुने प्रक्रिया नभएर दसौँ लाख वर्षको प्रक्रिया हो । हिमाल विशाल र अडिग लाग्छन् । तर, ती पनि घडीका सुईजस्तै चलमल गर्छन् । धरती नै चलायमान भएपछि यहाँका हरेक वस्तु चलायमान हुने नै भए ।

लाखौँ वर्षको इतिहास हेर्‍यौँ भने कुनै हिमाल माथि गएको त कुनै तल खस्केको पाउँछौँ । हामीले के अनुमान गरेका छौँ भने करिब एक करोड ५० लाख वर्षपहिले फ्रान्सको आल्पस क्षेत्रमा पनि सगरमाथा जत्तिकै अग्ला हिमाल थिए । तर, ती पछि विलुप्त भए । आल्पस क्षेत्रमा हिमाल नासिएझैँ सगरमाथा पनि आठ/दस करोड वर्षपछि त्यसैगरी हराउन सक्छ । एसिया र खासगरी हिमाली वृत्तमा भएको यो तीव्र भूकम्पीय क्रियाकलाप निरन्तर चलिरहने पर्वत रचनाक्रिया (ओर्गोजेनेसिस प्रोसेस) हो ।

तिब्बत चुलिँदा वैज्ञानिक आश्चर्य

चीनको स्वशासित क्षेत्र तिब्बत पाँच हजार मिटरभन्दा पनि बढी उचाइमा पुगेको छ । यसको कारण यही हो भन्न सकिने अवस्था छैन । हिमाली क्षेत्रबाट टाढाको तिब्बत त्यसरी अग्लो हुन पुग्यो । हिमाली भागबाट निकै टाढा तिब्बतका सिँचुवान राज्य पनि अग्लिइरहेको छ । हामीले बुझ्न नसकेको कुरा नै यही हो ।

खुम्बुदेखि चितवनसम्मका पहाडले उचाइ लिइरहेका छन् । प्रतिवर्ष ती दुई सेमिका दरले अग्लिइरहेका छन् जुन निकै धेरै हो । हिमाली क्षेत्रमा भएको उचाइको वृद्धि आश्चर्यजनक छ ।
विश्वव्यापी मौसम-परिवर्तन पनि यौटा कारण हुनसक्छ । मौसम-परिवर्तनका कारण सगरमाथाको बरफ पग्लिन्छ । बरफ पग्लिँदा त्यसको उचाइ घट्दै जानसक्छ । हाललाई भने सगरमाथाको उचाइ चुलिँदो छ । त्यसैले सगरमाथा अहिले, जर्ज एभरेस्टले नापेको बेलामा भन्दा अग्लो भयो भनिएको हो । हामीले के अनुमान गरेका छौँ भने सगरमाथा अहिले वाषिर्क चार मिलिमिटरका दरले चुलिँदै गएको छ । सगरमाथा मात्रै नभएर अन्नपूर्ण, मनास्लुलगायत समग्र हिमाली शृंखला नै अग्लिइरहेको छ ।

नेपालमा एकदम धेरै जान्छन् भूकम्प । साना भूकम्प त निरन्तर गई नै रहन्छन् । तर, चार म्याग्निच्युडदेखि मात्रै वस्तुहरू हल्लने र थर्कने गर्छन् । साना भूकम्प हप्ताको सरदर एउटा र ठूलोचाहिँ वर्षमा एउटा जान्छ नेपालमा । ६ म्याग्निच्युडको भूकम्पलाई हामी ठूलो भन्छौँ, किनभने यसले घरहरू भत्काउन थाल्छ । तर, सबै भूकम्प जाँदा मानिसले चाल पाउँदैनन् । पहाड, हिमाल, जंगलतिर गएका भूकम्प स्थानीय मानिसले थाहा नपाउन सक्छन् । यस्ता भूकम्प धेरै जान्छन् नेपालमा ।

भ्रम यथार्थ

नेपालका सबै सीमाक्षेत्र र एसियाका सबैजसो भागमा भूकम्पीय सम्भावना र जोखिम देखिन्छ । नेपाल निकै भूकम्पीय जोखिम भएको क्षेत्र हो । तर, कतिपयले भन्नेगरेजस्तो सबैभन्दा बढी भूकम्पीय जोखिम भएको क्षेत्र भने होइन । पाकिस्तान, भारतको आसामलगायत पूर्वी र उत्तरी भाग, बर्मा, थाइल्यान्ड, जापान, इन्डोनेसियालगायतका देशमा भूकम्पको जोखिम प्रशस्त देखिन्छ । भारतीय सामुदि्रक भागमा पनि धेरै सम्भावना छ, तर पानीभित्र भूकम्प जाने भएकाले धेरै क्षति हुँदैन ।

