गजल

-अनुकुल प्रकाश,चितवन

हातमा मेनुलीइ घुम्ने वजारका साहूहरू  

लीलामिमै तए गर्छन् मायाका दर-भाउहरु !! 

हातमा मेनु‘ ….. 

तिम्रा, मेरा खेल सम्झी अतितलाई निहार्दैछु  

जानि-जानी हारे रैछु तिमी सँग दाउहरु !! 

हातमा मेनु‘ ….. 

न सक्छु म हाँस्न यहाँ मनमा पींडा छोपी साथी  

भै-गो नसोध मुटुभित्र के कती छन् घाउहरु !! 

हातमा मेनु‘ ….. 

जीवन व्रीत्त पुरा गर्न अघी बढ्न खोज्छु सधैं  

नियतिले अनायासै  रोकिदिन्छन पाउहरु !! 

हातमा मेनु‘….. 

जीइदिन्छु पिएरनै बाँकी जीवन तिम्रा तस्विर  

कुरा काट्लान् वौलायोअनुकुलभनी घरगाउँहरु !! 

हातमा मेनुलीइ घुम्ने वजारका साहुहरु  

लीलामिमै तए गर्छन् मायाका दर-भाउहरु !! 

तपाइँको प्रतिक्रिया