ठूलो भूकम्प गएको ठाउँमा फेरि तत्कालै अर्को ठूलो भूकम्प जानु दुर्लभ हो । त्यसैले, अहिले एकदम ठूलो भूकम्पको सम्भावना नेपाल र आसामको पूर्वी भागमा छ । यसको कारण के पनि हो भने धेरै लामो समय भइसक्यो आसाममा ठूलो भूकम्प नगएको ।
भूकम्पबारे अमेरिकालगायत अन्य ठूला र विकसित देशमा पनि प्रत्येक ६० वर्षमा ठूलो भूकम्प जान्छ भन्ने विश्वास थियो, नेपालमा प्रत्येक ९० वर्षमा ठूलो भूकम्प जान्छ भन्ने विश्वास भएझैँ । यो सत्य होइन । यसको वैज्ञानिक पुष्टि गर्ने कुनै पनि आधार छैन । अझ ह्वेल माछाले पृथ्वीलाई थामेर बसेको छ र त्यसले काँध फेर्दा पृथ्वी हल्लिन्छ, देउता रिसाएर भूकम्प जान्छ भन्ने कथन त पक्का हावादारी हुन् ।

भूकम्प एकैखाले हुँदेनन् । कुनै साना त कुनै ठूला हुन्छन् । कुनै पृथ्वीको धेरैभित्र जान्छन् त कुनै अलि बाहिर । कुनै बांगोटिंगो भएर जान्छन्, त कुनै सीधा । हामीले तिनलाई अवलोकन गर्न सकेका छैनौँ । नेपालका सन्दर्भमा त झन् कम जानकारी छन् हामीसँग । भूकम्पसम्बन्धी जानकारी बढी हासिल गर्न हामीले महत्त्वपूर्ण ठानेका ठाउँमा भूकम्पको सूचना बटुल्ने उपकरण राखेका छौँ । केही वर्षपहिले अमेरिकीले पनि त्यस्तै जानकारी लिन वीरगन्जदेखि त्रिशूलीसम्म ६ महिनादेखि दुई वर्षसम्म ७५ वटा उपकरण राखेका थिए ।

पृथ्वीसँगै नाच्छ उपग्रह

पृथ्वीको धरातल धिमा गतिमा चलायमान हुन्छ । मानिसले भने भूकम्प जानुपूर्व वस्तुहरू यताउति चलेका महसुस गरेका छन् । कुनै चिज प्रायः भइरहेको ठाउँभन्दा अन्यत्रै मोडिएको पाइएका छन् । भिरालो ठाउँ अन्तै फर्किएको देखिएको छ । भूकम्प जानुपूर्व पृथ्वीको धरातलमा यस्तैखाले अनौठा परिवर्तन देखापरेपछि भूकम्प गएको थाहा पाइन्छ । तर, हामी वैज्ञानिकहरूले त्यसलाई अझै पनि मापन गर्न सकेका छैनौँ । ती निरन्तर देखिएका पनि छैनन् । अवलोकन भने पटक-पटक गरेका छन् मानिसहरूले । हामीसँग अहिलेसम्म त्यसको चित्तबुझ्दो व्याख्या छैन । अहिले केही वैज्ञानिक पृथ्वीको चुम्बकीय धरातल भूकम्पसँग सम्बन्धित भए/नभएको यथार्थ पत्ता लगाउन अध्ययन गरिरहेका छन् । त्यसका लागि केही भूउपग्रह पनि छाडिएका छन् । एउटा फ्रान्सेली र एउटा रुसी भूउपग्रह छाडिएका छन् । यिनले पृथ्वीको चुम्बकीय धरातलको चलायमानबारे खोजी गर्छन् । र, भूकम्प जानुपूर्व वस्तुहरू चले/नचलेको पनि हेर्छन् ।

अहिले हामीलाई भूकम्प कहाँ जान्छ भन्ने थाहा भए पनि कसरी र कहिले जान्छ भन्ने थाहा छैन । भूकम्पसम्बन्धी जानकारी बटुल्नका लागि हामीले काठमाडौंको त्रिचन्द्र क्याम्पस, त्रिभुवन विश्वविद्यालय र खानी तथा भूगर्भ विभागसँग मिलेर अध्ययन गरिरहेका छाँ । नेपालका विभिन्न ठाउँमा भूकम्पीय चहलपहललाई मापन गर्ने यन्त्र (सिस्म्रोग्राफ) २५ वटा राखेका छौँ । तिनले २४ सै घन्टा नरोकिईकन काम गरिरहेका हुन्छन् । ती मेसिनले म्याग्निच्युड एकदेखिको भूकम्पको हरेक झड्कालाई केन्द्रमा पठाउँछन् रेडियो तरंगमार्फत । तर, हामीले चाहिँ महसुस गर्न सक्दैनौँ । त्यस्ता केन्द्र सुर्खेत र काठमाडौं गरी दुईवटा छन् । भूकम्पको गति पत्ता लगाउन भूउपग्रहको माध्यमद्वारा जिपिएस प्रयोग गर्छां जुन नयाँ प्रविधि हो । जिपिएसका सात/आठवटा केन्द्रले लगातार काम गर्छन् नेपालका लागि । यो फ्रान्स र नेपालबीचको सम्भवतः सबैभन्दा पुरानो संस्थागत सहकार्य हो ।

भूकम्पका बारेमा धेरै अध्ययन हुने गर्छन् । नेपालमा हरेकपटक भूकम्प जाँदा खानी तथा भूगर्भ विभागले कहाँ गयो, कस्तो र कत्रो गयो भनेर गृह मन्त्रालयलाई तत्कालै जानकारी दिन्छ ताकि उद्धारकार्य सहज होस् । भूकम्प मापन गर्ने काम खर्चिलो छ । सिस्मोग्राफहरू बारम्बार बिगि्ररहने हुनाले तिनको मर्मत सम्भार गरिरहनुपर्छ । ती राखिएका केन्द्रमा गएर निरन्तर निगरानी पनि गर्नैपर्‍यो । त्यसबाहेक हामी अन्य अनुसन्धानका काम पनि गर्छौं । हाम्रो एनालाइसिस डिपार्टमेन्ट एन्ड इन्भाइरोमेन्टल सर्भिलियन्स (डिएएसई)ले सहकार्य गर्छ नेपालसँग ।

भूकम्प कहिले, कसरी र कस्तो तरिकाले जाला ? गएपछि के हुन्छ ? हामीले कहिलेसम्म पर्खिनुपर्ला ठूलो भूकम्प ? भूकम्पलाई कसरी स्पष्ट बुझ्न सकिन्छ ? भूकम्पको भविष्यवाणी गर्न हामी धेरै घोत्लिने गरेका छौँ । भूकम्प गयो भने कसरी बाँच्ने भनेर हामी गाउँलेलाई भेला गराएर ज्ञान पनि दिने गर्छौं ।

लौ है सतर्क रहनू !

हामीले काठमाडौंमा भवन निर्माणबारे सतर्क गराउन थालेको दस वर्ष भइसक्यो । तर, जुनसुकै तरिकाले पनि भवन ठड्याउने क्रम चलिनैरहेको छ । काठमाडौंमा भवन निर्माणको तरिका पूर्णरूपमा परिवर्तन गर्नु जरुरी छ । तर, काठमाडौंका मानिसलाई त्यसबारे बुझाउन सकिएको छैन । हामीले पर्खिरहेको भूकम्प गयो भने काठमाडौंका केही ठाउँमा त कुनै पनि भवन बाँकी रहने छैनन् । ढलेका भवनले बाटो छेकेर उद्धार गर्न जाने ठाउँ पनि हुने छैन । ठमेलदेखि टेकुसम्म त सारा भवन ध्वस्तै हुनेछन् । त्यस क्षेत्रका मानिसका जीवन असाध्यै जोखिममा छ । हामीले यो कुरा वर्षौंदेखि भन्दै आएको हो । तर, कसैले सुनेका छैनन् । एक/दुई गर्दागर्दै साततलेसम्म घर ठड्याएका छन् मानिसहरूले, जब कि त्यहाँ भुइँतले घर मात्रै बनाउनुपर्छ । एउटा वास्तविकता के हो भने अब नेपालमा जाने ठूलो भूकम्प जताबाट गए पनि सबैतिर क्षति गर्नेछ ।

यही वेलामा जान्छ भन्न त कठिन छ, तर एक/दुई वर्षपछि हामी महाभूकम्प जान सक्ने सम्भावनातिर अगाडि बढ्छौँ र त्यो नयाँ कुरा पनि होइन । किनभने दस वर्षदेखि अमेरिकी प्राध्यापक रोजर बिलाँले ‘सतर्क रहनू, लौ है नेपालमा अब महाभूकम्प जान सक्छ’ भन्दै जनताको ध्यान तान्ने कोसिस गर्दै आएका हुन्, तर कसैले पनि टेर-पुच्छर लगाएको छैन ।

नेपालमा भवन निर्माणका नियम कानुन र आचारसंहिता नै नभएको भने होइन । तर, कसैले सम्मान गरेको छैन । अर्को कारण के भने नेपालमा तत्कालै नगरी नहुने कामले सरकारलाई व्यस्त बनाएको छ । भविष्यबारे सोच्ने फुर्सद नै छैन । सरकारलाई हतारो त निर्वाचनको हुन्छ । किनभने निर्वाचनको निश्चितता हुन्छ, तर भूकम्पको हुँदैन ।

अर्को कारण त भ्रष्टाचार पनि हो । तर, सबै कारण भ्रष्टाचार भने पक्कै होइन । भ्रष्टाचार त फ्रान्समा पनि हुने गर्छ । फ्रान्सको दक्षिणमा पर्ने निस भन्ने भागतिर सानाखाले भूकम्प जाने गर्छन् । त्यहाँ भवन तथा विमानस्थल निर्माणका लागि नियम बनाइएको थियो । तर, मानिसले पालना गरेनन् । मानिस आफ्नै हितका लागि बनाएका कानुन पनि मान्दैनन् । अनि क्षति भइसकेपछि सरकारलाई दोष दिन्छन् । कसले दबाब दिएको छ र काठमाडौंमा ६ तले घर बनाउन ? सरकारलाई मात्रै दोष दिने ?

मैले त काठमाडौंको बारेमा सोचेको छु । गाउँको बारेमा सोच्ने हो भने त झन् कहाली लाग्छ । उद्धारकर्मी पुग्दैनन् । भएका पनि सहर-बजारमै केन्दि्रत हुन्छन् । सडकहरू छिन्न-भिन्न भएका हुन्छन् । फोनका तार छिनेर गाउँ पूरै सम्पर्कविहीन हुन्छ । पानीका पाइप फुट्छन् । अस्पताल भवन ढल्छन् । भएका ठाउँमा पनि घाइते राख्ने ठाउँ हुँदैन । औषधिको अभाव हुन्छ । उद्धार गर्ने मानिस हुँदैनन् । अनि के गर्ने ? नेपालमा जाने महाभूकम्पपूर्व नै हामी सबै जानकारी लिने प्रयास गरिरहेका छौँ ? तर, भोलि नै गयो भने ? त्यसैले, हरेकपटक रेडियोमा भूकम्प गयो रे भन्ने सुन्नासाथ म झसंग हुन्छु । अन्तै गएको भन्ने थाहा पाएपछि ‘ए नेपालमा होइनरहेछ’ लामो सास फेर्छु । यसपटक बँचियो भनेर अलि ढुक्क हुन्छु । तर, एकदिन त भूकम्पको सामना गर्नु नै छ ?

पढिसकेपछि नेपाल बिर्सिने ?

नेपालमा युवाशक्ति पलायन भएर पनि समस्या भएको छ । अध्ययन गर्ने दक्ष जनशक्तिको अभाव छ । युवा नेपालीहरू नेपालमा बस्दैनन् । नेपालमा अध्ययन गर्छन् अनि क्यानाडा, अमेरिका वा फ्रान्सतिर भाग्छन् । नेपालको ठूलो समस्या हो यो । शिक्षित पिँढी त्यसरी भागिदिएपछि को बस्ने त नेपालमा ? हामी त नेपालका लागि सधैँ काम गर्न सक्दैनौँ, सहयोग गर्ने मात्रै हो । काम त नेपालीले नै गर्ने हो । यो विषयमा म एकदम निराशावादी छु । हुन त नेपालीका लागि पनि गाह्रो छ । भूशास्त्र पढ्यो, काम नै पाइँदैन । काम नपाएर निराश भएका वेला विदेशमा मौका देख्छन्, अनि भाग्छन् ।

त्यति मात्रै हुन् र समस्या ?

नेपालका हिमालका अर्को समस्या भनेको बढ्दो तापक्रम हो । सय वर्षदेखि नै पृथ्वीको तापक्रम विस्तारै-विस्तारै बढ्न थालेको हो । तीव्र रूपमा बढ्न थालेको गत दस वर्षदेखि मात्रै हो । अहिले वर्षको शून्य दशमलव एक डिग्रीका दरले बढिरहेको छ । तैपनि नेपालमा त्यत्ति धेरै बढिसकेको छैन । तर, नेपालमा वर्षा भने एकदम परिवर्तन भइरहेको छ । कहिलेकाहीँ मनसुन अति कम हुन्छ । अहिले नेपालमा पहिलेभन्दा वर्षा कम हुन्छ ।

नेपालमा चिन्ता के भने भारत र चीनमा तीव्र गतिमा विकास हुँदै छन् । त्यसरी विकास हुँदा बढ्ने सवारीसाधन र कलकारखानाले गर्दा झन् तापक्रम बढाउनेछ । नेपालमा हिउँ र बरफसम्बन्धी काम गर्नेले हिमालमा बरफ पग्लिइरहेको पाएका छन् । बरफ पग्लेर ताल बन्छ । उचाइमा त्यसरी ताल बन्नु ज्यादै खतरा हो किनभने त्यो प्राकृतिक बाँधजस्तो हुन्छ । अनि त्यहाँ बढी पानी जम्मा भएपछि त्यो भत्किन्छ । तापक्रम वृद्धिले हिमालको बरफ पगाल्नु नेपालका लागि ठूलो खतरा हो ।

प्रस्तुति : दधिराम सापकोटा/पेरिसबाट

(फ्रेदेरिक पेरिय भूकम्पविद् हुन् । लामो समयदेखि उनी भूकम्पीय र ज्वालामुखीय जोखिमको अध्ययन गरिरहेका छन् । पेरिसको जुस्यू विश्वविद्यालयका प्राध्यापक पेरियले नेपालको भूकम्पीय जोखिमबारे विभिन्न अध्ययन गरेका छन् । पेरियसँग दधिराम सापकोटाले प्रकाशोन्मुख नयाँ पुस्तकका लागि यो कुराकानी गरेका हुन् । पुस्तक केही महिनाभित्रै बजारमा आउँदै छ ।)

“Tyo Nepal” Ceux qui aiment le Népal vont se régaler

  • sylviane Delapierre / Lyon, France

Tyo-Nepal

J’ai fait connaissance avec Dadi par l’intermédiaire de l’Association Soleil vert, dont je suis maintenant vice-présidente. Cette association aide des enfants népalais orphelins ou défavorisés ainsi que leurs familles par des parrainages. Elle œuvre en France pour réunir des fonds afin d’aider les villageois à développer une agriculture biologique, dans les collines du Chitwan, qui leur permettra de se nourrir, d’envoyer leurs enfants à l’école, et surtout de rester vivre dans leurs villages, avec leurs proches et leurs traditions. 

En 2010, faute de consul dans la ville de Lyon, l’ambassade du Népal à Paris a demandé à Soleil Vert de représenter le Népal lors des fêtes consulaires. Dadi attaché de presse à l’ambassade a été notre interlocuteur dans la préparation de cet événement. Comme beaucoup de Népalais, Dadi est un personnage joyeux et agréable, toujours prêt à aider les autres, à  parler de son pays qu’il aime, et à monter des projets que l’association Soleil vert  voudrait aider à réaliser.

En France depuis 20 ans, il a rencontré des français qui lui ont parlé de leurs expériences au Népal, de « leur » regard sur son pays. Il eut alors l’idée d’interviewer des personnalités françaises qui ont, ou ont eu, une certaine popularité au Népal et ont participé en quelque sorte à l’histoire des relations entre la France et le Népal, depuis les années 1950.

Tyo-Nepal-Inalco-3

Ce livre « Thyo Népal », vient d’être édité au Népal en népali. Cette publication connait déjà un énorme succès et Dadi souhaite maintenant le faire paraitre en Français. Bien qu’il s’exprime aisément et avec beaucoup d’humour en français, il est parfois difficile pour lui, de retranscrire certaines tournures de phrases de ses interviews, j’ai donc entrepris de l’aider.

Si vous demandez à un français ce qu’il sait du Népal, la première chose dont il vous parlera, c’est des montagnes ! C’est par ce biais que je suis moi-même arrivée au Népal, mais lors de mon premier trek, j’y ai découvert bien d’autres trésors.

La montagne, les sommets, les « premières », les exploits sont des points communs entre la France et le Népal. Dadi a interviewé plusieurs grands himalayistes français qui racontent, brièvement leurs exploits, mais surtout tout ce qui s’est passé autour : leurs relations avec les autorités, et les populations, leurs façons de vivre à l’époque…

Il a bien sûr rencontré Maurice Herzog qui atteignit  le premier 8000, en foulant le sommet de l’Annapurna, et engendra par cette victoire, un engouement et une sympathie des français encore plus grande pour le Népal.

Des montagnards, comme Marc BATARD, Anselme BAUD, ou l’ancien vice-président de l’Assemblée Nationale Pierre MAZEAUD nous racontent leurs aventures et ce qu’ils ont découvert auprès des « gens » dans ces montagnes.

tyo-nepal-Inalco-2

Les « gens », c’est le mot qui revient dans presque toutes les interviews. Lorsque Dadi demande : « Comment avez-vous été accueilli ? Qu’est-ce qui vous a le plus marqué ? ». La réponse est  toujours la même : « La gentillesse des népalais ! ». L’accueil chaleureux et souriant de ces « Gens » qui pour la plupart n’avaient pas grand-chose à offrir est pourtant resté gravé dans leurs mémoires.

Ce qui a permis cet échange avec la France, c’est une volonté d’ouverture des frontières et la mise en place de relations diplomatiques à partir de 1949. Des diplomates et des membres du gouvernement français ont été accueillis par le roi Birendra et son père.

Monsieur DE NOYELLE fut  parmi les premiers diplomates au Népal.

D’autres comme Jean BRIANE, le Docteur BENARD, Robert Le FOLL, nous permettent par leurs souvenirs d’approcher le quotidien de la cour, du roi, ou de son fils, comme Madame LEBREC qui nous raconte le séjour de Birendra en Normandie dans sa famille.

Pour le peuple népalais qui était si peu alphabétisé à l’époque, le palais, les rois, la cour, c’était un monde inaccessible. Aujourd’hui l’éducation s’est ouverte à un plus grand nombre, et les népalais peuvent découvrir une partie de leur histoire à travers les yeux des français. En même temps, ils découvrent la culture française, parce que les personnes interviewées mettent en parallèle la culture française avec celle du Népal. Dans les enregistrements, j’ai souvent entendu Dadi dire : « C’est très intéressant ! », parce que lui-même découvrait des anciennes coutumes françaises. Cet échange est une clé pour la compréhension de l’autre. On comprend donc que la première édition de ce livre soit déjà épuisée au Népal.

Comprendre l’autre, témoigner de son existence, de son mode de vie à un moment donné, c’est tout le travail de fourmi entrepris par les chercheurs et les ethnologues français. Recherches sur les coutumes, traditions ancestrales, les rituels, les danses, les chants, les religions.

Tristan BRULE, Gérard TOFFIN, ainsi que Marc GABORIAU qui a été professeur de français du roi, et bien d’autres détaillent leurs séjours, leurs rencontres, leurs attachements, et leur besoin de retourner au Népal.

Philippe Ramirez par exemple a commencé par découvrir la Montagne népalaise, puis dans le cadre de recherches, s’est intéressé au Dasaïn, cette grande fête religieuse népalaise, orchestrée comme une gigantesque pièce de théâtre, où chaque couche de la société et chaque caste participe et trouve sa place. Il explique les relations qui existent dans les villages entre les gens, en fonction de leur influence,  comme des « Patrons et leurs clients ». Son travail de recherche sur l’idéologie maoïste à la népalaise, montre paradoxalement un attachement des dirigeants maoïstes au Népal « ancien », dirigé alors par des rois « braves, justes et purs », des qualités, qu’ils aimeraient retrouver dans leurs dirigeants. Il rapporte aussi les difficultés qu’il a rencontrées à naviguer des maisons Brahmanes à celles des intouchables, et à rester politiquement neutre face aux différents partis.

Brigitte Steinmann elle aussi a commencé par  la montagne. Elle a été touchée par l’ethnie Tamang qui vit en particulier dans les montagnes et dont l’activité principale est d’être porteurs et guides. Elle montre l’évolution de cette société qui pratiquait auparavant plus ou moins le troc, et qui a glissé vers une économie monétaire. Elle raconte l’arrivée des premiers maoïstes dans ces villages bouddhistes et l’incompatible rapidité avec laquelle ils ont pris les armes. Elle fait part des contraintes rencontrées pour pouvoir vivre au milieu des familles et notamment l’apprentissage de la langue.

L’apprentissage de la langue, qui permet le véritable échange et la vraie compréhension de l’autre a été le fil directeur de la vie de Marie-Christine CABAUD. Professeur à l’INALCO, elle raconte ses difficultés à concilier sa vie de femme et celle d’enseignante en perpétuel acquisition du népali. Elle nous fait partager son combat et sa propre souffrance dans l’apprentissage et la compréhension de cette langue, mais aussi sa joie et sa volonté de transmettre son savoir. Elle explique comment elle a patiemment mis en place un système avant et après l’arrivée de l’ordinateur, pour offrir aux amoureux du népali un dictionnaire de plus de 15 000 mots. Tous ces mots, qu’elle a recherché auprès des népalais, dans leur vécu, dans les magazines, dans les publicités, et aussi dans leurs contes qu’elle a analysés et mis en parallèle avec les contes européens.

Tyo-Nepal-Inalco-1

D’autres français se sont intéressés à l’art népalais. Les sculptures et l’architecture à travers les temples, la musique et les chants qui sont omniprésents dans la vie des népalais.

Mireille HELFFER à 80 ans, tout en nous décrivant Kathmandu en 1965, retrace les difficultés qu’elle a rencontrées, en temps que femme, à parcourir les villages népalais. Elle nous explique comment elle a été une des premières à s’intéresser à la musique et à la façon de vivre des Gaïnés, un groupe ethnique qui a pratiquement disparu au Népal. Elle parle de leur évolution à travers les générations, et donne les raisons de leur disparition. Elle se confie sur les moments très durs qu’elle a vécus et sur les belles images dont elle se souvient.

Lorsque je suis arrivée à l’orphelinat de Sauhara, les enfants nous ont accueillis avec des danses. A notre tour, il a fallu que nous dansions. Un peu pris au dépourvu, nous avons dansé un rock, et les enfants étaient enchantés, car ce qui comptait pour eux c’était l’échange !

La danse c’est comme la musique, c’est un moyen d’expression universel.  La danse, c’est justement ce que Maud GRASMUCK est allée chercher au Népal. Elle nous fait partager son coup de foudre, pour ce pays et pour la gentillesse népalaise, qui a commencé à Baktapur en pleine fête de Dasaïn alors qu’elle venait d’oublier son sac à main quelque part… Elle nous fait entrer dans la danse en développant l’évolution de son apprentissage, pas à pas, avec les plus grands maitres de danse népalais. Elle confie sa rencontre presque magique avec la religion, un soir de fête de Shira Ratri.

Elle a  découvert une société où très à l’aise, elle a pu s’exprimer en dehors des carcans de l’éducation européenne. Elle est devenue célèbre à travers les danses classiques et Bollywood. Les Népalais l’ont adopté et lui ont donné le nom de Manjushri.

Son souhait est de rendre au Népal ce qu’il lui a apporté, en le faisant connaitre à travers ses danses traditionnelles. Ce qu’elle veut transmettre au public, ce n’est pas seulement de la virtuosité, mais aussi un voyage.

C’est un véritable voyage que nous offre Eric VALLI, avec son film « Himalaya » ou « Caravan », qu’il a tourné dans le Dolpo. Des détails sont bien sûr donnés sur le tournage, mais plus particulièrement sur les relations qu’il a gardées avec les acteurs après le film, et sur le partage de son succès. Dès les premier instant, il est  tombé amoureux du Népal, il répète à plusieurs reprises que pour lui c’est une véritable « Histoire d’amour ».  Il exprime toute sa passion pour les gens qui vivent dans ces montagnes où il a ressenti si fort la proximité de l’homme avec la nature. Leur façon de vivre si respectueuse de l’humanité, et si vraie.

Il parle du savoir de ces nomades qui tirent « tout » de la nature sans la détériorer, de sa fascination pour ce pays incroyable qu’il a découvert en 1970, et dans lequel il voyait un formidable potentiel. La manière dont le Népal s’est développé par manque de clairvoyance de ses dirigeants est pour lui un gros gâchis. Le potentiel hydro-électrique par exemple n’a pas été suffisamment exploité.

Pourtant, plusieurs scientifiques français ont travaillé au Népal et transmettent leurs savoirs aux scientifiques népalais. Le rôle de la France est notamment important en matière de sismologie comme nous le décrit Frédérique PERRIER, avec la mise en place de tout un réseau d’enregistrement des séismes à travers le Népal. Son témoignage m’a particulièrement impressionné, lorsqu’il décrit l’horreur que pourrait être un fort séisme sur l’urbanisation anarchique de la ville de Kathmandu.

Je voudrais également parler du témoignage très vivant de Didier DELSELLES qui nous fait vivre avec ses mots son exploit, jamais renouvelé jusqu’à présent, de poser son hélicoptère sur le toit du monde, et aussi,  du Colonel Le FLOCH, formateur des premiers pilotes d’hélicoptères du Népal, et notamment du roi. Tous deux, grâce à l’enseignement qu’ils ont transmis aux népalais ont permis de développer toute une logistique de secours en montagne toujours efficace aujourd’hui, et indispensable pour les nombreux himalayistes.

Je vais arrêter là, le détail des interviews pour vous dire que j’aime énormément le Népal. Je ne suis ni chercheur, ni artiste, ni écrivain, et je ne peux lui apporter que très peu. Cette transcription est ma contribution à son histoire.

Ceux qui ne connaissent pas encore le Népal ou qui n’y sont pas particulièrement attachés, auront le plaisir de découvrir dans ce livre les sentiments, et les confidences de toutes ces personnalités.

Depuis les années 1950, le Népal a changé, et nous découvrons de quelle façon à travers ces témoignages. C’est un livre d’histoire, comme en ont les écoliers, mais pas l’histoire des grands de ce pays, l’histoire des « Gens ». Ceux de là-bas et ceux d’ici. C’est un partage.

Lorsque j’écoutais tous ces « gens », raconter le Népal, je me suis sentie riche, je n’avais pas envie d’arrêter mes transcriptions pour passer à table. Je souhaite que vous ressentiez la même chose en lisant le livre.

Comme dirait Dadi, « c’était très intéressant ! ».

Ceux qui aiment le Népal vont se régaler.

(Ce livre sera publié en langue française)

FRANCE IN NEPAL

EMBASSY OF FRANCE IN KATHMANDU

http://www.ambafrance-np.org/Book-Launch-Tyo-Nepal

Tyo Nepal, by Dadi Sapkota

a7f4cdb0fe230b0f-ede3e

- Pages: 290
- Price: NPR 350
- Language: Nepali
- Publisher: Jagadamba Prakasan, Lalitpur

The diplomatic relations started between Nepal and France in 1949 paved the way for cooperation and cultural exchanges between the two countries.

Despite these multiple exchanges, there is little publish material on Franco-Nepalese relations. This book, published to fill this gap, is based on interviews with 29 French nationals who came to Nepal for different reasons, whether personal or private, and who have forged ties with Nepal and the Nepalese. It contains, among other things, the testimony of anthropologists Gerard Toffin and Philipe Ramirez, the naturalist Jean-Francois Dobremez, film director Eric Valli, as well as many other people from the world of politics, diplomacy, science, aviation and arts.

The interviews were conducted in French and transcribed into Nepali. We believe that the publication of this book in Nepali will help in the dissemination of ideas and perceptions of leading French citizens, and these exciting stories of Franco-Nepalese, with a large audience in Nepal.

About the author:

Sapkota Dadi started his career as a journalist. He is the author of writings on topics such as environment, wildlife and flora, etc.. Francophile, he is currently in search of foreign lovers of Nepal.

List of persons interviewed.

- 1. Robert Le FOLL 
Robert Le FOLL is the chairman of Francoise Nepal Bree, Panauti, a former Member of Parliament and Chairman of France Nepal Parliamentary Friendship Group.
- 2. Brigitte STEINMANN 
Brigitte STEINMANN is an anthropologist who did her PhD on the agricultural system and economic structure of farmers in a Tamang village.
- 3. Dr. Didier BENARD
Dr. Didier BENARD is the Consular General of France to Nepal and is related to the medical profession by training.
- 4. Maurice HERZOG
Maurice HERZOG is the first mountaineer to climb Mount Annapurna.
- 5. Alaine LEBREC
Alaine LEBREC is a good friend of the then King Birendra.
- 6. Eric VALLI
Eric VALLI is a filmmaker and writer. ‘Caravan’, his film on Nepal was nominated in the best foreign film category for the Oscars.
- 7. Pierre MAZEAUD
Pierre MAZEAUD is a former minister, a well-known mountaineer and has a PhD in law from Paris University.
- 8. Gérard TOFFIN
Gérard TOFFIN is an anthropologist who has made extensive studies of the Nepalese society, and is former Cultural Attaché at the Embassy of France, Kathmandu.
- 9. Frédéric PERRIER
Frédéric PERRIER is a volcanologist.
- 10. Joëlle SMADJA
Joëlle SMADJA has a PhD in geography and animal botany.
- 11. Tristan BRUSLE
Tristan BRUSLE has done his PhD research on the migration of Nepalese.
- 12. Francis DELOCHE de NOYELLE
Francis DELOCHE de NOYELLE is a diplomat.
- 13. Colonel Pierre LE FLOCH
Colonel Pierre LE FLOCH is an army helicopter pilot and was also a Military Attaché at the Embassy of France, Kathmandu. – 14. Anselme BAUD
Anselme BAUD is a mountaineer and an instructor of ski and high altitude climbing.
- 15. Isabelle SACAREAU
Isabelle SACAREAU is a tourism expert and has done PhD research on the tourism porters of Nepal.
- 16. Maud GRASMUCK
Maud GRASMUCK has a Degree on Classical Dance, and is the chairman of an organization established to promote Nepali and Indian dance, music and culture.
- 17. Paul GREISSLER
Paul GREISSLER has done PhD research on history and is the chairman of Nepal Association.
- 18. Jean François DOBREMEZ
Jean François DOBREMEZ is a botanist and has done his PhD research on the existence of collective structures of patterns on the high Himalayan mountain range.
- 19. Jean-Pierre MERCIER
Jean-Pierre MERCIER is the Chairman of Nepal A Vour.
- 20. Sylvie SERVAN-SCHREIBER
Sylvie SERVAN-SCHREIBER is former employee of the French Cultural Centre.
- 21. Marc BATARD
Marc BATARD has scaled Mount Everest and visited Nepal numerous times.
- 22. Mireille HELFFER
Mireille HELFFER is an anthropologist who has studied Nepali society for 40 years, and published three books on Tibetan music.
- 23. Didier DELSALLE
Didier DELSALLE is a world record holder helicopter pilot.
- 24. Jean BRIANE 
Jean BRIANE was a Member of Parliament for 30 years and is the Chairman of the France-Nepal Friendship Association.
- 25. Philippe RAMIREZ
Philippe RAMIREZ is an anthropologist who has a couple of Master’s Degree and a PhD research on Nepal, has visited Nepal 21 times and also written a book on the country.
- 26. Marie-Christine CABAUD
Marie-Christine CABAUD has published four books on Nepalese folktales, prepared a Nepali-to -French dictionary, and has also served as Director of the Nepali Language Section, at Doffin University.
- 27. Jacque MARVEAU
Jacque MARVEAU a PhD on optical electronics, is the Chairman of Cultural Franco.
- 28. Marc GABORIAU
Marc GABORIAU, did his PhD research on the minority Muslims in the Hindu Kingdom of Nepal, and is the teacher of the then King Birendra.